मिति २०८२।०९।२६ गते ०५:०० बजे देखि २०८२।०९।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२७
- A
- A-
- A+
शंकास्पद मृत्यु (कर्तव्य ज्यान ),
चितवन, रत्ननगर न.पा.४ सिनेमारोड
बस्ने वर्ष अं.७० कि सुक माया देवि तामाङ मिति २०८२/०९/२६ गते बिहान १०:४५ बजे
सम्म नउठेको हुँदा छिमेकीले घरमा गई हेर्दा सुत्ने कोठाको खाटमा दुबै हात खुट्टा र
मुखमा कपडाले बाँधि मृत अवस्थामा रहेको भनि खबर प्राप्त हुनासाथ प्रहरी बिट टाँडी
चितवनबाट प्र.ह.को कमाण्डमा टोली खटी गई
घट्ना स्थल सुरक्षित राखिएको थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ.प्र.का.
रत्ननगर टाँडीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, थप
अनुसन्धानको लागि ऐ.११:४० बजे प्रदेश प्रहरी कार्यालय हेटौडाबाट प्र.ना.नि.को
कमाण्डमा ६ जनाको Dog सहितको टोली खटी गई ऐ.१५:३५ बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा को लागी
भरतपुर सरकारी अस्पताल पठाएको ।
तनहुँ, शुक्लागण्डकी न.पा. ५
सेती नदीको बगरमा ऐ. न.पा. को फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने मानिसहरु बस्न
बनाएको त्रिपालको छाप्रोमा (१ जना बाहिर १ जना भित्र) जि.तनहुँ शुक्लागण्डकी न.पा.
११ राईपुर बस्ने वर्ष अं. ४१ को नारायण वि.क.( पेटको भागमा घाउ चोट लागेको) छाप्रो
भित्र र हाल वतन नखुलेको वर्ष अं. ५० को राजकुमार राना पेटको भागमा चोट छाप्रो
बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ
इ.प्र.का. बेलचौताराबाट प्र.नि.को कमाण्डमा र जि.प्र.का. तनहुँबाट प्र.उ.को
कमाण्डमा थप टोली खटि गइ अनुसन्धान भईरहेकोमा ऐ. १३:०० बजे सेती नदीको बगरको
घटनास्थलबाट अ. १ कि.मि. दक्षिण तर्फ जि.तनहुँ शुक्लगण्डकी न.पा.५ कसेरी स्थित
सार्वजनिक जग्गामा मृतकहरुसँग बसोवास गर्ने मृतकहरुसँगको नाता नखुलेको वर्ष अं ४५
की माया भन्ने वतन नखुलेकी महिला मृत अवस्था फेला परेको निजको घाँटीमा काटिएको, थप
अनुसन्धानको लागि ने.प्र.प्र.का. पोखराबाट प्र.नि.को कमाण्डमा बिशेषज्ञको टोली र
केनाईन शाखा पोखराबाट प्र.ना.नि.को कमाण्डमा १ कुकुर सहितको टोली खटीएको, ऐ. १७:२५ बजे घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी मृत शव (३ वटै)
पो.मा.को लागी प्रदेश अस्पताल दमौली तनहुँ पठाई टोली फिर्ता भएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
इलाम, न.पा. ३
पुवामझुवा स्थितमा रहेको (कागज बनाउने) लोक्ता फ्याक्ट्रिमा २/३ महिना देखि काम
गर्दै आइरहेकी सांकेतिक नामथर वतन ०८२/०८३ मंगलबारे-४६(ख) को छोरी वर्ष १४ की बालिकालाई
ऐ.फ्याक्ट्रिमा काम गर्दै आइरहेको जि.काभ्रेपलान्चोक बेथानचोक गा.पा. ५ बस्ने वर्ष
अं. २६ को बिराज तामाङले ज.ज.क. गरेको भनि ऐ.१७.३० बजे जानकारी प्राप्त हुनासाथ
अ.प्र.बिट नेपालटारबाट टोली खटिई गई ज.ज.क.गर्ने बिराज तामाङ, पिडित
बालिका सहित दुवै जनालाई इ.प्र.का.मंगलबारे इलाममा ल्याई राखेकोमा पिडितको आफन्तले
ऐ.२६ गते अं. १०:०० बजे इ.प्र.का. मंगलबारे इलाममा जाहेरी दिनासाथ इ.प्र.का.
मंगलबारेबाट प्र.ना.नि.को कमाण्डमा निज पिडित बालिका र प्रतिवादिलाई स्वास्थ्य
परिक्षणको लागी जिल्ला अस्पताल इलाम लगी स्वास्थ्य परिक्षण गरी बालिकालाई आफन्तको
जिम्मा लगाएको र बिराज तामाङलाई ज.ज.क सम्बन्धि मुद्धामा थप अनुसन्धान कार्य
भईरहेको ।
हा.ह.बरामद,
म्याग्दी, मालिका
गा.पा.७ भारबाङ स्थित जङगलको खोल्सामा इ.प्र.का.दरवाङ म्याग्दीबाट प्र.नि.को
कमाण्डमा खटिगएको प्रहरी टोलीले लुकाई छिपाई
राखिएका भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङ म्याग्दीमा ल्याई
राखेकोमा ऐ.२०८२/०८/१५ गते देखि हाल सम्म जि.प्र.का. म्याग्दीद्वारा Operation “Bravo
sierra” सञ्चालन गरी जि.प्र.का.म्याग्दी तथा मातहत प्रहरी ईकाई
समेतले गरी जम्मा १२२ थान भरुवा बन्दुकहरु बरामद गरेको ।
स्याङ्जा, विरुवा गा.पा.६ लेवा
बस्ने वर्ष अं.७२ को राम बहादुर सुनारले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई
राखेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.बिरूवाअर्चलेबाट प्र.ना.नि.को
कमाण्डमा र जि.प्र.का. स्याङजाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई एकनाले भरुवा
बन्दुक थान-१ र भरुवा बन्दुक बनाउनको लागि आवश्यक पर्ने खर-खजना तथा औजारहरु सहित
राम बहादुर सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.स्याङजा पठाईएको, अन्य थप अनुसन्धान कार्य भईरहेको ।
बागलुङ, वडिगाड गा.पा.३ स्याला
स्थित पोरकापाटल सामुदायिक वनमा इ.प्र.का.गलकोटबाट प्र.स.नि.को कमाण्डमा खटी गएको
गस्ती टोलीले अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे एकनाले सावुत भरुवा
बन्दुक थान-६ र बेसावुत भरुवा बन्दुक थान-१ गरी जम्मा थान-७ भरुवा बन्दुक फेला
पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक इ.प्र.का.गलकोट बागलुङमा
ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको
भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको ।
कपिलवस्तु, इ.प्र.का कृष्णनगरबाट
प्र.नि.को कमाण्डमा र प्र.चौ.बेदर्मीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको संयुक्त
टोलीले जि.कपिलवस्तु कृष्णनगर न.पा.१२ नरैनापुर बस्ने KrishnaNagar news today(online news) का सञ्चालक अं.वर्ष ४२ को विनोद ओझाको सामाजिक संजाल Tiktok मा post गरिएको भरुवा बन्दुक सहितको भिडियोका आधारमा
निजको घरमा गई सोधपुछ गर्दा निजको घरमा लुकाई छिपाई राखेको अबैध थान-१ (एकनाले)
खाली भरुवा बन्दुक फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी
इ.प्र.का कृष्णनगरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य
भईरहेको ।
सुन बरामद,
काठमाण्डौ, जि.रुपन्देही,
लुम्बिनी साँस्कृतिक न.पा.९ घर भएको वर्ष ४२ को बैतुल्लाह मुसलमान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ
एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले
बाह्य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई निम्न उल्लेखित सुन
जस्तो देखिने पहेलो धातुको चुरा-४ थान,ब्रासलेट-१थान,औठी-१ थान ,बुटी-२थान (सबै समानको अं. तौल ५२ग्राम )
अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा त्रिभुवन
विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण सामान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
एवं कारबाहीको लागि प्रहरी बृत गौशाला पठाईएको ।
लागु औषध,
मोरङ, बिराटनगर म.न.पा. १७
स्थित ICP
रोडमा इ.प्र.का. रानी र ला.औ.नि. ब्यूरो बिराटनगरबाट प्र.ना.नि. को
कमाण्डमा खटिएको टोलीले ICP तर्फबाट बिराटनगर तर्फ आउँदै
गरेको BR38AP 9049 नं. को (३ जना सवार)
भारतीय नं. प्लेट भएको मो.सा. लाई शंका लागी रोकी सोधपुछ, चेक
जाँच गर्दा मो.सा.मा पछाडी सवार देश भारत बिहार राज्य, अररिया
जिल्ला खैरा खगरा ०४ बस्ने वर्ष १९ को राजकुमार साहको साथबाट DEVGANDH लेखीएको धुपको बट्टा भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो
देखिने पदार्थ १०४ ग्राम फेलापारी बरामद गरी मो.सा.चालक राजकुमार साह लगायत ३
जनालाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान
कार्य भई रहेको ।
काठमाडौं, का.म.न.पा.६
बौद्ध समता अस्पताल नजिक ला.औ.को कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा
जि.प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त बौद्धबाट खटी गएको संयुक्त सिभिल टोलीले
जि.मकवानपुर ईन्द्रसरोबर गा.पा. ५ घर भई गोकर्णेश्वर न.पा.६ नयाँबस्ती बस्ने वर्ष
४२ को रामराज गिरीको साथबाट फेनरागन १४८३ एम्पुल, नोर्फिन२५
एम्पुल, डाईजापाम १२९३ एम्पुल र बुप्रेनुर्फिन १२९३ एम्पुल
गरी जम्मा ४०९४ एम्पुल ला.औ.फेला पारी मानिस सहित नियन्त्रणमा लिई प्रहरी वृत्त
बौद्वमा ल्याई आ.अ.भईरहेको