प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।०१ गते ०५:०० बजे देखि २०८२।१०।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०२

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा कुमार जाकी बन्जाराको ४ तल्ले पक्की घरको दोस्रो तल्लामा डेरागरी बस्ने जि.काभ्रे तिमाल गा.पा. ९ घर भएको वर्ष ३८ की लाल माया तामाङलाई निजको श्रीमान वर्ष ३७ को लनाम तामाङले सामान्य वादविवादको क्रममा सिलौटोले प्रहार गर्दा घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दरवार स्क्वारबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.११:०४ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेकोमा जि.प्र.प्र.भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि KMC दुवाकोट पठाएको , कुटपिट गर्ने निजको श्रीमान परिसर भक्तपुरको नियन्त्रणमा ।

 

ज.ज.क. बाल यौन दुर्व्यवहार,

संखुवासभा, परिवर्तित जिल्ला ०५, (स१) बस्ने वर्ष ११ की परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ)लाई निजकै बुवा वर्ष ३५ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)ले विभिन्न मितिमा पटक-पटक आफ्नै घरमा जबरजस्ती करणी गरेको भनी निज पीडितले सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभामा जानकारी गराएको भनी सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभाको पत्र मिति२०८२।१०।०१ गते १७:०० बजे जि.प्र.का.संखुवासभामा प्राप्‍त हुन आएको हुँदा निज परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)लाई प्र.चौ.धुपुबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी जि.प्र.का.संखुवासभामा ल्याई अनुसन्धान भईरहेको ।

 

शंकास्पद मृत्यु,

बाँके, डुडुवा गा.पा.३ बनकट्टी स्थित ऐ.बस्ने राम फेरन कुर्मीको बारीमा रहेको पानी भएको इनार भित्र गन्ध आईरहेको खबर इ.प्र.का.बनकट्टी बाँकेमा प्राप्त हुना साथ प्र.ना.नि.र जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली  तथा ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा D.M.सहितको ११ जनाको टोली  खटी गई बुझ्दा इनारबाट नामथर, वतन नखुलेको महिलाको शव निकाली हेर्दा शव सडी गलेको  अवस्था रहेको भनी खटी गएको टोलीले ऐ.१७:०० बजे जानकारी गराएको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज पठाएको ।

 

धारिलो हतियार (खुकुरी) प्रहार,

संखुवासभा, भोटखोला गा.पा.५ तुङ्खालिङ स्थितमा ऐ.बस्ने अं.वर्ष ३० को भोज विक्रम राईले निजकै घरमा झारफुक गर्ने आउने क्रममा के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गर्दा निजको मामा नाता पर्ने ऐ.भोटखोला गा.पा.५ तुङखालिङ बस्ने अं.वर्ष ३९ को पंच कुमार राई (टाउकोमा चोट, अवस्था मध्यम), निजको आफ्नै काका ऐ.बस्ने अं.वर्ष ३५ को सुवास राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) र निजको आफ्नै काका (धामि) ऐ.बस्ने अं.वर्ष ६० को राम कुमार राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.श्याक्सिलागोलाबाट प्र.हको कमाण्डमा प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि स्थानीय तुङखालिङ आधारतभुत स्वाश्थ्य चौकी पठाई उपचार भईरहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने भोज विक्रम राई प्र.चौ.श्याक्सिलागोलाको नियन्त्रणमा रहेको ।

 

कुटपिट,

मकवानपुर, मकवानपुरगढी गा.पा.१ आँपटार स्थित ऐ.ऐ.अन्नपानी बस्ने वर्ष अं.६१ को रत्न बहादुर थिङलाई सोही स्थान बस्ने झलक बहादुरको छोरा वर्ष अं.१९ को इन्द्र बहादुर थिङ र अर्को छोरा वर्ष अं.१८ को चन्द्र ब.थिङ (गाउँमा बोलाउने) काले भन्नेले दुबै जना मिलि सामान्य विवाद हुदा कुटपिट गरी घाईतेलाई उपचारको लागी ऐ.००:१० बजे हेटौडा अस्पताल मकवानपुर ल्याएको, घाइतेको नाकबाट रगत बगेको, अवस्था गम्भीर, उपचारमा श्रीमती संलग्न रहेको, घाईतेको सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.०२:५० बजे मकवानपुर सहकारी अस्पताल रिफर भएको भनी सोही अस्पतालमा खटीएको प्र.क.मार्फत इ.प्र.का.मकवानपुरगढी खबर प्राप्त हुनासाथ इ.प्र.का.मकवानपुरगढीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने मानिस हाल फरार, खो.त.भईरहेको ।

 

कैदी मृत्यु,

काठमाण्डौ, का.म.न.पा. ११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.०१ स्थायी वतन भएका वर्ष २९ को कर्तव्य ज्यान मुद्दाका कैदी (कारागार दाखिला मिति :- २०८२।०२।२७ गते, सजाय :- २५ वर्ष मुद्दा चलाउने निकाय:- गुल्मी जिल्ला अदालत) सन्तोष कुमाल मानसिक, सुगर तथा, प्रेसर सम्बन्धी बिरामी भई मिति २०८२।०९।३० गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भईरहेकोमा ऐ. १०।०१ गते १२:३३ बजे उपचारकै क्रममा मृत्यु भएको, वृत जनसेवा बाट प्र.नि.को टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल  महाराजगञ्ज पठाएको ।

सम्बन्धित समाचार
मिति २०८२।१०।०३ गते ०५:०० बजे देखि २०८२।१०।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०४

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ३ तेर्सेटार स्थितमा ऐ. बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जिल्ला धनुषा मिथिला न.पा. ११ घर हुने बर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा बर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रभाग सानोठिमीबाट खटिएको प्र.ब.ना.नि. पृथ्वी खत्री (९८५१२८६३०२)को टोलीले उद्धार गरी उपचारको लागी भक्तपुर इन्टरनेशनल अस्पताल लगेको अबस्था गम्भिर,घाँटीको बायाँ साइड र टाउकोमा काटिएको गहिरो चोट, घटना पश्चात निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारीलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भई रहेको,उपचारमा बुबा रामकृष्ण भण्डारी संलग्न,घटनास्थलमा बृत्त ठिमीबाट प्र.नि.राजन थापा (९८५१२८२४२२) को कमाण्डमा SOCO सहितको टोली खटिइ गई थप अनुसन्धान तथा मुचुल्का कार्य भई रहेको, उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । निज सरिता भण्डारीको उपचारको क्रममा ऐ. २२:५५ बजे मृत्यु भएको र ऐ ०३ गते ०८:५० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट लगेको र निजको छोरा ऐ. ०३ गते १२;५० बजे घाईते थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएको साथमा वृत्त ठिमीबाट प्र.ज. नरेन्द्र बि.क. को टोलि खटिगएको । सुनसरी, इटहरी उ.म.न.पा.८ पुस्पलाचोकको हरिजंग टोल स्थित दिलिप हरिजंगको घरमा कोठा भाडामा लिई बस्ने ऐ.८ बस्ने वर्ष अं.५६ को गोबिन्द सरदार र ऐ.८ बस्ने वर्ष अं.४४ को घोतन राम बिच एक आपसामा वाद विवाद तथा झै-झगडा भई कुटपिट हुँदा गोबिन्द सरदारको तत्काल बाहिरी चोट नदेखिएको अवस्था गम्भीर बोल्न नसक्ने बेहोस रहेको हुँदा निज घाईतेलाई स्थानीय सामुदायिक अस्पताल पुस्पलाल चोकमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर पठाएकोमा निज गोबिन्द सरदारको उपचारको क्रममा ऐ.१०।०४ गते ०१:०० बजे मृत्यु भएकोमा उक्त शव पो.मा.को लागी कोशी अस्पताल बिराटनगर पठाएको भन्ने खबर अ.प्र.चौ.पुस्पलाल चोकमा ऐ.२३:०० बजे जानकारी प्राप्त हुँनासाथ अ.प्र.चौ.पुस्पलाल चोकबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वर्ष ४४ को घोतन रामलाई नियन्त्रणमा लिई इ.प्र.का इटहरीमा ल्याई राखेको, निजको ओठमा सामान्य चोट रहेको । बालिका ज.ज.क.,दाङ,तुलसीपुर उ.म.न.पा.१९ गुहारखोला स्थित मिति २०८२।१०।०१ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को संकेत नामथर ५६ तुलसीपुर ०८२-५१ ले आफ्नै घरमा जिल्ला सल्यान बागचौर न.पा. ८ घर भइ हाल जि.दाङ तुलसीपुर उ.म.न.पा. १९  ग्वारखोला बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-५० को छोरी वर्ष ३ की संकेत नामथर ५६ तुलसीपुर ०८२-५० (क) लाई फुलाई फकाई ज.ज.क.गरेकोले कानून बमोजिम कारबाही गरी पाउँ भनी निज पीडितको आमाले ऐ.०३ गते ९:०० बजे लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको बाल निगरानी कक्षमा राखी आ.अ.भईरहेको, निज बालिकाको स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइ पठाइएको, अवस्था सामान्य । सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं.१६ टिकुलिया टोल बस्ने अं . बर्ष १७ की साङकेतिक नाम ञ ( ०८२।०८३) लाइ ऐ.ऐ बस्ने अं. बर्ष २७ को अमन सदा (ऋषिदेब ) ले जबरजस्ति करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इप्रका पकली बाट प्र.ब.ना.नि. स्याम राउतको कमाण्डमा प्रहरी टोली खटिगई निज अमन सदा (ऋषिदेब ) लाई पक्राउ गरी इप्रका पकलीमा ल्याइ अनुसन्धान भइरहेको । शंकास्पद मृत्यु,म्याग्दी, घौलागीरी गा.पा ७ झिनडाडा बस्ने बर्ष अं २० की पुन माया बि.क रातको समयमा आफु सुत्ने कोठाबाट पिसाब फेर्नको लागी घर बाहिर निस्कने क्रममा मलाई केले हान्यो भनि एक्कासी घर भित्र आमा सुत्ने कोठामा पसी बेहोस भई ढल्न जादा घाईते भई उपचारको लागी स्थानीय ताकम स्वास्थ्य चौकीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल म्याग्दी बेनी तर्फ ध.१.ज २४ न.को टयाक्सीमा ल्याउदै गरेको घाईतेको दुबै हात ,पाकुरा, नारी,घाटि र ढाडमा काटेको बाहिरी चोट अवस्था बोल्न नसक्ने सिरियस उपचारमा निजको भाई दिवा कुमाई संग्लन रहेको र उक्त घटना सम्बन्धि खबर प्राप्त हुँदा साथ प्र.स.नि बिक्रम तिवारीको कमाण्डमा  ३ जनाको टोलि खटीगएको, उक्त स्थान यस.का बाट २ कि.मी पश्चिम पर्ने ।थप अपडेट :-मिति २०८२।१०।०४ गते ०२:२० बजे उपचारको क्रममा प्रदेश अस्पताल म्याग्दी बेनि ल्याईएकोमा डाक्टले मृत्यु घोषणा गरेको शव अस्पतालको शव गृहमा राखिएको पो.मा हुन बाँकी,उक्त घटनास्थलमा थप अनुसन्धानको लागि इ.प्र.का दरबाङ म्याग्दिबाट प्र.नि रबिन्द्र कार्कीको कमाण्डमा ५ जनाको टोलि खटिगएको । गोली प्रहार,सर्लाही, हरिपुर्वा न.पा.८ बसन्तपुर स्थित ऐ. बस्ने बिलाश राय यादव को छोरा अं. वर्ष ३१ को रामनाथ राय यादव आफ्नै काठको २ तल्ले ठाठी घरको माथिल्लो तल्लाको सुत्ने कोठामा सुतिरहेको बेलामा कसैले  घर बाहिर आँगनबाट माथिल्लो तल्ला तर्फ ताकी २ राउण्ड गोली फायर गरी फरार भएको भन्ने खबर ऐ.०१:४५ बजे प्र.चौ.गौरीशंकरमा प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना टोली खटी गई उक्त घटना स्थाल सुरक्षित साथ राखि‍एको, मानबिय क्षेती नभएको, उक्त घटनास्थलमा पेस्तोलको १ राउण्ड फायर नभएको बुलेट,२ राउण्ड फायर भएको बुलेटको खोका समेत फेला परेको,उक्त स्थानमा थप अनुसन्धानको लागि इ.प्र.का. केशरगंजबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको । ला.औ., मोरङ, सुनवर्षी न.पा.९ लक्ष्मिथान स्थित ऐ.बस्ने पर्वत लाल सिंहको मकै बारीमा बेवारिसे अवस्थामा प्लाष्टिकको बोरामा-५ बोरा (तौल गर्दा-१५५ के.जि.) ला.औ.गाँजा स.प्र.वल नेपाल वि.ओ.पि. सिक्टीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले फेला पारी ऐ.०३ गते अं.१४:०० बजे इ.प्र.का रंगेलीमा आवश्यक कार्वाहीको लागि उक्त बरामद गरेको गाँजा इ.प्र.का.रंगेलीमा बुझाएको,उक्त स्थानमा इ.प्र.का रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अन्य थप बुझ्ने कार्य भईरहेको ।

मिति २०८२।१०।०२ गते ०५:०० बजे देखि २०८२।१०।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०३

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी न.पा.३ तेर्सेटार स्थितमा ऐ.बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जि.धनुषा मिथिला न.पा. ११ घर हुने वर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा वर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग सानोठिमी र बृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको,उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । रुकुम पश्रिम, मिति २०८२/१०/०१ गते अं. २३:०० बजे,त्रिबेणी गा.पा. १ बस्ने वर्ष ७४ को गणेश बहादुर कामीले मा.प.से. गरी सामान्य बिबादका कारण आफ्नै श्रीमती वर्ष ६५ की पम्फा कामीलाई सनासोले टाउको र हातमा हानि घाइते बनाएको उपचारको लागि जि.अस्पताल सल्ले रुकुम पश्चिम ल्याई सामान्य उपचार पश्चात थप उपचार को लागी नेपालगंज पठाईएकोमा बाटोमा मृत्यु भएको,शव जि.अस्पताल सल्ले रुकुम पश्चिमको शव गृहमा ल्याई राखिएको,प्र.चौ.सिम्रुतुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा जि.प्र.का.को हिरासत कक्षमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.रुकुम पश्चिमबाट अं.३ कि.मि. पश्चिम पर्ने । हात हतियार बरामद,काठमाण्डौ, का.म.न.पा.६ नयाँबस्ती नौतले अन्नपूर्ण मार्ग स्थित जि.अर्घाखाँची माला रानी गा.पा.३ घर भई हाल ऐ.नयाँबस्ती बस्ने वर्ष २६ को निशान खनालले थान १ हत्कडी र ,303 राइफलको  (जंगी राउण्ड) थान ३ फेलापारी प्रहरी बिट नयाबस्तीमा ल्याई बुझाएकोमा प्रहरी बृत्त बौद्धबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई गोली र हत्कडी प्रहरी बृत्त बौद्धमा ल्याई राखिएको,उक्त स्थान बृत्त बौद्धबाट अं.१.५ कि.मि.दक्षिण पर्ने । झापा, दमक न.पा.१ सुकुम्बासी बस्ती बस्ने डेक बहादुर थापाको घरभित्र केही हातहतियार लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. दमकबाट प्र.ना.उ. को कमाण्डमा टोली खटी गई निज डेक बहादुर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहरा भित्र खानतलासी गर्दा बटको भागमा १३२०४४७ नं.लेखिएको सर्टगनको बटको भाग थान-१ (एक) बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको र उक्त हातहतियार मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा इ.प्र.का.दमकबाट लुटी लगेको अभिलेखबाट देखिएको हुँदा उक्त हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी  इ.प्र.का.दमकमा ल्याई राखेको,साथै निज डेक बहादुर थापाको खो.त.भईरहेको । लागु औषध,काठमाण्डौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगढी देखी काठमाण्डौ तर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटीएको प्र.स.नि.को टोली तथा ला.औ.नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको साईड A को ९ नं.सिटमा सवार जि.कैलाली घोडाघोडी न.पा.०५ बस्ने अं.वर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित ला.औ.खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ शुद्ध तौल ६ ग्राम रहेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाईएको ।  न.प.पश्चिम, रामग्राम न.पा.१० रामखण्डपुल स्थित परासी भैरहवा सडक-खण्ड आसपासबाट ला.औ.बिक्रि-बितरण गरेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटी आएको प्र.ना.नि.र जि.प्र.का. नवलपरासीबाट खटिएको प्र.स.नि.को टोलीले भैरहवाबाट परासी तर्फ आउदै गरेको UP 42 AS 6818 नं. को मो.सा. लाई रोकि चेकजाँच गर्दा मो.सा. को दाहिने तर्फको लेगगार्डमा झुण्डाई राखेको पहेलो रङको सानो हाते बोरा भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम- ३४७ एम्पुल, फेनेरागन- २४९ एम्पुल, ब्रुफिनुर्फिन- ३०० एम्पुल सहित मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. २ हाटबजार बस्ने वर्ष अं. २६ को बिशाल हरिजन सहित २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं.१ कि.मि. पश्चिम पर्ने ।

मिति २०८२।०९।३० गते ०५:०० बजे देखि २०८२।१०।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०१

फुटकर ज्यान (शंकास्पद मृत्यु), काठमाण्डौ, का.म.न.पा.४ चुनदेवी स्थित गणेश मन्दिर पछाडी रहेको सोम वहादुर थापाको घरको Under Ground मा रहेको रिजब पानी ट्यांङ्कीमा आधा भन्दा बढी पानी रहेको अवस्थामा पानी ट्यांङ्की भित्र हाल नामथर, वतन केही नखुलेको अं.वर्ष ३३ को जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट प्र.ना.उ., अपराध अनुशन्धान प्रहरी कार्यालय टेकुबाट प्र.ना.उ. र प्रहरी परिसर भद्रकालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पानी ट्यांङ्कीको पानी सुकाई मृत शव बाहिर निकाली कानूनी प्रकृया पुरा गरी शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको ।   ज.ज.क./बाल यौन दुर्व्यवहार, उदयपुर, बेलका न.पा.९ रामपुर बजार बस्ने अं.वर्ष २१ की किशोरीलाई जि.सुनसरी ईनरुवा न.पा.६ बस्ने वर्ष ३० को बिष्णु साहले मिति २०८२।०८।१५ गते अ.२२:००बजे निज पिडितकै घर कोठामा ज.ज.क.गरी फरार रहेको भनी पीडितले ऐ.३० गते ११:०० बजे जानकारी गराउनासाथ इ.प्र.का.रामपुरठोक्सिलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको ।              सुर्खेत, मिति २०८२-०९-१९ गते ०३:०० बजे जि.कालिकोट तिलागुफा न.पा.७ घर भई ऐ.वीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने वर्ष ३२ की महिला लाई जि.कालिकोट शुभकालिका गा.पा.२ घर भई हाल ऐ.वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष अं. ५९ को अनिराम तिमिल्सेनाले निज महिलाकै कोठामा ज.ज.क.गरेको भनी ऐ.३० गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा ४ जनाको टोली खटी गई निज अनिराम तिमिल्सेना लाई नियन्त्रणमा लिई जि.प्र.का. मा राखी थप अनुसन्धान कार्य भईरहेको ।   हा.ह.बरामद, म्याग्दी, इ.प्र.का.दरवाङबाट प्र.नि.को कमाण्डमा गस्ती  खटी गएको प्रहरी टोलीले ईजाजत पत्र नलिई लुकाई छिपाई राखिएका अवस्थामा ऐ.मालिका गा.पा.४ छाप स्थित छाप सामुदायिक जङंगलबाट भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङमा ल्याई  राखेको ।   बाग्लुङ, इ.प्र.का बुर्तीबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा जि.बागलुङ ढोरपाटन न.पा ६ प्याङखोला स्थित चेनडाडा सामुदायीक जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -२ र ऐ.१२:०० बजे जि. बागलुङ वडिगाड गा.पा ८ सल्लेरी सामुदायीक वनमा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -३ गरी  दुबै ठाउँको थान-५ (सावुत) हतियार फेला पारी  रितपूर्वक मुचुल्का गरी ऐ. १५:३० बजे इ.प्र.का. बुर्तीबाङ बागलुङ ल्याई राखिएको,उक्त हतियार को- कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको ।   थुनुवा मृत्यु, दाङ, मिति २०८२।०८।२८ गते ऐ. तुलसीपुर उ.म.न.पा.५ बाट लागु औषध सहित नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासत कक्षमा रहेको म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध मुद्दाको जिल्ला दाङ दंगिशरण गा.पा.४ बैवाङ बस्ने वर्ष २४ को रोसन चौधरी एक्कासी बेहोस भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगी उपचार भईरहेको,आफन्तलाई खबर भएकोमा ऐ.०९:५५ बजे उपचारको क्रममा मृत्यु भएको,ऐ.१३;३० बजे मृतकको बुवा अस्पतालमा आइपुगेको, उक्त स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१४:०५ बजे शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको, ऐ. १६:५५ बजे शव पो.मा.पश्चात मृतकको बुवाले बुझीलगेको ।   चोरी/लुटपाट, सिन्धुली, थप:- मिति २०८२।०९।२९ गते अ. २०;४० बजेको समयमा जि. सिन्धुली घ्याङलेख गा.पा २ हायुटार स्थीतमा रहेको एस.बि.आई बैक शाखा कार्यालयमा अपरीचित ५/६ जनाको समुह आई गरेको चोरी /लुटपाट भएको घटना सम्बन्धमा थप अनुसन्धान गर्दा ऐ. ३० गते १०:०५ बजे जि.सिन्धुली ध्याङलेख गा.पा.०१ सुकाजोरी स्थितबाट जि.चितवन भरतपुर म.न.पा.२ पोखराबसपार्क नजिक बस्ने सुरेश श्रेष्ठको छोरा वर्ष २५ को शसाङ्क श्रेष्ठ लगायत ४ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिई इ.प्र.का बस्तिपुरमा ल्याई अनुसन्धान कार्य भइरहेकोमा ऐ.१४:०० बजे, एस.बि.आई बैक बाट चोरी भएको तीन करोड सात लाख(ने.रु.३,०७,००,०००।-) मध्ये २०८२।०९।२९ गते वरामद भएको रकम.रु.एक करोड असि लाख दश हजार पाँच सय (ने.रु १,८०,१०,५००) र ऐ.३० गते बरामद भएको रकम अठासी लाख चौवालिस हजार छ सय पचहत्तर(ने.रु८८,४४,६७५) गरी जम्मा दुई करोड असठ्ठी लाख पचपन्न हजार एक सय पचहत्तर (ने.रु २,६८,५५,१७५) बरामद भएको, चालक सहित नियन्त्रणमा लिएका ५ जना मानिसहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली लगि राखिएको अन्य २ जना फरार रहेका ।   शिशु मृत फेला, सप्तरी, राजबिराज न.पा.१४ पर्साही स्थित बगही नहरको पुल मुनी अं.२ महिनाको जस्तो देखिने बालिका मृत अबस्थामा रहेको भनि अ.प्र.पोष्ट तितरीगाछीमा जानकारी प्राप्त हुनासाथ प्र.ह.को टोली खटी गई घट्ना स्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शव गृहमा राखिएको ।   सुर्खेत, गुर्भाकोट न.पा. नं १ राम्रीकाँडा बस्ने लिल ब. कार्किको छोरी १८ की गिता कार्की अत्याधिक रक्तश्राप भई उपचारको लागि मेहेलकुना अस्पताल मेहलकुना सुर्खेतमा आएकोमा  डाक्टरले के भएको हो भनी सोधपुछ गर्दा निज बालिकाले जिल्ला सल्यान बालुवा संग्रही बस्ने  वर्ष अं.२४/२५ को जनक सुवेदी बाट अबैध  गर्भ रहनगई अत्याधिक पेट दुखि ऐ.ऐ.बस्ने बर्ष ३६ को राम बहादुर बि.क.ले चलाएको भे १ ह १८८८ नम्बरको अटोमा उपचार गराउन आउदै गर्दा गुर्भाकोट न.पा.१ काल्चे स्थित बाटोमानै शिशुको जन्म भई फ्याकि दिएको भनि भनेको र निज बालिका लाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको अवस्था सिरियस(बोल्न सक्ने)साथमा आमा शान्ति कार्की (९७६८२०१५२६) रहेको , ऐ.०४:१५ बजे प्रदेश  अस्पताल कालागाँउमा सुर्खेतमा पुगी उपचार भैरहेको  सोहि अस्पतालमा खटिएका प्र.स.ह.प्रेम बहादुर वलीले प्र.चौ.मालारानी सुर्खेतमा जानकारी गराए पश्चात् तत्काल प्र.चौ.मालारानी सुर्खेत बाट प्र.स.नि.हरी बहादुर मल्लको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगएकोमा  ऐ. ०६;०० बजेको समयमा प्रहरी टोली बच्चा फालेको स्थानम पुगी हेर्दा बच्चा (छोरी) फालेकै स्थानमा मृत फेला परेको अन्य बि.बि. पछि ।   प्र.क.माथि दुर्ववहार, मोरङ, बिराटनगर म.न.पा. १६ दरैया स्थित झै-झगडा भएको भनी जानकारी गराउनासाथ दरैया पोष्टमा इ.प्र.का. रानीबाट डिउटीमा खटिएका प्र.ह.को कमाण्डमा प्रहरी उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्दा ऐ. बिराटनगर म.न.पा.१६ दरैया बस्ने वर्ष ४५ को चन्दन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष ४४ को मदन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष २० को रोहन कुमार अमात्य रायले प्रहरीलाईनै अपशब्द तथा दुर्व्यवहार गरेको भनी निज प्र.ह. ले जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का. रानीबाट प्र.नि. को कमाण्डमा  टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा समेत प्रहरी माथी दुर्व्यवहार तथा हातपात समेत गरेकोले निजहरुलाई नियन्त्रणमा लिने क्रममा इ.प्र.का.रानीबाट प्र.नि. ले प्रयोग गर्ने गरेको सि.नं. 871TOMF969 को MOROROLA कम्पनीको UHF Digital Hand Set ऐ. स्थितमा खस्दा जमेको पानीमा परी खराब भएको, सोही स्थानमा प्र.ब.ह. को सामसुङ कम्पनीको J5 मोबायल फोन हराएको, निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.नि. को दाहिने हातको बुढी औँलाको फेदमा सामान्य चोट लागेको, विवाद गर्ने तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई राखिएको ।   लागु औषध, ललितपुर, महालक्ष्मी न.पा.०३ इमाडोल अमन टोल स्थित पैदल हिडिरहेको भारत देश सितामाडी घर भई हाल ऐ. स्थान बस्ने वर्ष २३ को मनोज कुमारलाई प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.नि.को कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकास्पद लागी चेकजाँच गरी साथै निजको डेराकोठाबाट ८.४८ ग्राम ब्राउन सुगर र ब्राउन सुगर जोख्ने मेसिन सहित नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखेको ।   सुनसरी, बर्जु गा.पा.४ हरबनी स्थित सशस्त्र प्रहरी बोडर आउट पोष्ट हरबनीबाट खटिएको स.प्र.ना.नि को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.स्थित बाँस झ्याङमा लुकाई छिपाई राखिएको अवस्थामा अं.५५४ के.जी गाँजा बरामद गरी प्र.चौ.अमडुवामा बुझाईएको र उक्त गाँजा आवश्यक कार्वाहिको लागि इ.प्र.का.दुहबी पठाईएको।

मिति २०८२।०९।२८ गते ०५:०० बजे देखि २०८२।०९।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९

कर्तव्य ज्यान,ललितपुर, मिति २०८२/०९/२६ गते अं. १४:०० बजे जि.ईलाम घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.१७ ईमाडोल प्रसिद्धि टोल बस्ने वर्ष ८३ को गर्जमान थापा हराएको भनि पिडितले मिति ऐ.१९:०० बजे प्रहरी बृत सातदोबाटोमा निवेदन दिए पश्चात जिल्ला प्रहरी परिसर जावलाखेलबाट सिभिल टोली, वृत्त सातदोबाटो र प्रभाग इमाडोलबाट खटिएको सिभिल टोलीले खो.त गर्दै जादा ऐ.२८ गते अं. १२:५५ बजे जि.ललितपुर ललितपुर म.न.पा. १७ बाफल गेट इमाडोल स्थित घरबाट ५०० मिटर पूर्व पर्ने खाली जग्गामा रहेको इनार भित्र सेतो बोरामा हात खुट्टा बाधी घाँटिमा काटेको अवस्थामा निजको शव फेला पारेको, उक्त घटनास्थानमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट प्र.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई १४:१९ बजे कानूनी प्रक्रियापुरा गरी शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने वर्ष २२ को युसु हवारी लगायत ५ जनालाई नियन्त्रणमा लिई वृत्त सातदोबाटोमा ल्याई राखिएको । थपअपडेट :मिति २०८२/०९/२७ गते १८:०० बजेको समयमा बाफलबाट  निम्न मानिस नि.मा लिई वृत्त सातदोबाटोमा ल्याई राखेको ।१. देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने बर्ष २२ को युसु हवारी २. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को सद्दाम मन्सुरी ३. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को महमद नोमान४. जिल्ला बारा निजगढ घर भइ हाल ललितपुर ऐ. स्थान बस्ने बर्ष ३० को संन्जिप मगर ५. जिल्ला सिन्धुली तिनपाटन गाउपालिका ०५ घर भई हाल जिल्ला काठमाण्डौ कपन बस्ने बर्ष २३ को नारायण लुङगेली मगर ।थप अपडेट: ऐ. १९:०० बजेको समयमा माथि उल्लेखित सि.न. १,२,३ को ब्यक्तीको नाममा किटानी जाहेरी परेकोले हिरासतमा राखी आवश्यक अ.अ. कार्य भईरहेको । अन्य सि.न. ४ र ५ को लाई आफन्तको जिम्मामा लगाई छाडिएको । ज.ज.क./ बालिकाको ज.ज.क.,उदयपुर, मिति २०८२।०६।१६ गते अं.१०:०० बजे जि. पाँचथर म्याङजाबु घर भई हाल १२ वर्ष देखि जि.उदयपुर बेलका न.पा. ३ ऐलानी जग्गामा बस्दै आएको परिवर्तित नाम १४-०४-६(ख)को छोरी अं.वर्ष १४ की परीवर्तित नाम १४-०४-६ (क) लाई जि. उदयपुर बेलका न.पा. ०३ सातपत्रे बस्ने अं.वर्ष २२ को समिर परियारले ऐ.स्थित गिदेरी खोलामा घाँस काट्न गएको बेला कासघाँरीमा जवरजस्ती करणी गरी फरार रहेको र पिडित गर्भवती समेत भएको भनि निजको बाबु परिवर्तित नाम १४-०४-६(ख)ले मिति २०८२।०९।२८ गते १२:०५ बजे इ.प्र.का.रामपुरठोक्सिला लिखित जाहेरी दिन साथ इ.प्र.का. रामपुरठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको, पिडितलाइ स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल गाईघाट पठाईएको । दाङ, मिति २०८२।०९।२७ गते अं. १६:०० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा.१० पढ्ढा स्थित ऐ. बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-४८ की छोरी वर्ष ९ की बालिकालाई ऐ.१४ बस्ने वर्ष १८ को पुरुषले पिडितको घर नजिकै बोलाई ललाई फकाई गरी ज.ज.क गरेको भनि ऐ.२८ गते अं.१३:०० बजे पिडितको आमाले इ.प्र.का. तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का. तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगइ निजलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान भईरहेको, निज पिडितको स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,अवस्था सामान्य । काठमाडौ, परिवर्तित नाम ०८२/०८३ जिल्ला २६ जनसेवा ७ वर्ष ३६ की जाहेरवालाको श्रीमान व्यापार व्यवसायको सिलसिलामा भारत देशमा रहदा प्रतिवादी टिकेन्द्र देवानसँग भारत मै चिनजान परिचय भएकोमा २०८२ साल असोज महिनामा निज प्रतिवादीले जाहेरवालालाई निजको श्रीमानले भारतबाट सामान पठाएको छ भनी एयरपोर्ट नजिक रहेको होटलमा सामान लिन बोलाई उक्त होटलको कोठामा लगी जबरजस्ती करणी गरेको र सो पश्चात निज प्रतिवादीले पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा मिति २०८२।०९।१४ गते १०:०० बजे का.म.न.पा.११ सुन्धारा स्थितमा होटल योन्जनको कोठा नं.५०२ लगी जाहेरवालाको ईच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रतिवादीलाई नियन्त्रणमा लिई अ.अ.कार्य भैरहेको । काठमाडौ, जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ को प्रतिवादी बिवेक चौधरीसँग १५ दिन अगाडि सामान्य चिनजान भएकोमा मिति २०८२।०९।२७ गते अं. ०१:५८ बजे प्रतिवादी बिवेक चौधरीले जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ लाई का.म.न.पा.११ सुन्धारा स्थित होटल पोखराको कोठा नं. २११ मा लगी रेडबुल खान दिएकोमा जाहेरवालाले रेडबुल खाएपछि अर्धचेत भएको अवस्थामा प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा प्राप्त भएको र प्रतिवादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको । नुवाकोट, बिदुर न.पा.५ गंगटे पार्क स्थितमा जि.काठमाण्डौ तारकेश्वर न.पा.६ बस्ने वर्ष अं.२१ की महिला घुम्न आएकोमा चिनजान नभएको अं.वर्ष २० को अमृत राई नाम बताउने वतन नखुलेको  व्यक्तिले ज.ज.क.गरी फरार भएको भन्ने खबर ऐ.१८:०० बजे प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि ग, खो.त.तथा अनुसन्धान कार्य भईरहेको । धादिङ्ग, मिति २०८०।०९।२७ गते १२:०० बजे एकिन नामथर वतन नखुलेको वर्ष अं.२६ को बालकृष्ण अधिकारीले जि.धादिङ गजुरी गा.पा.५ पिडा बस्ने वर्ष २६ की महिलालाई काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको सेतो रंगको पिकपअ गाडीमा चढाई जिल्ला धादिङ सिद्दलेख गा.पा.६ करमडाँडा स्थित कालुपाण्डे मार्गको सडकमा गाडी साईड लगाई जबरजस्ती करणी गरेको भनी पिडितको दाईले इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको, वारदात पश्चात भागी फरार रहेको भनी मिति २०८२।०९।२८ गते अं.१०:४५ खबर प्राप्त हुनासाथ इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार प्रतिवादीको खो.त.भईरहेको । हा.ह.बरामद,बागलुङ, इ.प्र.का. बुर्तिबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.बागलुङ तमानखोला गा.पा.०२ रानीकोट स्थित रानिकोट सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक थान ४ (चार) फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी ऐ.१२:०० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको । सल्यान, त्रिबेणी गा.पा.५ स्थित शान्ति सुरक्षा सामुदायिक बनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएका प्र.स.नि.को कमाण्डमा प्रहरी टोलीले उक्त जंगलमा बेवारिसे अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला पारी जि.प्र.का.सल्यानमा राखिएको । प्र.क.मृत्यु,काभ्रे, खानिखोला गा.पा.२ खानिडाँडा स्थितमा प्र.चौ.श्यामपाटी काभ्रे, संचार दरबन्दी भई हाल प्र.चौ.फलामेटार काभ्रेमा कार्यरत (क.कोड-३९९५९५, संकेत नम्बर C-००१०२४४५) वर्ष ३५ को प्र.ह.रामकृष्ण खड्का (जिल्ला दोलखा शैलुङ गा.पा.५ काटाकुटी वतन भएका) सुचना सङ्कलनको लागी खटीएकोमा ऐ.१५:३० बजे गोरेटो बाटोबाट अं.२५ मिटर तल रोडमा लडि मृत अवस्थामा रहेको छ भनि स्थानीयले देखि प्र.चौ.फलामेटारमा खबर प्राप्त हुनसाथ प्र.ज.र प्र.चौ.तालढुंगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको भनी ऐ.१६:०० बजे जि.प्र.का.काभ्रेमा जानकारी गराएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इ.प्र.का.देविटारबाट प्र.नि.र जि.प्र.का.काभ्रेबाट SOCO सहितको टोली खटी गएको, मृतकको दाई यज्ञ बहादुर खड्का समेत घटनास्थलमा पुगेको । लागु औषध ,कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.व.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जि.कैलाली धनगढी उ.म.न.पा.४ स्थित रहेको चितवन होटेलमा कोठा गरी बस्ने जि.बझाङ सुर्मा गा.पा.२ बस्ने वर्ष ५० को जलहरी बोहरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ५ के.जि.५७६ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई राखिएको । सुनसरी, रामधुनी न.पा.१ पिके घडि पसल अगाडि पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०४-००२ प.२२४८ नं.को मो.सा.जंगली जनावर (स्याल) सँग ठक्कर खाई लडी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ प्रस्तावित इ.प्र.का.रामधुनिबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा मो.सा.चालक ऐ.कोशी गा.पा.६ बस्ने वर्ष १९ को उदय मुखिया र सोहि मो.सा.को पछाडि सवार ऐ.बस्ने वर्ष १९ को गणेश कुमार मुखियालाई सामान्य चोटपटक लागि निजहरू उपचारको लागि रामधुनि मेडिकल हल झुम्कामा आई उपचार गराईरहेको र उक्त नम्बरको मो.सा.सोहि घटनास्थलमा रहेको र मो.सा.मा २ वटा झोला समेत रहेकोमा उक्त झोलामा शंका लागी उक्त झोला खोली हेर्दा झोला भित्र १/१ के.जि.को १९ वटा पोका लागु औषध गाजाँ फेला पारी उक्त मो.सा.,गाजाँ र निजहरू दुबैजनालाई नियन्त्रणमा लिई प्रस्तावित इ.प्र.का. रामधुनिमा ल्याई आवश्यक सोधपुछ भईरहेको ।  कैलाली, व.प्र.का.धनगढी कैलालीबाट प्र.नि.को कमाण्डमा र ला.औ.व्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई ऐ.८ बुद्ध चोक स्थित भाडामा गणेश राईस मिल संचालन गरी बस्ने वर्ष २५ की लक्ष्मी चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो र सोही मिल पछाडी लुकाई छिपाई राखेको नाप तौल गर्ने डिजिटल काटा सहित फेला पारी निजलाई समेत लिई नियन्त्रणमा जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

मिति २०८२।०९।२९ गते ०५:०० बजे देखि २०८२।०९।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९

२०८२-०९-३०कर्तव्य ज्यान,सुनसरी, धरान उ.म.न.पा.११ पुण्यमार्ग बस्ने वर्ष ३५ को रुपक राईलाई के कुन व्यक्तिले निजकै घरमा धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गरी घटनास्थलमै मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. धरानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको,घटनास्थलबाट १ थान धारिलो हतियार खुकुरी फेला परेको, उक्त घरमा बस्ने मृतकको मामाको छोरा वर्ष अ.३३ को रविन राईलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,सुर्खेत, वीरेन्द्रनगर न.पा.९ बसपार्कको दक्षिण तर्फ रेको तारा होटलमा जिल्ला दैलेख गुराँस गा.पा.१ सेप्टि बस्ने वर्ष १९ की बालिकालाई जि.दैलेख साविक कुसापानी घर भई हाल वीरेन्द्रनगर न.पा.८ खजुरा बस्ने वर्ष ३५ को मणिराम गौतमले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । स्रोत नखुलेको अमेरीकी डलर नियन्त्रणमा,सिन्धुली, गोलन्जोर गा.पा.वडा नं.७ माथिल्लो बजार स्थित प्रहरी चेकपोष्ट अगाडी प्र.नि.को कमाण्डमा खटी गएको टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट ईलाम तर्फ जादै गरेको चालक जिल्ला पाँचथर हिलिह्याङ गा.पा. वडा नं.६ बस्ने वर्ष अं.३० को बिक्रम लिम्बुले चलाएको बा १६ च ८०४८ न.को टाटा सुमोमा सवार जिल्ला झापा मेची न.पा.वडा नं.३ बस्ने वर्ष ३४ को युबराज नेवारले बोकेको कालो झोलामा श्रोत नखुलेको USD १०० को नोट ५७० वटा गरी जम्मा ५७,०००(सन्ताउन्न हजार) र ने.रु.१००० को नोट १२ वटा गरी जम्मा १२,०००/- (बाह्र हजार) फेला पारी उक्त सुमो सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.खुर्कोटमा ल्याई राखिएको । लागु औषध,सप्तरी, राजगढ गा.पा.३ नर्घो स्थित मिति २०८२।०९।२८ गते अं.२३:३० बजे पथरगाँडाबाट झौराहा चौक तर्फ आउँदै गरेको  BR 32 AC 7548 नं.को मो.सा.चालकले प्र.चौ. झुटकीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मो.सा. र कालो ब्याग सोही स्थानमा छाडेर मानिस फरार भएको,उक्त स्थानमा गई ब्याग खोली हेर्दा ला.औ.गाँजा प्लाष्टिक सहित १२ किलो ४३० ग्राम र मो.सा. नियन्त्रणमा लिई मिति ऐ.२९ गते इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतको कार्य पुरा गरी उक्त ला.औ.गाँजा र मो.सा. इ.प्र.का.कल्याणपुरमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.झुट्कीबाट अं.२ कि.मि. उत्तर पूर्व पर्ने ।  बारा, सिमरा उ.म.न.पा.१८ बडर्वा स्थित पिलुवा कलैया भित्री सडक खण्डमा मनहरीबाट कलैया तर्फ जाँदै गरेको  BAC 2343 नं.को  खाली नेपाली योद्धा पिक अप गाडीलाई प्र.चौ.जैतापुरबाट प्र.स.नि.को कमाण्डमा रहेको टोली र अ.ट्रा.प्र.पोष्ट पिलुवाबाट प्र.ब.ह.को संयुक्त चेकिङ टोलीले शंका लागि रोकी चेक जाँच गर्दा उक्त गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको प्लास्टिक सहित अं.२० पोका २०३ के.जी. ८५० ग्राम ला.औ.गाँजा सहित गाडी चालक जिल्ला मकवानपुर  मनहरी गा.पा.६ बस्ने वर्ष २४ को निशान बहादुर सेन्चुरी  र उक्त सवारी साधन नियन्त्रणमा लिई प्र.चौ.जैतापुर बारामा ल्याई राखेको,थप अनुसन्धानको लागि इ.प्र.का.सिमराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान प्र.चौ.जैतापुरबाट अं.४ कि.मि.पश्चिम पर्ने ।

मिति २०८२।०९।२७ गते ०५:०० बजे देखि २०८२।०९।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२८

कर्तव्य ज्यान,ललितपुर, ललितपुर म.न.पा.१२ पाटन सुन्धारा स्थित मिति २०८२।०९।२६ गते २१:३० बजे हाल नामथर,वतन नखुलेका अं. ६ जनाको समूहले जिल्ला सिन्धुली घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.१२ पाटन सुन्धारा बस्ने वर्ष २५ को बिजय राईलाई कुटपिट गर्दा घाईते भई आफ्नै कोठामा गई अचेत अवस्थामा सुतेकोमा ऐ.२७ गते ११:३० बजे निज घाईतेको दाई प्रबिन राईले उपचारको लागि ऐ. ललितपुर म.न.पा.१३ जावलाखेल स्थित अल्का-१ अस्पतालमा ल्याई उपचार गराउने क्रममा ऐ. १३:१५ बजे मृत्यु भएको, शव अस्पतालमै रहेको, कुटपिट गर्ने ब्यक्तिहरु हाल फरार रहेका, उक्त स्थानमा प्रहरी प्रभाग मंगलबजार बाट सिभिल टोली खटी खो.त.कार्य भईरहेको, उक्त स्थान प्रहरी प्रभाग मंगलबजारबाट अं.३०० मिटर पूर्व पर्ने ।            ज.ज.क./ बालिकाको ज.ज.क.,प्युठान, प्रतिवादी बर्ष अं. ३२ को परिवर्तित संकेत नाम खप्रेङखोलाले पीडित बर्ष ८ की परिवर्तित संकेत नाम ५२ (२०८२/०८३) १० लाई ज.ज.क. गरेको भनि आज मिति २०८२।०९।२७ गते अ.१५:३० बजेको समयमा संकेत नाम ५२ (२०८२/०८३) १० क ले यस जि.प्र.का. प्युठानमा जाहेरी दिईएकोले उक्त स्थानमा अ.प्र.पो.बाग्दुला प्युठानबाट प्र.ब.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडितलाई विस्तृत स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाई,पुन: निज पीडकलाई जि.प्र.का. प्युठानमा ल्याई हिरासत कक्षमा राखिएको, पीडितको अवस्था सामान्य रहेको, उक्त स्थान अ.प्र.पो.बाग्दुला प्युठानबाट अ. ३ कि.मि. पुर्व उत्तर पर्ने । दाङ्ग, घोराही उ.म.न.पा.१४ तिनकुने चोक स्थित सिउँजाली होटलको कोठामा ऐ.१८ गिठेपानी बस्ने बर्ष १६ को परिवर्तित नामथर ५६ (०८२०८३) घोराही २३३ (घ) ले ऐ.मुसलमान डाँडा स्थित डेराकोठा गरी बस्ने बर्ष ४ की पीडित परिवर्तित नामथर ५६(०८२०८३) घोराही २३३ लाई सोही होटलको कोठामा लिई गई जबरजस्ती करणी गरेको भनि पीडितको आमाले मिति २०८२।०९।२७ गते १२:०० बजे लिखित जाहेरी दिए पश्चात व.प्र.का.घोराही दाङबाट प्र.नि.को कमाण्डमा ५ जना र जि.प्र.का.दाङबाट समेत टोली खटिगई निज करणी गर्ने बालकको खोजतलासको क्रममा सोही होटल बाहिर रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.दाङको बाल निगरानी कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको, पीडित तथा कानून विवादमा परेका बालकलाई स्वास्थ्य परिक्षण गरी पीडितलाई निजको आमाको जिम्मा लगाई पठाईएको, उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.२ कि.मी.उत्तर पर्ने । म्याग्दी, मालिका गा.पा २ साले बस्ने वर्ष ५० को फरम बि.क ले ऐ बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क. गरेको भनि निजको भाईले देखी ऐ.२१:३० बजे इ.प्र.का.दरबाङमा जानकारी प्राप्त गराउनासाथ प्र.नि को कमाण्डमा ५ जनाको टोली खटी गई  पीडकलाई नियन्त्रणमा लिईएको र पीडितलाई आफन्तको जिम्मा लगाईएको, अवस्था सामान्य उक्त स्थान इ.प्र.का.दरबाङमाबाट अं.१५ कि.मि उत्तर पर्ने । प्रहरी कर्मचारीको मृत्यु,सल्यान, जिल्ला दाङ तुलसिपुर उ.म.न.पा.८ वतन भई जिल्ला प्रहरी कार्यालय, सल्यान तालिम शाखा दरबन्दी भई यस कार्यालयमा कार्यरत (कम्प्युटर कोड नं.३८०८४९, संकेत नं.C-०००३२०१०) वर्ष अं.४१ को ने.प्र.प्र.का.नक्सालको मिति २०८२।०९।२२ गते को चं.न.४६१७ को पत्र आदेशले प्र.ह.पदबाट प्र.ब.ह.पदमा बढुवा सिफरारिस सूचिमा परेका भिम बहादुर के.सी.स्टयाण्टवाई डयूटी रहेकोमा मिति २०८२।०९।२६ अं.१८:०० बजे साँझको खाना खाई ब्यारेक वेडमा सुतिरहेको अवस्थामा मिति २०८२।०९।२७  गते बिहान अ.०६:०० बजे पिटी सामेलीमा उठाउने क्रममा मृत अवस्थामा फेला परेको, आफन्त घर परिवारलाई जानकारी गराई सकेको । शव पो.मा.को लागि जिल्ला अस्पताल सल्यान पठाईएको । विदेशी नागरिक मृत्यु,सुनसरी, देश भारत जिल्ला अररिया बस्मतिया ग्रामथान नरपथगन्ज ८ बस्ने वर्ष ५५ को गंगा प्रसाद मेहेता जिल्ला सुनसरी बराहक्षेत्र न.पा.११ सिंग्गेश्वर टोल स्थित खेतमा लगाउने पानीको पैनिमा घोप्टो परी मृत अवस्थामा फेला परेको भनी स्थानीयहरुले इ.प्र.का.महेन्द्रनगरमा जानकारी प्राप्त हुनासाथ प्र.चौ.मधुबनबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल ईनरुवा सुनसरी पठाएको, घटनास्थल प्र.चौ.मधुबनबाट अं.१ कि.मि.पश्चिम पर्ने ।            प्युठान, स्वर्गद्वारी न.पा.४ भिंगृ स्थित देश भारत जिल्ला सरावबस्ती मल्लीपुर घर भएको वर्ष अं.३५ को साविकराय शंकर स्वर्गद्वारी मन्दिर दर्शनको लागि आएकोमा अचानक बेहोस भई उपचारको लागि स्वास्थ्य चौकी भिंगृ प्युठान पठाई चेकजाँच गर्ने क्रममा ऐ.१०:५० बजे डाक्टर द्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.भिंगृबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१३:१० बजे कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठानको शव गृहमा राखिएको, उक्त स्थान इ.प्र.का.भिंगृबाट अं. ५०० मिटर पूर्व दक्षिण पर्ने ।    लागु औषध ,कैलाली, कैलाली गौरीगंगा न.पा. १ लठैया स्थित विशेष सूचनाको आधारमा इ.प्र.का. चौमालाबाट प्र.ना.नि. नवराज पाण्डेय (९८५८४९०३११) को कमाण्डमा खटि गएको प्रहरी टोलीले ऐ. लठैया बस्ने बर्ष अ. ४६ को नन्दलाल उपाध्यायले संचालन गर्दै आईरहेको खुद्रा पसलमा खानतलासी गर्दा प्लाष्टिकको डब्बा भित्र लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ३३२ ग्राम र उक्त पसल देखि अ. ६० मिटर दक्षिणमा रहेको ऐ. बस्ने रतन बहादुर बुढाको जमिनको रूखमुनी नन्दलाल उपाध्यायले नै लुकाई छिपाई राखेको शुद्ध तौल ३५० ग्राम गरी जम्मा ६८२ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त बरामद ला.औ. समेत निज नन्दलाल उपाध्यायलाई नियन्त्रणमा लिई इ.प्र.का. चौमालामा राखिएको,उक्त स्थान इ.प्र.का. चौमालाबाट ३ कि.मि. उत्तर पर्ने । कैलाली, जि.प्र.का.कैलालीबाट सादा पोशाक प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले ऐ. धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल  स्थित जि.कंचनपुर कृष्णपुर न.पा.५ बस्ने वर्ष २८ को हरिश विष्टलाई  शंका लागी चेकजाँच  गर्दा निजहरुको साथबाट  शुद्ध तौल २७ ग्राम ७६० मिलिग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ,२२८ ट्यावलेट स्पास र २० ट्यावलेट नाईट्राभ्याट सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको,उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पश्चिम पर्ने । कैलाली, जि.प्र.का.कैलालीबाट खटिई गएको प्र.ब.ना.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.ब.ना.नि. को  कमाण्डमा खटिएको संयुक्त  टोलीले ऐ. धनगढी उ.म.न.पा.८ रामनगर स्थित जि. बझाङ केदारस्यु गा.पा.७ बस्ने वर्ष ४५ को जनक ब.धामीलाई  शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ३ के.जी. ५६५ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ, तराजु थान १, नगद रु १०,०००।- सहित  फेला पारी बरामद गरी निजलाइ समेत नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट अं.२ कि. मि. पूर्व पर्ने ।  धनकुटा, साँगुरीगढी गा.पा.६ भेडेटार चोक स्थित इ.प्र.का.भेडेटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त चेकिंङ्ग टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना ४ च ६४७४ नं.को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा नरोकी ब्यारिकेट समेत लडाई भागेको र तत्काल प्रहरी टोलीको मो.सा.ले पछ्याउदै गर्दा भेडेटार गेट नजिक एम्बुलेन्स छोडी चालक फरार भएको अवस्थामा एम्बुलेन्स सहित ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.भेडेटारबाट जि.प्र.का.मा पठाईएको, उक्त गाजा नाप तौल गर्दा अं. ४५९.९६५(चार सय उन्नसाठ्ठी किलोग्राम नौसय पैसठ्ठी ग्राम) रहेको, फरार रहेको चालक र सवारी धनीको खो.त. भईरहेको, उक्त स्थान इ.प्र.का भेडेटारबाट अं. ६५ मिटर दक्षिण- पूर्व पर्ने ।