मिति २०८२।०९।२२ गते ०५:०० बजे देखि ऐ ०९।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२३
- A
- A-
- A+
जबरजस्ति
करणी,
बाल
यौन दुर्व्यवहार,
दैलेख, दुल्लु न.पा.१२
खत्रिटोल बस्ने वर्ष १९ कि महिला आफ्नो घर बाहिर पिसाब फेर्न भनी शौचालय जाँदा
अपरिचित अं. वर्ष २७ को वर्ण कालो, उचाइ अं.५ फिट, शरिर मोटो, कालो कपाल
पालेको खैरो कलरको हुप, निलो कालो पाइन्ट, सेतो चप्पल र
कालो क्याप टोपी लगाएको ब्यक्तिले घर देखी ५०० मिटर पूर्व दक्षिण तर्फ लगी
ज.ज.क.गरेको भनी ऐ.०५:०० बजे टेलिफोन मार्फत जि.प्र.का.दैलेखमा खबर गरे पश्चात
उक्त स्थानमा प्र.स.नि.ढाल बहादुर मल्लको कमाण्डमा २ जनाको प्रहरी टोली खटी गएको ।
थपटिपोट :- ऐ.१४:५० बजेको समयमा डुग्रेश्वर गा.पा. ४ बस्ने रुद्र बहादुर थापाको
छोरा बर्ष २३ को भुपेन्द्र थापा जि.प्र.का दैलेख को नियन्त्रणमा रहेको ।
नबलपरासी(बर्दघाट
सुस्ता पश्चिम), सुनवल न.पा.१२
भुमही स्थित चोकमा रहेको ठेलामा खाजा खादै गरेकी ऐ.सुनवल न.पा.१२ प्रतापपुर बस्ने
वर्ष १७ की बालिकालाई ऐ.रामग्राम न.पा.२ परासी बस्ने वर्ष अं.४३ को तुल प्रसाद
भण्डारीले बाल यौन दुर्व्यवहार गरेको भन्ने प्राप्त हुनासाथ अ.प्र.विट भुमहीबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज तुल प्रसाद भण्डारीलाई नियन्त्रणमा लिई
जि.प्र.का.नवलपरासी पश्चिममा राखि थप अनुसन्धान कार्य भइरहेको, ।
नबलपरासी(बर्दघाट
सुस्ता पश्चिम), सुस्ता गा.पा.२ जमुनाबारी बस्ने वर्ष
अं.५५ को सदर भनि बोलाउने कौशल मोहमद शेखले ऐ.स्थित आफ्नो घरसँगै रहेको कुखुराको
मासु पसलमा कुखुराको मासु किन्न आएकी ऐ बस्ने वर्ष अं.१२ की बालिकालाई फकाई बाल
यौन दुर्व्यवहार गरेको भनी प्रहरी चौकी कुडियामा जानकारी प्राप्त हुनासाथ प्रहरी
चौकी कुडियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज सदर भनी बोलाउने कौशल मोहमद
शेखलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलाटारीमा राखी थप अनुसन्धान कार्य भइरहेको, ।
कैदी/थुनुवा
मृत्यु,
काठमाण्डौ, जि.का.म.न.पा.११
जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला
भोजपुर,
ट्याम्केमैयुङगा.पा.०४
स्थायी वतन भएका वर्ष ५४ का क.ज्यान मुद्दामा थुनामा रहेका थुनुवा प्रश्नजंग राई
पित्त थैलिको क्यान्सर सम्बन्धी बिरामी भई ऐ.२२ गते वि.पी.स्मृती अस्पतालमा भर्ना
भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ. १८:१० बजे मृत्यु भएको ।
पेट्रोल
छर्केको सम्बन्धी,
सुनसरी, मिति
२०८२।०९।२१ गते १३:४५ बजे इटहरी उ.म.नं.पा.६ स्थित एन आइसी एसिया बैंकको शाखा कार्यलयमा सोही बैंकका ऋणि ऐ.बस्ने
वर्ष ५७ को लाल ब.पौडेलले प्रज्वलनशील पदार्थ (पेट्रोल) लिई कार्यालय कोठा र आफु
स्वयममा समेत छर्की भागेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.इटहरीबाट
प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई लाल ब.पौडेललाई निजको घरबाट
नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा ल्याई अनुसन्धान भईरहेकोमा निजले २०७८ सालमा
१०००००००।-(एक करोड)एन आइसी एसिया बैंक
शाखा कार्यलय इटहरीबाट ऋण लिएकोमा हाल निजले तिर्नु पर्ने ब्याज समेत गरी
३०००००००।- (तिन करोड ) रहेको, बिदेशबाट आएको, निजले एक्लै
लिएको भन्ने बुझिएको, ऐ.२२ गते १७:०० बजे अभद्र ब्यबहारमा दिन-०७ म्याद थप भई
अनुसन्धान भइरहेको ।
हा.ह.बरामद,
बागलुङ, तमानखोला
गा.पा.-२ लादिवाङ स्थित लादिवाङ सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बेवारिसे १ नाले सावुत भरुवा बन्दुक
५ नाल स्थानियले फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. बुर्तिबाङबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई उक्त बन्दुक नियन्त्रणमा लिई इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई
राखिएको ।
लागु
औषध,
झापा, बिर्तामोड न.पा
१ सुर्यनगर टोल काली मन्दिर स्थित ऐ. बस्ने बर्ष ४० को अजय राजवँशीको घरमा ला.औं
कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का अनारमनीबाट खटिगएको प्र.नि
को टोली र ला.औं ब्युरो काकरभिट्टाबाट खटीएको प्र.हको संयुक्त टोलीले चेकजाँच
गर्दा निजको साथबाट र कोठा भित्र लुकाई छिपाई राखेको ला.औं ब्राउन सुगर जस्तो
देखिने ( खैरो लिसाईलो पदार्थ) तौल गर्दा १२३ ग्राम १८० मिलिग्राम सहित
नियन्त्रणमा लिई इ.प्र.का अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको ।
मकवानपुर, हेटौडा
उ.म.न.पा.१९ बासुदेब टोलबाट जनहित सामुदायिक बन हुदै कुवापनी जाने भित्री जंगलको
बाटोमा प्र.ना.नि.कुमार के.सि.फुयाल (९८४५७२५७७१) को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै
जाने क्रममा बाटोको छेउमा प्लास्टिकको दुई वटा भरी बोरा बेवारिसे अवस्थामा देखेपछी
उक्त बोरामा के रहेछ भनी हेर्दा प्रत्येक बोरामा २/२ पोकाको दरले चार वटा पोका
ला.औ.गाजा रहेको अबस्थामा फेला पारी यस कार्यालयमा ल्याएको तौल गर्दा ६२ के.जि.१६०
ग्राम भएको उक्त ला.औ.को कसले छाडेको हो अनुसन्धान कार्य हुदै ।
पर्सा, ठोरी गा.पा.३
ब्रमानगर हुलाकी सडक खण्ड स्थित पश्चिम तर्फ भित्री कच्ची सडक जाने बाटोमा
इ.प्र.का.ठोरीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.बस्ने छिरिङ दोङको घर
भित्रबाट अं.९५० ग्राम र घर देखि अ.१५ मिटर उत्तर तर्फ रहेको बाँझो खेतमा उखुको
सुकेको पात मुनि लुकाई छिपाई राखेको अवस्थामा अं.१ सय ५७ के.जि. (१० पोका)
ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी नियन्त्रणमा लिई
इ.प्र.का.ठोरीमा ल्याई राखिएको । निज
छिरिङ दोङ फरार रहेको ।