मिति २०८२।१०।०७ गते ०५:०० बजे देखि २०८२।१०।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०८
- A
- A-
- A+
ज.ज.क./
बाल यौन दुर्व्यवहार,
काठमाण्डौ,
काभ्रेपलाञ्चोक
बनेपा न.पा.५ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष १७ की बालिकालाई
जि.ईलाम साबिक धुसेनी गा.बि.स.०४ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने
वर्ष ४१ को नेत्र प्रसाद चापागाईले (बिपक्षी र जाहेरवालाको बुबाको पसल
ऐ.बानेश्वरमा रहेको र बुबाको मोबाईल पसलमा जाँदा चिनजान भएको) ऐ.स्थित निज
बिपक्षीको पसल मै पटक-पटक ज.ज.क.गरेकोमा अन्तिम पटक ऐ.स्थित ब्वाईज होस्टेलमा काम
लगाई दिन्छु भनि होस्टेलमा लगि मिति २०७९।०७।०५ गते १०:०० बजे जबरजस्ति करणी गरेको
भन्ने जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा
केन्द्र भद्रकालीमा मिति २०८२।१०।०७ गते अं.१६:२५ बजे पेश गरेकोले ज.ज.क.मुद्दा
दर्ता गरी फरार प्रतिबादीको खो.त.कार्य भईरहेको ।
बाँके,
कोहलपुर
न.पा.२ प्रेमनगर बस्ने वर्ष अं.४१ को अरुण बहादुर बमले ऐ.बस्ने वर्ष अं.११ की
बालिकालाई निज अरुण ब.बमले संचालन गरेको किराना पसलमा कलम किन्न गएको समयमा कोही
नभएको मौका छोपी बाल यौन दुरुपयोग गरेको भनी ऐ.२१:१० बजे इ.प्र.का.कोहलपुरमा
जानकारी प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली
खटी गई निज अरुण ब.बमलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा राखिएको ।
कुटपिट,
ताप्लेजुङ,
फक्तालुङ
गा.पा.५ हेल्लोक बस्ने अं.वर्ष ४५ को दिल कुमार लिम्बुले ऐ.बस्ने अर्जुन लिम्बुको
श्रीमती वर्ष २२ की सरीता राई संग एउटै कोठामा बसेको देखी अर्जुन लिम्बुले दिल
कुमार लिम्बुलाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर स्थानीयले प्रहरी चौकी लेलेपमा
जानकारी गराउनासाथ प्र.चौ.लेलेपबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई
उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइको, टाँउकोबाट रगत
बगेको,
हल्का
बोल्न सक्ने,
अवस्था
गम्भीर रहेको,
कुटपिट
गर्ने अर्जुन लिम्बु र सरीता राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा
राखिएको ।
बिदेशी
नागरिक मृत्यु,
काठमाण्डौ,
का.म.न.पा.०६
फुलबारी टोल स्थित सडक पेटीमा विदेशि नागरिक देश डेनमार्क (Denmark) घर भई हाल
नेपाल घुम्न आएको वर्ष ७० को Hand Oiriclc Lionhird लाई बेवारिसे अवस्थामा
फेलापारी का.जि.नागार्जुन न.पा.१ रानिवन स्थित मानवसेवा आश्रममा राखिएकोमा एक्कासि
बिरामी भई मिति २०८२।०९।२८ गते महारजगंज स्थित नेपाल प्रहरी अस्पतालमा लगि उपचार
भई रहेकोमा ऐ.०६ गते अं.१५:४५ बजे डाक्टर द्वारा मृत्यु घोषणा भन्ने खबर प्राप्त
हुनासाथ वृत्त स्वयम्भुबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
विदेशि
नागरिक हराएको,
काठमाण्डौ,
मिति
२०८२।१०।०६ गते अं.१८:०० बजे देश चिन घर भई हाल का.जि.ठमेल बस्ने वर्ष ५५ की Wei Gui (महिला)
स्वयम्भू स्तुपा हाइट घुम्न आउने क्रममा हराएकोमा हाल सम्म पनि संगै घुम्न आउने
साथि संग सम्पर्कमा नआएको भनी मिति २०८२।१०।०७
गते २२:१५ बजे जानकारी गराएको हुँदा खो.त.भइरहेको ।
चोरी,
काठमाण्डौ, काठमाण्डौ
का.म.न.पा.१४ कुमारी क्लब स्थित अर्जुन प्रसाद महर्जनको ५ तले घरको सटर फोरेर
पहिलो तलामा रहेको महिला शक्ति बचत सहकारी कार्यालयको ढोका फोरेर भित्र प्रवेश गरि स्टिल दराज भित्र
रहेको लकरमा राखेको नगद रु.१४,००,०००।–(चौध लाख) चोरी
र १० वटा CCTV
क्यामेरामा
क्षति भएको भनि ऐ. सहकारी अध्यक्ष सुनिता सिग्देलले ऐ.७ गते अं.१०:१५ बजे प्रहरी
वृत्त कालिमाटीमा खबर गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई चोरी गर्ने
मानिसहरुको खोजी कार्य भईरहेको ।
ला.औ.,
सुनसरी, धरान
उ.म.न.पा.२ चिनियाँचोक स्थित जि.ट्रा.प्र.का.धरान सुनसरीबाट प्र.स.ह.को कमाण्डमा
खटिएको २ जना QRT
टोलीले
रत्नारोडबाट पुरानो बजार तर्फ जाँदै गरेको प्र.१-०२-०४६ प ८९९१ नं.को मो.सा.लाई
शंका लागि रोक्न खोज्दा मो.सा.सोही स्थानमा छाडी चालक फरार रहेको, उक्त
मो.सा.पछाडी सवार जि. धनकुटा चौबिसे गा.पा.७ बस्ने वर्ष ३३ की मनमाया लिम्बुले
बोकेको कालो झोलाबाट ला.औ.गाँजा अं.१२ के.जी.फेला पारी ला.औ.गाँजा, मो.सा.सहित
निजलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको, थप अनुसन्धान
कार्य भईरहेको,
मो.सा.चालक
ऐ. बस्ने अं.वर्ष २६ को मौसम लिम्बु फरार रहेकोले खो.त.कार्य भईरहेको ।
सर्लाही, मलंगवा
न.पा.४ गणेशिया चोक स्थितमा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती
टोलीले गस्ती गर्दै सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने
क्रममा सुखचैना देखी शिवसागर बजार तर्फ जाँदै गरेको BR 06 2729 नं.को HONDA CB
SHINE मो.सा.चालक
ऐ. कौडेना गा.पा.१ बस्ने दिलिप मण्डलको छोरा अं.वर्ष १९ को नितेश मण्डल र सोही
मो.सा.पछाडी सवार ऐ.चक्रघट्टा गा.पा.३ बस्ने वर्ष ३२ को शेष मोफिजलाई चेकजाँच
गर्ने क्रममा मो.सा.को सिट मुनि रातो रंगको प्लाष्टिकमा लुकाई छिपाई गरी सिट जतिको
साईज बनाएको १ पोका प्रतिवन्धित लागु औषध (गाँजा) जस्तो देखिने प्लाष्टिक सहित तौल
गर्दा ७ कि.लो. ८०० ग्राम ला.औ. गाँजा फेला परेकोले दुवै जनालाई मो.सा.सहित
नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको।
काठमाण्डौ, टोखा न.पा.७
बसुन्धारा खरिबोट स्थित सडक खण्डमा प्रहरी बृत्त कालिमाटीमा कार्यरत रही
सेफ्टीपिनमा खटिएका प्र.स.नि.को कमाण्डमा र प्रभाग गोँगबुबाट खटिएको संयुक्त
प्रहरी टोलीले प्रतिबन्धित लागू औषध खरिद बिक्री गरीहेको अवस्थामा पक्राउ पश्चात
जि.ईलाम ईलाम न.पा.४ घर भई हाल का.जि. टोखा न.पा.६ ग्राण्डी बस्ने बर्ष ३७ को दिपक
राईलाई फेला पारी सोधपुछ् चेकजाँच तथा निजको शरिर खानतलासी गर्दा निजले लगाएको
निलो रङको ज्याकेटको बायाँ गोजीमा यार्सा वाजीकर लेखिएको सेतो बट्टामा भित्र रातो
प्लाष्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ७.१८ ग्राम लागू औषध खैरो
हेरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई
नियन्त्रणमा लिई प्रभाग गोँगबुमा राखी अ.अ.कार्य भईरहेको ।