मिति २०८२।०८।२७ गते ०५:०० बजे देखि ऐ ०८।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२८
- A
- A-
- A+
कर्तब्य
ज्यान,
संखुवासभा, मादी न.पा.४
डबले बस्ने वर्ष ४८ को प्रेम दोर्ची शेर्पाको श्रीमती अ.वर्ष ३७ की मिना शेर्पा
हराएको हुदा खो.त. गरी पाउ भनि मिति
२०८२।०८।१५ गते प्रचौ मंगलबारे मादी संखुवासभामा निजको श्रीमानले निवेदन दिएकोमा
निजको अनुसन्धान तथा खो.त.गर्ने क्रममा मिति २०८२।०८।२७ गते अ.१६:३० बजेको
समयमा निज श्रीमान प्रेम दोर्ची शेर्पालाई
इ.प्र.का.चैनपुरबाट खटिएको प्र.स.नि.र प्र.चौ.मंगलबारे मादीबाट खटिएको प्र.स.नि.को
टोलीले नियन्त्रणमा लिई सोधपुछ गर्ने
क्रममा आफ्नै घर देखी अ.२ कि.मि.दक्षिण ऐ वडा नम्बर ३ लासिङटार स्थित आफ्नै अलैंची
बगानमा रहेको कुलोको छेउमा पुरेको भन्ने खुल्न आएको हुदा इ.प्र.का.चैनपुर
संखुवासभाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई निज मृत महिलाको माइती समेतको उपस्थितिमा ऐ.
२०:४५ बजे उक्त त्रिपाल भित्र पोको पारी
पुरिएको अबस्थामा रहेको उक्त लाश निकाली प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि
जिल्ला अस्पताल पठाएको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
झापा, शिवसताक्षी
न.पा.८ डुडामारी बस्ने वर्ष ५२ को सन्तविर लिम्बु सम्वाहाम्फेले ऐ.बस्ने वर्ष १३
की बालिकालाई ललाई फकाई मिति २०८२।०८।०५ गते अं.१७:३५ बजे शिवसताक्षी न.पा.८
इमानसिंह चोक स्थित कल्भटमा लगेर जबरजस्ती कारणी गरेको भनी ऐ.२७ गते १४:०० बजे
इ.प्र.का.झिल्झिलेमा जाहेरी दिएकोमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज
सन्तविर लिम्बु सम्वाहाम्फेलाई नियन्त्रणमा लिई इ.प्र.का.झिल्झिलेमा ल्याई आवश्यक
अनुसन्धान कार्य भईरहेको ।
सुन
बरामद,
काठमाडौं, जि.तेहृथुम
स्थायी ठेगाना भएका वर्ष ३२ को दिल कुमार लिम्बु त्रिभुवन अन्तराष्ट्रिय उडान
तर्फको आगमन पार्किङ एरीयामा आई शंकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी
गर्दै जाँदा निजले बाह्य मुलुकबाट आगमन भएको यात्रुहरुलाई भन्सार छली गर्न लगाई
सुन जस्तो देखिने पहेलो रंगको धातु कुल अं.तौल २६.६ ग्राम अबैध रुपमा संकलन गरी
लैजान लागेको अवस्थामा फेला पारी त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल
बुझाउनुपर्नेमा आज शनिबार सार्वजनिक बिदा भएकोले बरामद भएको सामान सहित निजलाई
प्रहरी वृत्त गौशालामा ल्याई राखिएको ।
गोली
पड्की मानिस घाईते,
दाङ, लमही न.पा. ५
रातोडाँडा स्थित रहेको खेमराज शर्माले संचालक गरेको रोयल प्यालेश होटलमा काम गर्ने
जि.दाङ लमही न.पा.१ सुन्डबरी बस्ने वर्ष १८ को सिसन भन्ने डिल्लिराज सुबेदीले
ऐ.होटलको तेस्रो तलाको २०४ नं. कोठा खोली कोठा तथा कोठामा रहेको AC सफा गर्ने
क्रममा उक्त AC
भित्र
कालो प्लाष्टिकमा बेरी लुकाई राखेको 11 Y नामक सानो पेस्तोल
एक्कासी पड्किन जाँदा निजको बाँया हातको चोर औंलामा चोट लागी घाईते भएको भन्ने खबर
प्राप्त हुनासाथ व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई
उपचारको लागि लमही अस्पताल लमही दाङमा ल्याएकोमा उपचार पश्चात ऐ.१२:१० बजे
डिस्चार्ज भएको,
अवस्था
सामान्य,
घटनास्थलमा
11 Y
नामक
सानो पेस्तोल थान-१, ऐ.को राउण्ड गोली थान-४ (सेतो कागमा बेरेको), थान-१ खोका र
ऐ.को बुलेट थान-१ फेलापारी बरामद गरी थप अनुसन्धान भईरहेको, सोही होटल
कोठामा ऐ.१६ गते देखि २० गते सम्म लेखराज के.सि.बसेको भन्ने बुझिएको, थप अनुसन्धानको
लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको ।
ला.औ.,
सर्लाही, लालबन्दी न.पा.
५ स्थित डाडा टोलमा निर्माण भईरहेको घरमा ला.औ. लुकाई छिपाई राखेको भन्ने बिशेष
सुचनाको आधारमा इ.प्र.का.लालबन्दी सर्लाही बाट प्र.नि. बीरेन्द्र सिंह
जोहारीको(9851282662) कमाण्डमा ऐ १९;०० बजेको समयमा प्रहरी टोली खटि गई घर
धनि जि. सर्लाही ईश्वरपुर न.पा. ३ घर भई ऐ.लालबन्दी न.पा.५ स्थितमा बिगत ४ बर्ष
देखी सेकेन्ड होम होस्टेल संचालन गरी बस्ने अं.बर्ष ३४ को सुवास लमिछानेको रोहवरमा
तलासी गर्दा उक्त घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो
रंगको प्लाष्टिकमा प्याक गरी राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पद्धार्थ फेला
पारी घर धनी सुवास लामिछाने समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी
इ.प्र.का.लालबन्दीमा ल्याई राखिएको, ब्राउनसुगर जस्तो देखिने धुलो पद्धार्थलाई
नापतौल गर्ने तराजुमा तौल गर्दा २१२ ग्राम रहेको ।
सुनसरी, कोशी गा.पा.
८ पानि ट्याङकि स्थितमा भित्रि सडक खण्डमा जि.प्र.का.सुनसरीबाट खटिएको प्रसनि राम
सुन्दर यादब र इप्रका भाण्टाबारी सुनसरीबाट खटिएको प्रसनि नारायण कार्कीको संयुक्त
गस्ती टोलीले गस्ती गर्ने क्रममा ऐ स्थितमा बेवारिसे अवस्थामा ११ बोरा ला.औ. गाँजा
अ. ५५० के.जी. (नापतौल हुना बाँकी) नियन्त्रणमा लिई जि.प्र.का.सुनसरी ल्याउदै
गरेको अन्य अनुशन्धान कार्य भईरहेको ।