मिति २०८२।०९।११ गते ०५:०० बजे देखि ऐ ०९।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१२
- A
- A-
- A+
ज.ज.क.,
काठमाण्डौं, जि.धादिङ
ज्वालामुखी गा.पा.७ घर भई हाल का.जि.का.म.न.पा.२४ बस्ने वर्ष ३६ को पुरुष
व्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई अन्तिम पटक २०८२।०९।०७ अं.१०:०० बजे
ज.ज.क गरेको भनी जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा
केन्द्र भद्रकाली काठमाडौंमा जाहेरी दरखास्त दिएकोमा मिति २०८२।०९।०९ गते अं.१०:००
बजे प्रतिबादीलाई प्रकाउ भई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको ।
फुटकर
ज्यान,
बैतडी, मिति
२०८२।०९।०९ गते अं.१९:०० बजे शिवनाथ गा.पा.२ खाल बस्ने वर्ष ५२ को देवान सिंह साउद
घर नजिकै रहेको पसलमा जान्छु भनी गएकोमा हाल सम्म घरपरिवार र आफन्तको सम्पर्कमा
नआएको भनी निजको ऐ.१० गते अं.१२:०० बजे प्र.चौ.कुस्मौतघाटबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.११ गते अं.१५:५० बजे ऐ.शिवनाथ गा.पा.२ करल भन्ने
ठाँउमा मृत अवस्थमा फेला परेको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.नि.को
कमाण्डमा SOCO
सहित
टोली खटी गएको ।
विष्फोटक
पदार्थ फेला,
अर्घाखाँची, शितगंगा न.पा.
११ कालीखोला बोक्से स्थित जि.प्र.का.बाट प्र.ना.उ.दिवस ब.जि.सी.को कमाण्डमा ३४ जना, इ.प्र.का.सुन्दीडाँडाबाट
प्र.नि.आदर्श गिरीको कमाण्डमा ९ जना, व.प्र.का.चन्द्रौटाबाट
प्र.स.नि.उमेश हरीजनको कमाण्डमा १० जना गरी जम्मा ५३ जनाको टोलीले संयुक्त LRP गस्ती गर्ने
क्रममा पुरानो कोही नबस्ने गोठमा वेवारिसे अवस्थामा भरुवा बन्दुक थान २, ग्रिनेट थान १४, बेडोनेटर थान
१२,
प्लास्टिकको
पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको
प्रेशर कुकर वम थान १, स्टिलको डलु बम थान १, विजुलीको तार ४
बण्डल,
बारुद
अं. ५०० ग्राम फेला परेको, उक्त स्थानमा कुनै सञ्चार सम्पर्क समेत नहुने,डिस्पोजको लागी
नेपाली सेनासँग समन्वय हुँदै ।
हात
हतियार बरामद,
बर्दिया, पोखरा म.न.पा.१
बगर स्थित टुडिखेलको खेल मैदान नजिकै नालीमा लाईभ राउण्डको ७.६२ m.m.गोटा ३ ऐ.बस्ने
नारायण प्रसाद तिमिल्सिनाले फेला पारी श्री कृष्णदल गण फुलबारी व्यारेक पोखरामा
लगी बुझाएको भनी सोही श्री कृष्णदल गणबाट जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट
प्र.स.नि. को कमाण्डमा टोली खटी गई दोहोरो
भरपाईका साथ बुझि जि.प्र.का.मा ल्याई राखेको ।
नबजात
शिशु मृत फेला,
धादिङ निलकण्ठ
न.पा.१० सात तल्ले टापु सामुदायिक जंगल नजिक धादिङबेशीबाट सल्यानटारजाने
सडक-खण्डको छेउमा खाल्डोमा पुरेको
अवस्थामा मृत नबजात शिशु (बालिका)फेला परेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.सल्यानटार र जि.प्र.का.धादिङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी
प्रकृया पूरा गरी शव पो.मा.को लागि ऐ.२१:०० बजे जि.अस्पताल धादिङवेशी पठाईएको ।
ला.औ.,
सुर्खेत, भेरीगंगा
न.पा.५ कालिदमार स्थित रत्न राजमार्ग सडकखण्डमा चालक जि.सिन्धुली कमलामाई न.पा.१३
बस्ने वर्ष ३५ को सरोज दहालले चलाएको सुर्खेत देखि नेपालगंज तर्फ जाँदै गरेको बा
प्र ०१०३१ च ६९०२ नं.को इभि कार र विपरीत दिशाबाट आउँदै गरेको चालक जि.जाजरकोट
भेरी न.पा.३ बस्ने वर्ष २२ को प्रेम परियारले चलाएको भे १० प ५८५६ नं.को मो.सा.एक
आपसमा ठक्कर खाँदा दुबै सवारी साधनमा क्षति भई दुबै पक्षलाई ऐ.०९।११ गते ०८:३० बजे
इ.प्र.का.छिन्छुमा बोलाई छलफल गर्ने क्रममा
निज मो.सा. चालक प्रेम परियारको शरीर खान तलासी गर्दा निजले लगाएको ज्याकेटको
पछाडि भागमा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो
पदार्थ २ पोका शुद्ध तौल ४ ग्राम ४४० मिलिग्राम फेलापारी बारामद गरी इ.प्र.का.छिन्छुमा राखी आ.अ.भईरहेको ।
उदयपुर, चौदण्डीगढी
न.पा.वडा नं.०३ पैतालिस चौक स्थितमा विशेष सुचनाको आधारमा इ.प्र.का. बेल्टार
उदयपुरबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले रामपुरबाट गाईघाट तर्फ आउदै गरेको
को १ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा लुकाइ छिपाई ल्याउदै
गरेको ३० बोरा गाँजा, तौल गर्दा बोरा सहित ७६३.७६ किलोग्राम फेला पारी गाँजा,बोलेरो चालक ऐ.
बेलका न.पा. वडा नं.०६ बस्ने अ. वर्ष २३ को रविन कुमार राई र सोही गाडिमा सवार ऐ.
वडा नं.०९ बस्ने अ. वर्ष २८ को राम बहादुर राईलाई नियन्त्रणमा लिइ इ.प्र.का.
बेल्टार उदयपुरमा ल्याइ राखिएको ।
बारा, सिम्रौनगढ
न.पा.३बडपुरवा स्थितमा ला.औ.औसार पसार भईरहेको भन्ने इ.प्र.का.सिम्रौनगढ,बारामाखबर
प्राप्त हुनासाथ इ.प्र.का.सिम्रौनगढ,बारा बाट प्र.नि.को कमाण्डमा टोली खटी गई
हेर्दा ४ जना मानिसहरु पिठ्युमा ४ वटा पोका
बोकी गगांनगर बाट नयकाटोल तर्फ
आईरहेको अवस्थामा प्रहरी टोलीलाई देखन
साथ २ जना व्यक्तिहरु पोका फाली भागेकोमा
लख्टदै जाँदा जिल्ला बारा सिम्रौनगढ न.पा.
३ नयाका टोल बस्ने रधुनाथ हजराको
छोरा अं. बर्ष ४०को
राजकिशोर हजरा लगायत २ जनालाई
ला.औ.४ वटा जुटको बोरामा ६४ के.जी ४५० ग्राम.ला.औ.गाजा र २ जनालाई नियन्त्रणमा लिई
इ.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखिएको ।