मिति २०८२।०९।२८ गते ०५:०० बजे देखि २०८२।०९।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९
- A
- A-
- A+
कर्तव्य ज्यान,
ललितपुर, मिति २०८२/०९/२६ गते
अं. १४:०० बजे जि.ईलाम घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.१७ ईमाडोल प्रसिद्धि
टोल बस्ने वर्ष ८३ को गर्जमान थापा हराएको भनि पिडितले मिति ऐ.१९:०० बजे प्रहरी
बृत सातदोबाटोमा निवेदन दिए पश्चात जिल्ला प्रहरी परिसर जावलाखेलबाट सिभिल टोली, वृत्त
सातदोबाटो र प्रभाग इमाडोलबाट खटिएको सिभिल टोलीले खो.त गर्दै जादा ऐ.२८ गते अं.
१२:५५ बजे जि.ललितपुर ललितपुर म.न.पा. १७ बाफल गेट इमाडोल स्थित घरबाट ५०० मिटर
पूर्व पर्ने खाली जग्गामा रहेको इनार भित्र सेतो बोरामा हात खुट्टा बाधी घाँटिमा
काटेको अवस्थामा निजको शव फेला पारेको, उक्त घटनास्थानमा
जिल्ला प्रहरी परिसर जावलाखेलबाट प्र.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को
कमाण्डमा प्रहरी टोली खटि गई १४:१९ बजे कानूनी प्रक्रियापुरा गरी शव पो.मा.को लागी
पाटन अस्पताल पठाएको, देश भारत रक्सौल घर भइ हाल जिल्ला
ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने वर्ष २२ को युसु हवारी लगायत ५
जनालाई नियन्त्रणमा लिई वृत्त सातदोबाटोमा ल्याई राखिएको ।
थपअपडेट :मिति २०८२/०९/२७ गते १८:०० बजेको समयमा
बाफलबाट निम्न मानिस नि.मा लिई वृत्त
सातदोबाटोमा ल्याई राखेको ।
१. देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर
महानगरपालिका १७ ग्वार्को बस्ने बर्ष २२ को युसु हवारी
२. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को सद्दाम मन्सुरी
३. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को महमद नोमान
४. जिल्ला बारा निजगढ घर भइ हाल ललितपुर ऐ. स्थान बस्ने
बर्ष ३० को संन्जिप मगर
५. जिल्ला सिन्धुली तिनपाटन गाउपालिका ०५ घर भई हाल जिल्ला
काठमाण्डौ कपन बस्ने बर्ष २३ को नारायण लुङगेली मगर ।
थप अपडेट: ऐ. १९:०० बजेको समयमा माथि उल्लेखित सि.न. १,२,३ को ब्यक्तीको नाममा किटानी जाहेरी परेकोले हिरासतमा राखी आवश्यक अ.अ.
कार्य भईरहेको । अन्य सि.न. ४ र ५ को लाई आफन्तको जिम्मामा लगाई छाडिएको ।
ज.ज.क./ बालिकाको ज.ज.क.,
उदयपुर, मिति २०८२।०६।१६ गते
अं.१०:०० बजे जि. पाँचथर म्याङजाबु घर भई हाल १२ वर्ष देखि जि.उदयपुर बेलका न.पा.
३ ऐलानी जग्गामा बस्दै आएको परिवर्तित नाम १४-०४-६(ख)को छोरी अं.वर्ष १४ की
परीवर्तित नाम १४-०४-६ (क) लाई जि. उदयपुर बेलका न.पा. ०३ सातपत्रे बस्ने अं.वर्ष
२२ को समिर परियारले ऐ.स्थित गिदेरी खोलामा घाँस काट्न गएको बेला कासघाँरीमा
जवरजस्ती करणी गरी फरार रहेको र पिडित गर्भवती समेत भएको भनि निजको बाबु परिवर्तित
नाम १४-०४-६(ख)ले मिति २०८२।०९।२८ गते १२:०५ बजे इ.प्र.का.रामपुरठोक्सिला लिखित
जाहेरी दिन साथ इ.प्र.का. रामपुरठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी
गएको, पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको, पिडितलाइ
स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल गाईघाट पठाईएको ।
दाङ, मिति २०८२।०९।२७ गते अं.
१६:०० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा.१० पढ्ढा स्थित ऐ. बस्ने संकेत नामथर ५६
तुलसीपुर ०८२-४८ की छोरी वर्ष ९ की बालिकालाई ऐ.१४ बस्ने वर्ष १८ को पुरुषले
पिडितको घर नजिकै बोलाई ललाई फकाई गरी ज.ज.क गरेको भनि ऐ.२८ गते अं.१३:०० बजे
पिडितको आमाले इ.प्र.का. तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.
तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगइ निजलाई नियन्त्रणमा लिई
इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान भईरहेको, निज पिडितको स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,अवस्था सामान्य ।
काठमाडौ, परिवर्तित नाम
०८२/०८३ जिल्ला २६ जनसेवा ७ वर्ष ३६ की जाहेरवालाको श्रीमान व्यापार व्यवसायको
सिलसिलामा भारत देशमा रहदा प्रतिवादी टिकेन्द्र देवानसँग भारत मै चिनजान परिचय
भएकोमा २०८२ साल असोज महिनामा निज प्रतिवादीले जाहेरवालालाई निजको श्रीमानले
भारतबाट सामान पठाएको छ भनी एयरपोर्ट नजिक रहेको होटलमा सामान लिन बोलाई उक्त होटलको
कोठामा लगी जबरजस्ती करणी गरेको र सो पश्चात निज प्रतिवादीले पटक-पटक जबरजस्ती
करणी गर्दै आएकोमा मिति २०८२।०९।१४ गते १०:०० बजे का.म.न.पा.११ सुन्धारा स्थितमा
होटल योन्जनको कोठा नं.५०२ लगी जाहेरवालाको ईच्छा विपरीत जबरजस्ती करणी गरेको
भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा
जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रतिवादीलाई नियन्त्रणमा
लिई अ.अ.कार्य भैरहेको ।
काठमाडौ, जाहेरवाला परिवर्तित
नाम २६ परिसर(६६)०८२।०८३ को प्रतिवादी बिवेक चौधरीसँग १५ दिन अगाडि सामान्य चिनजान
भएकोमा मिति २०८२।०९।२७ गते अं. ०१:५८ बजे प्रतिवादी बिवेक चौधरीले जाहेरवाला
परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ लाई का.म.न.पा.११ सुन्धारा स्थित होटल पोखराको
कोठा नं. २११ मा लगी रेडबुल खान दिएकोमा जाहेरवालाले रेडबुल खाएपछि अर्धचेत भएको
अवस्थामा प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको
जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक
सेवाकेन्द्रमा प्राप्त भएको र प्रतिवादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको ।
नुवाकोट, बिदुर न.पा.५ गंगटे
पार्क स्थितमा जि.काठमाण्डौ तारकेश्वर न.पा.६ बस्ने वर्ष अं.२१ की महिला घुम्न
आएकोमा चिनजान नभएको अं.वर्ष २० को अमृत राई नाम बताउने वतन नखुलेको व्यक्तिले ज.ज.क.गरी फरार भएको भन्ने खबर
ऐ.१८:०० बजे प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्र.ना.उ.को कमाण्डमा
टोली खटि ग,
खो.त.तथा अनुसन्धान कार्य भईरहेको ।
धादिङ्ग, मिति २०८०।०९।२७ गते
१२:०० बजे एकिन नामथर वतन नखुलेको वर्ष अं.२६ को बालकृष्ण अधिकारीले जि.धादिङ
गजुरी गा.पा.५ पिडा बस्ने वर्ष २६ की महिलालाई काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको
सेतो रंगको पिकपअ गाडीमा चढाई जिल्ला धादिङ सिद्दलेख गा.पा.६ करमडाँडा स्थित
कालुपाण्डे मार्गको सडकमा गाडी साईड लगाई जबरजस्ती करणी गरेको भनी पिडितको दाईले
इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको, वारदात पश्चात भागी फरार
रहेको भनी मिति २०८२।०९।२८ गते अं.१०:४५ खबर प्राप्त हुनासाथ इ.प्र.का.गजुरीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार प्रतिवादीको खो.त.भईरहेको ।
हा.ह.बरामद,
बागलुङ, इ.प्र.का. बुर्तिबाङ
बागलुङबाट प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.बागलुङ तमानखोला गा.पा.०२
रानीकोट स्थित रानिकोट सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १
नाले सावुत भरुवा बन्दुक थान ४ (चार) फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त
गरी ऐ.१२:०० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त
बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान
कार्य भई रहेको ।
सल्यान, त्रिबेणी गा.पा.५ स्थित
शान्ति सुरक्षा सामुदायिक बनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएका प्र.स.नि.को कमाण्डमा प्रहरी
टोलीले उक्त जंगलमा बेवारिसे अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला पारी जि.प्र.का.सल्यानमा
राखिएको ।
प्र.क.मृत्यु,
काभ्रे, खानिखोला गा.पा.२
खानिडाँडा स्थितमा प्र.चौ.श्यामपाटी काभ्रे, संचार दरबन्दी भई हाल
प्र.चौ.फलामेटार काभ्रेमा कार्यरत (क.कोड-३९९५९५, संकेत
नम्बर C-००१०२४४५) वर्ष ३५ को प्र.ह.रामकृष्ण खड्का (जिल्ला
दोलखा शैलुङ गा.पा.५ काटाकुटी वतन भएका) सुचना सङ्कलनको लागी खटीएकोमा ऐ.१५:३० बजे
गोरेटो बाटोबाट अं.२५ मिटर तल रोडमा लडि मृत अवस्थामा रहेको छ भनि स्थानीयले देखि
प्र.चौ.फलामेटारमा खबर प्राप्त हुनसाथ प्र.ज.र प्र.चौ.तालढुंगाबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको भनी ऐ.१६:०० बजे
जि.प्र.का.काभ्रेमा जानकारी गराएको, घटनास्थल मुचुल्का तथा
थप अनुसन्धानको लागि इ.प्र.का.देविटारबाट प्र.नि.र जि.प्र.का.काभ्रेबाट SOCO
सहितको टोली खटी गएको, मृतकको दाई यज्ञ बहादुर
खड्का समेत घटनास्थलमा पुगेको ।
लागु औषध ,
कैलाली, व.प्र.का.धनगढीबाट
प्र.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.व.ना.नि. को
कमाण्डमा खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जि.कैलाली धनगढी उ.म.न.पा.४
स्थित रहेको चितवन होटेलमा कोठा गरी बस्ने जि.बझाङ सुर्मा गा.पा.२ बस्ने वर्ष ५०
को जलहरी बोहरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ५ के.जि.५७६
ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरी मानिस सहित
नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।
सुनसरी, रामधुनी न.पा.१ पिके
घडि पसल अगाडि पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको
प्र.१-०४-००२ प.२२४८ नं.को मो.सा.जंगली जनावर (स्याल) सँग ठक्कर खाई लडी दुर्घटना
भएको भन्ने खबर प्राप्त हुनासाथ प्रस्तावित इ.प्र.का.रामधुनिबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई हेर्दा मो.सा.चालक ऐ.कोशी गा.पा.६ बस्ने वर्ष १९ को उदय
मुखिया र सोहि मो.सा.को पछाडि सवार ऐ.बस्ने वर्ष १९ को गणेश कुमार मुखियालाई
सामान्य चोटपटक लागि निजहरू उपचारको लागि रामधुनि मेडिकल हल झुम्कामा आई उपचार
गराईरहेको र उक्त नम्बरको मो.सा.सोहि घटनास्थलमा रहेको र मो.सा.मा २ वटा झोला समेत
रहेकोमा उक्त झोलामा शंका लागी उक्त झोला खोली हेर्दा झोला भित्र १/१ के.जि.को १९
वटा पोका लागु औषध गाजाँ फेला पारी उक्त मो.सा.,गाजाँ र
निजहरू दुबैजनालाई नियन्त्रणमा लिई प्रस्तावित इ.प्र.का. रामधुनिमा ल्याई आवश्यक
सोधपुछ भईरहेको ।
कैलाली, व.प्र.का.धनगढी
कैलालीबाट प्र.नि.को कमाण्डमा र ला.औ.व्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को
कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई ऐ.८
बुद्ध चोक स्थित भाडामा गणेश राईस मिल संचालन गरी बस्ने वर्ष २५ की लक्ष्मी
चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागु औषध
ब्राउन सुगर जस्तो देखिने धुलो र सोही मिल पछाडी लुकाई छिपाई राखेको नाप तौल गर्ने
डिजिटल काटा सहित फेला पारी निजलाई समेत लिई नियन्त्रणमा जि.प्र.का.कैलालीमा ल्याई
राखिएको ।