मिति २०८२।०८।२९ गते ०५:०० बजे देखि ऐ ०९।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०२
- A
- A-
- A+
ज.ज.क. /बाल यौन दुर्व्यवहार,
दाङ, इ.प्र.का.तुलसीपुर
दाङ ज.ज.क.उद्योग सम्बन्धि( लुम्बिनी प्रदेश):-मिति २०८२।०८।२९ गते अन्दाजी १६;०० बजेको समयमा
जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १६ बस्ने बर्ष ६३ की परिवर्तित नामथर ५६ तुलसीपुर ०८२-४०
लाई ऐ. ०४ बायखोला स्थित आफ्नै खेतमा पलाएको घाँस फाल्न गएको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष
३५ को शिवराज पुरीले ज.ज.क. प्रयास गरेको भनि मिति २०८२।०९।०१ गते अं. ११;०० बजे इ.प्र.का.
तुलसीपुर दाङमा लिखित जाहेरी दिना साथ इ.प्र.का. तुलसीपुर दाङबाट प्र.स.नि.धन बहादुर
वली(९८५७८९११३४)को कमाण्डमा ५ जनाको खटिएको प्रहरी टोली खटिगइ निज शिवराज पुरीलाई ऐ.
१९ कुटिचौर स्थित सडकबाटोमा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत घोराही दाङबाट
दिन ५ (पाँच) म्याद थप भई, इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान
भई रहेको,
पीडितको
स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,
झापा,भद्रपुर नपा ५ स्थित
अक्षय सापकोटाको घर कोठामा निज अक्षय सापकोटा र ऐ वस्ने वर्ष २३ को विवेक राईले सांकेतिक
वतन ०४-१-१५-ट बस्ने बर्ष १५ की सांकेतिक नाम "ब-१ र सांकेतिक वतन ०४-१-१३-ड बस्ने
बर्ष १३ की सांकेतिक नाम "भ-१ लाई ललाई फकाई गरि सोहि घरको अलग अलग कोठामा राखि
जजक गरेको भनि ०९।०१ गते १७०० वजे पिडितको आफन्त सांकेतिक वतन ०४-१-२२-छ माईती घर भई
सांकेतिक वतन इलाम (क) घर भई हाल सांकेतिक वतन ०४-१-१५-ट स्थितमा कोठा भाडा बस्ने बर्ष
२१ की सांकेतिक नाम "ब (०८२/०८३)" मार्फत जिप्रका झापामा जाहेरी प्राप्त
हुना साथ तत्काल वप्रका भद्रपुर वाट प्रनि सहितको टोलि खटि गई पिडक विवेक राईलाई नियन्त्रणमा
लिई जिप्रका झापामा ल्याई अनुसन्धान भईरहेको,अक्षय सापकोटा फरार रहेकोले
खोत भइ रहेको,निज पिडक विवेक
राई,पिडित दुवै जनाको
स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,पिडित दुवै जना
सामान्य रहेको ।
झुण्डी मृत्यु,
दार्चुला, जिल्ला दार्चुला
नौगाड गा.पा.१ तल्लो सैन स्थित दुधिल्लाको रुखमा नाम, थर ,बतन र उमेर नखुलेका
महिला र पुरुष(केटा केटी) झुण्डिएको अबस्थामा छन भनि प्र.चौ. होपरीगाडमा जानकारी गराउनासाथ
उक्त स्थानमा तत्कालै प्र.चौ.होपरीगाडबाट प्र.स.नि.नरेन्द्र प्रसाद भट्ट(९८६८७२७२९७)को
कमाण्डमा ३ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि तालुक जि.प्र.का.दार्चुलाबाट ऐ.०९;३० बजेको प्र.नि.हेमराज
भट्ट(९८५१२९४९११)को कमाण्डमा SOCO सहित ८ जनाको प्रहरी टोली खटि गएको,उक्त स्थान प्र.चौ.होरीगाड
बाट अ.२/३ घण्टा पैदल पुर्ब र जि.प्र.का.दार्चुला बाट ३ घण्टा पुर्ब पर्ने । थप टिपोट
;-
ऐ.१२;३० बजेको समयमा
प्रहरी चौकी होपरीगाडको प्र.स.नि.नरेन्द्र प्रसाद भट्ट(९८६८७२७२९७) को कमाण्डमा खटिइ
गएको प्रहरी टोलि घटना स्थलमा पुगि बुझ्दा जिल्ला दार्चुला नौगाड गा.पा ३ बिलासौ स्थित
दुधिलाको रुखको एउटै हांगामा अलग-अलग भांगाको डोरीले ऐ.ऐ ०३ जामिर बस्ने जय बहादुर
ठगुन्नाको छोरा वर्ष अ. १७ को मनोज ठगुन्ना र ऐ.ऐ ०१ सल्ला बस्ने मान सिह ठगुन्नाको
छोरी वर्ष अ. १७ की धनमती ठगुन्नाले झु.आ.ह गरेको,अन्य बुझ्ने कार्य भइरहेको
।
बेवारिसे शिशु फेला,
कैलाली, धनगढी उ.म.न.पा.८
भद्र टोल स्थित खेतबारीको छेउमा रहेको बाँसको झ्याङ नजिक सालनाल सहितको नवजात शिशु
रोई रहेको अवस्थामा स्थानीयले देखि जि.प्र.का.
कैलालीमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज नवजात शिशु (छोरी)लाई
उद्दार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको, अवस्था सामान्य
रहेको,
ऐ.११:३०
बजे नवजात शिशुको आमा जि.कैलाली धनगढी उ.म.न.पा.८ नवदुर्गा टोल बस्ने वर्ष २९ की रामरती
रानाको हो भनी खुल्न आएकोले प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई निज कै घरबाट नियन्त्रणमा
लिई जि.प्र.का. कैलालीमा ल्याई थप अनुसन्धान भईरहेको,
धारिलो हतियार प्रहार,
झापा, अर्जुनधारा न.पा.
वडा नं.११ स्थित ऐऐ बस्ने बर्ष ४५ को जिवन कुमार श्रेष्ठलाई ऐऐ बस्ने बर्ष २६ को नितेश
माझीले सामान्य बाद बिवाद भइ झगडा हुदा निजले के-कुन धारिलो हतियार प्रहार गरी घाइते
भइ उपचारको लागी बि.एण्ड सि.अस्पताल बिर्तामोड पठाइएको, अवस्था गम्भिर, नितेश माझी फरार
भएको भनि जानकारी प्राप्त हुना साथ अ.प्र.बिट सालवारीबाट प्र.स.नि. को कमाण्डमा टोली
खटी गई फरार प्रतिवादीको खो.त. कार्य भइरहेको,
काठमाण्डौ, का.जि.टोखा न.पा.९
गोंगबु स्थित मिरमिरे दोहोरी भित्र जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई
हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने
वर्ष ३५ को श्रीकृष्ण पन्त र दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई
हाल का.जि.महाराजगंज बस्ने बर्ष २६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली
न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने बर्व २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी
मनोहरा न.पा.४ साँखु घर हुने वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर
भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा
बारपाक सुलिकोट गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को
शिव सौगात सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा
हरिशरण पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर
भई हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम
गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट प्र.स.नि.सहित
७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार प्रहार गर्ने, संचालक सहित ७ जनालाई
धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको तथा घाईतेलाई का.जि.महाराजगंज
स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार भईरहेको,पेट,वायाँ हातको काखी
मुनि चोट,बोल्न नसक्ने,अवस्था गम्भिर, उपचारमा मामा संलग्न, घटनास्थल प्रभाग
गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने । थप:- ऐ.०५:०० बजे थप उपचरको लागी का.जि.सिनामंगल
स्थित KMC
अस्पताल
लगी उपचार भईरहेको ।
ला.औ.,
महोत्तरी, गौशाला न.पा.८ खाल्टे
बजार महादेव मन्दिर नजिकै गौशाला खाल्टे बजार भित्री सडक खण्डमा इ.प्र.का. गौशालाबाट
प्र.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ढल्केबर महोत्तरीबाट
खाल्टे बजार तर्फ आउँदै गरेको BR 30 W 1309 नं.को १५० CC को रातो कालो पल्सर
मो.सा.मा ५/५ किलोको २ पोका ला.औ.पदार्थ जस्तो देखिने अं.१० किलो गाँजा, मो.सा.र मो.सा.चालक
जि.महोत्तरी सोनमा गा.पा.३ बस्ने अं.वर्ष २० को हरेन्द्र बैठा मो.सा.पछाडी सवार ऐ.बस्ने
अं.वर्ष २१ को अर्जुन बैठाको बिचमा मो.सा.को सिटमा राखिएको सेतो प्लाष्टिकको बोरामा
बेरिएको १ पोका र अर्जुन बैठाले पछाडि भिरेको कालो झोलामा १ पोका ला.औ.पदार्थ जस्तो
देखिने गाँजा,
२
जना मानिस र मो.सा. नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको१।
मकवानपुर, हेटौडा उ.म.न.पा.१५
रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्र.चौ.रातोमाटे मकवानपुरबाट प्र.स.नि.को
कमाण्डमा खटी गएको चेकिङ टोलिले पोखराबाट जनकपुर तर्फ आउदै गरेको ग २ ख १५६० न.को यात्रुबाहक
बसलाई रोकी चेकजाच गर्ने क्रममा बसको सिटमाथी
कालो झोलामा रहेको ला.औ.अं.६ किलो गाँजा फेला पारी सोही बसमा सवार ऐ.राक्सिराङ गा.पा.१
चुम्लिङ बस्ने बर्ष अं.२० को सुमन तामाङलाई नियन्त्रणमा जि.प्र.का.मकवानपुरमा ल्याई
आ.अ.भईरहेको,बसलाई गन्तव्य पठाएको,
भक्तपु, सुर्यविनायक न.पा.६
सुर्यविनायक ढलानपाटी स्थितबाट लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको
टोलीले निम्न मानिसहरूलाई लागु औषध १५ ग्राम खैरो हेरोइन सहित पक्राउ गरी लगेकोमा आज
मिति २०८२।०९।०१ गते १५:३० बजे पत्रसाथ प्रहरी वृत्त जगातीमा ल्याई सात दिन म्याद थप
गरी वृत्त जगातीको हिरासतमा राखिएको । निम्न:- १. जिल्ला दोलखा जिरी न.पा.६ घर भई हाल
भक्तपुर पाण्डुबजार बस्ने वर्ष २८ को सन्दीप बुढाथोकी । २. जिल्ला सिराहा सिराहा नगरपालिका
२० घर भई हाल काठमाडौँ जडीबुटी बस्ने वर्ष २३ को पंकज कुमार यादव । ३. जिल्ला भक्तपुर
सुर्यविनायक न.पा.६ घलाते बस्ने वर्ष ३२ को रविन सुवाल ।