मिति २०८२।०९।२५ गते ०५:०० बजे देखि २०८२।०९।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२६
- A
- A-
- A+
ज.ज.क./यौन दुर्व्यवहार,
काठमाण्डौ, जिल्ला नुवाकोट साबिक
बेल्कोटगढी न.पा.०८ हाल परिबर्तित विदुर न.पा.१२ घर भई ऐ.ऐ.वस्ने वर्ष ४० की नाम
परिवर्तित २६ परिसर(६४) ०८२।०८३ लाई जिल्ला सिन्धुली दुधौली न.पा.०२ घर भई हाल
कास्की पोखरा उ.म.न.पा.०८ बस्ने बर्ष ४३ को कुमार लुंगेलीसंग सामाजिक सजाल फेशबुक
मार्फत चिनजान भएको र निज प्रतिवादीले आफु सिंगापुरे लाहुरे भनि पिडितलाई बिबाह
गर्छु तिम्रो छोराहरुलाई समेत सिंगापुर देश मै लान्छु भनि विभिन्न बहाना बाजी
कुराकानी गरी बिभिन्न कुराको प्रलोभन देखाई निज पिडीतलाई का.म.न.पा.गौशाला स्थित
मंदाकिनी होटल प्रा.लि.को कोठा नं.२०४ मा मिति २०८१।१२।२२ गते १७:५५ बजे निज
प्रतिवादीले जवरजस्ती कारणी गरेको भनि जिल्ला प्रहरी परिसर काठमाडौं महिला
बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रमा जाहेरी दरखास्त पेश गरेको र प्रतिबादी
फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको ।
रोल्पा, रोल्पा नगरपालिका वडा
न.४ शिक्षाटोल स्थित जिल्ला ५३ बस्ने परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) की
छोरी बर्ष ६ की परिवर्तित नाम (२०८२।०८३)५३ लिवाङ (घ)लाई जिल्ला ५३ बस्ने बर्ष ११
को परिवर्तित नाम(२०८२।०८३)५३ लिवाङ(ङ) र जिल्ला ५३ बस्ने बर्ष १३ को परिवर्तित
नाम(२०८२।०८३) ५३ लिवाङ(च)ले ललाई फकाई यौन दुर्व्यबहार गरेको भनि जाहेरवाला
परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) ले मिति २०८२।०९।२५ गते जि.प्र.का.रोल्पामा
जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.रोल्पाबाट प्र.नि.को कमाण्डमा-५ जनाको टोली
खटि गई निज पिडकहरुलाई नियन्त्रणमा लिई दिन ५ म्याद थप गरी जि.प्र.का.रोल्पाको बाल
निग्रानी कक्षमा राखिएको,उक्त स्थान जि.प्र.का.रोल्पाबाट अं.३ कि.मि. दक्षिण पर्ने ।
सोलुखुम्बु, मिति २०८२।०९।२४
गते अं अं.१५:३० बजे परिवर्तित वतन जिल्ला ११ स्थित ऐ.बस्ने वर्ष २२ को पुरुषले
मादक पदार्थ सेवन गरी ऐ.बस्ने वर्ष १० कीलाई कुटपिट गरी भुईमा लडाई पीडितको कपडा
खोली जवर्जस्ती करणीको प्रयास गरेकोमा पीडित प्रतिवादीको पञ्जाबाट फुत्केर नजिकै
रहेको वडा अध्यक्ष राजेश राईको घरमा गई बसिरहेको अवस्थामा पीडितको बुवा आमाले फेला
पारी पीडितलाई आफ्नो घरतर्फ लिई जादै गरेको अबस्थामा बाटोमा प्रतिवादीलाई फेला
पारी पीडितको बुबाले सम्झाई बुझाइ गर्दा प्रतिवादीले पीडितको ठुलोबुबाको घरबाट
खुकुरी लिई आई पीडितको घरको ढोका काटेर क्षती पुर्याई दिएको र निजलाई स्थानीय
मानिसहरूले नियन्त्रणमा लिई राखेको भनी ऐ.२५ गते ०५:०० बजे जानकारी प्राप्त
हुनासाथ प्र.चौ.मुक्लीबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई पक्राउ
गरी वारदातमा प्रयोग खुकुरी समेत बरामद गरी अं.२०:४५ बजे जि.प्र.का.सोलुखुम्बुमा
ल्याई थप अनुसन्धान भईरहेको, प्रतिवादीलाई स्वास्थ्य परीक्षण पश्चात
हिरासतमा राखिएको, घटनास्थल प्र.चौ.मुक्लीबाट अं.१३
कि.मि.उत्तर पर्ने ।
विदेशी नागरिक मृत्यु,
कास्की, मिति २०८२।०९।२४ गते अं.२४:०० बजे भुटानका नागरीक (PASSPORT NO G200010) वर्ष ६३ को Gyampo Duppa
मुस्ताङ घुम्न गएकोमा मार्फा स्थितमा सुगर प्रेसरका कारण
श्वास प्रश्वासमा समस्या आई उपचारको लागी प्रदेश अस्पताल जोमसोम मुस्ताङ अस्पताल
लगिएकोमा ऐ.२५ गते बिहान ०४:०० बजे रिफर भई मेट्रोसिटी अस्पतालमा ऐ.०९:०० बजे
ल्याएकोमा चिकित्सकद्धारा चेकजाँच गर्ने क्रममा ऐ.०९:२० बजे मृत्यु घोषणा गरेको र
निज मृतकको श्रीमती लाली माया सुनवारले शव पश्चिम क्षेत्रीय अस्पतालमा लगेको,
साथै भुटानबाट ऐ.२३ गते नेपाल आएकोमा ६५ जनाको ग्रुपमा मुस्ताङ
घुम्न गएको भनी सोही अस्पतालमा खटी गएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त
भएको ।
प्रहरी कर्मचारीको मृत्यु,
बर्दिया, बढैयाताल गा.पा.२
फुटाहा स्थित नेपाल भारत सिमाना १० गजा ११ नं.पिलर देखी अं.३०० मिटर दक्षिण भारतीय
जंगलमा मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मैनापोखरबाट
प्र.नि.को कमाण्डमा SOCO
सहित टोली खटी गई बुझ्दा मृतक जिल्ला बाँके खजुरा गा.पा.३ घर भई हाल
काठमाण्डौ उपत्यका बिशेष प्रहरी गण मुख्यालय त्रिपुरेश्वर दरबन्दी भई सोही
कार्यालयमा कार्यरत रहेको अं.वर्ष ३७ को प्र.ज.खेम ब.सोनार मृत अवस्था रहेको,
निज निज मिति २०८२।०९।१४ गतेबाट लागु हुने गरी दिन १० घ.बि.आएको भनी
सम्बन्धित कार्यालयबाट जानकारी प्राप्त भएको, भारतीय सिमा
सुरक्षाबल SSB संग समन्वय गरी भारतिय जनपद प्रहरी बहराईज
थानाबाट Forensic Unit समेतको भारतीय प्रहरी घटनास्थलमा खटी
गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागु भारतको बहराईज स्थित बहराईज पठाएको,
शव संगै जि.बर्दिया बढैयाताल गा.पा.१ ठुलो डाँफे बस्ने मृतकको ससुरा
हिरालाल सुनार र साडु दाई नाता पर्ने पर्से सुनार साथमा गएको भन्ने बुझिन आएको,
उक्त घटनास्थल इ.प्र.का.मैनापोखरबाट अं.९ कि.मि.दक्षिण पर्ने ।
लागु औषध,
दाङ, अ.प्र.पोष्ट घोराही
बसपार्क दाङबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले मिलन चोक स्थित जि.दाङ
घोराही उ.म.न.पा.१४ खोलीगाउँ बस्ने वर्ष ३४ को सुशिल गहतराजले चलाएको लु ८० प ६३११
नं.को मो.सा.लाई शंकास्पद लागी रोकी निज मो.सा.चालक र मो.सा.पछाडी सवार ऐ. १४ बस्ने
वर्ष ३२ को अम्मर नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.दाङबाट
खटिएको प्र.ब.ना.नि.को टोलीले दुवै जनाको शरीर खानतलासी गर्दा सुशिल गहतराजले
बोकेको कालो रङको साईडको ब्याग खोली हेर्दा लुकाई छिपाई गरी राखेको लागु औषध
(ब्राउन सुगर) जस्तो देखीने पदार्थ १ वटा प्लाष्टिकको ठुलो पुडिया(पोका) फेला पारी
डिजिटल तौल मेसिनमा राखी प्लाष्टिक सहित तौल गर्दा ५० ग्राम ८८० मिलिग्राम तौल भएको र शुद्ध तौल ४७
ग्राम ६७० मिलिग्राम र सोही ब्याग भित्र रहेको मोबाईल थान-२, विभिन्न
दरको नेपाली रु.८४ हजार ५ सय रुपैया, मो.सा थान-१ र पछाडी
सवार अम्मर नेपालीको साथबाट विभिन्न दरको नेपाली रु.१ हजार ३ सय रुपैया,
Enix लेखेको सादा मोवाईल सहित दुबै जनालाई नियन्त्रणमा लिई
अनुसन्धान भईरहेको,उक्त स्थान जि.प्र.का.दाङबाट अ. ४०० मिटर
दक्षीण पूर्व पर्ने ।
झापा, बिर्तामोड न.पा.४
मुनाल टोल स्थितमा इ.प्र.का.अनारमनीबाट प्र.नि.र ला.औ.नि.ब्युरो काकरभिट्टा
शाखाबाट प्र.ह.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.भद्रपुर न.पा.१ पाण्डे
चोक बस्ने वर्ष २५ को निरोज लिम्बु र ऐ.भद्रपुर न.पा.२ पृथ्वी नगर बस्ने वर्ष २६
को सागर प्रधानको साथबाट ४१ ग्राम ५८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ फेला पारी उक्त ला.औ.र प्र.१-०१-०१५ प ३४२७ नं.को स्कुटर सहित
निजहरु दुवै जनालाई पक्राउ गरी इ.प्र.का.अनरमनीमा राखि थप अनुसन्धान भईरहेको, उक्त
स्थान इ.प्र.का.अनारमनीबाट अं.३ कि.मि.पश्चिम-दक्षिण पर्ने ।
अछाम, साँफेबगर न.पा.३
टोटासाल वडा कार्यालय नजिक त्रिपालको टेन्ट हाली भेडाभाख्रा चराउन बसेका जिल्ला
बाजुरा हिमाली गा.पा.२ घर भएको कुसन कार्कीको श्रीमती वर्ष अं.३६ की कमला कार्कीले
ला.औ.चरेसको कारोबारो गरिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का.साँफेबगरबाट प्र.नि.को
कमाण्डमा टोली प्रहरी खटी गई निज कमला कार्कीको शरिर खानतलासी गर्दा निजले लगाएको
लुगामा लुकाई छिपाई राखेको चरेस जस्तो देखिने कालो पदार्थ ९९.८९ ग्राम फेला पारी
बरामद गरेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला
प्रहरी कार्यालय अछाम पठाएको, घरमा हेरचाह गर्ने कोही नभएकोले निजको
साथमा बर्ष अं.३ को बालिका रहेको, दुबैलाई बालनिगरानी कक्ष
तथा महिला प्रहरी कर्मचारीको साथमा राखिएको, उक्त स्थान
इ.प्र.का.साँफेबगरबाट अं.२.५ कि.मि.पश्चिम उत्तर पर्ने ।