मिति २०८२।०९।२१ गते ०५:०० बजे देखि ऐ ०९।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२२
- A
- A-
- A+
शंकास्पद
मृत फेला,
सिन्धुली, तिनपाटन गा.पा
३ राम्चे स्थित २०८२।०९।०९ गते वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला
एकलै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा
विदेशमा रहेको,४ छोरी मध्ये ३
वटा विवाहित र १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खोज
तलास गर्दा समेत फेला नपरेको भनी स्थानिय र आफन्तले ऐ. राती अ. २१:२० बजे इ.प्र.का बेलघारीमा जानकारी गराउनसाथ ऐ.०९।१० गते प्र.स.नि को कमाण्डमा टोली निज महिलाको घरमा
खटि गई स्थानिय र आफन्तहरु संग समन्वय गरी निजको घरमा हेर्दा निज सुत्ने बेडमा
दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएकोले थप अनुशन्धानको लागि जि.प्र.का.बाट
प्र.उ को कमाण्डमा १० जना प्रहरी टोली खटी गई
खो.त. तथा अनुसन्धान भई रहेकोमा ऐ.०९।२१ गते इ.प्र.का.बेलघारीबाट प्र.स.नि
को कमाण्डमा टोली र स्थानिय /आफन्त समेत मिली खो.त.गर्दै जाने क्रममा ऐ.२३:०० बजेको
समयमा उक्त महिलाको शव घर देखी ३०० मिटर उत्तर पट्टी रहेको बाँसको झ्याङमा दुर्गन्धित
अवस्थामा फेला परेको,उक्त शव वर्ष ५३ की टंकमाया बुढाथोकीको नै रहेको भनि मृतकको
छोरी वर्ष २२ की गोमा बुढाथोकी लगायत आफन्त समेत बाट सनाखत भएको भनी खटी गएको
प्रहरीबाट इ.प्र.का.बेलघारीमा जानकारी प्राप्त हुनासाथ प्र.नि को कमाण्डमा टोली
खटी गई घटनास्थल सुरक्षित राखेको ।
जबरजस्ति
करणी,
सल्यान, बागचौर
नगरपालिका वडा नं.८ बिउरेखोला बस्ने बर्ष अ. ३७ को संरक्षक परिवर्तित संकेत नामथर
५५ थारमारे ०८२-२ ले मेरो छोरी बर्ष ६ की परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२
(क) लाई ऐ.ऐ. बस्ने बर्ष १७ को परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ (ख) ले
बिभीन्न मितिमा पटक-पटक जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर ५५
थारमारे ०८२-२ ले इ.प्र.का.थारमारे,सल्यानमा मिति २०८२।०९।२० गते निवेदन पेश गरेको
हुदाँ उक्त स्थानमा प्र.स.नि.ललित बि.क.को कमान्डमा ४ जनाको प्रहरी टोली खटि गई
निजलाई प्रकाउ गरि इ.प्र.का.थारमारे,सल्यानमा राखिएको ।
सडक
दुर्घटनाबाट प्रहरी कर्मचारी मृत्यु,
रुपन्देही, बुटवल उ.म.न.पा.१०
धागो कारखाना अगाडी पुर्व बाट पश्चिम तर्फ आउदै गरेको चालक जिल्ला गुल्मी रेसुङगा
न.पा. १ बस्ने वर्ष ५६ को जितेन्द्र सिंह थापाले चलाएको बागमती प्रदेश ०१ -००३ च
००७७ क्रेटा कारले ऐ.स्थित चेकिङ डिउटीमा खटीएका कम्प्युटर कोड नं.४१८४८६ का जिल्ला रुपन्देही
कोटहिमाई गा.पा.५ घर भएका प्र.चौ.खिदीम अर्घाखाची दरबन्दी भइ हाल अ.ट्रा.प्र.पोष्ट
रामनगर रुपन्देही कार्यरत प्र.स.ह.नागेश्वर पाललाई ठक्कर दिदा घाइते भइ उपचारको
लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएकोमा, ऐ.१६:३८ बजे डाक्टरद्धारा
मृत घोषणा गरेको,लास सोही अस्पतालमा रहेको निजको आफन्तलाई जानकारी भएको , उक्त कार
अनियन्त्रित भइ ऐ.स्थानमा रोकी राखेको म.प्र.०३-००१ क ३३१९ नं.को टिप्परलाई समेत
ठक्कर दिएको घटना स्थलमा व.प्र.का.बुटवलबाट प्र.नि.को टोलि खटी गएको कार र कार
चालक व.प्र.का.रुपन्देहीको नियन्त्रणमा रहि थप अनुसन्धान भईरहेको ।
प्र.क.मृत्यु,
सुनसरी, इ.प्र.का.इटहरी
सुनसरी दरबन्दी भई इ.प्र.का.लौकहीमा कार्यरत कम्प्युटर कोड नं.५५०७१० भएको जिल्ला उदयपुर
चौदन्डीगढी न.पा.६ घर भएका प्रहरी कार्यालय सहयोगी बिरबल काजी मगर अचानक बेहोस भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी
लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगर
पठाएकोमा पुन: सिटी स्क्यानको लागि ऐ.१७:४६ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा
पुगी टाउकोको सिटी स्क्यान गर्दा प्रेसरको कारणले टाउकोमा रगत जमेको हो भनि डाक्टरबाट जानकारी प्राप्त भई बेहोस रहेको अवस्थामा
उपचार भइरहदा ऐ. २३:४५ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको, शव
एम्बुलेन्सद्वारा मृतकको घर ठेगाना जिल्ला उदयपुर चौदण्डी न.पा.६ मा पुर्याएको ।
हतियार
बरामद,
बागलुङ, जिल्ला बागलुङ
ढोरपाटन न.पा.०५ मस्ती स्थित सार्वजनिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको
अवस्थामा वेवारिसे १ नाले साबुत भरुवा बन्दुक ६ थान स्थानियले फेला पारी यस
कार्यालयमा जानकारी गराउन साथ प्र.नि. तिलक मानन्धर को कमाण्डमा ७ जनाको प्रहरी
टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१०:४५ बजे
इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक
को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान
कार्य भईरहेको ।
गोली
हानी आत्महत्या,
भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित नबिन चाम्लिङ राईको ४.५ तले पक्की घरको चौथो तलामा निजको छोरा वर्ष ४० को सनिप चाम्लिङ राई (अविवाहित) ले कोठामा ढोकामा चुकुल लगाई आफुले आफैलाई कन्चटमा सि.नं.A३५४६५०M.N१७८२३ को २२ बोर राईफल कालो रङको (१ राउण्ड) गोली प्रहार गरी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको १० जनाको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको, उक्त हतियार निजको भिनाजु सुर्य कुमार नेम्वाङको नाममा लाईसन्स रहेको ।
लागु
औषध,
दाङ्ग,
व.प्र.का.घोराही दाङबाट प्र.नि. को कमाण्डमा र सादा पोसाकको संयुक्त प्रहरी टोलीले
लागु औषध सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई अनुसन्धान कार्य
भईरहेको उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.४ कि.मी.उत्तर पश्चिम पर्ने । निम्न;- १) जि.रुकुम
पुर्व भुमे गा.पा.२ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१३ बनगाउँ स्थित केवल गिरीको
घरमा तल्लो तलामा भाडा गरी बस्ने बर्ष ३४ की दिनमाया पुनको कोठामा मकैको बोरा
भित्र लुकाई राखेको अबस्थामा ४ पोका प्लाष्टिक सहित ८०२ ग्राम शुद्ध तौल ७७४ ग्राम
चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको र ऐ.ऐ.बस्ने बर्ष ३९ को दिपक पुनलाई
समेत नियन्त्रणमा लिएको । २) जि.दाङ घोराही उ.म.न.पा.१३ चौतारी टोल बस्ने बर्ष ३५
की सम्पदा बुढामगरको घरको भुई तलाको बिच कोठामा सुट्केस भित्र लुकाई राखेको ३ थान Android मोबाईल र २०
पोका प्लाष्टिक सहित तौल गर्दा ९ के.जि.६९९ ग्राम, शुद्ध तौल ९
के.जि.६१९ ग्राम जस्तो देखिने कालो पदार्थ र जंगली जनावरको सिंङ्ग (दारा) जस्तो
देखिने थान २ फेला पारी नियन्त्रणमा लिएको सम्पदा बुढा मगर फेला नपरेको, सोही घरमा
बस्ने जिल्ला रुकुम पुर्व भुमे गा.पा.२ बस्ने बर्ष २९ की रुपा बुढमगर र जिल्ला रुकुम
पुर्व पुथा उत्तरगंगा गा.पा.१ बस्ने बर्ष ३० को हासी पुनमगरलाई नियन्त्रणमा लिई
अनुसन्धान भईरहेको ।
रूपन्देही, मायादेवी
गा.पा.३ बस्ने वर्ष अं. २४ को दिपेन्द्र चाई र ऐ लुम्विनि सास्कृतिक न.पा.३ बस्ने
वर्ष अं. २३ को समिम खानलाइ ऐ. सिद्धार्थनगर न.पा.१ बेलहियामा फेला पारी
नियन्त्रणमा लिई जि.प्र.का.को समन्वयमा सोधपुछ गर्दा ला.औ.ब्राउन सुगर ऐ. मायादेवी
गा.पा.३ स्थित रहेको दिपेन्द्र चाईको घर कोठामा लुकाई छिपाई राखेको भन्ने
खुलाएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ५ जना र ला.औ.नि.ब्यु शाखा कार्यालय भैरहवाबाट
प्र.ना.नि को कमाण्डमा ६ जनाको टोली खटी गई
निजको घर कोठामा खानतलासी गर्दा निजको कोठाभित्र रहेको सिरानी तर्फको बाँया
तर्फको घर्रामा लुकाई छिपाई राखेको अवस्थामा २८ ग्राम २९० मिलिग्राम ला.औ.ब्राउन
सुगर जस्तो देखिने र डिजिटल तराजु थान १
फेला परेकोले उक्त ला.औ.बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धन
भईरहेको।