मिति २०८२।०८।२९ गते ०५:०० बजे देखि ऐ ०९।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०१
- A
- A-
- A+
कर्तव्य
ज्यान,
सर्लाही, मिति
२०८२।०८।१५ गते अं.१५:०० बजे चक्रघट्टा गा.पा.५ पडरिया स्थायी घर भई हाल बरहथवा
न.पा.५ माछाबजार स्थित बसोबास गर्ने अं.वर्ष ७६ को महेन्द्र चौधरीलाई निजकै घर
अगाडि ऐ.बरहथवा न.पा.६ बस्ने वर्ष ३५ को दिपेन्द्र साह सोनार र ऐ.बस्ने वर्ष ६० को
बिजुली साह सोनारले कुटपिट गरी घाईते भई मिति २०८२।०८।१७ गते प्रादेशिक अस्पताल
मंलगवामा गई उपचार पश्चात डिस्चार्ज भई सोही दिन घरमा फिर्ता भएकोमा ऐ.२९ गते ०२:००
बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बरहथवाबाट प्र.ना.उ.को
कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल
मलंगवा पठाएकोमा पो.मा.पश्चात मृतकको श्रीमती उर्मिला देवी कलवारले बुझि लगेको, थप
अनुसन्धान तथा कुटपिट गर्ने मानिसहरुको खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.बरहथवाबाट
अ.१ कि.मि. दक्षिण पूर्व पर्ने ।
ज.ज.क./बालयौन
दुर्व्यवहार,
सुर्खेत, १६ गते बेलुका
८:०० बजे सिम्ता गा.पा०२ काफलकोट बस्ने वर्ष २१ को सुरेन्द्र सुनार जि.कालिकोट
खाँडाचक्र न.पा.०८ घर भई हाल वीरेन्द्रनगर न.पा.०४ बस्ने वर्ष १९ की बालिकालाई ऐ.वीरेन्द्रनगर
न.पा.०४ कोठा भित्र ज.ज.क गरेको भनी निज पिडितले ऐ.०८/२९ गते १६:०० बजे जि.प्र.का.मा
जाहेरी दिए पश्चात प्र.नि. को कमाण्डमा
टोली खटी गएको र उक्त व्यक्ति फरार रहेको खो.त.कार्य जारी उक्त स्थान
जि.प्र.का.बाट अं.३ कि.मि.दक्षिण पर्ने ।
पर्सा, मिति
२०८२।०८।२७ गते १४:३० बजे जि. रामेछाप मन्थली न.पा.६ स्थायी घर भई हाल जि.
पर्सा वीरगंज म.न.पा.११ स्थित श्रीपुर टोल
बस्ने अं.वर्ष ८ की बालिकालाई आफ्नो होटलबाट खाजा खाई आफ्नो डेरा कोठामा जाने
क्रममा प्रतिवादी ऐ. बस्ने प्रकाश सर्राफको घर अगाडी पुग्दा निज प्रकाश सर्राफले
निज बालिकाको मुख थुनी आफ्नो घरमा लगेर कपडा खोली बाल यौन दुरुपयोग गरेको भनी
जाहेरी दरखास्त दिएकोले पीडक प्रकाश सर्राफलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा
ल्याई दिन ७ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ।
हातहतियार
बरामद,
दैलेख, नारायण न.पा.७
स्थित किमुगाँउ सामुदायिक वनमा भरुवा बन्दुक लुकाई छिपाइ राखेको भन्ने सुचना
प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने
क्रममा ऐ.वन स्थित खोल्सामा भरुवा बन्दुक नाल १ फेला पारी जि.प्र.का.बाट SOCO सहित टोली खटी
गई बरामदी मुचुल्का गरी जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट ५ कि.मि.पूर्व
पर्ने ।
ला.औ.,
पर्सा, बिरगंज म.न.पा.१७
कोनिया स्थितमा प्र.ब.ना.को कमाण्डमा खटिएको गस्ती टोलीले भित्री सडक खण्ड
सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्रेबल सडकमा जादै गरेको बा.२१ च ७८५५ न.को
पिकअप गाडी चेकजाँच गर्दा उक्त गाडीको पछाडीको डब्बामा प्लाष्टिकको बोरामा हाली
परालले छोपी १२ पोका १७६ किलो लागु औषध
गाँजा ल्याउदै गरेको अवस्थामा उक्त ला.औ.गाँजा र पिकअप चालक जि.रामेछाप खाडा देबी
गाउँपालिका वाड नं.१ बस्ने अमर बहादुर श्रेष्ठको छोरा अं. वर्ष २८ को सुबराज
श्रेष्ठ सहित पक्राउ गरी आवश्यक कार्वाहिको लागी तालुक श्री व.प्र.का.श्रीपुर
पर्सामा पठाईएको घटना स्थल श्री व.प्र.का.श्रीपुरबाट अं.३ कि.मि. र दक्षीण -पश्चिम
पर्ने ।
कास्की,
पोखरा
म.न.पा.वडा न ०९ पृथ्वीचोक स्थित दिब्या स्याङ्जा पर्वत होटलमा जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण ब्यूरो कास्कीबाट प्र.ना.नि.को
कमाण्डमा खटिएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा ऐ. अन्नपूर्ण गा.पा.३ काडेँ
बस्ने वर्ष ४१ को बिरेन्द्र तुलाचनको साथबाट सेतो र निलो पलास्टिकमा लुकाई छिपाई
राखेको ला.औ. बुर्फिन ३०० एम्पुल, डाइजेपाम-३१९
एम्पुल ,फेनरान ३५२ एम्पुल गरी कुल ९७१
एम्पुल र खैरोहिरोइन जस्तो देखिने धुलो
पदार्थ ४ ग्राम ५०० मिलिग्राम र मोबाइल
थान ३ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.मा
ल्याई थप अनुसन्धान कार्य भईरहेको, उक्त
स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. पश्चिम पर्ने
।
धारिलो
हतियार प्रहार,
कञ्चनपुर
शुक्लाफाटा न.पा.५ खजुवा बस्ने वर्ष अं.२८ को यज्ञ पार्कीले आफ्नै श्रिमती वर्ष अं.१९
की बिमला पार्की लाई तरकारी काट्ने चक्कुले हात,घाटी र टाउकोमा हानी
घाइते भई उपचार T&C अस्पताल झलारीमा भइ रहेको अवस्था मध्यम निज यज्ञ
पार्की फरार रहेको उक्त स्थानमा इ.प्र.का.झलारीबाट प्र.स.नि.को कामाण्डमा टोली खटी गई फरार व्यक्तिको खो.त.कार्य भइ
रहेको, उक्त स्थान इ.प्र.का.झलारीबाट अं.५ कि.मि.उत्तर पूर्व पर्ने ।