मिति २०८२।०९।०५ गते ०५:०० बजे देखि ऐ ०९।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०६
- A
- A-
- A+
कर्तव्य
ज्यान,
रोल्पा, रुन्टिगढी
गा.पा.५जस्पुर बस्ने वर्ष ४८ को अमराज दमाईले मा.प.से.गरी आफ्नै श्रीमती वर्ष ५२
की रिमा परियारलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.होलेरी रोल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि
प्रा.स्वा.के.होलेरी रोल्पा पठाइएकोमा उपचारको क्रममा ऐ.१८:४५ बजे मृत्यु भएको,शव कानुनी
प्रकृया पूरा गरी पो.मा.को.लागि रेउघा अस्पताल रोल्पा पठाईएको,कुटपिट गर्ने
व्यक्ति प्रहरीको नियन्त्रणमा ।
ज.ज.क.
/बाल यौन दुर्व्यवहार,
धनकुटा, मिति
२०८२।०९।०१ गते अं.०१:०० बजे,धनकुटा न.पा.८ सान्ताङ बस्ने वर्ष अं.२९ को मान
बहादुर राईले चौबिसे गा.पा.३ बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर
प्राप्त हुनासाथ जि.प्र.का.धनकुटाबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटा
ल्याई आ.अ.भईरहेको,
प्र.क.मृत्यु,
सुर्खेत, जि.दैलेख
नारायण न.पा.२ घर भएका जि.सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष ३८ को नेपाल
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुर्खेत दरबन्दी भई
ऐ.कार्यालयमा कार्यरत (क.कोड ३८३५५५) को प्र.ह.दशरथ थापा ऐ.०८।२८ गते बिहान ०६:००
बजे देखि १०:०० बजे सम्मको कन्ट्रोल
ड्युटी सकेर घर गएकोमा ऐ.१४:४५ बजे नाम नखुलेको विषादी सेवन गरी उपचारको लागि
निजको श्रीमतीले प्रदेश अस्पताल कालागाउँ लगेर ऐ.०९।०२ गते सम्म ICU मा उपचार
भईरहेकोमा स्वास्थ्य अवस्थामा सुधार नआएकोले ऐ.१२.३० बजे देखि भेन्टिलेटरमा राखी
उपचार भईरहेकोमा ऐ.०९।०५ गते १०:२० बजे उपचारको क्रममा मृत्यु भएको भनी डाक्टरले
मृत घोषणा गरेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी सोही
अस्पतालमा पो.मा.पश्चात मृतकको दाजु नवराज थापाले शव बुझी लगेको, विषादी सेवन
गर्नुको कारण नखुलेको ।
हात
हतियार बरामद,
दैलेख, नौमुले गा.पा.९ सुनपाटा स्थित ऐ.वडा नं.२ नाउली बस्ने
वर्ष ३७ को भिम बहादुर शाहीले भरुवा बन्दुक बोकेर हिँडेको छ भन्ने गोप्य सुचना
प्राप्त पश्चात जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने
क्रममा ऐ.९ सुनपाटा स्थित १ नाल भरुवा बन्दुक र निज भिम बहादुर शाहीलाई
नियन्त्रणमा लिई बरामदी मुचुल्का गरी जि.प्र.का.तर्फ ल्याएको,।
ला.औ.,
सुनसरी, कोशी प्रदेश
विराटनगर ला.औ.नि.व्यूरोबाट प्र.ना.नि. र इ.प्र.का.इटहरीबाट खटिएको सादा पोसाकको
प्र.ब.ह.को कमाण्डमा टोलीले इटहरी उ.म.न.पा. ६
स्थित न्यू ओखलढुङ्गा होटल एण्ड सेकुवा कर्नर अगाडि प्रदेश १-०२-४८ प ४४७८ नं.को मो.सा.मा शंकास्पद
रुपमा बसिरहेका ऐ.बराहक्षेत्र न.पा ५ बस्ने वर्ष ३५ को अनिल कार्की र ऐ.कोशी
गा.पा.८ बस्ने वर्ष २० को मो.जईसुल अबदिन दुबै जनालाई चेकजाँच गर्दा मो.जईसुल
अबदिनको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्द
तौल ५५.१६ ग्राम र नगद रु ८५,००० ( पचासी हजार ) र अनिल कार्कीको साथबाट नगद
रु १,६५,०००( एक लाख
पैसठीहजार) फेला पारी निजहरुलाई
मो.सा.सहित नियन्त्रणमा लिई
इ.प्र.का. इटहरीमा ल्याई अनुसन्धान भईरहेको।
पर्सा, बिरगंज
म.न.पा.वडा नं.२२ जगरनाथपुर ढाँट स्थित व.प्र.का.श्रीपुरबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटी गई चेकजाँच गर्ने क्रममा मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको ना ३ ख
५०९३ नं.को छ चक्के ट्रक माथी शंका लागि रोकी चेकजाँच गर्दा ट्रकको क्याबिनको
माथिलो भागको फल्स बटनमा लुकाई छिपाई ल्याएको अं.२४० KG चरेश जस्तो
देखिने ला.औ.फेला पारी ट्रक र ट्रक चालक मकवानपुर थाहा न.पा.वडा नं.११ बस्ने वर्ष
२९ को सरोज मोक्तान र सह-चालक ऐ.बस्ने वर्ष २१ को नवराज लोलाई ला.औ.ट्रक सहित
नियन्त्रणमा लिई जि.प्र.का.पर्सा पठाईएको ।
बाँके, नेपालगंज
उ.म.न.पा.२ डाईमण होटल अगाडी लागु औषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा
जि.प्र.का.बाँकेबाट प्र.स.नि. र ला.औ.नि.व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट
प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले शंकास्पद रुपमा आगो तापेर बसिरहेको
जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुर बस्ने वर्ष ४३ को सुवोध क्षेत्री लगायत २
जनालाई शंका लागि चेकजाँच गर्दा सुवोध क्षेत्रीको साथबाट २ वटा कालो पोका
प्लाष्टिक सहित तौल गर्दा ५८ ग्राम २४० मिली ग्राम प्लाष्टिक हटाई शुद्व तौल ५४
ग्राम ६० मिली ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने कालो धुलो पदार्थ फेला
पारी बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।