मिति २०८२।१०।०२ गते ०५:०० बजे देखि २०८२।१०।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०३
- A
- A-
- A+
कर्तव्य
ज्यान,
भक्तपुर, मध्यपुर ठिमी
न.पा.३ तेर्सेटार स्थितमा ऐ.बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी
बस्ने जि.धनुषा मिथिला न.पा. ११ घर हुने वर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा
वर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने
चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ
प्रभाग सानोठिमी र बृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको
लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे मृत्यु
भएको,शव सोही
अस्पतालमा रहेको,निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियार प्रहार
गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको,उक्त स्थान वृत्त
ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने ।
रुकुम
पश्रिम, मिति २०८२/१०/०१ गते
अं. २३:०० बजे,त्रिबेणी गा.पा. १ बस्ने वर्ष
७४ को गणेश बहादुर कामीले मा.प.से. गरी सामान्य बिबादका कारण आफ्नै श्रीमती वर्ष
६५ की पम्फा कामीलाई सनासोले टाउको र हातमा हानि घाइते बनाएको उपचारको लागि जि.अस्पताल
सल्ले रुकुम पश्चिम ल्याई सामान्य उपचार पश्चात थप उपचार को लागी नेपालगंज
पठाईएकोमा बाटोमा मृत्यु भएको,शव
जि.अस्पताल सल्ले रुकुम पश्चिमको शव गृहमा ल्याई राखिएको,प्र.चौ.सिम्रुतुबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट
गर्ने व्यक्तिलाई नियन्त्रणमा जि.प्र.का.को हिरासत कक्षमा ल्याई राखिएको,उक्त
स्थान जि.प्र.का.रुकुम पश्चिमबाट अं.३ कि.मि. पश्चिम पर्ने ।
हात
हतियार बरामद,
काठमाण्डौ,
का.म.न.पा.६ नयाँबस्ती नौतले अन्नपूर्ण मार्ग स्थित जि.अर्घाखाँची माला रानी
गा.पा.३ घर भई हाल ऐ.नयाँबस्ती बस्ने वर्ष २६ को निशान खनालले थान १ हत्कडी र ,303
राइफलको (जंगी राउण्ड) थान ३ फेलापारी
प्रहरी बिट नयाबस्तीमा ल्याई बुझाएकोमा प्रहरी बृत्त बौद्धबाट प्र.स.नि.को
कमाण्डमा प्रहरी टोली खटी गई गोली र हत्कडी प्रहरी बृत्त बौद्धमा ल्याई राखिएको,उक्त
स्थान बृत्त बौद्धबाट अं.१.५ कि.मि.दक्षिण पर्ने ।
झापा,
दमक न.पा.१ सुकुम्बासी बस्ती बस्ने डेक बहादुर थापाको घरभित्र केही हातहतियार
लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. दमकबाट प्र.ना.उ. को
कमाण्डमा टोली खटी गई निज डेक बहादुर थापा बस्ने गरेको जस्ताको बेराले बनेको
जस्ताको छानो भएको टहरा भित्र खानतलासी गर्दा बटको भागमा १३२०४४७ नं.लेखिएको
सर्टगनको बटको भाग थान-१ (एक) बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा
बालुवाले पुरी राखेको अवस्थामा फेला परेको र उक्त हातहतियार मिति २०८२।०५।२४ गते Gen-Z
आन्दोलनको
क्रममा इ.प्र.का.दमकबाट लुटी लगेको अभिलेखबाट देखिएको हुँदा उक्त हातहतियारको
पार्टपूर्जा कानून बमोजिम बरामद गरी
इ.प्र.का.दमकमा ल्याई राखेको,साथै
निज डेक बहादुर थापाको खो.त.भईरहेको ।
लागु
औषध,
काठमाण्डौं, चन्द्रागिरी
न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगढी देखी काठमाण्डौ तर्फ आउँदै गरेको
सु.प.प्र.००१-००१ ख ३८९२ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटीएको
प्र.स.नि.को टोली तथा ला.औ.नियन्त्रण ब्युरो, शाखा कार्यालय
नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको साईड A को ९ नं.सिटमा
सवार जि.कैलाली घोडाघोडी न.पा.०५ बस्ने अं.वर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका
लागी चेकजाँच गर्दा प्रतिबन्धित ला.औ.खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो
पदार्थ शुद्ध तौल ६ ग्राम रहेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई
थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाईएको ।
न.प.पश्चिम, रामग्राम
न.पा.१० रामखण्डपुल स्थित परासी भैरहवा सडक-खण्ड आसपासबाट ला.औ.बिक्रि-बितरण गरेको
भन्ने बिशेष सुचनाको आधारमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा
रुपन्देहीबाट खटी आएको प्र.ना.नि.र जि.प्र.का. नवलपरासीबाट खटिएको प्र.स.नि.को टोलीले
भैरहवाबाट परासी तर्फ आउदै गरेको UP 42 AS 6818 नं. को मो.सा. लाई रोकि
चेकजाँच गर्दा मो.सा. को दाहिने तर्फको लेगगार्डमा झुण्डाई राखेको पहेलो रङको सानो
हाते बोरा भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम- ३४७
एम्पुल,
फेनेरागन- २४९ एम्पुल, ब्रुफिनुर्फिन-
३०० एम्पुल
सहित मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. २ हाटबजार बस्ने वर्ष अं. २६ को
बिशाल हरिजन सहित २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको,उक्त स्थान
जि.प्र.का. नवलपरासीबाट अं.१ कि.मि. पश्चिम पर्ने ।