प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।०९ गते ०५:०० बजे देखि ऐ ०९।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-१०

  • A
  • A-
  • A+
Share

ज.ज.क. /बाल यौन दुर्व्यवहार,

गुल्मी, ईश्मा गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २० को ढुल्के भन्ने बोम बहादुर कुमालले वर्ष १३ की परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (A) लाई ललाई फकाई जबरजस्ती करणी गरेको भनि पिडितको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) ले मिति २०८२।०९।०८ गते दिउँसो १३;५० बजेको समयमा अ.प्र. पोष्ट धनार्जे गुल्मीमा खबर गराउनसाथ उक्त स्थानमा प्र.ब.ह. को कमाण्डमा २ जना र जि.प्र.का. गुल्मी बाट विवेक घलेको कमाण्डमा ५ जनाको टोली खटिगई निजलाई ऐ. १५;०० बजेको समयमा नियन्त्रणमा लिई जि.प्र.का. गुल्मीमा ल्याई मेडिकल गरी राखेको, आज मिति २०८२।०९।०९ गते १२;३० बजेको समयमा जि.प्र.का. गुल्मीमा पिडितको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) ले जाहेरी दरखास्त दिएकीमा जिल्ला अदालत गुल्मीबाट मिति २०८२।०९।०८ गते देखि लागु हुने गरी पहिलो पटक दिन ७ (सात) म्यादथप भई हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको, पिडित वर्ष १३ की परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (A) लाई स्वास्थ्य परिक्षण गरी निजको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) को जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको ।

 

भरुवा बन्दुक पड्की घाईते,

गोरखा, धार्चे गा.पा.४ लाप्राक बस्ने वर्ष ४० को टेक बहादुर गुरुङ मिति २०८२।०९।०६ गते २३:०० बजे आफ्नै आलु बारीमा बदेल धपाउन जाने क्रममा अचानक लड्न जाँदा निजले बोकेको  भरुवा बन्दुक पड्कन गई बायाँ हातको पाखुरामा लागी घाईते भएको, घाईतेको काठमाडौं गोगंबुमा रहेको ALL NEPAL HOSPITAL मा उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.९ गते काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाई उपचार भईरहेको, अवस्था मध्यम ,उपचारमा निजको श्रीमती अस्मिता गुरुङ संलग्न रहेको भनी महानगरीय अस्थाई प्रहरी प्रभाग गोगंबु काठमाण्डौँबाट ऐ.९ गते १३:१० बजे जानाकारी प्राप्त हुनासाथ घटनास्थलमा इ.प्र.का.जौवारी गोरखाबट प्र.नि.को कमाण्डमा ६ जनाको टोली खटी गएको ।

 

हात हतियार बरामद,

सुनसरी, बराहक्षेत्र न.पा.०१ चौरीबान्द्रे स्थित ऐ. बस्ने वर्ष अं.४१ की ईन्दिरा राईलाई निजकै श्रीमान वर्ष अं.५१ को बिन्दु कुमार राईले घरयासी विवाद भई कुटपिट गर्दा निज ईन्दिरा राईको दाहिने पट्टी आँखाको डिलमा गहीरो चोट,टाउकोमा पनि गहीरो चोट लागि उपचारको लागी चतरा अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान अस्पताल घोपा धरान पठाइएकोमा ऐ.२१:१५ बजे घाईते ईन्दिरा राईलाई थप उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लिई गएको, अबस्था मध्यम रहेको,कुटपिट गर्ने श्रीमान घरमै रहेको भनि सोही अस्पतालमा कार्यरत प्र.क.बाट ऐ.१९:०० बजे जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा इ.प्र.का.चतराबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.२०:०० बजे  कुटपिट गर्ने बिन्दु कुमार राईको घरमा पुगी खानतलासी गर्ने क्रममा निज सुत्ने कोठाको काठको खम्बा पछाडी लुकाई छिपाई राखिएको अवस्थामा १ नाल  भरुवा बन्दुक र १ थान धारिलो हतियार खुकुरी समेत फेला परेकोले निजलाई उक्त भरुवा बन्दुक र धारिलो हतियार खुकुरी सहित निजलाई नियन्त्रणमा लिई थप अनुशन्धानको लागि इ.प्र.का.महेन्द्रनगरमा ल्याउ आ.अ. भईरहेको ।

 

जनावार् आक्रमण,

बर्दिया, बारबर्दिया न.पा.१० बस्ने वर्ष अं.५० कि पार्वती डाँगी घरबाट अं.२.५ कि.मि.दक्षिणमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली जनावार चितुवाले घाँटीमा आक्रमण गरि मृत्यु भएको भनि ऐ.१२;४० बजे जनाकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ.कतर्नियाघाट बर्दियाबाट प्र.स.नि.(९८४३९०६५५२)को कमाण्डमा ४ जना र इ.प्र.का.मोतिपुर बर्दियाबाट प्र.नि.(९८५८०९०५३७) को कमाण्डमा SOCO को सहित ६ जना खटिएको,वनको टोलिलाई जानकारी भइसकेको,लाश घटना स्थलमै रहेको, उक्त स्थान प्र.चौ.कतर्नियाघाट बर्दियाबाट अ.४ कि.मि.पुर्ब पर्ने । थप अपडेट ;- ऐ.१४;५० बजे घटनास्थलको प्रारम्भिक कार्य पुरा गरि लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको ।

 

ला.औ.,

मोरङ, बिराटनगर म.न.पा. वडा नं. १५,२ नं. ढाट स्थितमा इप्रका रानिबाट प्र.स.नि. इश्वरी कुमार दाहाल (९८६२६७५५०५) को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि.संखुवासभा चैनपुर न.पा.१ वस्ने दावा इन्दीको छोरा वर्ष ३४ को लाक्पा शेर्पालाई संका लागि चेक जाँच गर्दा निजको साथबाट लागु औषध खैरो हिरोइन पदार्थ जस्तो देखिने ५१ ग्राम, फेलापारी मानिस सहित नियन्त्रणमा लिइ इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

 

पर्सा, बिन्दवासनी गा.पा. ०५ प्रसौनीभठा स्थित सश्स्त्र प्रहरी निरिक्ष चेतन बार्हकोटिको कमाण्डमा खटिएको ५ जनाको टोलिले गस्ति गर्दै जाने क्रममा केहि मानिसहरु भारततर्फ भग्दै गएको देखि पश्चात उक्त ईलाका आसपासमा खोज तलास गर्दै जादा भुतहा खोला किनारामा लुकाई छिपाई राखिएको बेवारिसे ८ वटा पोकामा (१२० के.जि. ला.औ. गाजा) फेला पारि आवश्याक कार्वाहिको लागि ऐ. १७;३० बजेको समयमा ई.प्र.का.पोखरिया पर्सामा ल्याई बुझाईएको ।

सम्बन्धित समाचार
मिति २०८२।०९।१० गते ०५:०० बजे देखि ऐ ०९।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-११

हात हतियार बरामद,भक्तपुर, मध्यपुर ठिमी न.पा. १ सुकुम्बासी बस्तीको गुम्बा पछाडि सार्वजनिक जग्गाको झाडीमा वेवारिसे अवस्थामा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा निलो कपडाको बिन्दुली भित्र रहेको 7.62 M80 लेखिएको २६ राउण्ड SLR को गोली फेला पारी वृत्त ठिमीमा ल्याई राखिएको, थप अनुसन्धान कार्य जारी रहेको । सुन बरामद,काठमाण्डौ, जि.ताप्लेजुङ मैवाखोला गा.पा.१  घर भएको वर्ष ३६ को दिल कुमार रहपाल बि.क. का.म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई  सुन जस्तो देखिने पहेलो धातुको ब्रासलेट थान-२ (ब्रासलेट-(अं.२० ग्राम, ब्रासलेट-अं.२५ ग्राम) गरी जम्मा ४५ ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण प्रहरी वृत्त गौशाला पठाएको । मानिस बेपत्ता (शंकास्पद) (फुटकर ज्यान),सिन्धुली, मिति २०८२।०९।०९ गते के कुन समयमा जि.सिन्धुली तीनपाटन गा.पा.३ राम्चे बस्ने वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला एक्लै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेको,४ छोरी मध्ये ३ वटा विवाहित १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खो.त.गर्दा समेत फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का बेलघारीबाट प्र.स.नि र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा निजको घरमा हेर्दा निज सुत्ने बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएको महिलाको खो.त.भईरहेको, बा.प्र.हेटौडाबाट प्र.नि.को कमाण्डमा २ वटा तालिम प्राप्त कुकुर सहितको टोली ऐ.१७:१५ बजे घटनास्थलमा पुगी थप अनुसन्धान कार्य भई रहेको । आगजनी,बर्दिया, गुलरीया न.पा.१० बाजिपर्सिया स्थित ऐ.बस्ने राजन लोधको छोरी वर्ष २५ की अनुराधा लोधलाई ऐ.बस्ने निसार बेहनाको छोरा वर्ष २४ को सद्दाम बेहनाले ५ दिन अगाडि भगाई लिइ आएकोमा केटी पक्षहरु निजको घरमा आई केटिलाई जबजस्ती लिई गएको र सद्दाम बेहनाको घरमा आगजनी समेत गरेको भनी ऐ.२१:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मथुराबाट प्र.ह.को कमाण्डमा ५ जना, जि.प्र.का.बर्दियाबाट प्र.नि.कोकमाण्डमा २८ जना र  बि.ओ.पि.कालाबन्जारबाट स.प्र.नि.को कमाण्डमा ३५ जनाको टोली खटी गइ बुझ्दा केटी पक्षले निज सद्दाम बेहनाको टायलले छाएको १ तले कच्ची घरमा आगजनी गरी केटीलाई लिएर फरार रहेको, निजहरुको खो.त.भईरहेको, नेपाल प्रहरी ससत्र प्रहरी र दमकलको सहयोगमा ऐ.२२:१५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको, आगलागीबाट घर र घरमा रहेको लत्ताकपडा, अन्नपात भाडा वर्तन र काठहरु जली क्षति भएको, १ जिउ बाख्राको पाठो जली मरेको, क्षतिको बिवरण आउन बाँकी, थप- केटी जि.प्र.का.को नियन्त्रणमा रहेको । ढुंगामुढा,सिन्धुली, मिति २०८२।०९।०६ गते अं.१६:३० बजे कमलामाई न.पा.४ धुराबजार बस्ने वर्ष ६२ को दुर्गामान बम्जनको बुहारी वर्ष ३२ की सुसिला बम्जनलाई निजको सासु र नन्दले आगो लगाई घटनास्थलमा नै मृत्यु भएको बिषयलाई लिएर ऐ.१० गते १५:१५ बजे माईती पक्ष र स्थानीय गरी अं.१००० जनाको सङख्यामा भेला जम्मा भई दुर्गामान बम्जनको घरमा ढुंगामुढा गरी घरको झ्यालको सिसा फुटाएको, उक्त स्थानमा जि.प्र.का.सिन्धुलीबाट प्र.ना.उ.को कमाण्डमा १६० जना र सुरक्षा बेस क्याम्प सिन्धुलीबाट स.प्र.ना.उ.को कमाण्डमा ४६ जनाको टोली खटी गई सम्झाई बुझाई कार्य भईरहेकोमा भिड नियन्त्रण गर्नको लागि नेपाल प्रहरीबाट ३ सेल अश्रुग्याँस र सशस्त्र प्रहरीबाट २ सेल अश्रुग्याँस गरी जम्मा ५ सेल अश्रुग्याँस फायर भएको, ऐ.२०:३० भिडलाई  नियन्त्रणमा लिनको लागि सुरक्षा समितिको बैठक बसी ऐ.२०:३० बजेबाट लागु हुने गरी मिति २०८२।०९।११ गते ०६:०० बजे सम्मको लागि कर्फ्यु जारी भएको, ऐ.२१:०० बजे उक्त घर भित्र रहेका ५ जना मानिसहरुलाई उद्दार गरी जि.प्र.का सिन्धुली ल्याई राखेको, उक्त घटनामा प्रहरी तर्फ १२ जना प्र.क.( प्र.नि.१, प्र.ब.ह.५, प्र.ह.२, प्र.स.ह.२, प्र.ज.२) सामान्य घाइते भई जि.अस्पताल सिन्धुलीमा सामान्य उपचार पुन:पश्चात डिउटीमा खटिएको, ढुंगामुढाबाट इ.प्र.का खुर्कोटको ना.१ झ.१४१९ नं.को स्कारपियोको अगाडीको सिसा चर्किएको साथै चालक तर्फको दुवै सिसा पूर्णरुपमा क्षति भएको,नेपाल प्रहरीको १ थान  हेण्ड सेटमा क्षति भएको, नेपाल प्रहरीको ३ थान सिल्डमा क्षति भएको, ऐ.२३:०० बजे भिड तितरवितर भई घटनास्थलमा खटिएको प्रहरी टोली बाहेक अन्य सर्वसाधरण कोही नरहेको, प्र.ता.के.दुधौली, सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प सिन्धुली, इ.प्र.का.भिमान र इ.प्र.का.कपिलाकोटबाट आएको थप मद्दत टोली क्रमश:तत्काललाई फिर्ता भएको, विशेष सुरक्षा गण, ढल्केवर र जि.प्र.का.सिन्धुलीबाट खटिएको टोली घटनास्थल सुरक्षार्थ खटिएको । ला.औ.,कपिलबस्तु, मायादेवी गा.पा.२ भैसकुण्ड स्थित इ.प्र.का.पकडीबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको UP 55 AU 0723 नं को मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला कपिलवस्तु मायादेवी गा.पा.४ बुलकडिहवा बस्ने वर्ष ३० को अब्दुल कासिमले लुकाई छिपाई ल्याएको ४३.७६ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिई जि.प्र.का.कपिलवस्तुमा राखिएको ।  सुनसरी, धरान उ.म.न.पा.७ श्रीजंग मार्ग स्थित म्यास लिम्बुको घरमा लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई म्यास लिम्बुको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. ट्रामाडोल-५७० पिस ट्याब्लेट र स्पासपेन-५५० क्यासुल,तरबार, खुकरी, कट्टी र धार लगाउने ग्यालेन्डर सहित  फेला पारी ऐ. बस्ने वर्ष २८ को संसार थापा, ऐ.१५ बस्ने वर्ष १९ को संदेश  लिम्बु,(लागु औषध मुद्दाको थुनुवा GEN G आन्दोलनमा झुम्का कारागारबाट फरार) ऐ.७ बस्ने वर्ष १७ को मनिष परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.धरानमा ल्याई राखिएको ।

मिति २०८२।०९।०७ गते ०५:०० बजे देखि ऐ ०९।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०८

कर्तव्य ज्यान ,भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा ऐ.बस्ने तुल्सी कर्मचार्यको साढे ३ तल्ले निर्माणाधिन घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने जिल्ला उदयपुर घर भएको बर्ष ३५ को पुर्ण ठकुरीलाइ निजसंगै काम गर्ने जिल्ला धनकुटा सागुरीगढी गा.पा.३ घर भई ऐ.घरमा ज्यामी काम गरी बस्ने बर्ष २७ को याखा राई भन्ने संजिब राईले ऐ.०६ गते राती कुटपिट गर्दा निज पुर्ण ठकुरीको घटनास्थलमा मृत्यु भएको,लास घटनास्थलमा रहेको,कुटपिट गरी हत्या गर्ने संजिब राई ऐ.७ गते ०८;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा.१ सल्लाघारी स्थितबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको घटनास्थल मुचुल्का तथा थप अनुसन्धान कार्य जारी,उक्त स्थानमा प्रभाग दरबारस्क्वायरबाट प्र.ब.ना.नि.रमेश राई र परिसर भक्तपुरबाट प्र.उ.सुर्य ब.खड्काको कमाण्डमा टोली खटी गएको। थप अपडेट ऐ. १०:१० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट भक्तपुर लगेको । ललितपुर, जि.भक्तपुर सूर्यविनायक न.पा.७ देउराली जंगलमा सडक भन्दा अं.२०।२५ मिटर तल खोल्सामा अनुसन्धानको सिलसिलामा उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुरको प्रहरी टोलीले नाम थर वतन र लिङ्ग नखुलेको कपडाले बेरेको अवस्थामा शव फेला परेको भनी ऐ. ००:४७ बजे वृत्त सातदोबाटोमा जानकारी गराउनासाथ प्रभाग लुभुबाट प्र.स.नि., प्रभाग इमाडोलबाट प्र.नि. र थप वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा मृतक जि.भोजपुर अरुण गा.पा.३ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.८ लुभु बस्ने वर्ष २१ को पारुहाङ राई रहेको, घटनास्थल मुचुल्का पश्‍चात शव पो.मा.को लागि पाटन अस्पताल पठाएको, मिति २०८२।०९।०६ गते उक्त घटना सम्बन्धी सो.पु. को लागी अपराध महाशाखाको टोलीले जिल्ला सिन्धुली गोलन्जोर गा.पा. ०५ घर भई बस्ने बर्ष २० को जयराम अधिकारीलाई नियन्त्रणमा लिई निजलाई अपराध महाशाखा टेकुमा राखेको,घटनास्थलमा वृत्त सातदोबाटोबाट प्र.ना.उ र जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ. र जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.ना.उ.को कमाण्डमा १२ जनाको टोली खटी गएको। ज.ज.क. /बाल यौन दुर्व्यवहार,सुर्खेत, सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर स्थित जाहेरवाला परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ Aको घरको उतर तर्फको कोठामा ठुली र सानी बहिनी सुतीरहेको अबस्थामा जि.सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर बस्ने बर्ष अं.२५ को विष्णे भन्ने विष्णु गिरीले कोठामा प्रवेश गरी बिस्तारामा सुतीरहेकी बहीनीहरु मध्ये जेठी बहिनी ऐ.ऐ बस्ने बर्ष १६ की परिवर्तित नाम ०८२।/०८३) ६४ बीरेन्द्रनगर क ३६ लाई एक्कासी मुखमा हात लिई मुख बुझी अर्को हातले शरिरको संम्वेदनशिल अंग स्तन छातीमा सुमसुम्याई जबरजस्ती करणी उधोग गरेको हुंदा निज अन्यायी विष्णे भन्ने विष्णु गिरीलाई पक्राउ गरी हदै सम्मको सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाउ भनि पिडितको दाजु परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ A ले मिति २०८२।०९।०६ गते जि.प्र.का.सुर्खेतमा लिखित जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । पाल्पा, तानसेन न.पा.७ बस्ने वर्ष ३४ को जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुले पाल्पा जिल्ला अन्तर्गत बस्ने वर्ष २४ की परिवर्तित नाम (०८२।०३) ४७ (ट) लाई जिल्ला पाल्पा तानसेन न.पा.११ स्थित जङ्गी अड्डा स्थित होटलमा ज.ज.क. गरेको भनि मिति २०८२।९।७ गते १७:०० बजे निज पडित आफैले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा जि.प्र.का. पाल्पाबाट प्र.नि. को कमाण्डमा टोलि खटिगई निज पिडक व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको,निज पिडित महिलाको मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको,अवस्था सामान्य उदयपुर, रौतामाई गा.पा. ८ खमारे घर भई हाल ऐ. त्रियुगा न.पा.११ स्थित रमा मगरको घरमा डेरा लिई बस्ने वर्ष १० की नावालिकालाई देश भारत झारखण्ड राज्य सांकेतनगर ग्रामपञ्चायत डोरन्डा थाना वडा नं. १८ स्थाई घर भई हाल ऐ. त्रियुगा न.पा. ११ स्थित रमा मगरको घरमा डेरागरी बस्ने वर्ष अं. ३५ को अनुराग भन्ने सिन्टु कर्मकारले आफ्नै कोठा भित्र लगी ललाई फकाई गरी यौन दुर्व्यवहार गरेको भनि पिडितको हजुरबुवाले ऐ.०९।०७ गते अं.१६:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.ब.ह को कमाण्डमा टोली खटी गई निज अनुराग भन्ने सिन्टु कर्मकारलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जि.प्र.का.ल्याइ आ.अ.कार्य भइरहेको, तनहुँ, भानु न.पा.१ पुल्चोक स्थित रहेको मौसम थापा मगरद्धारा संचालित मगर होटलमा ऐ. भानु न.पा.-९ बस्ने वर्ष २४ को सिताराम नेपालीले जि. लम्जुङ दोर्दी गा.पा.-२ बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क. र जि. चितवन भरतपुर म.न.पा.-१४ बस्ने वर्ष २६ को निसान थापाले जि. धादिङ रुबिभ्याली गा.पा.-५ बस्ने वर्ष १७ की बालिकालाई यौन दुरुपयोग गरेको भनि ऐ.०९।०७ गते १७:०० बजे पिडितका आफन्तले इ.प्र.का.भोटेवडार लम्जुङमा जानकारी गराए पश्चात इ.प्र.का.भानुतनहुँबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक चारै जनालाई इ.प्र.का.भानु तनहुँमा ल्याई स्वास्थ्य परिक्षणको लागि प्रदेश अस्पताल दमौली लगिएको । कैलाली, धनगढी उ.म.न.पा.१२ मनेहरा सिबिर बस्ने वर्ष २४ की महिलालाई ऐ.बस्ने वर्ष ३८ को झंकु राम डगौराले ज.ज.क.गरेको भनि ऐ.०९।०७ गते १६:३० बजे जि.प्र.का.मा जाहेरी दिएकोले  अ.प्र.पोष्ट मनेहराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखि थप अनुसन्धान भईरहेको । कुटपिट,बाँके, जानकी गा.पा.०२ नवाजी गाउँ बस्ने दिपक यादवले आफ्नो श्रीमती वर्ष २० की  रिमा यादवलाई बाँया कानमा हातको मुक्काले हानी घाईते भई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि नेपालगंज बाँके ल्याई उपचार भई रहेको अबस्था गम्भिर रहेको, उपचारमा सङ्लग्न बुबा हन्सराम यादव रहेको भनि ऐ. अस्पतालमाबाट ऐ.२३.३० बजे जानकारी गराउना साथ उक्त स्थानमा प्र.चौ. बेलभार बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने निजको श्रीमान दिपक यादव फरार रहेको,खो.त. कार्य जारी रहेको । हात हतियार बरामद,कालिकोट, तिलागुफा न.पा. ७ सुर्खाल पाटन स्थित दुन्द्रा ओढारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ. छाप्रेबाट प्र.ब.ह.को कमाण्डमा खटिएको टोलीले छुट्टा छुट्टै ओढारमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.छाप्रेबाट अं.३ घण्टा उत्तर पर्ने । ला.औ.,धादिङ, गजुरी गा.पा.६ आदमघाट बजार स्थित पृथ्बिलोकमार्गमा गोप्य सुचनाको आधारमा प्र.चौ.बैरेनिबाट प्र.ना.नि. र अ.प्रोष्ट आदमघाटबाट प्र.स.नि. को कमाण्डमा खटिएको  संयुक्त टोलीले काठमाण्डौबाट बुटवल तर्फ जादै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो, हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अं.३० के.जि बराबरको ला.औ.गाँजा फेला पारी गांजा ल्याउने  ऐ. गजुरी गा.पा ७ बस्ने बर्ष ३५ को चन्द बहादुर तामाङ सहित ३ जनालाई गांजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।  सुनसरी, धरान उ.म.न.पा.१३ चिण्डे डाँडा स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको गस्ती टोलिले चेक जाँच गर्ने क्रममा चिण्डे डाँडा हुदै धरान तर्फ आउदै गरेको को २ ह ५९३४ नं. अटो लाई चेक जाँच गर्दा ५ पोका ला.औ.गाँजा  तौल गर्दा १०९ के.जी. अटो र अटो चालक ऐ. १३ बस्ने वर्ष २८ को राकेश मरिक लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई बुझाईएको ।

मिति २०८२।०९।०६ गते ०५:०० बजे देखि ऐ ०९।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०७

कर्तव्य ज्यानखोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.९ सिगाने बस्ने वर्ष ५८ को पदम रोक्कालाई ऐ.बस्ने वर्ष ५० को दिल कुमार भुजेलले मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा पदम रोक्काको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.निर्मलीडाँडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को टोली खटी गई कानुनी प्रकृया पुरा गरी ऐ.१६:३० बजे शव पो.मा.को लागि जिल्ला अस्पताल खोटाङ पठाएको,घटनास्थल अ.प्र.चौ.निर्मलीडाँडाबाट अं.१३ कि.मि.उत्तर पर्ने । ज.ज.क. /बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।०९।०५ गते १९:३० बजे  खाँदबारी न.पा.७ घर भई हाल ऐ.खाँदबारी न.पा. ९ बस्ने चन्द्र बहादुर श्रेष्ठको जग्गामा रहेको मतान घरमा डेरा गरी बस्दै आएको बुवा छोरी बीच झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट टोली खटी गई निज बुवालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.६ गते १२:०० बजे वर्ष ४३ को निज बुवाले आफ्नै छोरी वर्ष १६ की बालिकालाई मिति २०८२ सालको असार महिना देखी पटक पटक जबरजस्ती करणी गर्दै आएको भनी जाहेरी दिएकोले आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पूर्व पर्ने । प्युठान, ऐरावती गा.पा.४ छापा बस्ने वर्ष अं. ९ की बालिकालाई ऐ. बस्ने वर्ष अं. ११ को बालकले आफ्नै घरमा ज.ज.क. गरेको भनि ऐ.२१:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कैरनबाट प्र.स.नि. को कमाण्डमा टोली गएको, पिडक घरमा नभएको, खो.त. कार्य भइरहेको, पिडितको अवस्था सामान्य रहेको, उक्त स्थान अ.प्र.पोष्ट.कैरनबाट अं.४ कि.मि. पश्चिम पर्ने । ला.औ.,दाङ, जि.बाके नेपालगन्ज उ.म.न.पा.०१ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र ऐ. ०८ ज्वलाहापुर वस्ने वर्ष ३८ को नुरूद्दिन अन्सारीले अवैध ला.औ.व्राउन सुगर विक्री वितरण गर्नको लागि नेपालगन्जबाट दाङको भालुबाङ तर्फ आउदै गरेका छन भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.भालुबाङबाट प्र.नि.को कमाण्डमा खटिएको  टोलिले ऐ. राप्ती गा.पा.०५ पूर्व पश्चिम राजमार्गको कालापानी स्थित सड्क खण्डमा उल्लेखित मानिसहरूलाई फेलापारी तत्कालै नियन्त्रणमा लिई निजहरूलाई चेकजाँच गर्ने क्रममा निज ईमरान सिद्दिकी हलवाईले  लगाएको ज्याकेटको भित्री खल्तीमा सेतो प्लाष्टिकमा सेतो धागोले वाँधेको ला.औ.व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम  रहेको र निजले  लगाएको निलो ट्रयाकको पछाडीको खल्तीमा राखेको पर्समा रू.५०० दरको ४ वटा नेपाली नोट गरी जम्मा रू.२०००।– रहेको,निजले प्रयोग गर्दै आएको IME11-862791063943592 IMEI2-12862791063943584 भएको मोवाईल नं.९८१२४९०३८२ र ९८१०२०३५९४ को सिम प्रयोग भएको OPPO क्रिम कलरको स्क्रिनटच मोवाईल थान १ फेला परेको र नुरूद्दिन अन्सारीकको शरीर खानतलासी गर्दा निजले प्रयोग गर्दै आएको IME11-868188059288450,IME12- 868188059288443 भएको मोवाईल नं. ९७०५३६९९०५ र ९७००७७२५६३ को सिम प्रयोग भएको क्रिम कलरको VIVO स्क्रिनटच मोवाईल थान १ फेलापारी निज ईमरान सिद्दिकी हलवाई र नुरूद्दिन अन्सारीको साथवाट वरामद भएको सामान सहित पक्राउ गरी इ.प्र.का.भालुवाङमा ल्याई राखेको,थप अनुसन्धान भई रहेको,उक्त स्थान इ.प्र.का.भालुवाङबाट अं १२ कि.मि.पश्चिम पर्ने । सुर्खेत, वीरेन्द्रनगर न.पा.३ आदेशनगरमा गोप्य सुचनाको आधारमा न.प्र.का.सुर्खेतबाट खटिएको प्र.स.नि.र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.बस्ने वर्ष २२ को नबिन थापालाई चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको २२ पुडिया र ५ पोका ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, ऐ.१५:३० बजे नापतौल गर्दा शुद्द तौल ७ ग्राम ४६० मिलिग्राम रहेको, उक्त स्थान न.प्र.का सुर्खेतबाट अं.२.५ कि.मि.दक्षिण पश्चिम पर्ने । महोत्तरी, इ.प्र.का.गौशालाबाट प्र.नि.को कमाण्डमा,इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.र ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय,बर्दिवासबाट खटिएको संयुक्त  टोलीले ऐ. औरही न.पा.०१ स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवास तर्फ शङ्कास्पद तरिकाले जाँदै गरेको ऐ. सम्सी गा.पा.०६ स्थायी वतन भई शेष फखरे आलमको छोरा वर्ष २१ को शेष तनबिरले चलाई ल्याएको BR30A02285 नं.को भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेको देश भारत बिहार राज्य, जिल्ला सितामढी, वेला थाना वडा नं.०६ स्थायी वतन भई धरखर मण्डलको छोरा वर्ष २२ को राजु कुमार र सोही मोटरसाइकल पछाडी आउँदै गरेको चालक जिल्ला महोत्तरी सम्सि गा.पा.०६ स्थायी वतन भई मोली मोमताजको छोरा वर्ष २१ को मुसाहिददुल ईस्लामले चलाएका  BR30W0324 नं.को यमाहा कम्पनीको भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेका देश भारत, बिहार राज्य, जिल्ला सितामढी बेला थाना वडा नं.०६ कनवा स्थायी वतन भई उत्तम मण्डलको छोरा वर्ष २१ को अरबिन्द कुमार मण्डल समेतलाई रोकेर कानून बमोजिम निजको शरीर र दुवै मोटरसाईकल खानतलासी गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डल समेतले आफ्नो साथमा बोकी ल्याएको कालो प्लास्टिकको झोला भित्र ला.औ. DIAZEPAN-2ml उल्लिखित ४७४ (चार सय चौहत्तर) थान एम्पुल, BUPENORPHNE-2ml उल्लिखित ४८४ थान एम्पुल र PROMETHOZINE HYDROCHLORIDE PHENERGAN-2ml उल्लिखित ४७८ थान एम्पुल गरी जम्मा १४३६ थान एम्पुल फेला परेको हुँदा उक्त ला.औ.बरामद गरी निज शेष तनबिर,राजु कुमार,मुसाहिददुल ईस्लाम, अरबिन्द कुमार मण्डल र दुबै मो.सा.समेतलाई थप अनुसन्धानको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको उक्त स्थान इ.प्र.का.गौशालाबाट अं.६ कि.मि. पूर्व पर्ने ।  सर्लाही, हरिवन न.पा.०३ डाबरी टोल स्थितमा आँपको बगौँचा भित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त स्थानको वरिपरी खो.त.गर्दा झाडी भित्र सुकेको मकैको डाठले छोपेको अवस्थामा बेवारीसे ला.औ.गाँजा ३ वटा बोरा फेला पारी बरामद गरी इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई खोली हेर्दा उक्त प्लाष्टिकको बोरा भित्र ठुलो प्याकेट  ९ वटा-४७.६६४ के.जी , सानो  प्याकेट १४ वटा- ३७.७०२ के.जी, सानो प्याकेट १ वटा- १.१३९ के.जी, गरी जम्मा प्लाष्टिक सहितको तौल ८६.५०५ के.जी.रहेको ।

मिति २०८२।०९।०५ गते ०५:०० बजे देखि ऐ ०९।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०६

कर्तव्य ज्यान,रोल्पा, रुन्टिगढी गा.पा.५जस्पुर बस्ने वर्ष ४८ को अमराज दमाईले मा.प.से.गरी आफ्नै श्रीमती वर्ष ५२ की रिमा परियारलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.होलेरी रोल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि प्रा.स्वा.के.होलेरी रोल्पा पठाइएकोमा उपचारको क्रममा ऐ.१८:४५ बजे मृत्यु भएको,शव कानुनी प्रकृया पूरा गरी पो.मा.को.लागि रेउघा अस्पताल रोल्पा पठाईएको,कुटपिट गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा । ज.ज.क. /बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।०९।०१ गते अं.०१:०० बजे,धनकुटा न.पा.८ सान्ताङ बस्ने वर्ष अं.२९ को मान बहादुर राईले चौबिसे गा.पा.३ बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.धनकुटाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटा ल्याई आ.अ.भईरहेको,  प्र.क.मृत्यु,सुर्खेत, जि.दैलेख नारायण न.पा.२ घर भएका जि.सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष ३८ को नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुर्खेत दरबन्दी भई ऐ.कार्यालयमा कार्यरत (क.कोड ३८३५५५) को प्र.ह.दशरथ थापा ऐ.०८।२८ गते बिहान ०६:०० बजे देखि १०:००  बजे सम्मको कन्ट्रोल ड्युटी सकेर घर गएकोमा ऐ.१४:४५ बजे नाम नखुलेको विषादी सेवन गरी उपचारको लागि निजको श्रीमतीले प्रदेश अस्पताल कालागाउँ लगेर ऐ.०९।०२ गते  सम्म ICU मा उपचार भईरहेकोमा स्वास्थ्य अवस्थामा सुधार नआएकोले ऐ.१२.३० बजे देखि भेन्टिलेटरमा राखी उपचार भईरहेकोमा ऐ.०९।०५ गते १०:२० बजे उपचारको क्रममा मृत्यु भएको भनी डाक्टरले मृत घोषणा गरेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा  टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी सोही अस्पतालमा पो.मा.पश्चात मृतकको दाजु नवराज थापाले शव बुझी लगेको, विषादी सेवन गर्नुको कारण नखुलेको । हात हतियार बरामद,दैलेख, नौमुले  गा.पा.९ सुनपाटा स्थित ऐ.वडा नं.२ नाउली बस्ने वर्ष ३७ को भिम बहादुर शाहीले भरुवा बन्दुक बोकेर हिँडेको छ भन्ने गोप्य सुचना प्राप्त पश्चात जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.९ सुनपाटा स्थित  १ नाल  भरुवा बन्दुक र निज भिम बहादुर शाहीलाई नियन्त्रणमा लिई बरामदी मुचुल्का गरी जि.प्र.का.तर्फ ल्याएको,। ला.औ.,सुनसरी, कोशी प्रदेश विराटनगर ला.औ.नि.व्यूरोबाट प्र.ना.नि. र इ.प्र.का.इटहरीबाट खटिएको सादा पोसाकको प्र.ब.ह.को कमाण्डमा टोलीले इटहरी उ.म.न.पा. ६  स्थित न्यू ओखलढुङ्गा होटल एण्ड सेकुवा कर्नर अगाडि  प्रदेश १-०२-४८ प ४४७८ नं.को मो.सा.मा शंकास्पद रुपमा बसिरहेका ऐ.बराहक्षेत्र न.पा ५ बस्ने वर्ष ३५ को अनिल कार्की र ऐ.कोशी गा.पा.८ बस्ने वर्ष २० को मो.जईसुल अबदिन दुबै जनालाई चेकजाँच गर्दा मो.जईसुल अबदिनको  साथबाट  ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्द तौल ५५.१६ ग्राम र नगद रु ८५,००० ( पचासी हजार ) र अनिल कार्कीको साथबाट नगद रु १,६५,०००( एक लाख पैसठीहजार) फेला पारी निजहरुलाई  मो.सा.सहित  नियन्त्रणमा लिई इ.प्र.का. इटहरीमा ल्याई अनुसन्धान भईरहेको।      पर्सा, बिरगंज म.न.पा.वडा नं.२२ जगरनाथपुर ढाँट स्थित व.प्र.का.श्रीपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गई चेकजाँच गर्ने क्रममा मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको ना ३ ख ५०९३ नं.को छ चक्के ट्रक माथी शंका लागि रोकी चेकजाँच गर्दा ट्रकको क्याबिनको माथिलो भागको फल्स बटनमा लुकाई छिपाई ल्याएको अं.२४० KG चरेश जस्तो देखिने ला.औ.फेला पारी ट्रक र ट्रक चालक मकवानपुर थाहा न.पा.वडा नं.११ बस्ने वर्ष २९ को सरोज मोक्तान र सह-चालक ऐ.बस्ने वर्ष २१ को नवराज लोलाई ला.औ.ट्रक सहित नियन्त्रणमा लिई जि.प्र.का.पर्सा पठाईएको ।  बाँके, नेपालगंज उ.म.न.पा.२ डाईमण होटल अगाडी लागु औषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.स.नि. र ला.औ.नि.व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको ‍टोलीले शंकास्पद रुपमा आगो तापेर बसिरहेको जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुर बस्ने वर्ष ४३ को सुवोध क्षेत्री लगायत २ जनालाई शंका लागि चेकजाँच गर्दा सुवोध क्षेत्रीको साथबाट २ वटा कालो पोका प्लाष्टिक सहित तौल गर्दा ५८ ग्राम २४० मिली ग्राम प्लाष्टिक हटाई शुद्व तौल ५४ ग्राम ६० मिली ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने कालो धुलो पदार्थ फेला पारी बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

मिति २०८२।०९।०३ गते ०५:०० बजे देखि ऐ ०९।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०४

कर्तव्य ज्यान,कास्की, पोखरा म.न.पा.३१ बेगनासगाउँ स्थित ऐ. बस्ने अं.वर्ष ७२ की दाल कुमारी परियारलाई निजकै नाती (छोरा तर्फको) अं.वर्ष २१ को आशिष परियारले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का.शिशुवाबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली खटी गई हेर्दा मृतकको टाउकोमा चोट (धारिलो हतियारले प्रहार गरेको जस्तो चोट देखिएको) कानुनी प्रकृया पुरा गरी ऐ.१८:५० बजे शव पो.मा.को.लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा ऐ.१९:१० बजे ईन भएको, शव सोही अश्पतालमा रहेको, पो.मा.हुन बाँकी, कुटपिट गर्ने नाती तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेकोमा ऐ.१६:३० बजे स्थानीयले उक्त घटनामा संलग्न रहेको भनिएको आशिष परियारलाई ऐ. पोखरा म.न.पा.९ पृथ्वीचोक स्थितबाट CRV अमरसिंहबाट प्र.व.ह.को कमाण्डमा खटिएको टोलीले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.कास्कीमा ल्याई राखिएको । ज.ज.क. /बाल यौन दुर्व्यवहार,उदयपुर, बेलका न.पा.७ चुम्राङ वाबिङ खोला किनारमा सिमसाग टिप्न भनी ऐ.०२ गते अं.१६:०० बजे गएको अवस्थामा ऐ.बस्ने वर्ष ९ की बालिकालाई ऐ.बस्ने वर्ष १७ को बालकले ज.ज.क.गरेको हुँदा कानुन अनुसार कारवाही गरी पाँउ भनी पीडित बालिकाको हजुर आमाले ऐ.०९।०३ गते ०९:३० बजे इ.प्र.का.रामपुरठोक्सिलामा लिखित जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज वाल विज्याई कर्तालाई नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको । कपिलवस्तु, कपिलवस्तु न.पा.१ बस्ने परिवर्तित नाम ५१(ष१) २०८२।०८३ कपिलवस्तुले मेरो छोरी बर्ष अं.१६ की परिवर्तित नाम ५१(ष) २०८२।०८३ कपिलवस्तु बुद्धज्योती ईङ्लिस बोर्डिङ्ग स्कुल कक्षा ११ मा पढ्नको लागि घरबाट निस्की गएकीमा उक्त दिन अवेर सम्म छोरी घरमा फर्की नआई सम्पर्क बिहीन भएको भन्ने निजको आफन्तले ऐ.२० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हुलिया निवेदन दिए पश्चात तत्कालै जि.प्र.का.कपिलवस्तुबाट प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त.कै क्रममा मिति २०८२।०९।०२ गते जिल्ला रुपन्देही तिलोत्तमा न.पा.९ मंगलापुरको डुम्रेपथ भन्ने स्थानमा जिल्ला कपिलवस्तु कपिलवस्तु न.पा.३ बस्ने रुद्र प्रसाद गैरेको छोरा बर्ष अं.२३ को प्रयास देव गैरेको साथमा निज नाबालिका समेतलाई फेला पारी दुवै जनालाई जि.प्र.का.कपिलवस्तुमा ल्याई स्वास्थ्य परिक्षण पश्चात निज पिडकलाई जिल्ला प्रहरी कार्यालको हिरासतमा राखिएकोमा मिति २०८२।०९।०३ गते पिडक उपर अपहरण गरी शरीर बन्धक बनाई ज.ज.क.मुद्धा शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको,पिडित नाबालिकालाई बृहत स्वास्थ्य परिक्षण पश्चात आमाको जिम्मा लगाईएको,अवस्था सामान्य । विदेशि नागरिक मृत्यु,मुस्ताङ, घरपझोङ गा.पा.३ जोमसोम स्थित ईश्वर पोख्रेलले संचालन गरेको होटल मुस्ताङ मोनालिशाको दोस्रो तलामा रहेको कोठामा भारतीय नागरिक अं.वर्ष ५९ को राजेन्द्र गणपत मोतिरा बेडमा मृत अवस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.मुस्ताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जोमसोम पठाएको, निज मृतक २३ जनाको ग्रुपमा मुस्ताङ घुम्न आई मिति २०८२।०९।०२ गते उक्त होटेलमा बसेको भन्ने बुझिएको, उक्त स्थान जि.प्र.का.मुस्ताङबाट अं.२ कि.मि.पश्चिम पर्ने । हात हतियार बरामद,पर्सा, वीरगंज म.न.पा.१६ पशुपती टोलमा कटुवा पेस्तोल रहेको भन्ने सुचना प्राप्त हुनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ऐ.बस्ने हरिन्द्र रामको छोरा अं.वर्ष १९ को उपेन्द्र रामले सञ्चालन गर्दै आएको शम्भु होटल नामको नास्ता तथा खाजा पसलको कम्पाउण्डमा रहेको ढुङगा गिट्टीको थुप्रो भित्र हरियो रङको पलाष्टिक भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान १ र ऐ.मा लोड अवस्थामा रहेको 8mm लेखिएको गोली राउण्ड १ र सोही प्लाष्टिकमा 8mm लेखिएको गोली राउण्ड १ फेला पारी स्थानीय जनप्रतिनिधी र स्थानीय मानिसहरुको रोवहरमा रितपूर्वक बरामद गरी आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि उक्त होटलको संचालक अं.वर्ष १९ को उपेन्द्र रामलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा राखिएको । तनहुँ, आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लीन पुलजीपबाट प्र.ह. को कमाण्डमा खटिएको चेकिङ टोलीले सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा बारा कलैयाबाट पोखरातर्फ आउदै गरेको ग २ ख २७५ बसमा सवार जि.बारा सुवर्ण गा.पा. १ बस्ने  वर्ष अं. १९ को ओम बाबु प्रसाद यादबलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको अगाडी पेट मुनी बेल्टले च्यापी  लुकाई छिपाई ल्याएको अवस्थामा छोटो हतियार (कटुवा पेस्तोल) थान-१ (एक) सहित निजलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त हुनासाथ इ.प्र.का. आबुँखैरेनीबाट प्र.नि.को कमाण्डमा  टोली खटी गई निजलाई नियन्त्रणमा लिई इ.प्र.का. आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको । कुटपिट,ललितपुर, महालक्ष्मी न.पा.०१ ईमाडोल स्थित ज्यामी काम गरी बस्ने वर्ष २६ की सिता कुमारी कार्कीसँग अपराध महाशाखा टेकु काठमाण्डौ दरवन्दी भई हाल प्रहरी बृत्त बालाजुमा कार्यरत प्रहरी जवान भुवन लोहारले बिगत १४ महिना देखी सम्बन्धमा बस्दै आएको र बिगत ४ महिना अगाडी निजहरुको ब्रेकअप भई छुट्टाछुटै बस्दै आएकोमा ऐ.०९/०२ गते अं. २१:०० बजे निज प्रहरी जवान महिलाको कोठामा आई महिलालाई कुटपिट गरी निज महिलाको छोरी वर्ष ६ की आशिका कार्कीलोई अभद्र व्यवहार गरी निज प्रहरी जवान भागी फरार भएको भनी ऐ.०९/०३ गते २१:०० बजे प्रहरी प्रभाग ईमाडोलमा आई जानकारी गराएको र ऐ. २१:५५ बजे प्रहरी बृत्त सातदोबाटोमा आई निवेदन दिएको, निज प्रहरी जवानको बारेमा प्रहरी बृत्त बालाजुसँग समन्वय भई रहेको। ला.औ., काठमाण्डौ, चन्द्रागिरी न.पा.२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा सर्लाही देखि काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७८६६ नं.को यात्रुबाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली र ला.औ.नियन्त्रण ब्युरो सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको (A) साईडको २ नं.सिटमा सवार जि.रौतहट गजुरा न.पा.३ बस्ने अं.वर्ष २४ को शेख मोसिमलाई शंका लागि चेकजाँच गर्दा निज शेख मोसिमले कालो झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा DIAZEPAM लेखिएको ७०० एम्पुल, PHENERGAN लेखीएको ७०० एम्पुल र NOOPHIN लेखिएको ७०० एम्पुल गरी जम्मा २१०० एम्पुल सहित फेला पारी उक्त ला.औ सहित निज शेख मोसिमलाई नियन्त्रणमा लिई वृत्त थानकोटमा राखि आ.अ.भईरहेको, उक्त स्थान प्रहरी प्रभाग नागढुङ्गाबाट अं.५० मि.उत्तर पर्ने ।

मिति २०८२।०९।०२ गते ०५:०० बजे देखि ऐ ००९।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०३

कर्तव्य ज्यान,का.जि.टोखा न.पा.९ गोंगबु स्थित मिरमिरे दोहोरी भित्र जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने वर्ष ३५ को श्रीकृष्ण पन्त र दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी मनोहरा न.पा.४ साँखु घर हुने वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा बारपाक सुलिकोट गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को शिव सौगात सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा हरिशरण पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर भई हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट प्र.स.नि.सहित ७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार प्रहार गर्ने, संचालक सहित ७ जनालाई धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको,का.जि.महाराजगंज स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार पश्चात ऐ.०५:०० बजे थप उपचारको लागी का.जि.सिनामंगल स्थित KMC अस्पताल लगी उपचार भईरहेकोमा ऐ. १३:३५ बजे निजलाई KMC अस्पतालले मृत घोषणा गरेकोमा प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएकोमा ५ जनालाई १८:३० बजे आफन्त को जिम्मा लगाई छाडिएको, बाँकी २ जना हरी शरण पन्त र श्रीकृष्ण पन्त गंगबुको नियन्त्रणमा रहेको,  उक्त स्थान प्रहरी प्रभाग गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने । ज.ज.क. /बाल यौन दुर्व्यवहार,रोल्पा, मिति २०८२।०८।२३ गते अं.२०:३० बजे गंगादेव गा.पा.४ ढुंगेछाप घर भई ऐ.म्वालेखोला स्थित सुन्दर वलीको घरमा कोठा भाडामा लिई होटल तथा किराना पसल गरी बस्ने वर्ष ३२ की महिलालाई ऐ.गौरामाथी बस्ने वर्ष २८ को भरत वलीले ज.ज.क.प्रयास गरेको भनी पीडितले ऐ.२८ गते जि.प्र.का.मा जाहेरी दरखास्त पेश गरे पश्चात ऐ.०९।०१ गते २०:०० बजे इ.प्र.का.घर्तिगाँउबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई ऐ.०२ गते १४:०० बजे म्याद थपको जिल्ला सरकारी वकिल कार्यालय तर्फ पठाएकोमा ऐ.१७:०० बजे पिडकलाई दिन ७ म्याद थप गरी जि.प्र.का रोल्पाको हिरासत कक्षमा राखिएको, पीडितको अवस्था सामान्य, उक्त स्थान इ.प्र.का.घर्तिगाउँ रोल्पाबाट अं.३५ कि.मि.उत्तर पर्ने । झापा, मिति २०८२।०९।०१ गते १६:३० बजे मेचिनगर न.पा.१४ प्रगति टोल स्थित ऐ.बस्ने वर्ष २० की महिलालाई ऐ. मेचिनगर न.पा.१४ प्रगतिटोल बस्ने वर्ष ३२ को चन्दन राजवंशीले जवरजस्ती करणी उद्योग गरेको भनी ऐ.२ गते १७:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुवै पक्ष लाई यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको,उक्त स्थान इ.प्र.का. धुलाबारी झापाबाट अ.६ किलो मिटर पश्चिम पर्ने । धादिङ, मिति २०८२।०८।२५ गते अं.१७:०० बजे जि.धादिङ ज्वालामुखी गा.पा-३ अमराई हटिया स्थित ऐ.बस्ने वर्ष अं.२३ को सृजन श्रेष्ठले परिवर्तित नाम धादिङ २४(१०६)०८२।०८३ लाई स्कुल जाँदा बाटो छेकी धाक धम्की दिई हात समातेर तानेर लगि एकान्त ठाउँ खोल्सामा लगि कसुर गरेको भनि ऐ.०२ गते अं.१३:०० बजे जि.प्र.का.धादिङमा पिडितले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.मैदिबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गएको,पिडकको खो.त.कार्य भई रहेको,उक्त स्थान प्र.चौ.मैदिबाट अं.६ कि.मि.पूर्व पर्ने । प्रहरी कर्मचारीको मृत्यु,इलाम, मिति २०८२।०८।२९ गते अं.२१:०० बजे कम्प्युटर कोड 414239 भई प्र.चौ.एकतप्पा दरबन्दी भई हाल अ.प्र.पोष्ट कालपोखरी, इलाममा कार्यरत प्र.स.ह. सरोज श्रेष्ठको डिउटीको क्रममा अचानक पेट दुख्ने, छाति दुख्ने बिरामी हुदा ऐ.२२;३० बजेको समयमा गाडीद्रारा उपचारको लागी जिल्ला अस्पताल इलामको लगी पठाईएकोमा मिति २०८२।०९।०१ गते ०८:५० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा ऐ.०२ गते अं.१४:३० बजे डाक्टरले मृत घोषण गरेको भनि नोबेल अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको । शंकास्पद मृत्यु,ललितपुर, महालक्ष्मी न.पा. ८ सेराफाँट स्थित जि.रोल्पा परिवर्तन गाँ.पा. ४ घर भई हाल जि.ललितपुर ऐ. स्थान बस्ने दिपक बुढामगरले संचालन गरेको तरकारीको टनेल भित्र रहेको इनारमा प्लाष्टीकको बोरामा मुख वाँधी अं. ३० वर्षको नाम थर वतन नखुलेको पुरुष व्यक्तिको सडेगलेको अवस्थामा शव फेला पारेको भनि संचालकले प्रहरी लाई जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट प्र.स.नि.प्रहरी वृत सातदोबाटोबाट प्र.ना.उ. र परिसर ललितपुरबाट प्र.उ.को कमाण्डमा टोली खटिगएको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अं. १.५ कि.मि पश्‍चिम पर्ने । थुनुवा मृत्यु,धनकुटा, न.पा.६ परिचयमोड स्थित जि.प्र.का. धनकुटाको हिरासतमा मिति २०८२।०८।१२ गते देखि रुखले किचि मानिस मृत्यु भएको भएको ज्यान सम्बन्धी मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप भई अनुसन्धानमा रहेका थुनुवा जि.भोजपुर आमचोक गा.पा.३ बस्ने वर्ष  २८ को सुजन राई  सुती रहेको अवस्थामा एक्कासी स्वास्प्रस्वासमा समास्या भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगि उपचार भई रहेको तत्कालको अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा ऐ.०३:४० बजे उक्त थनुवा उपचारको क्रममा मृत्यु भएको भनि ऐ.अस्पतालको चिकिसत्कले मृत घोषणा गरेको,  उपचारमा जिप्रका धनकुटाबाट प्र.नि. को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गएको । हात हतियार बरामद,ताप्लेजुङ, मिक्वा खोला गा.पा.५ खिस्तिम्बे स्थित जंङगलमा बन्यजन्तु शिकार हुने गरेको भनी गोप्य सुचना प्र.चौ. तोप्केगोलामा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.ह.को कमाण्डमा टोली खटि गई, मेरिङदेन गा.पा.४ दिङला बस्ने धन बहादुर लिम्बुको छोरा वर्ष-२१ को मनिष लिम्बु र आईत बिर लिम्बुको छोरा वर्ष-२० को प्रदिप लिम्बु लाई १ थान भरुवा बन्दुक सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ऐ.१८:२० बजे  इ.प्र.का. दोभानमा ल्याइ पुर्‍याएको,उक्त स्थान प्र .चौ तोप्केगोलाबाट अं. ५ कि.मि.उत्तर पर्ने । धारिलो हतियार प्रहार,कास्की, पोखरा म.न.पा.६ लेकसाईड स्थित कुटी रिसोर्ट नजिक जि.बाग्लुङ ढोरपाटन ५ घर भई हाल ऐ. पोखरा म.न.पा. १५ रामबजार बस्ने वर्ष २७ को शिसिर घर्तीलाई अपरिचित १ जना ब्यक्तिले अचानक धारिलो हतियार चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको, ढाडमा र दाहिने छातीमा चोट, अवस्था मध्यम, उपचारमा आफन्त संलग्न रहेको चक्कु प्रहार गर्ने व्यक्ती फरार, उक्त स्थानमा व.प्र.का. बैदामबाट  प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.पोखरा म.न.पा.६ स्टेट नं.१७ बाट ऐ.०२:१५ बजे चक्कु प्रहार गर्ने जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ ऐक्लेफाट बस्ने वर्ष २३ को रोशन चितौरे मगरलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाम राखिएको, अनुसन्धान कार्य भई रहेको ।  ला.औ.,मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा  पछाडि भिर्ने कालो कलरको झोलामा ला.औ.गाँजा अं.११ के.जि. (दुबै झोलाको गरी) फेला परेको हुदा उक्त झोला कस्को भनि सोधपुछ गर्दा जि.चितवन राप्ति न.पा.१२ भञ्ज्याङ  बस्ने वर्ष अं.२३ को निसान प्रजा र जि.चितवन राप्ति न.पा.१२ यउरालिटार नजिक बस्ने अ.२३ को सागर प्रजाको भनि खुल्न आएकोले ला.औ.सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान, कारवाहिको लागी जि.प्र.का.मकवानपुर पठाएको, बसलाई गन्तब्य तर्फ छाडिएको, उक्त प्र.चौ.रातोमाटे मकवानपुरबाट अं.५० मि.पूर्व पर्ने । न.प.पश्चिम, सुनवल न.पा.१३ प्रर्साहवा स्थित गाजाँ किनबेच भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सुनवलबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि ऐ. सुनवल न.पा. १३ पर्साहवा बस्ने वर्ष अं.४५ की रम्भादेवी थारुको घरबाट शुद्ध तौल ४ के.जि. २९२ ग्राम र ऐ.बस्ने ललिता चौधरिको घर खानतलासी गर्दा शुद्ध तौल ६८२ ग्राम कुल जम्मा गाँजा दुबैको घरबाट गरी जम्मा शुद्ध तौल  ४ के जि ९७४ ग्राम गाँजा बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सुनवलमा ल्याई राखेको, उक्त स्थान इ.प्र.का. सुनवलबाट अं.५ कि.मि. पुर्व दक्षिण पर्ने ।  मोरङ,`` लेटाङ न.पा.५ खेरुवा कुपटोल स्थित ला.औ. कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का. लेटाङबाट प्र.स.नि. को कमाण्डमा  टोली खटी गई ऐ बस्ने दधिराम न्यौपानेको छोरा वर्ष २४ को धिरज न्यौपानेलाई निजकै आफ्नै घर अगाडिको बाटोमा रहेको अबस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निज धिरज न्यौपानेको साथबाट टेक्नो कम्पनिको मोबाइल थान-१ र निजले लगाएको ज्याकेटको दाहिने गोजिमा प्लाष्टिक बाहेक ९ ग्राम ला.औ. खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई राखेको ,उक्त स्थान इ.प्र.का. लेटाङबाट अं. ५ कि.मि. पूर्व पर्ने ।