मिति २०८२।०९।१० गते ०५:०० बजे देखि ऐ ०९।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-११
- A
- A-
- A+
हात
हतियार बरामद,
भक्तपुर, मध्यपुर ठिमी
न.पा. १ सुकुम्बासी बस्तीको गुम्बा पछाडि सार्वजनिक जग्गाको झाडीमा वेवारिसे
अवस्थामा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट
प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा
निलो कपडाको बिन्दुली भित्र रहेको 7.62 M80 लेखिएको २६ राउण्ड SLR को गोली फेला
पारी वृत्त ठिमीमा ल्याई राखिएको, थप अनुसन्धान कार्य जारी रहेको ।
सुन
बरामद,
काठमाण्डौ, जि.ताप्लेजुङ
मैवाखोला गा.पा.१ घर भएको वर्ष ३६ को दिल
कुमार रहपाल बि.क. का.म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको
अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट आगमन भएका
यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन
जस्तो देखिने पहेलो धातुको ब्रासलेट थान-२ (ब्रासलेट-(अं.२० ग्राम, ब्रासलेट-अं.२५
ग्राम) गरी जम्मा ४५ ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी
आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु
पर्नेमा बिदाको कारण प्रहरी वृत्त गौशाला पठाएको ।
मानिस
बेपत्ता (शंकास्पद) (फुटकर ज्यान),
सिन्धुली, मिति
२०८२।०९।०९ गते के कुन समयमा जि.सिन्धुली तीनपाटन गा.पा.३ राम्चे बस्ने वर्ष ५३ की
टंकमाया बुढाथोकी (सो घरमा निज महिला एक्लै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र
२ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेको,४ छोरी मध्ये ३ वटा
विवाहित १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खो.त.गर्दा
समेत फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का बेलघारीबाट प्र.स.नि र
जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा निजको घरमा हेर्दा निज सुत्ने
बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएको महिलाको खो.त.भईरहेको, बा.प्र.हेटौडाबाट
प्र.नि.को कमाण्डमा २ वटा तालिम प्राप्त कुकुर सहितको टोली ऐ.१७:१५ बजे घटनास्थलमा
पुगी थप अनुसन्धान कार्य भई रहेको ।
आगजनी,
बर्दिया, गुलरीया
न.पा.१० बाजिपर्सिया स्थित ऐ.बस्ने राजन लोधको छोरी वर्ष २५ की अनुराधा लोधलाई
ऐ.बस्ने निसार बेहनाको छोरा वर्ष २४ को सद्दाम बेहनाले ५ दिन अगाडि भगाई लिइ
आएकोमा केटी पक्षहरु निजको घरमा आई केटिलाई जबजस्ती लिई गएको र सद्दाम बेहनाको
घरमा आगजनी समेत गरेको भनी ऐ.२१:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मथुराबाट
प्र.ह.को कमाण्डमा ५ जना, जि.प्र.का.बर्दियाबाट प्र.नि.कोकमाण्डमा २८ जना
र बि.ओ.पि.कालाबन्जारबाट स.प्र.नि.को
कमाण्डमा ३५ जनाको टोली खटी गइ बुझ्दा केटी पक्षले निज सद्दाम बेहनाको टायलले
छाएको १ तले कच्ची घरमा आगजनी गरी केटीलाई लिएर फरार रहेको, निजहरुको
खो.त.भईरहेको,
नेपाल
प्रहरी ससत्र प्रहरी र दमकलको सहयोगमा ऐ.२२:१५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा
आएको,
आगलागीबाट
घर र घरमा रहेको लत्ताकपडा, अन्नपात भाडा वर्तन र काठहरु जली क्षति भएको, १ जिउ बाख्राको
पाठो जली मरेको,
क्षतिको
बिवरण आउन बाँकी, थप- केटी जि.प्र.का.को नियन्त्रणमा रहेको ।
ढुंगामुढा,
सिन्धुली, मिति
२०८२।०९।०६ गते अं.१६:३० बजे कमलामाई न.पा.४ धुराबजार बस्ने वर्ष ६२ को दुर्गामान
बम्जनको बुहारी वर्ष ३२ की सुसिला बम्जनलाई निजको सासु र नन्दले आगो लगाई
घटनास्थलमा नै मृत्यु भएको बिषयलाई लिएर ऐ.१० गते १५:१५ बजे माईती पक्ष र स्थानीय
गरी अं.१००० जनाको सङख्यामा भेला जम्मा भई दुर्गामान बम्जनको घरमा ढुंगामुढा गरी
घरको झ्यालको सिसा फुटाएको, उक्त स्थानमा जि.प्र.का.सिन्धुलीबाट प्र.ना.उ.को
कमाण्डमा १६० जना र सुरक्षा बेस क्याम्प सिन्धुलीबाट स.प्र.ना.उ.को कमाण्डमा ४६
जनाको टोली खटी गई सम्झाई बुझाई कार्य भईरहेकोमा भिड नियन्त्रण गर्नको लागि नेपाल
प्रहरीबाट ३ सेल अश्रुग्याँस र सशस्त्र प्रहरीबाट २ सेल अश्रुग्याँस गरी जम्मा ५
सेल अश्रुग्याँस फायर भएको, ऐ.२०:३० भिडलाई
नियन्त्रणमा लिनको लागि सुरक्षा समितिको बैठक बसी ऐ.२०:३० बजेबाट लागु हुने
गरी मिति २०८२।०९।११ गते ०६:०० बजे सम्मको लागि कर्फ्यु जारी भएको, ऐ.२१:०० बजे
उक्त घर भित्र रहेका ५ जना मानिसहरुलाई उद्दार गरी जि.प्र.का सिन्धुली ल्याई
राखेको,
उक्त
घटनामा प्रहरी तर्फ १२ जना प्र.क.( प्र.नि.१, प्र.ब.ह.५, प्र.ह.२, प्र.स.ह.२, प्र.ज.२)
सामान्य घाइते भई जि.अस्पताल सिन्धुलीमा सामान्य उपचार पुन:पश्चात डिउटीमा खटिएको, ढुंगामुढाबाट
इ.प्र.का खुर्कोटको ना.१ झ.१४१९ नं.को स्कारपियोको अगाडीको सिसा चर्किएको साथै
चालक तर्फको दुवै सिसा पूर्णरुपमा क्षति भएको,नेपाल प्रहरीको १
थान हेण्ड सेटमा क्षति भएको, नेपाल प्रहरीको
३ थान सिल्डमा क्षति भएको, ऐ.२३:०० बजे भिड तितरवितर भई घटनास्थलमा खटिएको
प्रहरी टोली बाहेक अन्य सर्वसाधरण कोही नरहेको, प्र.ता.के.दुधौली, सशस्त्र प्रहरी
सुरक्षा बेश क्याम्प सिन्धुली, इ.प्र.का.भिमान र इ.प्र.का.कपिलाकोटबाट आएको थप
मद्दत टोली क्रमश:तत्काललाई फिर्ता भएको, विशेष सुरक्षा गण, ढल्केवर र
जि.प्र.का.सिन्धुलीबाट खटिएको टोली घटनास्थल सुरक्षार्थ खटिएको ।
ला.औ.,
कपिलबस्तु, मायादेवी
गा.पा.२ भैसकुण्ड स्थित इ.प्र.का.पकडीबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध
नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा
संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको UP 55 AU 0723 नं को
मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला कपिलवस्तु मायादेवी
गा.पा.४ बुलकडिहवा बस्ने वर्ष ३० को अब्दुल कासिमले लुकाई छिपाई ल्याएको ४३.७६
ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित
नियन्त्रणमा लिई जि.प्र.का.कपिलवस्तुमा राखिएको ।
सुनसरी, धरान
उ.म.न.पा.७ श्रीजंग मार्ग स्थित म्यास लिम्बुको घरमा लागु औषध कारोबार भइरहेको
भन्ने सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई म्यास
लिम्बुको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. ट्रामाडोल-५७०
पिस ट्याब्लेट र स्पासपेन-५५० क्यासुल,तरबार, खुकरी, कट्टी र धार
लगाउने ग्यालेन्डर सहित फेला पारी ऐ.
बस्ने वर्ष २८ को संसार थापा, ऐ.१५ बस्ने वर्ष १९ को संदेश लिम्बु,(लागु औषध
मुद्दाको थुनुवा GEN G आन्दोलनमा झुम्का कारागारबाट फरार) ऐ.७ बस्ने
वर्ष १७ को मनिष परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.धरानमा
ल्याई राखिएको ।