मिति २०८२।०८।२८ गते ०५:०० बजे देखि ऐ ०८।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२९
- A
- A-
- A+
कर्तब्य
ज्यान,
पाँचथर, फाल्गुनन्द
गा.पा. ६ खामेलक बस्ने वर्ष ८२ को वर्ण सिंह आङदेम्बेले आफ्नै घरको आँगानमा आफ्नै
भतिजो चन्द्र बहादुर आङदेम्बेको छोरा वर्ष ३६ को प्रेमराज आङदेम्बेलाई छुरी प्रहार
गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.आङसाराङबाट प्र.स.नि.को कमाण्डमा टोली
खटिगई बुझ्दा प्रेमराज आङदेम्बेको घट्नास्थलमै मृत्यु भएको, छुरी प्रहार
गर्ने वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको, घट्नास्थल
सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जि.प्र.का.पाँचथरबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटिएको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
सल्यान, मिति
२०८२।०८।२५ गते अ.२०:०० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गा.पा.४ झाङखानी
स्थित खिम ब.पुनको खाली घरमा ऐ.ऐ. बस्ने
बर्ष २१ को परिवर्तित नामथर ५५F(१६) ले
ऐ.ऐ.बस्ने बर्ष १४ कि परिवर्तित नामथर ५५F (१५)लाई
जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।०८।२८ गते अ.१७:०० बजेको समयमा निजको आमा
परिवर्तित नामथर ५५F (१५)को संरक्षक (ख)ले जिल्ला प्रहरी कार्यालय
सल्यानमा जाहेरी दर्खास्त दिए पश्चात अ.प्र.पोष्ट जयचौर, सल्यान बाट
प्र.स.नि.कमल श्रेष्ठको कमाण्डमा ४ जनाको प्रहरी टोलि खटीगई निजको घर वतन बाट
पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यान तर्फ ल्याउदै
उदयपुर, मिति
२०८२।०८।२७ गते अ.२२:३० बजे ताप्ली गा.पा. ३ दगले स्थित पिडितको आफ्नै घरको दोस्रो
तलामा नाबालिका वर्ष ९ की लाई ऐ. बस्ने वर्ष १३ को वालकले जबरजस्ती करणी गरेको
हुँदा पीडितको आमाले ऐ.०८।२८ गते १५:०० बजे इ.प्र.का.कटारीमा आई जाहेरी दरखास्त
दिए पश्चात प्र.चौ.रामपुरझिल्केबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज वालक लाई
नियन्त्रणमा लिई अनुसन्धानको लागि इ.प्र.का.कटारीमा ल्याई बुझाएकोले थप अनुसन्धान
कार्य भईरहेको,
पिडित
नाबालिकाको प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार पश्चात डिश्चार्ज भएको, अवस्था सामान्य
रहेको,
थुनुवा
झुण्डि मृत्यु,
काभ्रेपलाञ्चोक, मिति
२०८२।०८।२८ गते जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ९ मंगलटार स्थितमा
रहेको इ.प्र.का. मंगलटारको पुरुष हिरासत कक्षमा जिल्ला काभ्रे रोशी गा.पा. १२
ढाडपाखा बस्ने दमै सिं तामाङको छोरा वर्ष २१ को दुधराज तामाङलाई चोरी गरेको कसुरमा
नियन्त्रणमा लिई अनुसन्धानको लागी स्वास्थ्य परीक्षण गराई २१:०० बजे हिरासत कक्षमा
राखिएकोमा मिति २०८२/०८/२९ गते बिहान ०३;०० बजेको समयमा ड्युटिमा खटिएका प्रहरी
बरिष्ठ हवल्दार खेट बहादुर श्रेष्ठले थुनुवा कक्षमा थुनुवा चेक जाँच गर्ने क्रममा
ऐ. हिरासत कक्षको ट्वाइलेटको ढोकाको भेन्टिलेशनको
ग्रिलमा आफैले ओढने बलाङ्केटको छेउको कपडाको धजो निकाली झुण्डि मृत अवस्थामा फेला परेको सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ।
हातहतियार
बरामद,
तनहुँ, व्यास न.पा.३
स्थित रहेको न.पा.को कार्यालयमा व्यास न.पा.को विभिन्न वडाबाट फोहोर संकलन गरी
नगरपालिका फोहोर संकलन केन्द्रमा फोहोर वर्गिकरण गर्ने क्रममा कर्मचारी माया
बोटेले भरुवा पेस्तोल फेला पारी ऐ.१०:४० बजे जि.प्र.का.तनहुँमा खबर गर्नासाथ
प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको ।
उदयपुर, कटारी न.पा. १२
अर्ना स्थित ऐ. बस्ने वर्ष अं. ३५ को मित्र बहादुर बुढाथोकीको बारीमा बोरा भित्र
प्याक गरी लुकाई राखेको अबस्थामा भरुवा बन्दुक थान-०१ फेला पारी उक्त बन्दुक सहित
अनुसन्धानको लागि मित्र बहादुर बुढाथोकी
र ऐ बस्ने वर्ष अं. ४४ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का. कटारीमा
ल्याई अनुसन्धान भईरहेको
कास्की, पोखरा
म.न.पा.१६ जैमुरे स्थित खरीकुना कालोमुडा सामुदायिक जंगलमा व.प्र.का. बगरबाट
प्र.ह. को कमाण्डमा खटी गएको पैदल गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा एक नाल
भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी
व.प्र.का. बगर ल्याई राखेको,
रुकुम
पुर्वी,
पुथा
उत्तरगंगा गा.पा.८ सलाप स्थित जि.प्र.का.रुकुम पुर्वी भागबाट खटिएका सिभिल टोली
प्र.स.ह.२ जना र इ.प्र.का.तकसेरा रुकुम पुर्वी भागबाट प्र.ना.नि. को कमाण्डमा ५
जना गरी ७ जनाको टोली ग्रामिण गस्ती खटिईएको अवस्थामा लेकमा रहेको शेर बहादुर
थापाको गोठमा ऐ.८ खराङ बस्ने वर्ष अं.३० को शेर बहादुर थापा ऐ.बस्ने वर्ष अं.४३ को
यम प्रसाद पुन ऐ.बस्ने वर्ष अ.४८ को कृष्ण बहादुर मल्ल उक्त गोठमा बसी रहेको
अवस्थामा प्रहरी टोलिले निजहरुलाई सोधपुछ तथा उक्त गोठ खानतलास गर्ने क्रममा उक्त
गोठबाट भरुवा बन्दुक थान २ ऐ.मा प्रयोग हुने सोडा (बारुद) अं.२०० ग्राम ऐ.मा
प्रयोग हुने गन्धक अं.१०० ग्राम लुकाई छिपाई राखेको अवस्था फेला पारी निजहरुलाई
नियन्त्रणमा लिई रितपुर्वक मुचुल्का गरी लु.१ ज ४०४४ नं.को जीपद्वारा जि.प्र.का.मा
ल्याई आ.अ.भईरहेको,
गोली
पड्की मानिस मृत्यु,
मकवानपुर, जि.मकवानपुर
मनहरी गा.पा.६ सिस्नेरीपखेरा जंगलमा ऐ.राक्सिराङ गा.पा.८ राजराङ्ग बस्ने बर्ष
अं.४५ को गोपाल ब्लोन (अगाडी अगाडी हिडीरहेको) र ऐ.मनहरी गा.पा.६ बालुभञ्ज्याङ
बस्ने बर्ष अं.५० को सेते थिङ (पछि पछी हिडीरहेको) दुबै जना मिली दुबैले १/१ थान
भरुवा बन्दुक बोकी सिकार गर्न हिडिरहेको अवस्थामा अगाडी हिड्ने गोपाल ब्लोन लहरामा
अल्झिन गई लड्न जादा निजले बोकेको भरुवा बन्दुक पड्किन गई पछि पछि आउदै गरेको
साथीलाई लागी घटना स्थलमै मृत्यु भएको,दुबै हतियार घटना स्थलमै रहेको भनि गोपाल
ब्लोन ऐ.१६:४० बजेको समयमा इ.प्र.का.मनहरी मकवानपुरमा आई जानकारी गराउना साथ
तत्काल प्र.ब.ना.नि राजराम पौडेल (९८५५०३५५९९) को कमाण्डमा soco सहित टोली र
प्र.चौ सुनाचुरी मकवानपुरबाट प्र.स.नि जित बहादुर शिवभक्ती (९८५५०१०५४०) को
कामाण्डमा प्रहरी टोली खटी जादै,ई.प्र.का.मनहरी मकवानपुर बाट प्र.नि दिपक थापा
(९८६४७७७३६१) को थप टोली खटीएको,
ला.औ.,
कञ्चनपुर, इ.प्र.का.दोधारा
चाँदनीबाट खटिइएको (सादा पोशाक) प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले जि.कंचनपुर
दोधारा चाँदनी न.पा. ०१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले लागु औषध चरेशको
कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा निज र ऐ. स्थित रहेको निजको पसलको
रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको ट्रयाकको बाँया खल्तीमा सेतो प्लास्टिक र
कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १८.८१ ग्राम (१८ ग्राम ८१०
मिलिग्राम)लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी निजलाई पक्राउ पुर्जी
दिई पक्राउ गरी इ.प्र.का. दोधारा चाँदनीको हिरासतमा राखिएको,उक्त स्थान
इ.प्र.का. दोधारा चाँदनीबाट अं. ५ कि.मी. उत्तर पर्ने ।
सुनसरी, बराहक्षेत्र
न.पा. ०३ नडाहा-धरान जंगल स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ज. को कमाण्डमा २
जना र शसस्त्र प्रहरी बेष क्याम चतराबाट स.प्र.ह.को कमाण्डमा २ जना खटिएको संयुक्त
चेकिङ टोलिले धरानबाट नडाहा तर्फ आउदै गरेको बा १८ च ३८३४ नं.को कारलाई संका लागि
चेक-जाँच गर्दा उक्त कारको पछाडीको सिट र डिक्कीमा राखेको कालो प्लाष्टिकले
बेरिएको ५ पोका ला.औ.गाँजा (तौल गर्न बाकी) अं.१२० के.जि. फेला परेकोले उक्त कार, कार चालक ऐ.
ईटहरी उ.म.न.पा.१७ पकली बस्ने वर्ष २४ को करण साह, कारमा सवार
जि.मोरङ बिराटनगर उ.म.न.पा. ०५ बस्ने वर्ष २१ को सचिन मेहतालाई उक्त ला.औ.गाँजा
सहित नियन्त्रणमा लिई इ.प्र.का. महेन्द्रनगरमा ल्याई अनुशन्धान कार्य भईरहेको,
बारा, मिति
२०८२।०८।२३ गते अं. १५:३० बजे पर्सा राष्ट्रिय निकुन्ज आधाभार बारा मा तैनाथ सबुज
गण नेपालि सेनाको टोलि र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारिहरुको संयुक्त टोलिले
बारा स्थितको राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गस्ति गर्दै जाने क्रममा ला.औ.
गाँजा जस्तो पदार्थ बोकि आउदै गरेको अन्जान मानिसहरुले उक्त गस्ति टोलीलाई देखि १०
वटा बोरामा २० वटा पोका पारिएको अं. २१४.२७ के.जि. ला.औ. गाँजा, १ थान किप्याड
मोबाईल(suneian)
र
४ थान कपडाको झोला सोहि स्थानमा छाडि मानिसहरु फरार भएको हुदा उक्त गाँजा
नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जमा ल्याई राखिएको हुदा आवश्यक अनुसन्धान
तथा कारवाहिको लागि पर्सा राष्ट्रिय निकुञ्ज
कार्यालय आधाभार बाराको च.नं. मिति २०८२।०८।२८ गतेको प्राप्त पत्र अनुसार
ऐ. २८ गते अं. १६;३० बजे इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ.को कमाण्डमा टोली
खटी गई राष्टिय निकुञ्जको कार्यालयमा राखिएको उक्त ला.औ. गाँजाको रितपुर्वक
मुचुल्का कार्य सम्पन्न गरि उल्लेखित सामानहरु समेत आवश्यक अनुसन्धान तथा
कारवाहिको लागि इ.प्र.का. सिमरा बारामा ल्याई राखिएको,