प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।०५ गते ०५:०० बजे देखि २०८२।१०।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०६

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

दाङ, घोराही उ.म.न.पा.१६ जनजागृती टोल स्थित नारायण पोख्रेलले संचालन गरेको टमाटर फर्ममा नामथर, वतन नखुलेको अं.वर्ष ४० को पुरुष ब्यक्ति उत्तानो अवस्थामा मृत (घाँसले मुख छोपेको) फेला परेको भन्ने खबर अ.प्र.पोष्ट सर्रामा प्राप्त हुनासाथ प्र.ना.नि. र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको शवगृहमा राखिएको ।

 

कैदी मृत्यु,

काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा जि.रुपन्देही,समिरमारे गा.पा.०२ स्थायी वतन भएको वर्ष ३७ को सलिम धुनियालाई ला.औ मुद्दामा मुद्दा चलाउने निकाय तनहुँ जिल्ला अदालतले दाखिला मिति २०८२।०६।२४ गते सजाय ३ वर्ष कैद जरिवाना २,००,०००।- थुनामा रहेका कैदी सलिम धुनिया जिब्रोको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०९।१९ गते वि.पी स्मृती अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा  उपचारको क्रममा ऐ.१०।०५ गते ०७:२० बजे मृत्यु भएको,वृत महाराजगञ्जबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि टिचिङ अस्पताल महाराजगञ्ज पठाईएको ।

 

मोरङ, मिति २०८२।१०।०२ गते २१:१५ बजे, ऐ.०९।२५ गते देखि ला.औ.मुद्धा म्यादथप गरी इ.प्र.का.पथरीको हिरासतमा रहेको थुनुवा जि.मोरङ पथरीशनिश्चरे न.पा.४ बस्ने वर्ष २३ को ज्ञानदिप राई काम ज्वरो आउने समस्या भई उपचारको लागी प्र.स.नि.को टोलीले मदन भण्डारी अस्पताल तथा ट्रमासेण्डर मंगलबारे लगि सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा ऐ.६ गते ०४:३७ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको ।

 

कुटपिट,

धनुषा, जनकपुर उ.म.न.पा.४ गंगा सागर स्थितमा ऐ. जनकपुर उ.म.न.पा.१० बस्ने अं. वर्ष ३५ को विजय प्रसाद गुप्ताले ला.औ. सेवन गरी ऐ.११ बस्ने अं.वर्ष ६५ को गणेश साहलाई कुटपिट गर्दा पिठ्युमा चोट लागि घाईते भई प्रादेशिक अस्पताल जनकपुर लगी उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.जनकपुरधामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने अं.वर्ष ३५ को विजय प्रसाद गुप्तालाई नियन्त्रणमा लिई प्र.चौ.जनकपुरधाम धनुषामा ल्याई राखिएको ।

 

पक्राउ/नियन्त्रण,

कास्की, पोखरा म.न.पा.१४ चाउथे स्थित अन्तर्राष्ट्रिय विमान स्थलको गेटबाट जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौ परिसरको पत्र अनुसार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई रितपुर्वक नियन्त्रणमा लिई एयरपोर्टमा लगि राखिएको, निजलाई ऐ.१७:४० बजे प्र.नि.टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले यती एयर द्वारा पोखराबाट काठमाण्डौको लागि लिई टेकअफ भएकोमा ऐ.१८:२२ बजे ल्याण्ड भई प्रहरी परिसरमा ल्याई राखिएको ।

 

गौबध,

कपिलवस्तु, बुद्धभुमि न.पा.१० भगवानपुर  बस्ने बजरङ्गी केवटको गँहु खेतमा (गाई/गोरु नखुलेको) टाउको, करङ र ३ वटा खुट्टाको नलि जस्तो देखिने हड्डी फेला परेको भनि  बिश्व हिन्दु परिसद  गौ संरक्षकले खबर गर्नासाथ इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट प्र.नि.र जि.प्र.का.कपिलवस्तुबाट प्र.ना.उ.को कमाण्डमा २१ जनाको टोली खटी गई टाउको,करङ र खुट्टाको हड्डीलाई जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको ।

 

ला.औ.,

सुनसरी, देवानगंज गा.पा.४ पालटोल जाने कलबर्ट छेउमा इप्रका साहेवगंजबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोली गस्ती गर्दै जाने क्रममा सेतो बोरा लोड भएको BR 50R 3818 नं. को मो.सा.बेवारिसे अवस्थामा शंका लागी उक्त बोरा खोली हेर्दा बोरा भित्र २१ पोका ला.औ.गाँजा अ.२१ के.जि. रहेको ला. औ.गाँजा र मो.सा. नियन्त्रणमा लिई इ.प्र.का.देवानगंजमा ल्याई राखिएको,मानिसको खो.त.भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८२।११।११ गते ०५:०० बजे देखि २०८२।११।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१२

ज.ज.क./बाल यौन दुर्व्यवहारपर्सा, देश भारत बिहार राज्य जिल्ला मोतिहारी परेवा कोठी ३ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० मा डेरा गरी बस्ने बाला साह तुरहाको छोरी अं.वर्ष अं १३ की बालिकालाई जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं १ घर भई हाल ऐ.वीरगंज महानगरपालिका वडा नं १० लालबङ्गला स्थित तरकारी बजारमा तरकारी बेच्ने र ऐ.स्थित कोठा भाडा लिई बस्ने मेघराज साह तुरहाको छोरा वर्ष अं.१९ को सुजित साह तुरहाले निजको कोठाभित्र गई जबरजस्ती करणी गर्न खोज्दा निज नाबालिका रोई कराई तथा हो-हल्ला गर्दा नाबालिकाको आमाले थाहा पाई निज पिडितलाई उद्दार गरी पिडकलाई समातेर राखेको भनी ऐ.२०:१० बजे जानकारी प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज (पिडक) सुजित साह तुरहालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, महोत्तरी, बर्दिबास न.पा.१ गालटार डेरा गरी बस्ने वर्ष अं.३२ को पुरुषले कोठामा कोही नभएको अवस्थामा आफ्नै छोरी अं.वर्ष १४ की बालिकालाइ ज.ज.क.गरी भाग्ने क्रममा बालिकाकी आमा र स्थानीयले नियन्त्रण लिइ राखेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा टओली खटी गई पिडकलाइ नियन्त्रणमा लिइ इ.प्र.का.बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको  चोरी,मोरङ, बिराटनगर म.न.पा.१० शान्तिचोक स्थित बस्ने सीता श्रेष्ठको घर भित्रको स्टिलको दराज भित्र राखेको सुन, चादीको बिभिन्न प्रकारका गरगहनाहरु र  रेडमि नोट ९ कम्पनीको मोबाइल थान एक, समेत गरी अं.मु.रु.१२ लाख जतिको चोरी गरी लगेको भन्ने जानकारी  ऐ.१९:५५ बजे व.प्र.का.बिराटनगरमा जानकारी प्राप्त हुनासाथ CRV गोघापुलबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भईरहेको, सवारी दुर्घटना(प्र.क.मृत्यु/घाईते),धनुषा, जनकपुर उ.म.न.पा.४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईल तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०१०४ नं.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नं.को मो.सा.लाई पछाडिबाट ठक्कर दिँदा  मो.सा. चालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा दरबन्दी भई सोही कार्यालयमा लेखा प्रमुखको रूपमा कार्यरत कम्प्युटर कोड १२५१६७ को प्र.नि.बिजय कुमार यादव सामान्य घाईते भई जि.प्र.का.धनुषाको सम्पर्कमा रहेको  र सोही मो.सा.मा पछाडी सवार जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने रामकेवल महतोको छोरी  इ.प्र.का. हरिपुर, सर्लाही दरबन्दी भई हाल जि.ट्रा.प्र.का. बर्दिबास महोत्तरीमा  कार्यरत कम्प्युटर कोड  नं. ४८१५०० को अं.वर्ष २६ की प्र.ज.चन्द्रकला कुमारी महत्तो घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा चिकित्सकले चेकजाँच गरी  ऐ.१४;४५ बजे की प्र.ज.चन्द्रकला कुमारी महत्तोलाई मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, (मृतक सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको भन्ने बुझिएको) घटनास्थलमा प्र.चौ. जिरोमाईलबाट प्र.व.ना.नि.र जि.प्र.का. धनुषाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, दुवै सवारी साधन र ट्रिपर चालक जि.धनुषा मिथिला न.पा.२ आनन्दपुर बस्ने अं.वर्ष ३० को सुनिल रविदास जि.प्र.का.धनुषाको नियन्त्रणमा रहेको । निर्वाचन प्रहरी मृत्यु, बैतडी, इ.प्र.का.तश्वदेहीमा कार्यरत गैह्रआवासिय रुपमा बस्दै आएको दर्ता न.५७३ को निर्वाचन प्रहरी जिल्ला बैतडी मेलौली न.पा.६ हतरङ्गा बस्ने वर्ष अ.३८ को राजेन्द्र प्रसाद भट्ट आफ्नै घरमा अचानक बिरामी भई बेहोस भएकोमा निजलाई उपचारको लागि केशरपुर प्रथामिक स्वास्थ्य केन्द्र मेलौली बैतडी पठाएकोमा ऐ.१२ गते ००:०५ बजे उपचारको क्रममा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.तश्वदेहीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,

मिति २०८२।११।१० गते ०५:०० बजे देखि २०८२।११।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-११

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, भद्रपुर न.पा ९ पोकापाडा चोक स्थित सिताराम उप्रतीको घर पसल पछाडी आँगनको कुनामा जिल्ला झापा भद्रपुर न.पा १० सत्रविघे बस्ने बर्ष ५० को सन्तोष रिजालले भद्रपुर न.पा ९ पोकापाडा बस्ने सांकेतिक नाम "ज्ञ-२" को छोरी पीडित बर्ष ७ की सांकेतिक नाम "ज्ञ-१" लाई ललाई फकाई संवेदनसिल अंग योनीमा छामी (सुम्सुमाई) बालयौन दुरुपयोग गरेको भनि पिडितको आमा सांकेतिक नाम "ज्ञ(०८२/०८३)ले जि.प्र.का झापा आई मिति २०८२।१०।१० गते १५:बजे जाहेरी दिना साथ जि.प्र.का झापाबाट प्र.ना.नि को कमाण्डमा टोली खटि गई सन्तोष रिजाललाई नियन्त्रणमा लिई पिडित र पिडकको स्वास्थ्य परीक्षण गरी पिडकलाई जि.प्र.का झापामा राखिएको पिडितलाई आफन्तको जिम्मा लगाईएको अवस्था समान्य रहेको कर्तव्य ज्यान,धनुषा, मिथिला बिहारी न.पा. वडा नं. ३ मिथिलेश्वर स्थितमा ऐ.ऐ.बस्ने लक्ष्मी मण्डलको श्रीमती अं. वर्ष ९० की संझा देवी मण्डललाई ऐ.ऐ.बस्ने निजकै नाति नथु मण्डलको छोरा अं.वर्ष ३३ को धिरज मण्डलले घरायसि विवादका कारण निज संझा देवी मण्डलको सुत्ने कोठामा रहेको हाँसको चल्ला निकाल्ने अं. २०० किलो ग्रामको हयाच्री मेसिन निज संझा देवी मण्डलको शरीर माथि लडाई सोहि मेसिनले च्यापी निजलाई उक्त स्थानबाट घिसारी घर कोठा बाहिर निकाली मृत अवस्थामा आंगनमा ल्याई राखेको भन्ने खबर ऐ.०७;०० बजेको समयमा इ.प्र.का.तारापट्टी धनुषामा प्राप्त हुन साथ इ.प्र.का.तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई घटना स्थल सुरक्षित साथ राखि निज धिरज मण्डललाई खो.त.गर्ने क्रममा ऐ.घटनास्थल देखि अं. १ कि.मि.दक्षिण पूर्व स्थित घर बाहिरबाट  नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको, उक्त स्थानमा तालुक जि.प्र.का.धनुषाबाट प्र.उ.रुगम बहादुर कुँवरको कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटि गएको । लागु औषध, मोरङ, सुचनाको आधारमा कोशी प्रप्रका विराटनगर (PIT) र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त  टोलीले ऐ. बस्ने बर्ष २८ को मनोज खड्काको घर कोठामा खानतलासी गर्ने क्रममा घर कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध Tramadol hydrochloride capsules(Tramol-50) लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) क्याप्सुलको दरले १५०० (एक हजार पाँच सय) क्याप्सुल, SPASPAIN लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) ट्याब्लेटको दरले १५००(एक हजार पाँच सय) ट्याब्लेट र कागजमा सानो सानो पोका पारी विक्री गर्न तयार गरेको अवैध लागु औषध गाँजा जस्तो देखिने तौल गर्दा ३६२ (तिन सय बैसठ्ठी) ग्राम समेत फेला पारी निज मनोज खड्कालाई नियन्त्रणमा लिई ईप्रका बेलबारी, मोरङ पठाईएको ।

मिति २०८२।११।०९ गते ०५:०० बजे देखि २०८२।११।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,न.प.पश्चिम, प्रतापपुर गा.पा. ४ पर्सा बस्ने अं.वर्ष ५ की बालिकालाई ऐ.८ नर्सही बस्ने वर्ष २५ को मिथुन चमारले उखु खेतमा लगी ज.ज.क.उद्योग गरेको निजको दिदिले देखि घरमा आइ भनि निज मिथुन चमारलाई गाउँलेहरुले नियन्त्रणमा लिई राखेको र निजलाई कुटपिट गर्दा खुट्टामा सामान्य चोट लागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै पिडित र पिडकलाई  जि.प्र.का.नवलपरासी पश्चिममा राखी आ.अ.भईरहेको । पाल्पा, २०८२।११।०५ गते अं. १३:०० बजे माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ स्थित थामडाँडा सामुदायिक जंगलमा जि.पाल्पा माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ बस्ने वर्ष १९ को रेम बहादुर ठाडाले ऐ.वर्ष ३२ की महिलालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । दैलेख, भगवतिमाई गा.पा.वडा नं.५ कट्टी बस्ने बर्ष अं.२२ को पदम टमटाले मा.प.से.गरी घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बेस्तडा प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेख पठाईएको । चोरी,काठमाण्डौ, म.न.पा.२६ सारकारी धारा नजिक हरिदाश शर्माको साँडे ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जि. बाग्लुङ बडिगार्ड न.पा.०७ घर हुने वर्ष ३५ की कालिका रोका मगरको कोठा फोडी चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई बुझ्दा सुनको गरगहना(हार,कण्ठे माला,बाला,जनतर) लगायत नगद रु.५० हजार गरी जम्मा मुल्य रु ५६ लाख ५० हजार बराबरको चोरी भएको, चोरी गर्ने व्यक्ति फरार रहेको, उक्त व्यक्तिको खोजतलास तथा अन्य अपराध अनुसन्धान भईरहेको । कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.वडा नं.११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जि.संखुवासभा खादवारी न.पा.०२ स्थायी वतन भएका वर्ष ७२ को ला.औ मुद्दाका सजाय (१२ कैद/६ लाख जरिवाना) कैदी जय बहादुर चापागाई मुटु र फोक्सो सम्बन्धी बिरामी भई मिति २०८२।११।०५गते उपचारको लागि वि.पी स्मृती अस्पतालमा  भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको ऐ.१० गते ०२:२० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । धारिलो हतियार प्रहार,मोरङ, सुन्दरहरैचा नपा ९ चित्रेटोल बस्ने वर्ष ३६ को राजन कुमार अधिकारी आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक अपरिचित मानिस आई के कुन धारिलो हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय सुकुना सामुदायिक अस्पताल मबिराटचौकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अवस्था गम्भीर,धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खो.त.भईरहेको  लागु औषध, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं.४ शान्ति टोल स्थितमा रहेको इसु धोवीको खाली जग्गामा ना.७ ख २२३७ नं.को टिपर गाडीबाट ला.औ.गाँजा अन लोड गरी रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.उ.को कमाण्डमा टोली खटी गई ला.औ.गाँजा अनलोड गरी रहेका व्यक्तिहरु प्रहरी टोलीलाई देखि फरार भएकोमा उक्त गाडीबाट ओराली भुईमा राखी राखेको अवस्थामा ला.औ.गाँजा ३४ पोकामा अं.३५७ किलो ग्राम फेला पारी ला.औ.गाँजा र ना.७ ख २२३७ न.को टिपर गाडी जि.प्र.का.धनुषामा ल्याई राखिएको र ला.औ.गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खो.त.भईरहेको

मिति २०८२।११।०८ गते ०५:०० बजे देखि २०८२।११।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०९

ज.ज.क./बाल यौन दुर्व्यवहार,सोलुखुम्बु, परिवर्तित वतन जिल्ला ११ बस्ने वर्ष १२ को बालकले मिति २०८२।११।०७ गते अं.१३:०० बजे परिवर्तित जिल्ला ११ बस्ने वर्ष ४ की नाबालिकालाई चकलेट दिन्छु भनी फकाएर पीडितको आफ्नै गोठमा लगी जबरजस्ती करणी गरेको भनी मिति २०८२।११।०८ गते अं.०५:०० बजे प्र.चौ. सुकेपोखरी जानकारी प्राप्त हुनसाथ प्र.चौ.सुकेपोखरीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई पीडकलाई नियन्त्रणमा लिई स्वास्थ्य परक्षण गरी जि.प्र.का.सोलुखुम्बुमा राखिएको, पीडित नाबालिकालाई आफन्तको जिम्मा बुझाएको । निर्वाचन प्रहरी मृत्यु,बैतडी, दशरथचन्द न.पा.०४ बबेत बस्ने वर्ष ३८ को ( दर्ता नम्बर १३२५ को निर्वाचन प्रहरी ) महादेव ओड आफ्नै घरको कोठाभित्र अचेत अवस्थामा रहेको भनी स्थानीयले टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.थालिगडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएकोमा ऐ.१५:०५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, अवस्थाम अचेत । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सिरहा, औरही गापा ५ औरही चोक स्थितमा प्र.चौ. औरहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेको स.१० प ४०५ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सिरहा बरियारपट्टी गा.पा.३ शिवनगर बस्ने अं.वर्ष २१ को संजित कुमार यादवले लगाएको ज्याकेटको गोजीबाट स्रोत नखुलेको नगद ने.रु.१००० को नोट १४०० वटा भएको रू.१४,००,०००।-र मोबाईल थान-१ फेला परेकोले निजलाई नगद, मोबाईल र मो.सा.सहित नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.सिरहा पठाएको । हातहतियार बरामद,बागलुङ, काठेखोला गा.पा.०३ धम्जा खानिखोला स्थित जंगलको गोरेटोबाटो देखी अं.१० मिटर तल जंगलको झाडीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक नाल ५ (पाँच) ( ४ साबुत  १ बेसाबुत) फेला परेको भन्ने खबर हुनासाथ प्र.चौ.बिहु बागलुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई हा.ह.नियन्त्रणमा  लिईएको,उक्त हतियार को कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको ।           चोरी,काठमाण्डौ, मिति २०८२।११।०८ गते अं.०८:०० बजेदेखि ०९:३० बजे का.जि.तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक जिल्ला धादिङ रुवी भ्याली गाँउपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक लि लामा तामाङको २ तले घरको भुइँतलामा बस्ने रेली माया तामाङ्को फल्याटमा कोही नभएको समयमा अपरिचित मानिसले कोठाको ताला फुटाली भित्र प्रवेश गरी दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र चोरी गर्ने संकित व्यक्तीको खोजी कार्य जारी रहेको, खबर प्राप्त १०:४५ बजे प्रहरी पुगेको समय १०:५० बजे, प्र.ना.नि.मंगल घले (९८५१२८८९१६) को कमाण्डमा ४ जना। निम्नः- १- सुनको तिलहरी २ थान अं. १ तोला अं. मुल्य रु. ३,००,०००।– २- सुनको औठी १ थान आधा तोला अं. मुल्य रु. १,५०,०००।– ३- सुनको सिक्री १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ४- सुनको नौगेडी १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ५- चादीको बाला ३ थान ५ तोला अं. मुल्य रु. २४,१७५।– ६- चादीको सिक्री ५ वटा १० तोला अं. मुल्य रु. ४८,३५०।– ७- लेनेभो कम्पनीको ल्यापटप १ थान मुल्य खुल्न नआएको । ८- Vivo मोबाइल १ थान मुल्य खुल्न नआएको । जम्मा चोरी भएको अन्दाजी मुल्य रु.११,२२,५२५।– लागु औषध,काठमाण्डौ, मिति २०८२/११/०८ गते अं.०६:३० बजे Air India को उडान नं. AI 215 द्वारा दिल्लीबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक MOHD JUNAID (पुरुष) र सोही दिन अं.०८:५८ बजे Air Arabia को उडान नं. G9536 द्वारा सारजहाबाट काठमाडौं आगमन भएकी भारतीय नागरिक SAMEENA AKHTAR BAIG MIRZA (महिला) र भारतीय नागरिक AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.बि.सु.का.गौचरबाट प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक राहदानी नं.P4393533 वाहक वर्ष ४३ की SAMEENA AKHTAR BAIG MIRZA (महिला) ले लिई आएको लगेजलाई भारतीय नागरिक VOTER ID No. MDW0944603 वाहक वर्ष २४ को MOHD JUNAID (पुरुष) ले संकलन गरी लैजान लागेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने बस्तु अं.३ के.जी. ८७० ग्राम (प्लाष्टिक सहित) र भारतीय नागरिक राहदानी नं. R5584245 वाहक वर्ष ४४ को AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिन बस्तु अं.७ के.जी. ४०० ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेकोले थप अनुसन्धानको लागि ला.औ.नियन्त्रण ब्यूरो कोटेश्वर पठाएको ।  काठमाण्डौ, मलेसियन एयरको उडान नं.MH 170 द्वारा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आगमन भएको यात्रु भारतीय पुरुष नागरिक SHAHZEB AHMED को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.वि.सु.का.गौचरबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिक राहदानी नम्बर P9239003 वाहक वर्ष २९ को SHAHZEB AHMED (पुरुष) को साथबाट लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने वस्तु अं.३ के.जी.३०० ग्राम (प्लाष्टिक सहित) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ब्यूरोको टोलीलाई पत्र सहित  जिम्मा लगाई पठाएको ।

मिति २०८२।११।०७ गते ०५:०० बजे देखि २०८२।११।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०८

पेस्तोल पड्किएर बालक घाइते,सर्लाही, मलंगवा न.पा. ४ ढाँका गाउँ बस्ने रामविश्वास रामको छोरा अं. वर्ष १५ को आकाश कुमार राम घर देखी १०० मिटर पूर्वमा रहेको निर्माणाधिन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको बस्तु खोली हेर्दा पेस्तोल रहेकोमा सो पेस्तोल नक्कली हो भनि चलाउने क्रममा पेस्तोल पड्की निज आकाश रामको दाहिने हातको पन्जामा गोली लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सर्लाहीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घाइतेलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा थान-१ कुटुवा पेस्तोल र पड्किएको खो.का. पेस्तोलमा अड्किएको अवस्थामा फेला परेको, थप अनुसन्धान कार्य भईरहको । ऐ.१८:२५ बजेको समयमा निज घाईते प्रादेशिक अस्पताल जनकपुर धनुषामा पुगी उपचार भईरहेको , अबस्था सामान्य । ज.ज.क.,इलाम, मिति २०८२।११।०६ गते बिहानको राति अं. ०३:०० बजे जि.इलाम माङसेबुङ गा.पा. ५ कुरुम्बा बस्ने सन्तोष लावतिको घरमा बिगत १ वर्ष देखि काम गरी बस्दै गरेको ऐ. ३ बस्ने राज कुमार लिम्बुको छोरा वर्ष २० को पुरुषले जि.पाँचथर मिक्लाजुङ गा.पा. ५ घर भई ऐ. ३ बरभञ्ज्याङ स्थित मामली घरमा ३ दिन अगाडि आई बसेकी वर्ष १५ की बालिकालाई सन्तोष लावतिको घरमा ज.ज.क. गरेको भनि पिडितको बुवाले ऐ. २१:०० बजे टे.फो. मार्फत प्र.चौ. बाँझो इलाममा जानकारी गराउनसाथ प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. मंगलबारे इलाममा ल्याई राखि ऐ. ०७ गते १०:०० बजे पिडितको आमाले लिखित जाहेरी दिनासाथ पिडकलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मुद्धा दर्ता भई थप अनुसन्धान कार्य भई रहेको । कञ्चनपुर, मिति २०८२।११।०६ गते अं. १७:३० बजे, जि.कञ्चनपुर लालझाडी गा.पा. वडा न.६ बस्ने वर्ष  अं.७ कि बालिकालाई घरमा कोहि नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१५ बालकलले ज.ज.क. गरेको भनि ऐ.०७ गते १३:०० बजे, पिडितका आफन्तले इ.प्र.का.बेलौरीमा आई जाहेरी दिनासाथ, प्र.नि.को कमाण्डमा टोली खटी निज बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण,महोत्तरी, मनरासिस्वा न.पा.३ सोनौल बजार स्थित प्रहरी टोलिले  पोखरभिण्डबाट सोनौल बजारतर्फ जि.महोत्तरी सम्सी गा.पा.७ बस्ने गौतम साहले चलाइ आँउदै गरेको म.प्र.०२-००९प.१५१७ नं.को मो.सा.लाई शंका लागि मो.सा.रोकी चेकजाचँ गर्दा सोही मो.सा.पछाडी सवार निजको छोरा अं.वर्ष ८ को छोटु कुमार साहको साथबाट प्लाष्टिकको पोकामा स्रोत नखुलेको रुपैयाँ ११ लाख ५१ हजार ३ सय मात्र शंकास्पद देखिएको हुँदा मो.सा.सहित दुबै जना मानिसलाइ नियन्त्रणमा लिइ जि.प्र.का.महोत्तरीमा पठाइएको,  आवश्यक अनुसन्धानको भइरहेको  । चोरी,रुपन्देही, मिति २०८२।११।०३ गते जि.रूपन्देही सिद्धार्थनगर न.पा.१ बेलहिया बस्ने अं.वर्ष ६५ को रमेश कुमार गुप्ताको स-परिवार सहित भारतको कोलकत्ता आफन्तको बिहेमा गएकोमा ऐ.०७ गते अं.१७:३० बजे निजको छोरा अभिशेक गुप्ता भारतकोबाट आफ्नो घर फिर्ता भई कम्पाउण्डको गेट खोली भित्र हेर्दा घरमा निजको एक तले घरको अगाडीको ढोकाको ताला झुन्ड्याउने कुन्डी तोडी भित्र पसी चोरी भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.बेलहियाबाट प्र.नि.को कमाण्डमा टोली खटीई गई बुझ्दा कोठामा भएको २ वटा दराजको लक तोडी दराजमा रहेको नगद रु. ५,२८,०००।–(पाँच लाख अठ्ठाईस हजार), सुन र चाँदिको बिभिन्न गरगहनाहरुको अं. मुल्य रु.२३ लाख बराबरको चोरी भएको, कपडाहरु यत्रतत्र छरेको अवस्थामा रहेको,चोरी गर्ने व्यक्तिहरुको खो.त.कार्य भईरहेको । बालिका हराएको,सप्तरी, मिति २०८२।११।०५ गते अं.१९:०० बजे,जि.सप्तरी खड्क न.पा. ८ लालपटी टोल घर भई हाल ऐ.वडा नं.८ बिसनपुर बस्दै गरेको इमरान खानको छोरी अ.बर्ष-७ की नेहा खातुनले घरमा कोहि कसैलाई केही नभनी घरबाट निस्केको भन्ने खबर प्र.चौ.बिसनपुर सप्तरीमा ऐ.१९:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.नि. संजीब बोगटीको कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेकोमा उल्लेखित बालिकालाई Manually र Technically Analysis गरि खो.त.गर्दै जाने क्रममा ऐ.११।०७ गते अ.११:०० बजे जि.सप्तरी खडक न.पा.९ लालपट्टी टोल बस्ने मो.सफि रहमानको छोरा अं.वर्ष ३० को ईम्तियाज अहमदले बच्चाको बुवालाई फोन गरी १ करोड रकम र ५ किलो सुन फिरौती माग गरेको हुँदा माग बमोजिमको रकम तयार पार्छु छोरी फिर्ता गरि दिनु भनी रकम लिन बोलाउँदा निज ईम्तियाज अहमदले ऐ. रुपनी गा.पा.१ खाँडो खोला स्थितमा उल्लेखित बालिकालाई लिई आएको अवस्थामा जि.प्र.का.सप्तरीको निर्देशानुसार इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को टोलीले घेरा बन्दी गरी ऐ.१७:०० बजे निज ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, निज नेहा खातुनलाई सकुशल उद्धार गरी दुबै जनालाई OCMC(बिस्तृत स्वास्थ्य परिक्षण) चेकजाँचको लागी गजेन्द्र नारायण सिंह असप्ताल राजबिराज सप्तरी पठाईएको । लागु औषध,धनकुटा, साँगुरीगढी गापा-१ लावरबोटे स्थित कोशी लोक मार्गमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको प्र१-०२-०५८ प ७८३३ नम्वरको स्कुटर रोकी चेकजाँच गर्दा जम्मा १४ (चौध) किलोग्राम (गाँजा) सहित स्कुटर, स्कुटर चालक जि.धनकुटा शहिदभुमि गा.पा.४ वस्ने वर्ष २१ को दिनेश राई र स्कुटरमा पछाडी सवार ऐ.वस्ने वर्ष २० को प्रमोद राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।  रुपन्देही, गैडहवा गा.पा.३ गोबडौरी स्थित इ.प्र.का.सुर्यपुराबाट खटिएको  टोलीले लुम्बिनी से ३ प ६०० नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक ऐ.मायादेवी गा.पा.१ बसन्तपुर बस्ने बर्ष अं.३४ को जगदिश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८०० मिलिग्राम र सोही मो.सा.पछाडी सवार ऐ.गैडहवा गा.पा.४ कुसुमहवा  बस्ने बर्ष अं. ३१ को महेश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३ ग्राम २०० मिलिग्राम फेला परेकोले तत्काल निज महेश कुर्मीको घरमा गई खानतलासी गर्दा निज सुत्ने कोठा बाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३१ ग्राम ४७० मिलिग्राम फेला परेको ले जम्मा ३६ ग्राम ४७० मिलि ग्राम  लागु औषध ब्राउन सुगर, मो.सा. र दुबै जना मानिसहरु समेतलाई नियन्त्रणामा लिई यस का.मा ल्याई राखेको ।

मिति २०८२।११।०६ गते ०५:०० बजे देखि २०८२।११।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०७

कर्तव्य ज्यान,झापा, मिति २०८२।११।०६ गते १८:४५ बजेको समयमा जिल्ला झापा मेचिनगर न.पा.६ प्यारी भिट्टा बसपार्क स्थित धन बहादुर तामाङको घरमा बिगत ३ महिना अगाडिदेखी कोठा भाडामा बस्दै आएको ( जिल्ला उदयपुर ) घर भन्ने बुझिएको अ.बर्ष २५/३० को अनिल गुप्ताको श्रीमति अ.बर्ष २५/२६ कि तत्काल नाम नखुलेको महिला खाट मुनि मृत अबस्थामा रहेको भनि इप्रका काँकरभिट्टामा जानकारी गराउन साथ इप्रका काँकरभिट्टाबाट प्रसनि गजेन्द्र लिङदमको कमाण्डमा प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखेको,निज अनिल गुप्ता फरार रहेको खो.त. भइरहेको थप अनुसन्धानको लागि इप्रका काँकरभिट्टाबाट प्र.नि जस ब. लिम्बुको कमाण्डमा SOCO टोलि सहित खटि गएको । कैदी मृत्यु,काठमाण्डौ, उदयपुर जिल्ला अदालत मिति २०८२।०९।०८ गते कारागार कार्यालय उदयपुरबाट उपचारको लागि काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा स्थानान्तरण भई आएको जि. उदयपुर चौदन्डीगढी न.पा.५ स्थायी वतन भएका वर्ष ७२ को ज.ज.क.मुद्दा थुनामा रहेका कैदी दुखिलाल चौधरी मुटु सम्बन्धी बिरामी भई मिति २०८२।१०।२५ गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको मिति २०८२।११।०६ गते अं.१२:२५ बजे मृत्यु भएको । चोरी,काठमाडौ, टोखा न.पा.३  साईबाबा चोक मेलमिलाप टोल स्थित अं.वर्ष ५० को उर्जेन लामाको साढे चार तले घरको चौथो तलाको कोठा बन्द गरी घरबेटी बाहिर गएको र घरमा काम गर्ने जि. नुवाकोट घर भई हाल ऐ.घरमा काम गर्ने अं.वर्ष २५ की बिमला तामाङ घरको छतमा काम गरिरहेको र घरको मुल ढोका बन्द रहेको अन्य कोठाहरु खुल्ला रहेको अवस्थामा काठको  दराजको ताला खुल्ला रहेको अवस्थामा अपरिचित व्यक्ति प्रवेश गरी सेफ फोडी सेफ भित्र रहेको नेक्लेस  लगायत सुनका विभिन्न गर-गहनाहरू अं.२७ तोला अं.मु.रू.८१,००,००० बराबरको सुन चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई चोरीमा संलग्न ब्यक्तिहरूको खो.त.तथा पहिचान कार्य भईरहेको, । हातहतियार बरामद,झापा, बिर्तामोड न.पा.३ सिर्जना टोल स्थित सडक छेउको झाँडीमा INSAS राईफलको म्याग्जिनमा लोड भएको १९ राउण्ड गोली सहित म्याग्जिन बेवारिसे अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.बिर्ताबजारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई म्याग्जिन सहितको गोली राउण्ड इ.प्र.का.अनारमनीमा ल्याई राखेको । कुटपिट,कास्की, पोखरा म.न.पा.२३ कार्कीको टहरा बस्ने वर्ष ८४ को चन्द्रकान्त दाहाललाई निजको छोरा वर्ष ३४ को जगत दाहालले घरायासी बिबादको कारण कटुसको दाउराले  टाउकोमा प्रहार गर्दा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा कास्की पठाएको, टाउकोमा चोट, अवस्था गम्भीर,व.प्र.का. बैदामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने निजको छोरालाई नियन्त्रणमा लिई व.प्र.का. बैदाम ल्याई राखेको ।लागु औषध, ललितपर, बागमती गा.पा.३ छपेली स्थित प्रहरी चौकी भट्टेडाँडाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ना ३ च ४०५ नं. को हात्ती गाडीबाट गाँजा अं. १५० के.जी. (१५ पोका) फेला पारी गाडी नियन्त्रणमा लिएको, उक्त गाडी चालक हाल फरार रहेको ।