मिति २०८२।०९।२४ गते ०५:०० बजे देखि २०८२-०९-२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२५
- A
- A-
- A+
ज.ज.क./ ज.ज.क.उधोग,
कैलाली, भजनी न.पा.८
जनकपुर बस्ने वर्ष ११ की बालिकालाई ऐ.०९।२२ गते अं.१९:०० बजे ऐ.बस्ने वर्ष ६५ को
राम शंकर चौधरीले पैसाको लोभलालच देखाई
बिभिन्न प्रलोभनमा पारी आफ्नो कोठामा लगी ज.ज.क.गरेको भनि ऐ.०९।२४ गते १५:३० बजे निजको आफन्तले
इ.प्र.का.भजनीमा आई किटानी जाहेरी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज
पिडक र पिडित बालिका समेत लाई नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीमा ल्याई
ऐ.१७:०० बजे स्वास्थ्य परीक्षणको लागि टिकापुर अस्पताल टिकापुरमा पठाईएको ।
कर्तव्य ज्यान,
गोरखा, पालुङटार न.पा.
३ बोगटीगाँउ बस्ने शंकर सुनारले आफ्नै श्रीमती वर्ष अं.२१ की अनुष्का परियारलाई
कुटपिट गरि अचेत अबस्थामा रहेको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का ठाँटीपोखरी गोरखाबाट प्र.नि.को कमाण्डमा टोली खटि
गई घाईतेलाई उपचारको लागि आँपपिपल अस्पताल हर्मी गोरखा पठाईएको अबस्था अचेत
रहेकोमा ऐ. १३ :४० बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही
अस्पतालमा रहेको, कुटपिट गर्ने मानिस इ.प्र.का ठाँटीपोखरीको नियन्त्रणमा ।
हा.ह.बरामद,
रुकुम
पूर्वी,
इ.प्र.का.काक्रीबाट
खटिएको प्र.ना.नि.को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. भुमे
गा.पा.२ ढुसीडाँडा बनमाराको झाडीमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक
थान-६ वेसाबुत,
थान
१ साबुत गरी जम्मा थान-७ भरुवा बन्दुक फेला पारी मुचुल्का कार्य पुरा गरी
इ.प्र.का.काक्री मा ल्याई राखिएको ।
दैलेख, नौमुले
गा.पा.०४ भरभरे सामुदायिक वन सिकारी डाँडामा स्थित भरुवा बन्दुक बेबारीसे अबस्थामा
छ भनी इ.प्र.का नौमुले दैलेखमा गोप्य सुचना प्राप्त पश्चात इ.प्र.का नौमुलेबाट
प्र.स.निको कमाण्डमा टोली खटी गई खो.त गर्दै जाने क्रममा ऐ.स्थित बाट २ नाल भरुवा
बन्दुक नियन्त्रणमा लिई मुचुल्का गरी इ.प्र.का नौमुलेमा ल्याउँदै गरेको ।
बाग्लुङ, गलकोट न.पा.०१
मैदास स्थित भाटीखोला सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा
बन्दुक ४ थान स्थानियले फेला पारी इ.प्र.का. गलकोटमा जानकारी गराउन साथ
प्र.स.नि.को कमाण्डमा टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त
बन्दुक ऐ.१५:३० बजे इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक
को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान
कार्य भईरहेको ।
बाग्लुङ, निसीखोला
गा.पा.-०६ जाउलेपानी स्थित जाउलेपानी सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई
राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ३ थान स्थानियले फेला पारी
इ.प्र.का. बुर्तिबाङमा जानकारी गराउनासाथ इ.प्र.का. बुर्तिबाङ प्र.नि. को टोली खटि
गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१७:३० बजे इ.प्र.का.
बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने
नखुलेको ।
लागु औषध,
बारा, प्रसौनी
गा.पा.१ नकटुवा स्थितमा पतञ्जलिबाट नकटुवा तर्फ जादै गरेको भारतिय नम्बर प्लेटको
कार गाडिमा निशेधित लागु औषध अफीम बोकी हिंडेको बिशेष सुचनाको आधारमा प्र.नि.को
कमाण्डमा खटिएको टोलीले उक्त गाडिलाई बाटोमा चेकजाँच गर्ने क्रममा जि.पर्सा
बहुदरमाई न.पा.७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अं.वर्ष ३८ को निलेश पटेल
कुर्मी लगायत ३ जनालाई पक्राउ गरी रितपुर्वक उक्त गाडि लाई खानतलासि गर्दा BR01CL6079 नं.को
कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी २ पोका (२ के.जि.२४ ग्राम)लागु
औषध अफिम फेला पारी कार सहित मानिस नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
कास्की, पोखरा म.न.पा.९
नयाँबजार स्थित ला.औ.विक्री वितरण गरेको छ भन्ने गोप्य सूचनाको आधारमा
जि.प्र.का.कास्कीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले जि.कपिलवस्तु
मायादेवी गा.पा. ३ बस्ने वर्ष २७ को संजय यादवलाई शंङ्का लागी सोध पुछ तथा
खानतलासी गर्दा निजले लगाएको पहेंलो हुडिको गोजीमा कालो प्लाष्टिकमा वेरी (पोका)
पारी लुकाई छिपाई राखेको ला.औ. खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो बस्तु
८.०० ग्राम फेला पारी, नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई राखिएको,अनुसन्धान
भईरहेको ।
मोरङ, विराटनगर
म.न.पा.१५ स्थित मनोज साहको घरमा सर्टर भाडा लिई चिया नास्ता पसल संचालन गर्दै
आएको देश भारत राज्य विहार पिपरा पञ्चायत वडा नं. ७ बस्ने अं.वर्ष ४५ की कबिता
यादवले उक्त पसलमा ला.औ.गाँजाको कारोवार
(खरिद बिक्री) गरि रहेको भन्ने गोप्य
सुचनाको आधारमा पसल खानतालसी गर्दा पसल भित्र रहेको खाट मुनि सेतो प्लाष्टिकको ७
वटा पोकालाई एकै ठाउँमा पारी सेतो टेपले बेरेर राखेको अवस्थामा ला.औ.गाँजा डिजिटल
तराजुमा तौल गर्दा ७ (सात) के.जि.१८० ग्राम वजन भएकोमा उक्त ला.औ.गाँजा र सोही पसलमा रहेको पसल संचालक कबिता यादव, निजको छोरा
अं.वर्ष २८ को मुन्ना कुमार यादव र जि.मोरङ जहदा गा.पा.१ बस्ने वर्ष अं.१९ को
मंजित कुमार यादव समेत तीनै जना लाई र BR ३८ Q ८९३६ नं.को
मो.सा. समेत नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।