मिति २०८२।०९।०७ गते ०५:०० बजे देखि ऐ ०९।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०८
- A
- A-
- A+
कर्तव्य
ज्यान ,
भक्तपुर, भक्तपुर न.पा.३
वंशगोपाल डेगोमना स्थितमा ऐ.बस्ने तुल्सी कर्मचार्यको साढे ३ तल्ले निर्माणाधिन
घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने जिल्ला उदयपुर घर भएको बर्ष ३५ को पुर्ण
ठकुरीलाइ निजसंगै काम गर्ने जिल्ला धनकुटा सागुरीगढी गा.पा.३ घर भई ऐ.घरमा ज्यामी
काम गरी बस्ने बर्ष २७ को याखा राई भन्ने संजिब राईले ऐ.०६ गते राती कुटपिट गर्दा
निज पुर्ण ठकुरीको घटनास्थलमा मृत्यु भएको,लास घटनास्थलमा रहेको,कुटपिट गरी
हत्या गर्ने संजिब राई ऐ.७ गते ०८;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा.१ सल्लाघारी
स्थितबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको घटनास्थल मुचुल्का तथा थप
अनुसन्धान कार्य जारी,उक्त स्थानमा प्रभाग दरबारस्क्वायरबाट प्र.ब.ना.नि.रमेश राई
र परिसर भक्तपुरबाट प्र.उ.सुर्य ब.खड्काको कमाण्डमा टोली खटी गएको। थप अपडेट ऐ.
१०:१० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट भक्तपुर लगेको ।
ललितपुर, जि.भक्तपुर
सूर्यविनायक न.पा.७ देउराली जंगलमा सडक भन्दा अं.२०।२५ मिटर तल खोल्सामा
अनुसन्धानको सिलसिलामा उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुरको
प्रहरी टोलीले नाम थर वतन र लिङ्ग नखुलेको कपडाले बेरेको अवस्थामा शव फेला परेको
भनी ऐ. ००:४७ बजे वृत्त सातदोबाटोमा जानकारी गराउनासाथ प्रभाग लुभुबाट प्र.स.नि., प्रभाग
इमाडोलबाट प्र.नि. र थप वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा
मृतक जि.भोजपुर अरुण गा.पा.३ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.८ लुभु बस्ने
वर्ष २१ को पारुहाङ राई रहेको, घटनास्थल मुचुल्का पश्चात शव पो.मा.को लागि
पाटन अस्पताल पठाएको, मिति २०८२।०९।०६ गते उक्त घटना सम्बन्धी सो.पु. को लागी
अपराध महाशाखाको टोलीले जिल्ला सिन्धुली गोलन्जोर गा.पा. ०५ घर भई बस्ने बर्ष २०
को जयराम अधिकारीलाई नियन्त्रणमा लिई निजलाई अपराध महाशाखा टेकुमा राखेको,घटनास्थलमा
वृत्त सातदोबाटोबाट प्र.ना.उ र जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ. र जिल्ला
प्रहरी परिसर भक्तपुरबाट प्र.ना.उ.को कमाण्डमा १२ जनाको टोली खटी गएको।
ज.ज.क.
/बाल यौन दुर्व्यवहार,
सुर्खेत, सुर्खेत
वी.न.पा.वडा नं.२ गुप्तीपुर स्थित जाहेरवाला परिवर्तीत नाम (०८२।/०८३) ६४
बीरेन्द्रनगर ३६ Aको घरको उतर तर्फको कोठामा ठुली र सानी बहिनी सुतीरहेको
अबस्थामा जि.सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर बस्ने बर्ष अं.२५ को विष्णे भन्ने
विष्णु गिरीले कोठामा प्रवेश गरी बिस्तारामा सुतीरहेकी बहीनीहरु मध्ये जेठी बहिनी
ऐ.ऐ बस्ने बर्ष १६ की परिवर्तित नाम ०८२।/०८३) ६४ बीरेन्द्रनगर क ३६ लाई एक्कासी
मुखमा हात लिई मुख बुझी अर्को हातले शरिरको संम्वेदनशिल अंग स्तन छातीमा
सुमसुम्याई जबरजस्ती करणी उधोग गरेको हुंदा निज अन्यायी विष्णे भन्ने विष्णु
गिरीलाई पक्राउ गरी हदै सम्मको सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाउ भनि
पिडितको दाजु परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ A ले मिति
२०८२।०९।०६ गते जि.प्र.का.सुर्खेतमा लिखित जाहेरी दिए पश्चात तत्काल उक्त स्थान
तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा
लिई अनुसन्धान भईरहेको ।
पाल्पा, तानसेन न.पा.७
बस्ने वर्ष ३४ को जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुले पाल्पा जिल्ला
अन्तर्गत बस्ने वर्ष २४ की परिवर्तित नाम (०८२।०३) ४७ (ट) लाई जिल्ला पाल्पा
तानसेन न.पा.११ स्थित जङ्गी अड्डा स्थित होटलमा ज.ज.क. गरेको भनि मिति २०८२।९।७
गते १७:०० बजे निज पडित आफैले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा
जि.प्र.का. पाल्पाबाट प्र.नि. को कमाण्डमा टोलि खटिगई निज पिडक व्यक्तिलाई
नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको,निज पिडित महिलाको
मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको,अवस्था सामान्य
उदयपुर, रौतामाई गा.पा.
८ खमारे घर भई हाल ऐ. त्रियुगा न.पा.११ स्थित रमा मगरको घरमा डेरा लिई बस्ने वर्ष
१० की नावालिकालाई देश भारत झारखण्ड राज्य सांकेतनगर ग्रामपञ्चायत डोरन्डा थाना
वडा नं. १८ स्थाई घर भई हाल ऐ. त्रियुगा न.पा. ११ स्थित रमा मगरको घरमा डेरागरी
बस्ने वर्ष अं. ३५ को अनुराग भन्ने सिन्टु कर्मकारले आफ्नै कोठा भित्र लगी ललाई
फकाई गरी यौन दुर्व्यवहार गरेको भनि पिडितको हजुरबुवाले ऐ.०९।०७ गते अं.१६:०० बजे
जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.ब.ह को कमाण्डमा टोली खटी
गई निज अनुराग भन्ने सिन्टु कर्मकारलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि
जि.प्र.का.ल्याइ आ.अ.कार्य भइरहेको,
तनहुँ, भानु न.पा.१
पुल्चोक स्थित रहेको मौसम थापा मगरद्धारा संचालित मगर होटलमा ऐ. भानु न.पा.-९
बस्ने वर्ष २४ को सिताराम नेपालीले जि. लम्जुङ दोर्दी गा.पा.-२ बस्ने वर्ष १४ की
बालिकालाई ज.ज.क. र जि. चितवन भरतपुर म.न.पा.-१४ बस्ने वर्ष २६ को निसान थापाले
जि. धादिङ रुबिभ्याली गा.पा.-५ बस्ने वर्ष १७ की बालिकालाई यौन दुरुपयोग गरेको भनि
ऐ.०९।०७ गते १७:०० बजे पिडितका आफन्तले इ.प्र.का.भोटेवडार लम्जुङमा जानकारी गराए
पश्चात इ.प्र.का.भानुतनहुँबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक चारै
जनालाई इ.प्र.का.भानु तनहुँमा ल्याई स्वास्थ्य परिक्षणको लागि प्रदेश अस्पताल
दमौली लगिएको ।
कैलाली, धनगढी
उ.म.न.पा.१२ मनेहरा सिबिर बस्ने वर्ष २४ की महिलालाई ऐ.बस्ने वर्ष ३८ को झंकु राम
डगौराले ज.ज.क.गरेको भनि ऐ.०९।०७ गते १६:३० बजे जि.प्र.का.मा जाहेरी दिएकोले अ.प्र.पोष्ट मनेहराबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखि थप
अनुसन्धान भईरहेको ।
कुटपिट,
बाँके, जानकी गा.पा.०२
नवाजी गाउँ बस्ने दिपक यादवले आफ्नो श्रीमती वर्ष २० की रिमा यादवलाई बाँया कानमा हातको मुक्काले हानी
घाईते भई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि नेपालगंज बाँके
ल्याई उपचार भई रहेको अबस्था गम्भिर रहेको, उपचारमा
सङ्लग्न बुबा हन्सराम यादव रहेको भनि ऐ. अस्पतालमाबाट ऐ.२३.३० बजे जानकारी गराउना
साथ उक्त स्थानमा प्र.चौ. बेलभार बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने
निजको श्रीमान दिपक यादव फरार रहेको,खो.त. कार्य जारी रहेको ।
हात
हतियार बरामद,
कालिकोट, तिलागुफा न.पा.
७ सुर्खाल पाटन स्थित दुन्द्रा ओढारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा
रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ. छाप्रेबाट प्र.ब.ह.को कमाण्डमा खटिएको
टोलीले छुट्टा छुट्टै ओढारमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.छाप्रेबाट अं.३ घण्टा उत्तर
पर्ने ।
ला.औ.,
धादिङ, गजुरी गा.पा.६
आदमघाट बजार स्थित पृथ्बिलोकमार्गमा गोप्य सुचनाको आधारमा प्र.चौ.बैरेनिबाट
प्र.ना.नि. र अ.प्रोष्ट आदमघाटबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले काठमाण्डौबाट बुटवल तर्फ जादै
गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको
कालो,
हरियो
र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अं.३० के.जि बराबरको ला.औ.गाँजा
फेला पारी गांजा ल्याउने ऐ. गजुरी गा.पा ७
बस्ने बर्ष ३५ को चन्द बहादुर तामाङ सहित ३ जनालाई गांजा सहित नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको ।
सुनसरी, धरान
उ.म.न.पा.१३ चिण्डे डाँडा स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट
स.प्र.ना.उ.को कमाण्डमा खटिएको गस्ती टोलिले चेक जाँच गर्ने क्रममा चिण्डे डाँडा
हुदै धरान तर्फ आउदै गरेको को २ ह ५९३४ नं. अटो लाई चेक जाँच गर्दा ५ पोका
ला.औ.गाँजा तौल गर्दा १०९ के.जी. अटो र
अटो चालक ऐ. १३ बस्ने वर्ष २८ को राकेश मरिक लाई नियन्त्रणमा लिई थप अनुसन्धानको
लागि इ.प्र.का.धरानमा ल्याई बुझाईएको ।