मिति २०८२।१०।०३ गते ०५:०० बजे देखि २०८२।१०।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०४
- A
- A-
- A+
कर्तव्य
ज्यान,
भक्तपुर, मध्यपुर ठिमी
नगरपालिका ३ तेर्सेटार स्थितमा ऐ. बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा
डेरा गरी बस्ने जिल्ला धनुषा मिथिला न.पा. ११ घर हुने बर्ष ५० की सरिता भण्डारीलाई
निजको छोरा बर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार
(तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर
प्राप्त हुनासाथ तत्काल प्रभाग सानोठिमीबाट खटिएको प्र.ब.ना.नि. पृथ्वी खत्री
(९८५१२८६३०२)को टोलीले उद्धार गरी उपचारको लागी भक्तपुर इन्टरनेशनल अस्पताल लगेको
अबस्था गम्भिर,घाँटीको बायाँ
साइड र टाउकोमा काटिएको गहिरो चोट, घटना पश्चात निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा
धारीलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भई रहेको,उपचारमा बुबा
रामकृष्ण भण्डारी संलग्न,घटनास्थलमा बृत्त ठिमीबाट प्र.नि.राजन थापा
(९८५१२८२४२२) को कमाण्डमा SOCO सहितको टोली खटिइ गई थप अनुसन्धान तथा
मुचुल्का कार्य भई रहेको, उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम
पर्ने । निज सरिता भण्डारीको उपचारको क्रममा ऐ. २२:५५ बजे मृत्यु भएको र ऐ ०३ गते
०८:५० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट लगेको र निजको छोरा ऐ. ०३ गते १२;५० बजे घाईते
थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएको साथमा वृत्त ठिमीबाट प्र.ज. नरेन्द्र
बि.क. को टोलि खटिगएको ।
सुनसरी, इटहरी
उ.म.न.पा.८ पुस्पलाचोकको हरिजंग टोल स्थित दिलिप हरिजंगको घरमा कोठा भाडामा लिई
बस्ने ऐ.८ बस्ने वर्ष अं.५६ को गोबिन्द सरदार र ऐ.८ बस्ने वर्ष अं.४४ को घोतन राम
बिच एक आपसामा वाद विवाद तथा झै-झगडा भई कुटपिट हुँदा गोबिन्द सरदारको तत्काल
बाहिरी चोट नदेखिएको अवस्था गम्भीर बोल्न नसक्ने बेहोस रहेको हुँदा निज घाईतेलाई
स्थानीय सामुदायिक अस्पताल पुस्पलाल चोकमा पठाएकोमा सामान्य उपचार पश्चात थप
उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर पठाएकोमा निज गोबिन्द
सरदारको उपचारको क्रममा ऐ.१०।०४ गते ०१:०० बजे मृत्यु भएकोमा उक्त शव पो.मा.को
लागी कोशी अस्पताल बिराटनगर पठाएको भन्ने खबर अ.प्र.चौ.पुस्पलाल चोकमा ऐ.२३:०० बजे
जानकारी प्राप्त हुँनासाथ अ.प्र.चौ.पुस्पलाल चोकबाट प्र.स.नि. को कमाण्डमा टोली
खटी गई कुटपिट गर्ने वर्ष ४४ को घोतन रामलाई नियन्त्रणमा लिई इ.प्र.का इटहरीमा
ल्याई राखेको,
निजको
ओठमा सामान्य चोट रहेको ।
बालिका
ज.ज.क.,
दाङ,तुलसीपुर
उ.म.न.पा.१९ गुहारखोला स्थित मिति २०८२।१०।०१ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को
संकेत नामथर ५६ तुलसीपुर ०८२-५१ ले आफ्नै घरमा जिल्ला सल्यान बागचौर न.पा. ८ घर भइ
हाल जि.दाङ तुलसीपुर उ.म.न.पा. १९
ग्वारखोला बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-५० को छोरी वर्ष ३ की संकेत
नामथर ५६ तुलसीपुर ०८२-५० (क) लाई फुलाई फकाई ज.ज.क.गरेकोले कानून बमोजिम कारबाही
गरी पाउँ भनी निज पीडितको आमाले ऐ.०३ गते ९:०० बजे लिखित जाहेरी दिए पश्चात
इ.प्र.का.तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ पिडकलाई नियन्त्रणमा लिई
इ.प्र.का. तुलसीपुर दाङको बाल निगरानी कक्षमा राखी आ.अ.भईरहेको, निज बालिकाको
स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइ पठाइएको, अवस्था सामान्य
।
सुनसरी, इटहरी
उपमहानगरपालिका वडा नं.१६ टिकुलिया टोल बस्ने अं . बर्ष १७ की साङकेतिक नाम ञ (
०८२।०८३) लाइ ऐ.ऐ बस्ने अं. बर्ष २७ को अमन सदा (ऋषिदेब ) ले जबरजस्ति करणी गरेको
भन्ने खबर प्राप्त हुन साथ इप्रका पकली बाट प्र.ब.ना.नि. स्याम राउतको कमाण्डमा
प्रहरी टोली खटिगई निज अमन सदा (ऋषिदेब ) लाई पक्राउ गरी इप्रका पकलीमा ल्याइ
अनुसन्धान भइरहेको ।
शंकास्पद
मृत्यु,
म्याग्दी, घौलागीरी
गा.पा ७ झिनडाडा बस्ने बर्ष अं २० की पुन माया बि.क रातको समयमा आफु सुत्ने
कोठाबाट पिसाब फेर्नको लागी घर बाहिर निस्कने क्रममा मलाई केले हान्यो भनि एक्कासी
घर भित्र आमा सुत्ने कोठामा पसी बेहोस भई ढल्न जादा घाईते भई उपचारको लागी स्थानीय
ताकम स्वास्थ्य चौकीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल
म्याग्दी बेनी तर्फ ध.१.ज २४ न.को टयाक्सीमा ल्याउदै गरेको घाईतेको दुबै हात ,पाकुरा, नारी,घाटि र ढाडमा
काटेको बाहिरी चोट अवस्था बोल्न नसक्ने सिरियस उपचारमा निजको भाई दिवा कुमाई संग्लन
रहेको र उक्त घटना सम्बन्धि खबर प्राप्त हुँदा साथ प्र.स.नि बिक्रम तिवारीको
कमाण्डमा ३ जनाको टोलि खटीगएको, उक्त स्थान
यस.का बाट २ कि.मी पश्चिम पर्ने ।थप अपडेट :-मिति २०८२।१०।०४ गते ०२:२० बजे
उपचारको क्रममा प्रदेश अस्पताल म्याग्दी बेनि ल्याईएकोमा डाक्टले मृत्यु घोषणा
गरेको शव अस्पतालको शव गृहमा राखिएको पो.मा हुन बाँकी,उक्त घटनास्थलमा थप
अनुसन्धानको लागि इ.प्र.का दरबाङ म्याग्दिबाट प्र.नि रबिन्द्र कार्कीको कमाण्डमा ५
जनाको टोलि खटिगएको ।
गोली
प्रहार,
सर्लाही, हरिपुर्वा
न.पा.८ बसन्तपुर स्थित ऐ. बस्ने बिलाश राय यादव को छोरा अं. वर्ष ३१ को रामनाथ राय
यादव आफ्नै काठको २ तल्ले ठाठी घरको माथिल्लो तल्लाको सुत्ने कोठामा सुतिरहेको
बेलामा कसैले घर बाहिर आँगनबाट माथिल्लो
तल्ला तर्फ ताकी २ राउण्ड गोली फायर गरी फरार भएको भन्ने खबर ऐ.०१:४५ बजे
प्र.चौ.गौरीशंकरमा प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना टोली खटी गई उक्त घटना
स्थाल सुरक्षित साथ राखिएको, मानबिय क्षेती नभएको, उक्त
घटनास्थलमा पेस्तोलको १ राउण्ड फायर नभएको बुलेट,२ राउण्ड फायर भएको
बुलेटको खोका समेत फेला परेको,उक्त स्थानमा थप अनुसन्धानको लागि इ.प्र.का.
केशरगंजबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको
।
ला.औ.,
मोरङ, सुनवर्षी
न.पा.९ लक्ष्मिथान स्थित ऐ.बस्ने पर्वत लाल सिंहको मकै बारीमा बेवारिसे अवस्थामा
प्लाष्टिकको बोरामा-५ बोरा (तौल गर्दा-१५५ के.जि.) ला.औ.गाँजा स.प्र.वल नेपाल
वि.ओ.पि. सिक्टीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले फेला पारी ऐ.०३
गते अं.१४:०० बजे इ.प्र.का रंगेलीमा आवश्यक कार्वाहीको लागि उक्त बरामद गरेको
गाँजा इ.प्र.का.रंगेलीमा बुझाएको,उक्त स्थानमा इ.प्र.का रंगेलीबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई अन्य थप बुझ्ने कार्य भईरहेको ।