मिति २०८२।०९।२७ गते ०५:०० बजे देखि २०८२।०९।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२८
- A
- A-
- A+
कर्तव्य ज्यान,
ललितपुर, ललितपुर म.न.पा.१२
पाटन सुन्धारा स्थित मिति २०८२।०९।२६ गते २१:३० बजे हाल नामथर,वतन
नखुलेका अं. ६ जनाको समूहले जिल्ला सिन्धुली घर भई हाल जिल्ला ललितपुर ललितपुर
म.न.पा.१२ पाटन सुन्धारा बस्ने वर्ष २५ को बिजय राईलाई कुटपिट गर्दा घाईते भई
आफ्नै कोठामा गई अचेत अवस्थामा सुतेकोमा ऐ.२७ गते ११:३० बजे निज घाईतेको दाई
प्रबिन राईले उपचारको लागि ऐ. ललितपुर म.न.पा.१३ जावलाखेल स्थित अल्का-१ अस्पतालमा
ल्याई उपचार गराउने क्रममा ऐ. १३:१५ बजे मृत्यु भएको, शव
अस्पतालमै रहेको, कुटपिट गर्ने ब्यक्तिहरु हाल फरार रहेका,
उक्त स्थानमा प्रहरी प्रभाग मंगलबजार बाट सिभिल टोली खटी खो.त.कार्य
भईरहेको, उक्त स्थान प्रहरी प्रभाग मंगलबजारबाट अं.३०० मिटर
पूर्व पर्ने ।
ज.ज.क./ बालिकाको ज.ज.क.,
प्युठान, प्रतिवादी बर्ष अं.
३२ को परिवर्तित संकेत नाम खप्रेङखोलाले पीडित बर्ष ८ की परिवर्तित संकेत नाम ५२
(२०८२/०८३) १० लाई ज.ज.क. गरेको भनि आज मिति २०८२।०९।२७ गते अ.१५:३० बजेको समयमा
संकेत नाम ५२ (२०८२/०८३) १० क ले यस जि.प्र.का. प्युठानमा जाहेरी दिईएकोले उक्त
स्थानमा अ.प्र.पो.बाग्दुला प्युठानबाट प्र.ब.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि
गई निज पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडितलाई विस्तृत स्वास्थ्य परिक्षणको लागी
जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाई,पुन: निज पीडकलाई जि.प्र.का.
प्युठानमा ल्याई हिरासत कक्षमा राखिएको, पीडितको अवस्था
सामान्य रहेको, उक्त स्थान अ.प्र.पो.बाग्दुला प्युठानबाट अ.
३ कि.मि. पुर्व उत्तर पर्ने ।
दाङ्ग, घोराही उ.म.न.पा.१४
तिनकुने चोक स्थित सिउँजाली होटलको कोठामा ऐ.१८ गिठेपानी बस्ने बर्ष १६ को
परिवर्तित नामथर ५६ (०८२०८३) घोराही २३३ (घ) ले ऐ.मुसलमान डाँडा स्थित डेराकोठा
गरी बस्ने बर्ष ४ की पीडित परिवर्तित नामथर ५६(०८२०८३) घोराही २३३ लाई सोही होटलको
कोठामा लिई गई जबरजस्ती करणी गरेको भनि पीडितको आमाले मिति २०८२।०९।२७ गते १२:००
बजे लिखित जाहेरी दिए पश्चात व.प्र.का.घोराही दाङबाट प्र.नि.को कमाण्डमा ५ जना र
जि.प्र.का.दाङबाट समेत टोली खटिगई निज करणी गर्ने बालकको खोजतलासको क्रममा सोही
होटल बाहिर रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.दाङको बाल निगरानी
कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको, पीडित तथा कानून विवादमा
परेका बालकलाई स्वास्थ्य परिक्षण गरी पीडितलाई निजको आमाको जिम्मा लगाई पठाईएको,
उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.२ कि.मी.उत्तर पर्ने ।
म्याग्दी, मालिका गा.पा
२ साले बस्ने वर्ष ५० को फरम बि.क ले ऐ बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क. गरेको
भनि निजको भाईले देखी ऐ.२१:३० बजे इ.प्र.का.दरबाङमा जानकारी प्राप्त गराउनासाथ प्र.नि
को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिईएको र पीडितलाई आफन्तको जिम्मा लगाईएको, अवस्था
सामान्य उक्त स्थान इ.प्र.का.दरबाङमाबाट अं.१५ कि.मि उत्तर पर्ने ।
प्रहरी कर्मचारीको मृत्यु,
सल्यान, जिल्ला दाङ तुलसिपुर
उ.म.न.पा.८ वतन भई जिल्ला प्रहरी कार्यालय, सल्यान तालिम शाखा दरबन्दी भई
यस कार्यालयमा कार्यरत (कम्प्युटर कोड नं.३८०८४९, संकेत नं.C-०००३२०१०) वर्ष अं.४१ को ने.प्र.प्र.का.नक्सालको मिति २०८२।०९।२२ गते को
चं.न.४६१७ को पत्र आदेशले प्र.ह.पदबाट प्र.ब.ह.पदमा बढुवा सिफरारिस सूचिमा परेका
भिम बहादुर के.सी.स्टयाण्टवाई डयूटी रहेकोमा मिति २०८२।०९।२६ अं.१८:०० बजे साँझको
खाना खाई ब्यारेक वेडमा सुतिरहेको अवस्थामा मिति २०८२।०९।२७ गते बिहान अ.०६:०० बजे पिटी सामेलीमा उठाउने
क्रममा मृत अवस्थामा फेला परेको, आफन्त घर परिवारलाई जानकारी
गराई सकेको । शव पो.मा.को लागि जिल्ला अस्पताल सल्यान पठाईएको ।
विदेशी नागरिक मृत्यु,
सुनसरी, देश भारत जिल्ला
अररिया बस्मतिया ग्रामथान नरपथगन्ज ८ बस्ने वर्ष ५५ को गंगा प्रसाद मेहेता जिल्ला
सुनसरी बराहक्षेत्र न.पा.११ सिंग्गेश्वर टोल स्थित खेतमा लगाउने पानीको पैनिमा
घोप्टो परी मृत अवस्थामा फेला परेको भनी स्थानीयहरुले इ.प्र.का.महेन्द्रनगरमा
जानकारी प्राप्त हुनासाथ प्र.चौ.मधुबनबाट प्र.स.नि.को कमाण्डमा र
इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी
शव पो.मा.को लागि जिल्ला अस्पताल ईनरुवा सुनसरी पठाएको, घटनास्थल
प्र.चौ.मधुबनबाट अं.१ कि.मि.पश्चिम पर्ने ।
प्युठान, स्वर्गद्वारी न.पा.४
भिंगृ स्थित देश भारत जिल्ला सरावबस्ती मल्लीपुर घर भएको वर्ष अं.३५ को साविकराय
शंकर स्वर्गद्वारी मन्दिर दर्शनको लागि आएकोमा अचानक बेहोस भई उपचारको लागि
स्वास्थ्य चौकी भिंगृ प्युठान पठाई चेकजाँच गर्ने क्रममा ऐ.१०:५० बजे डाक्टर
द्वारा मृत घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.भिंगृबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१३:१० बजे कानूनी प्रकृया
पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठानको शव गृहमा राखिएको,
उक्त स्थान इ.प्र.का.भिंगृबाट अं. ५०० मिटर पूर्व दक्षिण पर्ने ।
लागु औषध ,
कैलाली, कैलाली गौरीगंगा
न.पा. १ लठैया स्थित विशेष सूचनाको आधारमा इ.प्र.का. चौमालाबाट प्र.ना.नि. नवराज
पाण्डेय (९८५८४९०३११) को कमाण्डमा खटि गएको प्रहरी टोलीले ऐ. लठैया बस्ने बर्ष अ.
४६ को नन्दलाल उपाध्यायले संचालन गर्दै आईरहेको खुद्रा पसलमा खानतलासी गर्दा
प्लाष्टिकको डब्बा भित्र लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ३३२ ग्राम र उक्त
पसल देखि अ. ६० मिटर दक्षिणमा रहेको ऐ. बस्ने रतन बहादुर बुढाको जमिनको रूखमुनी
नन्दलाल उपाध्यायले नै लुकाई छिपाई राखेको शुद्ध तौल ३५० ग्राम गरी जम्मा ६८२
ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त बरामद ला.औ. समेत निज
नन्दलाल उपाध्यायलाई नियन्त्रणमा लिई इ.प्र.का. चौमालामा राखिएको,उक्त
स्थान इ.प्र.का. चौमालाबाट ३ कि.मि. उत्तर पर्ने ।
कैलाली, जि.प्र.का.कैलालीबाट
सादा पोशाक प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले ऐ. धनगढी उ.म.न.पा.३ त्रिनगर
व्यारेल स्थित जि.कंचनपुर कृष्णपुर न.पा.५
बस्ने वर्ष २८ को हरिश विष्टलाई शंका लागी
चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल २७ ग्राम ७६० मिलिग्राम ला.औ. ब्राउन
सुगर जस्तो देखिने धुलो पदार्थ,२२८ ट्यावलेट स्पास र २० ट्यावलेट
नाईट्राभ्याट सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको,उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पश्चिम पर्ने ।
कैलाली, जि.प्र.का.कैलालीबाट
खटिई गएको प्र.ब.ना.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.ब.ना.नि.
को कमाण्डमा खटिएको संयुक्त टोलीले ऐ. धनगढी उ.म.न.पा.८ रामनगर स्थित जि.
बझाङ केदारस्यु गा.पा.७ बस्ने वर्ष ४५ को जनक ब.धामीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध
तौल ३ के.जी. ५६५ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ, तराजु
थान १, नगद रु १०,०००।- सहित फेला पारी बरामद गरी निजलाइ समेत नियन्त्रणमा
लिई जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट
अं.२ कि. मि. पूर्व पर्ने ।
धनकुटा, साँगुरीगढी गा.पा.६
भेडेटार चोक स्थित इ.प्र.का.भेडेटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त
चेकिंङ्ग टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना ४ च ६४७४ नं.को एम्बुलेन्सलाई
चेकजाँच गर्ने क्रममा नरोकी ब्यारिकेट समेत लडाई भागेको र तत्काल प्रहरी टोलीको
मो.सा.ले पछ्याउदै गर्दा भेडेटार गेट नजिक एम्बुलेन्स छोडी चालक फरार भएको
अवस्थामा एम्बुलेन्स सहित ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई
इ.प्र.का.भेडेटारबाट जि.प्र.का.मा पठाईएको, उक्त गाजा नाप तौल गर्दा अं.
४५९.९६५(चार सय उन्नसाठ्ठी किलोग्राम नौसय पैसठ्ठी ग्राम) रहेको, फरार रहेको चालक र सवारी धनीको खो.त. भईरहेको, उक्त
स्थान इ.प्र.का भेडेटारबाट अं. ६५ मिटर दक्षिण- पूर्व पर्ने ।