प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।१७ गते ०५:०० बजे देखि ऐ ०९।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,

सोलुखुम्बु, सोलु दुधकुण्ड न.पा.-११ बुस्टिङ बस्ने वर्ष २३ की महिलालाई ऐ.बस्ने वर्ष ३५ को पेम्बा दोर्जे शेर्पाले निजको घरमा गई ज.ज.क. गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. रमितेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. सोलुखुम्बुमा ल्याई आ.अ.भईरहेको ।

 

कपिलबस्तु, बुद्धभुमि न.पा.५ इस्लामनगर स्थित रहेको एपोलो ईटा भट्टामा काम गर्ने जिल्ला कैलाली लम्कीचुहा न.पा.३ बलचौर बस्ने वर्ष १३ की बालिकालाई जि.कैलाली जानकी गा.पा.५ नवलपुर बस्ने वर्ष १६ को बालकले  ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट प्रेमनगर कपिलबस्तुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको

 

गोली हानि घाईते,

रोल्पा, परिवर्तन गा.पा. नं.५ त्रिवेणी पसल गरि बस्ने जमुना वलीले मेरो श्रीमानले भरुवा बन्दुक देखाई मार्छु भनि डर देखाएले घर बाट भागि भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट पुत्लाचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको श्रीमती सहित ढोका खोली हेर्दा  जिल्ला रोल्पा थबाङ गाउँपालिका वडा नं.३ मिरुल घर भई हाल जिल्ला रोल्पा परिवर्तन गाउँपालिका वडा नं.५ त्रिवेणी स्थित रत्न वलीको घरमा भाडामा पसल गरि बस्ने बर्ष ३६ को दिल कुमार डाँगीले पसलको माथिल्लो तल्लाको सुत्ने कोठामा भरुवा बन्दुकले आफैले आफ्नो दाहिने कुमको भागमा गोली हानि घाईते अवस्थामा र नजिकै भरुवा बन्दुक थान-१ समेत फेला पारी घाईतेलाई उपचारको लागि राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ पठाईएको,अवस्था मध्यम,भरुवा बन्दुक प्रहरीको नियनन्त्रणमा ।

 

हात हतियार बरामद,

उदयपुर, उदयपुर १७ गते अ.१६:०० बजेको समयमा प्र.चौ.रिस्कु उदयपुरबाट खटिएको प्र.स.नि. मोतिराम महतो (९८५२८३६०५२)को कमाण्डको गस्ति टोलीले कटारी न.पा. वडा नं. ०६ आपटार स्थितमा ऐ. वडा नं. ६ लामीदुवाली बस्ने बर्ष अ. ५९ को कृष्ण बहादुर मगर बारुद र छर्रा लोड गरेको भरुवा बन्दुक थान-०१ बोकी हिड्दै गरेको अवस्थामा फेला पारी उक्त बन्दुक सहित निज कृष्ण बहादुर मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको,

 

फुटकर ज्यान,

न.प.पश्चिम, बर्दघाट न.पा. १२ कजडैया टायल फ्याक्ट्रीमा मिति २०८२।०९।१६ गते बेलुका २०:०० बजे देखी ऐ.१७ गते बिहान ०८:०० बजेसम्म बर्दघाट न.पा. १३ धनेवा बस्ने वर्ष ४० को होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने वर्ष ३० को बिनोद कुमार लाई ऐ.कम्पनिको ग्यासी फायरमा डिउटी खटाईएकोमा ग्यासी फायरको पोकिङ फ्लोरमा गत्ता ओछ्याएर सुतेकोमा दुबै जना मृत अवस्थामा रहेको भन्ने खबर ऐ.०९।१७ गते ०९:२० प्राप्त हुनासाथ अ.प्र.पोष्ट भटौलियाबाट प्र.स.नि., इ.प्र.का.सेमरीबाट प्र.व.ना.नि.र इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली खटी गएको, ऐ.१०:३० बजे अं.१५०/२०० जनाको संख्यामा स्थानीयहरु भेला जम्मा भई कम्पनी भित्र पस्न खोजी बिरोध गरिरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गएको, ऐ.१३:३० बजे जिल्ला प्रहरी कार्यालयबाट प्र.उ.अनुपम श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी आई  स्थानीय, टायल फ्याक्टीका प्रतिनिधी र  पीडित पक्ष बीच छलफल भईरहेको।

 

ला.औ.

काठमाडौं, का.म.न.पा.७ चाबहिल नजिक रहेको चार तले सगरमाथा guest house को तेस्रो तलाको १०८ नम्बर कोठामा ला.औ. बेचबिखन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट सादापोशाक प्र.ब.ह.को कमाण्डमा टोली खटी गई घटनास्थलमा पुगी चेकजाँच गर्दा जि.सुनसरी बराहक्षेत्र न.पा.७ घर भई हाल का.म.न.पा.७ चाबहिल बस्ने बर्ष ३२ को विशाल राई र जि.सुनसरी कोशी गा.पा.२ घर भई हाल का.जि.का.म.न.पा.७ चाबहिल बस्ने वर्ष २४ को दयानन्द यादवको साथबाट डब्बामा लेदो बनाइ राखेको  ला.औ. ४६ ग्राम ब्राउन सुगर, तौल गर्ने डिजिटल तराजु  थान १ र मोबाइल - थान ३ सहित फेला पारी थप अनुसन्धानको लागी वृत्त गौशालाबाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी निजहरुलाई नियन्त्रणमा लिएको ।

 

बाँके, नेपालगंज उ.म.न.पा.२० राँझा स्थितमा ला.औ. ब्राउन सुगर कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.स.नि.को कमाण्डमा र ला.औ.नि.ब्युरो शाखा कार्यालय नेपालगंज खटी गएको टोली ले ऐ.जानकी गा.पा.५ बस्ने बर्ष ३७ को रफिक खानले  चलाई ल्याएको भे.११ प.३६६ नं.को मो.सा.रोकी चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको गोजिबाट एक पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारी प्लाष्टिक सहित तौल गर्दा ११३.५३ ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा १०३.०३० ग्राम ला.औ.र  निजको घरको कोठाको दराजबाट ३ पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद प्लाष्टिक हटाई शुद्ध तौल गर्दा २.०७ ग्राम HONOR कम्पनीको मोबाईल थान एक (१) र निजले चलाएको मो.सा.सजित नियन्त्रणमा लिई इ.प्र.का. कोहलपुर बाँकेमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८२।११।२८ गते ०५:०० बजे देखि २०८२।११।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२९

कर्तव्य ज्यान,बारा, देवताल गा.पा.५ दक्षिणसेढाई टोल बस्ने अं.वर्ष ६५ को सत्यनारायण साह र ऐ.बस्ने जोखन पटेलको श्रीमती अं.वर्ष ३० की रमिता देवि पटेल बीच बच्चाको बिषय लिएर वादविवाद, झै-झगडा कुटपिट हुँदा सत्यनन्द साह (पहिला देखि नै हृदयघातको बिरामी रहेको) एक्कासी बेहोस भई ढली उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंजमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.१०:४५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी अस्पताल मार्फत प्र.चौ.देवतालमा खबर प्राप्त हुनासाथ प्र.चौ.देवतालबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने महिला अं. वर्ष ३० की रमिता देवि पटेल प्र.चौ. देवतालको नियन्त्रणमा रहेको, कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि नारायणी अस्पताल विरगंज पर्सामा पठाएकोमा शव पो.मा.पश्चात आफन्तले बुझी लगेको । मोरङ, मिति २०८२।१०।२० गते अं १८:०० बजे,रतुवामाई न.पा. ३ चौकीघाट बस्ने वर्ष अं.४९ को श्रवण कुमार सहनीले आफ्नो बुबा वर्ष ७० को सत्रुधन सहनीलाई घरायसी बिबाद ( जग्गाको बिषयमा ) हुँदा लछार पछार तथा हातपात गरी घाईते बनाई नोबेल अस्पताल बिराटनगरमा लगी उपचार गराई डिस्चार्ज भए पश्चात घरमा ल्याई राखिएकोमा ऐ.२८ गते अं २०:५० बजे घरमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का सिजुवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएको, कुटपिट गर्ने छोरा श्रवण कुमार सहनी फरार ‍रहेकोले खो.त. कार्य भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,धनकुटा, जिल्ला ०८ अन्तर्गत बस्ने वर्ष अं.१४ बस्ने नातामा सौतेनी बहिनी पर्ने वर्ष १३ की बालिकालाई डर त्रास देखाई मिति २०८२ साल भाद्र महिनाको अन्तिममा (गते नखुलेको ) अ.२३:०० बजे निज बालिकाको आफ्नै घर कोठामा जवरजस्ती करणी गरेको र पीडितलाई अर्को प्रतिवादी जि.धनकुटा धनकुटा न.पा.वडा नं. १० मार्गा बराल टोल बस्ने वर्ष अं.२७ को वीरेन्द्र राईले ललाई फकाई विवाह गर्छु भनि लगी पटक पटक जवरजस्ती करणी गर्दै आई रहेकोमा (हाल निज पीडितको अन्दाजी ६ महिनाको गर्भ समेत रहेको) भनि खुल्न आएको हुँदा ऐ.२८ गते अं. १८:०० बजे पिडितको आफन्तले जि.प्र.का.धनकुटामा आई जवरजस्ती करणी मुद्धा कसुरमा जाहेरी दरखास्त दिएकोमा जि.प्र.का. धनकुटाबाट  प्र.ह.को कमाण्डमा टोली खटी गई पिडक वीरेन्द्र राईलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा ल्याई राखिएको, घटनामा संलग्न अर्को १ जना फरार ब्यक्तिको खो.त. कार्य भईरहेको, पिडित  बालिकालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको । दाङ, मिति २०८२।११।२१ गते अं.१०:०० बजे राप्ती गा.पा. ३ नयाँगाउँ बस्ने वर्ष २८ को कौशे कुमालले ऐ.बस्ने वर्ष अं.३ की बालिकालाई सामुदायिक वनमा लिई गई ज.ज.क. उद्योग गरेको भन्ने ऐ.२८ गते अं.१६:०० बजे इ.प्र.का.भालुबाङ दाङमा पिडितले जाहेरी दरखास्त दिएकोमा प्र.चौ.मसुरियाबाट प्र.स.नि.को टोली सहित इ.प्र.का.भालुबाङका प्र.नि.को कमाण्डमा टोली खटी गएकोमा बालिकाको अवस्था सामान्य रहेको साथै बालिका आमाको साथमा रहेकी र फरार पिडकको खो.त. कार्य भईरहेको । विदेशी नागरिक मृत्यु,काठमाडौं, देश भारत गुजरात राजनगर घर भई हाल पशुपतिनाथ मन्दिर दर्शन गर्न नेपाल आई काठमाडौं जि.का.म.न.पा.वडा नं. ०९ पिङ्लास्थान स्थित होटल नारायणको कोठा नं. ३०७ मा हिजो मिति २०८२।११।२७ गते देखि कोठा भाडामा लिई बसेको वर्ष अं.५९ को अनिल कुमार जयकिशन रानाको  कोठामा नै अचानक स्वास्थ्यमा समस्या आई उपचारको लागि निजको साथी नितेश द्रोहले का.जि. सिनामंगल स्थित के.एम.सि.अस्पताल लिएर गएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको भनी अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी प्राप्त भएको । चोरी/लुटपाट,काठमाण्डौ, का.जि.तारकेश्वर न.पा.०६ नेपालटार पैँयुटार स्थित उत्तम दवाडीको पाँच तले घरको दोस्रो तल्लामा जि.नुवाकोट बिदुर न.पा.१२ घर भई हाल पैँयुटार डेरा गरी बस्ने वर्ष अं.२३ की पार्वती पौडेलको कोठामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोका फुटाली सुन चाँदिको गर गहना,नगद-१०० US डलर ने.रु.१४,७००,थाईलेन्डको नगद-१०० ने.रु.४,६००,गरी अं.३३ लाख ७५ हजार ३ सय ७५ बराबरको चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिको खो.त. कार्य भईरहेको । प्रहरी कर्मचारी मृत्यु,हुम्ला, जिल्ला दैलेख महाबु गा.पा.वडा नं.२ स्थाई वतन भएका जिल्ला प्रहरी कार्यालय हुम्ला म.तथा बा.बा.से.के. दरबन्दी भई जि.प्र.का.हुम्लामा कार्यरत क.कोड नं. ३११३९१, संकेत नं. C- ०००४८९७९, का अं.वर्ष ४९ का प्रहरी सहायक निरीक्षक खगिराम सारु ऐ.११।२८ गते १०:०० बजे देखि ऐ.२९ गते १०:०० बजे सम्म कन्ट्रोल डिउटीमा रहेको अवस्थामा एक्कासी कन्ट्रोल रुममा नै ढल्न गई तत्कालै उपचारको लागि जिल्ला अस्पताल सिमिकोट हुम्ला पठाई उपचार भईरहेकोमा ऐ.२०:३० बजे निज प्र.स.नि.खगिराम सारुको उपचारको क्रममा मृत्यु भएको र शव सोही अस्पतालमा रहेको । लाऔ.,सुनसरी, धरान उ.म.न.पा.१३ फुस्रे स्थित ला.औ.गाँजाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा को.प्र.प्र.का.बाट खटिएको PIT टोली, इ.प्र.का.धरानबाट प्र.स.ह.को कमाण्डमा र अ.प्र.चौ.अमरहाट धरानबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले जि.संखुवासभा सिलिचोङ गा.पा.४ बस्ने वर्ष २० को सन्दिप राईको साथबाट ३० के.जी.ला.औ.(गाँजा) फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको ।  महोत्तरी, रामगोपालपुर न.पा. ८ हरिणमरिण-ससौला  कच्ची सडक-खण्डमा बिशेष सुचनाको आधारमा हरिणमरिणबाट ससौला तर्फ जादै गरेको DL-1Co 5869 नं.को कार बाटोमा रोकी रहेको र उक्त गाडीमा सवार कोही नभएको अवस्थामा इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले कारलाई चेकजाँच गर्दा पछाडीको डिकिमा लुकाई छिपाई राखेको २० पोका अं.१०० के.जी. ला.औ. (गाँजा) जस्तो देखिने वस्तु फेला पारी कार सहित नियन्त्रणमा लिएको,कार चालक फरार रहेको खो.त. कार्य भईरहेको ।

मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।११।२५ गते १६:२० बजे महालक्ष्मी न.पा.४ डाडाखर्क बस्ने वर्ष ५६ को गंगा वहादुर बिश्वकर्माले निजकै घर छेउमा रहेको तित्री जातको रुखको छेउ सडक बाटोमा वर्ष १४ की बालिकालाई बिभिन्न अश्वभाविक शब्दहरु बोली निज प्रतिवादीको हातले सम्बेदनशिल अंग छातीमा सुमसुम्याई वालयौन दुरुपयोगको वारदात घटाएको भन्ने जानकारी ऐ.२७ गते १४:०० बजे प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई गंगा वहादुर बिश्वकर्मालाई आफ्नै घरमा वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको । झापा, मिति २०८२।११।२४ गते अं.१२:३० बजे भद्रपुर न.पा.४ बस्ने बर्ष ४ की  बालिकालाइ  ऐ.ऐ. बस्ने सानो धिमालको छोरा अं.बर्ष १३ को अनित धिमालले आफनै घरको पछाडी लगेर जवरजस्ती करणी गरी मिति २०८२।११।२७ गते अं. १०:५० बजे उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भरहेको अवस्था बोल्न सक्ने सामान्य उपचारमा निजको हजुरआमा संग्लन रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क. मार्फत खबर प्राप्त हुनासाथ  प्र.चौ. महेशपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटीगई बालबिज्याई कर्तालाई नियन्त्रणमा लिइ जि.प्र.का. झापामा ल्याई अनुशन्धान भईरहेको । म्याग्दी, मिति २०८२।११।२६ गते अं.०१:०० बजे धवलागिरी गा.पा.७ धारापानी बस्ने वर्ष ४२ को प्रेम बहादुर दमाईले ऐ.बस्ने वर्ष ५२ की महिलालाई आफ्नो घरमा सुतीरहेको अवस्थामा एक्कासी समाती ज.ज.क. गरेको भनी निज महिलाले प्र.चौ मुनाताकममा खबर गर्नासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई प्रेम बहादुर दमाईलाई नियन्त्रणमा लिएको । गुल्मी, रुरु गा.पा. ३ थोर्गा बस्ने वर्ष १४ की बालिकाको महिनावारी रोकीएको भनी आफन्तले रुरु प्रा.स्वा.के.रिडीमा लगि चेकजाँच गर्दा १३ हप्ताको गर्भ रहेको भनी डाक्टरले मिति २०८२/११/२५ गते अं.१६:०० बजे इ.प्र.का.रिडीमा जानकारी गराउन साथ प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा वर्ष ४३ आफ्नै बुवाले मा.प.से.गरी मिति २०८२।०६।२७ गते देखि हालसम्म पटक पटक जबरजस्ती करणी  गरेको भनी पीडितको माईजुले ऐ.२६ गते १८:०० बजे जि.प्र.का.मा जाहेरी दिना साथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई  निजकै घरबाट नियन्त्रणमा लिई ऐ.२७ गते दिन ७ को म्याद थप समेत गरी हिरासत कक्षमा राखिएको, बालिकालाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । कञ्चनपुर, भिमदत्त न.पा. १० स्थित बैजनाथ सामुदायिक जङगलमा ऐ.ऐ. बस्ने बर्ष अं.४७ को नरेश गिरी र ऐ.ऐ.भिमदत्त न.पा.९ बस्ने बर्ष ४० को हिरा नाथले जि.अछाम साफेबगर न.पा.-५ बस्ने बर्ष १२  कि बालिकालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा Soco सहित टोली खटि गइ घटनास्थल मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी नरेश गिरी र हिरा नाथलाई नियन्त्रणमा लिएको । बर्दिया, मधुवन न.पा.५ गाउँ नं १७  चोक  बस्ने संकेत नं. ६६ C को छोरी बर्ष अं.१५ कि संकेत नं. ६६L लाई ऐ.मधुवन न.पा.५ गाउँ नं ९ .बस्ने बर्ष अं.३८ को यम प्रसाद शर्माले ऐ.मधुवन न.पा.५ स्थितमा रहेको आनन्द आ.वि.रातामाटेको  कक्षा कोठामा  बाल यौन दुरुपयोग प्रयास.गरेको भनि आज मिति २०८२।११।२७ गते २०:०० बजे पिडितको आमाले इ.प्र.का.ढोढरी बर्दियामा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.नन्द बहादुर नाथको  कमाण्डमा ५ खटिएको निज यम प्रसाद शर्मा फरार रहेको खो.त.कार्य जारी रहेको । कर्तव्य ज्यान,नुवाकोट, मिति२०८२।११।२३ गते अं.११:१५ बजे किस्पाङ गा.पा.३ गुन्सा स्थित ऐ.ऐ.बस्ने बर्ष अं.५२ को कामी तामाङलाई आफ्नै भाई ऐ.ऐ.बस्ने बर्ष अं.५१ को सेल बहादुर तामाङले लट्ठीले टाउकोमा प्रहार गरी घाईते भई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाईएको, थप उपचारको लागी ऐ.१६:२५ बजे काठमाण्डौं न्युरो अस्पताल रिफर भइ उपचार भइरहेकोमा ऐ.२७ गते १८:०० बजे सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको,  कुटपिट गर्ने व्यक्ति फरार रहेकोमा ऐ. २४ गते १८:०० बजे ऐ. किस्पाङ २ चिलाउने स्थितबाट फेला पारी नियन्त्रणमा लिएको । सुनसरी, धरान उप-म.न.पा. १५ निराजन बस्ती स्थित कमल बि.क.को घरमा डेरा गरी बस्ने मनमाया पोखरेलको डेरामा पाहुना आएका ऐ.उप-म.न.पा. ५ देउराली बस्ने वर्ष अं. ७२ को सुरेन श्रेष्ठलाई ऐ.उप-म.न.पा. १५ बस्ने वर्ष ३२ को भरत बि.क.ले सामान्य वादविवादको कारणले कुटपिट समेत गरी घाईते भई उपचारको लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको अवस्था गम्भीर रहेकोमा ऐ.२२:५० बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, कुटपिट गर्ने भरत बि.क. इ.प्र.का. धरानको नियन्त्रणमा । सवारी दुर्घटना बाट प्र.क.मृत्यु,मोरङ, विराटनगर म.न.पा.४ राजबंशीचौक नजिक भित्री सडकमा राजबंशीचोकबाट नोवेल तर्फ जाँदै गरेको स.७ प ९१५२ नं. को मो.सा.अनियन्त्रीत भई सडकमा लडि दुर्घटना हुँदा मो.सा.चालक जि.मोरङ विराटनगर म.न.पा.४ घर बस्ने हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत कम्प्युटर कोड नं.३६३७४ वर्ष अं.४० को प्र.ना.नि.मिनबहादुर बोहरा र मो.सा. पछाडि सवार जि.उदयपुर त्रियुगा न.पा.६ बस्ने वर्ष ४१ को पेशल कुमार बस्नेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा ऐ.०९:२५ बजे मो.सा.चालक प्र.ना.नि.मिन बहादुर बोहराको मृत्यु भएको, शव कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा ऐ.१४:५५ बजे पो.मा.पश्चात मृतकको मामा दुर्गा बहादुर कटवालले बुझी लगेको,पछाडि सवार घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अवस्था मध्यम, मो.सा.प्रहरीको नियन्त्रणमा । ला.औ.,झापा, गा.पा. वडा न.५ बिरिङपुल स्थितमा BR 37 V 4212 नं.को कालो रंगको Super Splender मो.सा.मा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ भारतबाट नेपाल तर्फ ल्याई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोदबाट खटिएको QRT टोलीले मो.सा. नियन्त्रणमा लिने उद्देश्यले बिरिङपुलबाट पछ्याउने क्रममा मो.सा. तीब्र गतिमा गई बाह्रदर्शी गा.पा. ३ खड्गे बस्ति जाने बाटोमा मो.सा.छोडी लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक सहित ९५ ग्राम ९०० मिलीग्राम फाली, प्लाष्टिक बाहेक (तौल गर्न बाकी) मकै बारी तर्फ भागेको निजको खो.त.कार्य भईरहेको, मो.सा. र लागु औषध इ.प्र.का. कुमरखोदमा ल्याई राखिएको, अनुसन्धान कार्य भईरहेको ।  सुनसरी, हरिनगरा गा.पा. ३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा तर्फ जादै गरेको प्र.१-०२-००४ ह ५६३९ न.को सिटि सफारीलाई प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले रोक्न खोज्दा उक्त सिटि सफारी नरोकी भगाएकोले शंका लागि इ.प्र.का.हरिनगराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले घेराहाली लखेट्ने क्रममा ऐ.गा.पा.३ स्थित वडा कार्यालय नजिकमा सिटि सफारी छाडी चालक फरार भएको, उक्त सिटि सफारी भित्र हेर्दा  त्रिपालले छोपेको अवस्थामा प्लाटिकको ८ वटा बोरामा लागु औषध गाँजा फेला पारी सिटिसफारी सहित ला.औ. गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याइ राखेको नापतौल गर्दा बोरा सहित २१७ के.जि. भएको, चालकको खो.त. कार्य भइरहेको ।

मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२७

ज.ज.क. बाल यौन दुर्व्यवहार,ओखलढुङ्गा, चिसंखुगढी गा.पा.४ सिम्ले टोल बस्ने जन्मजात सुस्त मनस्थितीकी भई अपाङ्गता परिचय पत्र समेत प्राप्त गरेकी अण.वर्ष १७ की बालिकालाई मिति २०८२।११।२६ गते बिहान निज पिडित एक्कासी बिरामी भई ऐ.सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित मेडिका पोलिक्लिनिक प्रा.लि.मा ल्याई चेकजाँच गराउने क्रममा निजको पेटमा २८ हप्ता ३ दिनको गर्भ रहेको भनी मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई वारदार सम्बन्धमा सोधपुछ गर्दा सुस्त मनस्थिती भएको कारण पीडितले वारदात तथा प्रतिवादी समेत खुलाउन नसकेको हुनाले के-कुन मिति, समय र कुन ठाउँमा को-कस्ले निजलाई ज.ज.क.गरी फरार भएको भनी ऐ.१७:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.ओखलढुङ्गाबाट निज पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ पठाएको । ईलाम, देउमाई न.पा.९ मादिबुङ स्थित बस्ने वर्ष अं.४८ को डम्बर बहादुर मगरले मिति २०८२।११।२५ गते अं.१६.४५ बजे ऐ.बस्ने वर्ष १२ की बालिकालाई देउमाई न.पा.७ स्थितमा रहेको खान्द्रुङ मा.बि.खान्द्रुङ कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी र बिद्यालय छुट्टी भई घर तर्फ जादै गर्ने क्रममा बाटोमा ललाई फकाई बाल यौन दुर्ब्यवहार गरेको भनी पीडितको आफन्तले इ.प्र.का.मंगलबारेमा लिखित जाहेरी दिनासाथ इ.प्र.का.मंगलबारेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडक डम्बर बहादुर मगरलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको । भरुवा बन्दुक पड्किन गई मानिस मृत्यु,डडेल्धुरा, मिति २०८२।११।२६ गते १७:५५ बजे जिल्ला डडेल्धुरा परशुराम न.पा. वडा नं. २ बसौटी स्थित गणेश बहादुर बोहराको घरमा जिल्ला बैतडी शिवनाथ गा.पा. वडा नं. ४ घर भइ दिदि जानकी बोहराको घरमा आएको बर्ष अ. १७ को सुबास महरा र ऐ.ऐ. बस्ने बर्ष अ. १७ को केशव महरा घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा बन्दुक पड्किन गई सुवास महराको दाँहिने आखाँ माथी लागी घाइते भएको  अवस्था सिरियस रहेको भनि  परशुराम न.पा. वडा नं. २ का वडा अध्यक्ष रमेश बोहराले टे.फो. मार्फत इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुरामा जानकारी गराउना साथ प्र.नि. देव बहादुर चौधरी ९८५८४९०२०९ को कमाण्डमा SOCO सहायक सहित ७ जनाको प्रहरी टोली खटिगएको ।  उक्त घट्ना स्थलमा पुगी निज घाईतेलाई उपचारको लागी जोगबुढा अस्पताल जोगबुढाको एम्बुलेन्स द्वारा जोगबुढा अस्पताल जोगबुढा पठाएको, अवस्था सिरियस, थप अनुसन्धान भईरहेको । थप अपडेट:- ऐ.२०:४५ बजे निज घाईते सुबास महरा जोगबुढा अस्पताल जोगबुढामा पुगी डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको र गणेश बोहरा, केशव महरा र उक्त बन्दुक प्रहरीको नियन्त्रणमा लिई सोधपुछ कार्य भईरहेको, बन्दुक बिना लाईसेन्सको रहेको । लाऔ., बारा, निजगढ न.पा.११ रतनपुर स्थित अ.प्र.पोष्ट रतनपुरबाट अं.२ कि.मि.उत्तर पूर्व जंगल एरिया भित्री बाटोमा प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा सोही जंगलमा सेउला (घाँस) लोड गरेको ग.६ प.८८५१ नं.को मो.सा.चालक जि.बारा जितपुर सिमरा उ.म.न.पा.१९ ईनर्वा सिरहा बस्ने अं. वर्ष ३५ को फिरोज देवानले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ.तौल गर्दा ६ के.जि.४५० ग्राम र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मो.सा.चालक जि.रौतहट गौर न.पा.९ बस्ने अं.वर्ष १९ को तरबेज आलमले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ तौल गर्दा ५ के.जी.७८० ग्राम ला.औ.गाँजा बरामद भएकोले दुबै मो.सा. र चालकहरु समेतलाई नियन्त्रणमा लिई अ.प्र.पोष्ट रतनपुरमा ल्याई कानुनी प्रकृया पुरा गरी आवश्यक कारबाहीको लागि इ.प्र.का.निजगढमा बुझाएको ।

मिति २०८२।११।११ गते ०५:०० बजे देखि २०८२।११।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१२

ज.ज.क./बाल यौन दुर्व्यवहारपर्सा, देश भारत बिहार राज्य जिल्ला मोतिहारी परेवा कोठी ३ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० मा डेरा गरी बस्ने बाला साह तुरहाको छोरी अं.वर्ष अं १३ की बालिकालाई जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं १ घर भई हाल ऐ.वीरगंज महानगरपालिका वडा नं १० लालबङ्गला स्थित तरकारी बजारमा तरकारी बेच्ने र ऐ.स्थित कोठा भाडा लिई बस्ने मेघराज साह तुरहाको छोरा वर्ष अं.१९ को सुजित साह तुरहाले निजको कोठाभित्र गई जबरजस्ती करणी गर्न खोज्दा निज नाबालिका रोई कराई तथा हो-हल्ला गर्दा नाबालिकाको आमाले थाहा पाई निज पिडितलाई उद्दार गरी पिडकलाई समातेर राखेको भनी ऐ.२०:१० बजे जानकारी प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज (पिडक) सुजित साह तुरहालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, महोत्तरी, बर्दिबास न.पा.१ गालटार डेरा गरी बस्ने वर्ष अं.३२ को पुरुषले कोठामा कोही नभएको अवस्थामा आफ्नै छोरी अं.वर्ष १४ की बालिकालाइ ज.ज.क.गरी भाग्ने क्रममा बालिकाकी आमा र स्थानीयले नियन्त्रण लिइ राखेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा टओली खटी गई पिडकलाइ नियन्त्रणमा लिइ इ.प्र.का.बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको  चोरी,मोरङ, बिराटनगर म.न.पा.१० शान्तिचोक स्थित बस्ने सीता श्रेष्ठको घर भित्रको स्टिलको दराज भित्र राखेको सुन, चादीको बिभिन्न प्रकारका गरगहनाहरु र  रेडमि नोट ९ कम्पनीको मोबाइल थान एक, समेत गरी अं.मु.रु.१२ लाख जतिको चोरी गरी लगेको भन्ने जानकारी  ऐ.१९:५५ बजे व.प्र.का.बिराटनगरमा जानकारी प्राप्त हुनासाथ CRV गोघापुलबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भईरहेको, सवारी दुर्घटना(प्र.क.मृत्यु/घाईते),धनुषा, जनकपुर उ.म.न.पा.४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईल तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०१०४ नं.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नं.को मो.सा.लाई पछाडिबाट ठक्कर दिँदा  मो.सा. चालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा दरबन्दी भई सोही कार्यालयमा लेखा प्रमुखको रूपमा कार्यरत कम्प्युटर कोड १२५१६७ को प्र.नि.बिजय कुमार यादव सामान्य घाईते भई जि.प्र.का.धनुषाको सम्पर्कमा रहेको  र सोही मो.सा.मा पछाडी सवार जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने रामकेवल महतोको छोरी  इ.प्र.का. हरिपुर, सर्लाही दरबन्दी भई हाल जि.ट्रा.प्र.का. बर्दिबास महोत्तरीमा  कार्यरत कम्प्युटर कोड  नं. ४८१५०० को अं.वर्ष २६ की प्र.ज.चन्द्रकला कुमारी महत्तो घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा चिकित्सकले चेकजाँच गरी  ऐ.१४;४५ बजे की प्र.ज.चन्द्रकला कुमारी महत्तोलाई मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, (मृतक सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको भन्ने बुझिएको) घटनास्थलमा प्र.चौ. जिरोमाईलबाट प्र.व.ना.नि.र जि.प्र.का. धनुषाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, दुवै सवारी साधन र ट्रिपर चालक जि.धनुषा मिथिला न.पा.२ आनन्दपुर बस्ने अं.वर्ष ३० को सुनिल रविदास जि.प्र.का.धनुषाको नियन्त्रणमा रहेको । निर्वाचन प्रहरी मृत्यु, बैतडी, इ.प्र.का.तश्वदेहीमा कार्यरत गैह्रआवासिय रुपमा बस्दै आएको दर्ता न.५७३ को निर्वाचन प्रहरी जिल्ला बैतडी मेलौली न.पा.६ हतरङ्गा बस्ने वर्ष अ.३८ को राजेन्द्र प्रसाद भट्ट आफ्नै घरमा अचानक बिरामी भई बेहोस भएकोमा निजलाई उपचारको लागि केशरपुर प्रथामिक स्वास्थ्य केन्द्र मेलौली बैतडी पठाएकोमा ऐ.१२ गते ००:०५ बजे उपचारको क्रममा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.तश्वदेहीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,

मिति २०८२।११।१० गते ०५:०० बजे देखि २०८२।११।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-११

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, भद्रपुर न.पा ९ पोकापाडा चोक स्थित सिताराम उप्रतीको घर पसल पछाडी आँगनको कुनामा जिल्ला झापा भद्रपुर न.पा १० सत्रविघे बस्ने बर्ष ५० को सन्तोष रिजालले भद्रपुर न.पा ९ पोकापाडा बस्ने सांकेतिक नाम "ज्ञ-२" को छोरी पीडित बर्ष ७ की सांकेतिक नाम "ज्ञ-१" लाई ललाई फकाई संवेदनसिल अंग योनीमा छामी (सुम्सुमाई) बालयौन दुरुपयोग गरेको भनि पिडितको आमा सांकेतिक नाम "ज्ञ(०८२/०८३)ले जि.प्र.का झापा आई मिति २०८२।१०।१० गते १५:बजे जाहेरी दिना साथ जि.प्र.का झापाबाट प्र.ना.नि को कमाण्डमा टोली खटि गई सन्तोष रिजाललाई नियन्त्रणमा लिई पिडित र पिडकको स्वास्थ्य परीक्षण गरी पिडकलाई जि.प्र.का झापामा राखिएको पिडितलाई आफन्तको जिम्मा लगाईएको अवस्था समान्य रहेको कर्तव्य ज्यान,धनुषा, मिथिला बिहारी न.पा. वडा नं. ३ मिथिलेश्वर स्थितमा ऐ.ऐ.बस्ने लक्ष्मी मण्डलको श्रीमती अं. वर्ष ९० की संझा देवी मण्डललाई ऐ.ऐ.बस्ने निजकै नाति नथु मण्डलको छोरा अं.वर्ष ३३ को धिरज मण्डलले घरायसि विवादका कारण निज संझा देवी मण्डलको सुत्ने कोठामा रहेको हाँसको चल्ला निकाल्ने अं. २०० किलो ग्रामको हयाच्री मेसिन निज संझा देवी मण्डलको शरीर माथि लडाई सोहि मेसिनले च्यापी निजलाई उक्त स्थानबाट घिसारी घर कोठा बाहिर निकाली मृत अवस्थामा आंगनमा ल्याई राखेको भन्ने खबर ऐ.०७;०० बजेको समयमा इ.प्र.का.तारापट्टी धनुषामा प्राप्त हुन साथ इ.प्र.का.तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई घटना स्थल सुरक्षित साथ राखि निज धिरज मण्डललाई खो.त.गर्ने क्रममा ऐ.घटनास्थल देखि अं. १ कि.मि.दक्षिण पूर्व स्थित घर बाहिरबाट  नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको, उक्त स्थानमा तालुक जि.प्र.का.धनुषाबाट प्र.उ.रुगम बहादुर कुँवरको कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटि गएको । लागु औषध, मोरङ, सुचनाको आधारमा कोशी प्रप्रका विराटनगर (PIT) र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त  टोलीले ऐ. बस्ने बर्ष २८ को मनोज खड्काको घर कोठामा खानतलासी गर्ने क्रममा घर कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध Tramadol hydrochloride capsules(Tramol-50) लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) क्याप्सुलको दरले १५०० (एक हजार पाँच सय) क्याप्सुल, SPASPAIN लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) ट्याब्लेटको दरले १५००(एक हजार पाँच सय) ट्याब्लेट र कागजमा सानो सानो पोका पारी विक्री गर्न तयार गरेको अवैध लागु औषध गाँजा जस्तो देखिने तौल गर्दा ३६२ (तिन सय बैसठ्ठी) ग्राम समेत फेला पारी निज मनोज खड्कालाई नियन्त्रणमा लिई ईप्रका बेलबारी, मोरङ पठाईएको ।

मिति २०८२।११।०९ गते ०५:०० बजे देखि २०८२।११।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,न.प.पश्चिम, प्रतापपुर गा.पा. ४ पर्सा बस्ने अं.वर्ष ५ की बालिकालाई ऐ.८ नर्सही बस्ने वर्ष २५ को मिथुन चमारले उखु खेतमा लगी ज.ज.क.उद्योग गरेको निजको दिदिले देखि घरमा आइ भनि निज मिथुन चमारलाई गाउँलेहरुले नियन्त्रणमा लिई राखेको र निजलाई कुटपिट गर्दा खुट्टामा सामान्य चोट लागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै पिडित र पिडकलाई  जि.प्र.का.नवलपरासी पश्चिममा राखी आ.अ.भईरहेको । पाल्पा, २०८२।११।०५ गते अं. १३:०० बजे माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ स्थित थामडाँडा सामुदायिक जंगलमा जि.पाल्पा माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ बस्ने वर्ष १९ को रेम बहादुर ठाडाले ऐ.वर्ष ३२ की महिलालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । दैलेख, भगवतिमाई गा.पा.वडा नं.५ कट्टी बस्ने बर्ष अं.२२ को पदम टमटाले मा.प.से.गरी घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बेस्तडा प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेख पठाईएको । चोरी,काठमाण्डौ, म.न.पा.२६ सारकारी धारा नजिक हरिदाश शर्माको साँडे ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जि. बाग्लुङ बडिगार्ड न.पा.०७ घर हुने वर्ष ३५ की कालिका रोका मगरको कोठा फोडी चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई बुझ्दा सुनको गरगहना(हार,कण्ठे माला,बाला,जनतर) लगायत नगद रु.५० हजार गरी जम्मा मुल्य रु ५६ लाख ५० हजार बराबरको चोरी भएको, चोरी गर्ने व्यक्ति फरार रहेको, उक्त व्यक्तिको खोजतलास तथा अन्य अपराध अनुसन्धान भईरहेको । कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.वडा नं.११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जि.संखुवासभा खादवारी न.पा.०२ स्थायी वतन भएका वर्ष ७२ को ला.औ मुद्दाका सजाय (१२ कैद/६ लाख जरिवाना) कैदी जय बहादुर चापागाई मुटु र फोक्सो सम्बन्धी बिरामी भई मिति २०८२।११।०५गते उपचारको लागि वि.पी स्मृती अस्पतालमा  भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको ऐ.१० गते ०२:२० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । धारिलो हतियार प्रहार,मोरङ, सुन्दरहरैचा नपा ९ चित्रेटोल बस्ने वर्ष ३६ को राजन कुमार अधिकारी आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक अपरिचित मानिस आई के कुन धारिलो हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय सुकुना सामुदायिक अस्पताल मबिराटचौकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अवस्था गम्भीर,धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खो.त.भईरहेको  लागु औषध, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं.४ शान्ति टोल स्थितमा रहेको इसु धोवीको खाली जग्गामा ना.७ ख २२३७ नं.को टिपर गाडीबाट ला.औ.गाँजा अन लोड गरी रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.उ.को कमाण्डमा टोली खटी गई ला.औ.गाँजा अनलोड गरी रहेका व्यक्तिहरु प्रहरी टोलीलाई देखि फरार भएकोमा उक्त गाडीबाट ओराली भुईमा राखी राखेको अवस्थामा ला.औ.गाँजा ३४ पोकामा अं.३५७ किलो ग्राम फेला पारी ला.औ.गाँजा र ना.७ ख २२३७ न.को टिपर गाडी जि.प्र.का.धनुषामा ल्याई राखिएको र ला.औ.गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खो.त.भईरहेको