मिति २०८२।०९।०३ गते ०५:०० बजे देखि ऐ ०९।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०४
- A
- A-
- A+
कर्तव्य
ज्यान,
कास्की, पोखरा
म.न.पा.३१ बेगनासगाउँ स्थित ऐ. बस्ने अं.वर्ष ७२ की दाल कुमारी परियारलाई निजकै
नाती (छोरा तर्फको) अं.वर्ष २१ को आशिष परियारले कुटपिट गर्दा घटनास्थलमै मृत्यु
भएको भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का.शिशुवाबाट प्र.नि.को कमाण्डमा ११ जनाको
टोली खटी गई हेर्दा मृतकको टाउकोमा चोट (धारिलो हतियारले प्रहार गरेको जस्तो चोट
देखिएको) कानुनी प्रकृया पुरा गरी ऐ.१८:५० बजे शव पो.मा.को.लागी पश्चिम क्षेत्रीय
अस्पताल पठाएकोमा ऐ.१९:१० बजे ईन भएको, शव सोही अश्पतालमा
रहेको,
पो.मा.हुन
बाँकी,
कुटपिट
गर्ने नाती तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेकोमा ऐ.१६:३० बजे स्थानीयले उक्त
घटनामा संलग्न रहेको भनिएको आशिष परियारलाई ऐ. पोखरा म.न.पा.९ पृथ्वीचोक स्थितबाट CRV अमरसिंहबाट
प्र.व.ह.को कमाण्डमा खटिएको टोलीले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
जि.प्र.का.कास्कीमा ल्याई राखिएको ।
ज.ज.क. /बाल यौन दुर्व्यवहार,
उदयपुर, बेलका न.पा.७ चुम्राङ वाबिङ खोला किनारमा सिमसाग
टिप्न भनी ऐ.०२ गते अं.१६:०० बजे गएको अवस्थामा ऐ.बस्ने वर्ष ९ की बालिकालाई
ऐ.बस्ने वर्ष १७ को बालकले ज.ज.क.गरेको हुँदा कानुन अनुसार कारवाही गरी पाँउ भनी
पीडित बालिकाको हजुर आमाले ऐ.०९।०३ गते ०९:३० बजे इ.प्र.का.रामपुरठोक्सिलामा लिखित
जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज वाल विज्याई कर्तालाई
नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको
स्वास्थ्य अवस्था सामान्य रहेको ।
कपिलवस्तु, कपिलवस्तु न.पा.१ बस्ने
परिवर्तित नाम ५१(ष१) २०८२।०८३ कपिलवस्तुले मेरो छोरी बर्ष अं.१६ की परिवर्तित नाम
५१(ष) २०८२।०८३ कपिलवस्तु बुद्धज्योती ईङ्लिस बोर्डिङ्ग स्कुल कक्षा ११ मा पढ्नको
लागि घरबाट निस्की गएकीमा उक्त दिन अवेर सम्म छोरी घरमा फर्की नआई सम्पर्क बिहीन
भएको भन्ने निजको आफन्तले ऐ.२० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हुलिया
निवेदन दिए पश्चात तत्कालै जि.प्र.का.कपिलवस्तुबाट प्र.नि. को कमाण्डमा टोली खटी
गई खो.त.कै क्रममा मिति २०८२।०९।०२ गते जिल्ला रुपन्देही तिलोत्तमा न.पा.९
मंगलापुरको डुम्रेपथ भन्ने स्थानमा जिल्ला कपिलवस्तु कपिलवस्तु न.पा.३ बस्ने रुद्र
प्रसाद गैरेको छोरा बर्ष अं.२३ को प्रयास देव गैरेको साथमा निज नाबालिका समेतलाई
फेला पारी दुवै जनालाई जि.प्र.का.कपिलवस्तुमा ल्याई स्वास्थ्य परिक्षण पश्चात निज
पिडकलाई जिल्ला प्रहरी कार्यालको हिरासतमा राखिएकोमा मिति २०८२।०९।०३ गते पिडक उपर
अपहरण गरी शरीर बन्धक बनाई ज.ज.क.मुद्धा शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला
अदालत कपिलवस्तुबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको,पिडित
नाबालिकालाई बृहत स्वास्थ्य परिक्षण पश्चात आमाको जिम्मा लगाईएको,अवस्था सामान्य
।
विदेशि नागरिक मृत्यु,
मुस्ताङ, घरपझोङ गा.पा.३ जोमसोम
स्थित ईश्वर पोख्रेलले संचालन गरेको होटल मुस्ताङ मोनालिशाको दोस्रो तलामा रहेको
कोठामा भारतीय नागरिक अं.वर्ष ५९ को राजेन्द्र गणपत मोतिरा बेडमा मृत अवस्थामा
रहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.मुस्ताङबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जोमसोम पठाएको, निज मृतक २३
जनाको ग्रुपमा मुस्ताङ घुम्न आई मिति २०८२।०९।०२ गते उक्त होटेलमा बसेको भन्ने
बुझिएको,
उक्त
स्थान जि.प्र.का.मुस्ताङबाट अं.२ कि.मि.पश्चिम पर्ने ।
हात हतियार बरामद,
पर्सा, वीरगंज म.न.पा.१६ पशुपती टोलमा कटुवा
पेस्तोल रहेको भन्ने सुचना प्राप्त हुनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा
प्रहरी टोली खटी गई बुझ्दा ऐ.बस्ने हरिन्द्र रामको छोरा अं.वर्ष १९ को उपेन्द्र
रामले सञ्चालन गर्दै आएको शम्भु होटल नामको नास्ता तथा खाजा पसलको कम्पाउण्डमा
रहेको ढुङगा गिट्टीको थुप्रो भित्र हरियो रङको पलाष्टिक भित्र लुकाई छिपाई राखेको
कटुवा पेस्तोल थान १ र ऐ.मा लोड अवस्थामा रहेको 8mm लेखिएको गोली
राउण्ड १ र सोही प्लाष्टिकमा 8mm लेखिएको गोली राउण्ड १ फेला पारी स्थानीय
जनप्रतिनिधी र स्थानीय मानिसहरुको रोवहरमा रितपूर्वक बरामद गरी आवश्यक सोधपुछ तथा
अनुसन्धानको लागि उक्त होटलको संचालक अं.वर्ष १९ को उपेन्द्र रामलाई नियन्त्रणमा
लिई व.प्र.का.बिर्तामा राखिएको ।
तनहुँ, आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित
पृथ्वीराजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लीन पुलजीपबाट प्र.ह. को कमाण्डमा
खटिएको चेकिङ टोलीले सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा बारा
कलैयाबाट पोखरातर्फ आउदै गरेको ग २ ख २७५ बसमा सवार जि.बारा सुवर्ण गा.पा. १
बस्ने वर्ष अं. १९ को ओम बाबु प्रसाद
यादबलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको अगाडी पेट मुनी बेल्टले च्यापी लुकाई छिपाई ल्याएको अवस्थामा छोटो हतियार
(कटुवा पेस्तोल) थान-१ (एक) सहित निजलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त
हुनासाथ इ.प्र.का. आबुँखैरेनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई इ.प्र.का.
आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
कुटपिट,
ललितपुर, महालक्ष्मी न.पा.०१
ईमाडोल स्थित ज्यामी काम गरी बस्ने वर्ष २६ की सिता कुमारी कार्कीसँग अपराध
महाशाखा टेकु काठमाण्डौ दरवन्दी भई हाल प्रहरी बृत्त बालाजुमा कार्यरत प्रहरी जवान
भुवन लोहारले बिगत १४ महिना देखी सम्बन्धमा बस्दै आएको र बिगत ४ महिना अगाडी
निजहरुको ब्रेकअप भई छुट्टाछुटै बस्दै आएकोमा ऐ.०९/०२ गते अं. २१:०० बजे निज
प्रहरी जवान महिलाको कोठामा आई महिलालाई कुटपिट गरी निज महिलाको छोरी वर्ष ६ की
आशिका कार्कीलोई अभद्र व्यवहार गरी निज प्रहरी जवान भागी फरार भएको भनी ऐ.०९/०३
गते २१:०० बजे प्रहरी प्रभाग ईमाडोलमा आई जानकारी गराएको र ऐ. २१:५५ बजे प्रहरी
बृत्त सातदोबाटोमा आई निवेदन दिएको, निज प्रहरी जवानको बारेमा प्रहरी बृत्त
बालाजुसँग समन्वय भई रहेको।
ला.औ.,
काठमाण्डौ, चन्द्रागिरी न.पा.२
स्थित नागढुङ्गा चेक प्वाईन्टमा सर्लाही देखि काठमाण्डौ तर्फ आउँदै गरेको
बा.प्र.०१-००६ ख ७८६६ नं.को यात्रुबाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.व.ना.नि.को
कमाण्डमा खटिएको प्रहरी टोली र ला.औ.नियन्त्रण ब्युरो सहितको संयुक्त टोलीले
चेकजाँच गर्ने क्रममा उक्त बसको (A) साईडको २ नं.सिटमा सवार जि.रौतहट गजुरा न.पा.३
बस्ने अं.वर्ष २४ को शेख मोसिमलाई शंका लागि चेकजाँच गर्दा निज शेख मोसिमले कालो
झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा DIAZEPAM लेखिएको ७००
एम्पुल,
PHENERGAN लेखीएको
७०० एम्पुल र NOOPHIN
लेखिएको
७०० एम्पुल गरी जम्मा २१०० एम्पुल सहित फेला पारी उक्त ला.औ सहित निज शेख मोसिमलाई
नियन्त्रणमा लिई वृत्त थानकोटमा राखि आ.अ.भईरहेको, उक्त स्थान
प्रहरी प्रभाग नागढुङ्गाबाट अं.५० मि.उत्तर पर्ने ।