मिति २०८२।०९।१२ गते ०५:०० बजे देखि ऐ ०९।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१३
- A
- A-
- A+
ज.ज.क.,
रोल्पा, सुनिलस्मृति
गा.पा.३ रुईनीबाङ स्थित बजारमा कोठा गरी बस्ने वर्ष ५ की बालिका लाई ऐ. स्थित कोठा
गरी बस्ने वर्ष १३ को बालकले कोठामा कोहि नभएको अवस्थामा कोठामा गई ज.ज.क गरेको
भनी पीडित बालिकाको बुवाले इ.प्र.का.सुलिचौरमा आई ऐ.१२ गते अं.१७;३० बजे जाहेरी
दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई दुवै जना
बालक र बालिकालाई प्र.ना.नि.को कमाण्डको टोलीले विस्तृत स्वास्थ्य परीक्षणको लागि
रोल्पा अस्पताल रेउघा पठाईएकोमा दुबैजना वालबालिकाको स्वास्थय परिक्षण पश्चात
बालकलाई इ.प्र.का.सुलिचौर रोल्पाको बाल निग्रानी कक्षमा राखिएको र बालिकालाई निजको
आमाको जिम्मा लगाई पठाइएको ।
प्र.क.माथी
हातपात,
रुपन्देही, ओमसतिया
गा.पा-४ वाइपास रोड स्थित रहेको जलवा डान्स बार निर्धारित समय भन्दा राति सम्म
संचालन गरेकोमा इ.प्र.का. बेलहियाबाट खटिएको प्र.नि को कमाण्डमा ७ जनाको टोलीले
उक्त डान्सबारमा रहेका गेष्ट तथा संचालकलाई सम्झाइ बुझाइ गरी फर्कने क्रममा
एक्कासी प्रहरी माथि नै मुक्का प्रहार
गर्दा जि.प्र.का. रुपन्देही दरबन्दी भइ इ.प्र.का. बेलहियामा कार्यरत
प्र.ना.नि.नारायण पछाई (कम्प्युटर कोड न. ३१३२३७) को लाई आखा माथि चोट लागेकोमा
उपचारको लागि भिम अस्पताल भैरहवा पठाइएको,आखा माथि ४ वटा टाका
लागाएको अवस्था सामान्य रहेको, निज प्र.ना.नि.उपचार पश्चात डिस्चार्ज भएको,हातपात गर्ने
जि.नबलपरासी (पुर्व) बिनयत्रिबेणी गा.पा.६ बस्ने वर्ष ३२ को मोहन बस्नेत र बार
संचालक गरी ५ जनालाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि जि.प्र.का.पठाइएको
।
कुटपिट/झै-झगडा,
सिरहा, सुखिपुर न.पा.
६ खरीटोल स्थित झै-झगडा तथा कुटपिट भईरहेको भन्ने खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट
शिवचौकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष ४५ को देव प्रसाद
यादव (एक पक्ष) र ऐ.बस्ने वर्ष ५५ को राम करण यादव (अर्को पक्ष) बीच केटा केटीको
बिषयमा पुरानो रिसिबी राखी बादबिबाद भई झै झगडा तथा कुटपिट हुँदा देव प्रसाद
यादवको टाउकोमा बन्चरोले प्रहार गर्दा निजको टाउकोमा चोट अवस्था गम्भीर उपचारको
लागि प्रादेशिक अस्पताल सिरहा तर्फ पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि
बिराटनगर तर्फ रिफर, अर्को पक्षको रामशंकर यादवको टाउकोमा बन्चरोले प्रहार गर्दा
टाउकोमा चोट,
उपचारको
लागि स्थानिय मेडिकल सुखिपुर सिरहामा लगि उपचार भईरहेको, अवस्था मध्यम, उक्त स्थानमा
थप इ.प्र.का.महेशपुरपतारबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई घटना सम्बन्धमा थप बुझ्ने कार्य
भईरहेको,
राम
करण यादव फरार खो.त.कार्य भईरहेको ।
ला.औ.,
मोरङ, जहदा गा.पा.२
तरिग स्थित ला.औ.गाँजा नेपालबाट भारत तर्फ लादै गरेको भन्ने गोप्य सुचनाको आधारमा
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई टाँउकोमा ला.औ. गाँजाको बोरा लिई
जादै गरेकोमा प्रहरी लाई देखी बोरा फाली भागेकोमा निजहरुलाई पक्राउ गर्न ठुलो
चा.पे. बाट १ राउण्ड फायर गरी देश भारत जिल्ला अररिया चन्दामोहन वाड न.५ बस्ने
वर्ष २४ को अबुल हसन र ऐ. बस्ने वर्ष ३० को सोहेल खानलाई गाँजा ३३० के.जी. सहित
नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान भईरहेको ।