मिति २०८२।०९।२९ गते ०५:०० बजे देखि २०८२।०९।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९
- A
- A-
- A+
२०८२-०९-३०
कर्तव्य ज्यान,
सुनसरी, धरान उ.म.न.पा.११
पुण्यमार्ग बस्ने वर्ष ३५ को रुपक राईलाई के कुन व्यक्तिले निजकै घरमा धारिलो
हतियार खुकुरी टाउकोमा प्रहार गरी घटनास्थलमै मृत अवस्थामा रहेको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का. धरानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी
प्रकृया पुरा गरी शव पो.मा.को लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरान घोपा पठाईएको,घटनास्थलबाट १ थान धारिलो हतियार खुकुरी फेला परेको, उक्त घरमा बस्ने मृतकको मामाको छोरा वर्ष अ.३३ को रविन राईलाई नियन्त्रणमा
लिई इ.प्र.का.धरानमा ल्याई राखिएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
सुर्खेत, वीरेन्द्रनगर
न.पा.९ बसपार्कको दक्षिण तर्फ रेको तारा होटलमा जिल्ला दैलेख गुराँस गा.पा.१
सेप्टि बस्ने वर्ष १९ की बालिकालाई जि.दैलेख साविक कुसापानी घर भई हाल
वीरेन्द्रनगर न.पा.८ खजुरा बस्ने वर्ष ३५ को मणिराम गौतमले ज.ज.क.गरेको भन्ने खबर
प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
स्रोत नखुलेको अमेरीकी डलर नियन्त्रणमा,
सिन्धुली, गोलन्जोर गा.पा.वडा
नं.७ माथिल्लो बजार स्थित प्रहरी चेकपोष्ट अगाडी प्र.नि.को कमाण्डमा खटी गएको
टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट ईलाम तर्फ जादै गरेको चालक जिल्ला पाँचथर
हिलिह्याङ गा.पा. वडा नं.६ बस्ने वर्ष अं.३० को बिक्रम लिम्बुले चलाएको बा १६ च
८०४८ न.को टाटा सुमोमा सवार जिल्ला झापा मेची न.पा.वडा नं.३ बस्ने वर्ष ३४ को
युबराज नेवारले बोकेको कालो झोलामा श्रोत नखुलेको USD १०० को नोट ५७० वटा
गरी जम्मा ५७,०००(सन्ताउन्न हजार) र ने.रु.१००० को नोट १२
वटा गरी जम्मा १२,०००/- (बाह्र हजार) फेला पारी उक्त सुमो
सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.खुर्कोटमा ल्याई राखिएको ।
लागु औषध,
सप्तरी, राजगढ गा.पा.३ नर्घो
स्थित मिति २०८२।०९।२८ गते अं.२३:३० बजे पथरगाँडाबाट झौराहा चौक तर्फ आउँदै
गरेको BR 32 AC 7548 नं.को मो.सा.चालकले प्र.चौ. झुटकीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको
गस्ती टोलीलाई देख्नासाथ मो.सा. र कालो ब्याग सोही स्थानमा छाडेर मानिस फरार भएको,उक्त स्थानमा गई ब्याग खोली हेर्दा ला.औ.गाँजा प्लाष्टिक सहित १२ किलो
४३० ग्राम र मो.सा. नियन्त्रणमा लिई मिति ऐ.२९ गते इ.प्र.का.कल्याणपुरबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतको कार्य पुरा
गरी उक्त ला.औ.गाँजा र मो.सा. इ.प्र.का.कल्याणपुरमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.झुट्कीबाट अं.२ कि.मि. उत्तर पूर्व पर्ने ।
बारा, सिमरा उ.म.न.पा.१८
बडर्वा स्थित पिलुवा कलैया भित्री सडक खण्डमा मनहरीबाट कलैया तर्फ जाँदै
गरेको BAC 2343 नं.को खाली नेपाली योद्धा पिक अप गाडीलाई
प्र.चौ.जैतापुरबाट प्र.स.नि.को कमाण्डमा रहेको टोली र अ.ट्रा.प्र.पोष्ट पिलुवाबाट
प्र.ब.ह.को संयुक्त चेकिङ टोलीले शंका लागि रोकी चेक जाँच गर्दा उक्त गाडीको
पछाडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको प्लास्टिक सहित अं.२० पोका २०३
के.जी. ८५० ग्राम ला.औ.गाँजा सहित गाडी चालक जिल्ला मकवानपुर मनहरी गा.पा.६ बस्ने वर्ष २४ को निशान बहादुर
सेन्चुरी र उक्त सवारी साधन नियन्त्रणमा
लिई प्र.चौ.जैतापुर बारामा ल्याई राखेको,थप अनुसन्धानको लागि
इ.प्र.का.सिमराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त
स्थान प्र.चौ.जैतापुरबाट अं.४ कि.मि.पश्चिम पर्ने ।