मिति २०८२।०९।०६ गते ०५:०० बजे देखि ऐ ०९।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०७
- A
- A-
- A+
कर्तव्य
ज्यान
खोटाङ, दिक्तेल
रुपाकोट मझुवागढी न.पा.९ सिगाने बस्ने वर्ष ५८ को पदम रोक्कालाई ऐ.बस्ने वर्ष
५० को दिल कुमार भुजेलले मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा पदम
रोक्काको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.निर्मलीडाँडाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, थप अनुसन्धान
तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को टोली खटी गई कानुनी प्रकृया
पुरा गरी ऐ.१६:३० बजे शव पो.मा.को लागि जिल्ला अस्पताल खोटाङ पठाएको,घटनास्थल अ.प्र.चौ.निर्मलीडाँडाबाट
अं.१३ कि.मि.उत्तर पर्ने ।
ज.ज.क.
/बाल यौन दुर्व्यवहार,
संखुवासभा, मिति
२०८२।०९।०५ गते १९:३० बजे खाँदबारी न.पा.७
घर भई हाल ऐ.खाँदबारी न.पा. ९ बस्ने चन्द्र बहादुर श्रेष्ठको जग्गामा रहेको मतान
घरमा डेरा गरी बस्दै आएको बुवा छोरी बीच झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ
जि.प्र.का.बाट टोली खटी गई निज बुवालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई
राखिएकोमा ऐ.६ गते १२:०० बजे वर्ष ४३ को निज बुवाले आफ्नै छोरी वर्ष १६ की
बालिकालाई मिति २०८२ सालको असार महिना देखी पटक पटक जबरजस्ती करणी गर्दै
आएको भनी जाहेरी दिएकोले आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान
जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पूर्व पर्ने ।
प्युठान, ऐरावती गा.पा.४
छापा बस्ने वर्ष अं. ९ की बालिकालाई ऐ. बस्ने वर्ष अं. ११ को बालकले आफ्नै घरमा ज.ज.क.
गरेको भनि ऐ.२१:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कैरनबाट प्र.स.नि. को
कमाण्डमा टोली गएको, पिडक घरमा नभएको, खो.त. कार्य भइरहेको, पिडितको अवस्था
सामान्य रहेको,
उक्त
स्थान अ.प्र.पोष्ट.कैरनबाट अं.४ कि.मि. पश्चिम पर्ने ।
ला.औ.,
दाङ, जि.बाके
नेपालगन्ज उ.म.न.पा.०१ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र ऐ. ०८
ज्वलाहापुर वस्ने वर्ष ३८ को नुरूद्दिन अन्सारीले अवैध ला.औ.व्राउन सुगर विक्री
वितरण गर्नको लागि नेपालगन्जबाट दाङको भालुबाङ तर्फ आउदै गरेका छन भन्ने गोप्य
सुचनाको आधारमा इ.प्र.का.भालुबाङबाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले ऐ. राप्ती गा.पा.०५ पूर्व पश्चिम
राजमार्गको कालापानी स्थित सड्क खण्डमा उल्लेखित मानिसहरूलाई फेलापारी तत्कालै
नियन्त्रणमा लिई निजहरूलाई चेकजाँच गर्ने क्रममा निज ईमरान सिद्दिकी हलवाईले लगाएको ज्याकेटको भित्री खल्तीमा सेतो
प्लाष्टिकमा सेतो धागोले वाँधेको ला.औ.व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ
फेला पारी शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम रहेको र निजले
लगाएको निलो ट्रयाकको पछाडीको खल्तीमा राखेको पर्समा रू.५०० दरको ४ वटा
नेपाली नोट गरी जम्मा रू.२०००।– रहेको,निजले प्रयोग गर्दै आएको IME11-862791063943592
IMEI2-12862791063943584
भएको मोवाईल नं.९८१२४९०३८२ र ९८१०२०३५९४ को सिम प्रयोग भएको OPPO क्रिम कलरको
स्क्रिनटच मोवाईल थान १ फेला परेको र नुरूद्दिन अन्सारीकको शरीर खानतलासी गर्दा
निजले प्रयोग गर्दै आएको IME11-868188059288450,IME12-
868188059288443 भएको मोवाईल नं. ९७०५३६९९०५ र ९७००७७२५६३ को सिम प्रयोग भएको
क्रिम कलरको VIVO
स्क्रिनटच
मोवाईल थान १ फेलापारी निज ईमरान सिद्दिकी हलवाई र नुरूद्दिन अन्सारीको साथवाट
वरामद भएको सामान सहित पक्राउ गरी इ.प्र.का.भालुवाङमा ल्याई राखेको,थप अनुसन्धान
भई रहेको,उक्त स्थान
इ.प्र.का.भालुवाङबाट अं १२ कि.मि.पश्चिम पर्ने ।
सुर्खेत, वीरेन्द्रनगर
न.पा.३ आदेशनगरमा गोप्य सुचनाको आधारमा न.प्र.का.सुर्खेतबाट खटिएको प्र.स.नि.र
ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.बस्ने वर्ष
२२ को नबिन थापालाई चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको २२ पुडिया र ५
पोका ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, ऐ.१५:३०
बजे नापतौल गर्दा शुद्द तौल ७ ग्राम ४६० मिलिग्राम रहेको, उक्त स्थान
न.प्र.का सुर्खेतबाट अं.२.५ कि.मि.दक्षिण पश्चिम पर्ने ।
महोत्तरी, इ.प्र.का.गौशालाबाट
प्र.नि.को कमाण्डमा,इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.र ला.औ.नियन्त्रण ब्यूरो
शाखा कार्यालय,बर्दिवासबाट
खटिएको संयुक्त टोलीले ऐ. औरही न.पा.०१
स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवास तर्फ शङ्कास्पद
तरिकाले जाँदै गरेको ऐ. सम्सी गा.पा.०६ स्थायी वतन भई शेष फखरे आलमको छोरा वर्ष २१
को शेष तनबिरले चलाई ल्याएको BR30A02285 नं.को भारतीय मोटरसाईकल र उक्त
मोटरसाईकल पछाडी सवार रहेको देश भारत बिहार राज्य, जिल्ला सितामढी, वेला थाना वडा
नं.०६ स्थायी वतन भई धरखर मण्डलको छोरा वर्ष २२ को राजु कुमार र सोही मोटरसाइकल
पछाडी आउँदै गरेको चालक जिल्ला महोत्तरी सम्सि गा.पा.०६ स्थायी वतन भई मोली
मोमताजको छोरा वर्ष २१ को मुसाहिददुल ईस्लामले चलाएका BR30W0324 नं.को
यमाहा कम्पनीको भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेका देश भारत, बिहार राज्य, जिल्ला सितामढी
बेला थाना वडा नं.०६ कनवा स्थायी वतन भई उत्तम मण्डलको छोरा वर्ष २१ को अरबिन्द
कुमार मण्डल समेतलाई रोकेर कानून बमोजिम निजको शरीर र दुवै मोटरसाईकल खानतलासी
गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डल समेतले आफ्नो साथमा बोकी ल्याएको कालो
प्लास्टिकको झोला भित्र ला.औ. DIAZEPAN-2ml उल्लिखित ४७४
(चार सय चौहत्तर) थान एम्पुल, BUPENORPHNE-2ml उल्लिखित ४८४
थान एम्पुल र PROMETHOZINE
HYDROCHLORIDE PHENERGAN-2ml उल्लिखित ४७८ थान
एम्पुल गरी जम्मा १४३६ थान एम्पुल फेला परेको हुँदा उक्त ला.औ.बरामद गरी निज शेष
तनबिर,राजु कुमार,मुसाहिददुल
ईस्लाम,
अरबिन्द
कुमार मण्डल र दुबै मो.सा.समेतलाई थप अनुसन्धानको लागि इ.प्र.का.गौशालामा ल्याई
राखिएको उक्त स्थान इ.प्र.का.गौशालाबाट अं.६ कि.मि. पूर्व पर्ने ।
सर्लाही, हरिवन न.पा.०३
डाबरी टोल स्थितमा आँपको बगौँचा भित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई
राखिएको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवनबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई उक्त स्थानको वरिपरी खो.त.गर्दा झाडी भित्र सुकेको मकैको डाठले छोपेको
अवस्थामा बेवारीसे ला.औ.गाँजा ३ वटा बोरा फेला पारी बरामद गरी इ.प्र.का.हरिवन
सर्लाहीमा ल्याई खोली हेर्दा उक्त प्लाष्टिकको बोरा भित्र ठुलो प्याकेट ९ वटा-४७.६६४ के.जी , सानो प्याकेट १४ वटा- ३७.७०२ के.जी, सानो प्याकेट १
वटा- १.१३९ के.जी, गरी जम्मा प्लाष्टिक सहितको तौल ८६.५०५ के.जी.रहेको ।