मिति २०८२।१०।०६ गते ०५:०० बजे देखि २०८२।१०।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०७
- A
- A-
- A+
कर्तव्य
ज्यान,
रौतहट, मिति
२०८२।१०।०३ गते अं.१५:०० बजे गुजरा न.पा.९ दयालपुर स्थित थारु समुदायको माघि
मेलामा ऐ.ऐ.बस्ने राम प्रयाग चौधरीको छोरा वर्ष १५ को सुजन चौधरी र बृन्दाबन न.पा.
८ बस्ने वर्ष १९ को राजिप चौधरी लगायत अन्य दुई जना बिच झै-झगडा हुँदा सुजन चौधरी
घाइते भई उपचारको लागि बिरगंज तर्फ
पठाईएको र थप उपचारको लागि बासबारी न्युरो अस्पताल काठमाडौंमा पठाएकोमा ऐ.०६ गते
१३:१० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनि ऐ.१३:४० बजे सोहि
अस्पतालबाट जानकारी भएको, कुटपिट गर्ने राजिप चौधरी लगायत ५ जना
नियन्त्रणमा रहेको, ।
हात
हतियार बरामद,
बाग्लुङ, इ.प्र.का.बरेङडाँडा
बागलुङबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले गस्ती गर्दे जाने क्रममा जि.बागलुङ
जैमिनी न.पा.१० ठुलोखोला स्थित ठाडो खोलाको जङगलमा सावुत १ नाले भरुवा बन्दुक थान
१ फेला पारी घटनास्थलको मुचुल्का कार्य गरी ऐ.१३:४० बजे इ.प्र.का.बरेङडाँडा बागलुङमा
ल्याई राखिएको,उक्त बन्दुक
को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको,अनुसन्धान कार्य
भईरहेको
ज.ज.क,
धादिङ, मिति
२०८२।०९।२९ गते राती अं.११:०० बजे नेत्रावती गा.पा.२ केउरा स्थित ऐ.बस्ने वर्ष
अं.४० की महिलालाई निजकै घरमा ऐ.बस्ने वर्ष अं.५० को नर बहादुर तामाङले
ज.ज.क.गरेको भनी ऐ.१०।०६ गते ऐ.१६:०० बजे
जि.प्र.का.मा किटानी जाहेरी दिए पश्चात उक्त स्थानमा प्र.चौ.सेमजोङबाट प्र.स.नि.को
कमाण्डमा २ जनाको टोली खटी गई निज नर
बहादुर तामाङ फरार रहेको खो.त.कार्य जारी ।
कैलाली, टिकापुर न.पा.१
एकतापुर बस्ने शारीरिक रुपमा अशक्त भएकी वर्ष १८ की बालिकालाई ऐ.बस्ने वर्ष ५२ को
रन बहादुर सुनारले निज सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि पिडितले ऐ.१७:३०
बजे इ.प्र.का.टिकापुरमा जाहेरी दिए पश्चात
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट पिडकलाई नियन्त्रणमा लिई
इ.प्र.का.टिकापुरको हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको ।
आगलागी
बाट मानिस मृत्यु ( भबितब्य ज्यान),
सुर्खेत, वीरेन्द्रनगर
न.पा.९ मंगलगढी चोक नजिकै राष्ट्रिय बणिज्य बैंक स्थित मानिकेज उर्जा पसल रहेको
भुई तलामा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश
प्रहरी कार्यालय सुर्खेतबाट प्र.उ.को कमाण्डमा टोली खटी गई दमकलको सहयोगमा आगो
निभाउने कार्य भईरहेकोमा ऐ.१९:१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको, ऐ.१७:०० बजे
सोही घरको चार तलामा फसेकी (निसासेको मात्र) ऐ.वीरन्द्रनगर न.पा.६ बस्ने वर्ष ७०
की तुल्सी भुषाल (जि.चितवन रत्ननगर न.पा.३ टारी घर भइ हाल आफन्तको घरमा भेटघाटको
लागी आएको)लाई प्रहरीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ
सुर्खेतमा पठाई उपचार भईरहेकोमा ऐ.०६ गते ०९:०० बजे उपचारको क्रममा मृत्यु भएकोमा
ऐ. १६:०० बजे शव पो.मा. पश्चात मृतकको छोराले बुझी लगेको, घरबेटी र उक्त
पसलको शाहु ऐ.९ बस्ने वर्ष अं.६० को पुरन
प्रसाद रिजाल रहेको, क्षतिको विवरण आउन बाँकी ।
कैदी
मृत्यु,
काठमाण्डौं, का.म.न.पा.११
जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा
जि.ललितपुर महालक्ष्मी न.पा.५ घर भएको वर्ष ७२ को लेनदेन मुद्दामा ( सजाय २ वर्ष
कैद,६० लाख विगो )
थुनामा रहेको कैदी राजेन तामाङ मुटु सम्बन्धी बिरामी भई ऐ.०९।२३ गते वीर अस्पताल
भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१०।०६ गते १८:१० बजे मृत्यु भएको,शव ऐ.अस्पतालमा
रहेको ।
ला.औ.,
मोरङ, बिराटनगर
म.न.पा.नहर सडकको छेउमा, संकास्पद अवस्थामा को ३७ प ३३६६ न.को मो.सा.
रोकी बसिरहेको जि.सुनसरी भोक्राहानरसिंह गा.पा.. ५ बस्ने अं. वर्ष ३५ को सुदिन
मन्सुरीलाई तलासी लिँदा निजले लगाएको हाफ ज्याकेटको भित्री गोजीमा लुकाई छिपाई
राखी बोकेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक
तौल गर्दा १४० (एक सय चालिस) ग्राम रहेको, मो.सा. समेत
नियन्त्रणमा लिई निजलाई सोधपुछ गर्दा मलाई जि. सुनसरी इटहरी उ.म.न.पा. वडा न. ५
बस्ने अ. वर्ष ५० को रोहित कार्कीले बोक्न दिएको भनी बताएको हुदा इप्रका इटहरी, सुनसरीसंग
समन्वय गरी निज रोहित कार्कीको घर कोठामा झोला भित्र राखेको अवस्थामा लागु औषध
खैरो हिरोईन जस्तो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा १४ (चौध) ग्राम, २३० (दुई सय
तिस) मिलिग्राम,
प्रतिवन्धित
NITRAZEPAM
लेखिएको
४६ पत्तामा जम्मा ४६० ट्याब्लेट, WISCOREX लेखिएको १८ बोतल,
SPASMOPROXYVON PLUS लेखिएको ४२ पत्तामा ३३६ क्यापसुल, लाऔ सहित दुवै
जनालाई आवश्यक कार्वाहिको लागि ऐ. १७:५५ बजे जि.प्र.का मोरङमा ल्याई आवश्यक
अनुसन्धान भई रहेको ।
उदयपुर, बेलका न.पा.७
कान्चिराङ स्थित अ.प्र.पोष्ट मैनामैनीबाट खटिएको प्र.स.नि.को गस्ती टोलीले ऐ.
बेलका न.पा.७ खमारे बस्ने चन्द्र ब. राईको
छोरा वर्ष अं.१४ को मिसन राई,ऐ.७ मायाबारी बस्ने सिन्धुसिंह राईको
छोरा वर्ष अं.१४ को बिकाश राई र ऐ.७
बिलिम्ला बस्ने सागर राईको छोरा वर्ष अं.२१ को
उमेश राई समेत ३ जनाले बोरामा बोकी
पैदल ल्याउँदै गरेको अवस्थामा अं.१०० के.जी. गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई
इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई आ.अ.भईरहेको, ।
मकवानपुर, थाहा न.पा.१०
टौखेल स्थितमा टौखेलबाट मार्खु तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १५०७ नं. को
अटोमा ला.औ.ओसार पसार भई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ प्र.नि.रुक्शा
बज्राचार्य (९८५१२८३९९२), टोलीले उक्त अटोलाई उल्लेखित स्थानमा फेलापारी
चेकजाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको ला.औ.चरेस
जस्तो देखिने पदार्थ फेला पारी अटो चालक जि.मकवानपुर थाहा न.पा.४ रुप्से बस्ने
बर्ष अं.२९ को घनश्याम बल तामाङ र अटोमा सवार ऐ.कैलाश गा.पा.५ बस्ने बर्ष अं.२१ को
सानुकान्छा थिङलाई नियन्त्रणमा लिई ऐ.२०:५० बजेको समयमा इ.प्र.का.पालुङमा ल्याई
तौल गर्दा १२१ के.जि. भएको ।