मिति २०८२।१०।०८ गते ०५:०० बजे देखि २०८२।१०।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०९
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
दैलेख, दुल्लु न.पा.१
नाउले गाउँ बस्ने परिवर्तित नाम वर्ष ८ की बालिका घर नजिकै जंगलमा दाउरा लिन गएको
अवस्थामा ऐ ऐ बस्ने वर्ष २० को दिपक नेपालीले ज.ज.क.गरेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.दुल्लु दैलेखबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
बिदेशी
नागरिक मृत्यु,
काठमाण्डौं, का.म.न.पा.६
रामहिटी स्थित फुन्छोक छोदेन शेर्पाले संचालन गरको होटल साम्बालिङमा 20-jan-2026 देखी
बस्दै आएको अष्ट्रियन देशको नागरिक पासपोर्ट नम्बर U3719837 भएको वर्ष ६९
को KARL
HEINJ ROTHAUER नामको
मुटु र दम रोगको पुरुष मानिस एक्कासी बिरामी भई निजको श्रीमती URSULA
ROTHAUER पासपोर्ट
नम्बर U3719883 ले
उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको भन्ने खबर प्रहरी वृत्त
बौद्वमा प्राप्त हुनासाथ प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई कानूनी
प्रकृया पश्चात शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको ।
हा.ह.बरामद,
पर्सा, पर्सागढी
न.पा.वडा न.१ स्थित अ.प्र.पोष्ट मनवाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती
टोलीले कोईलाभार गाउँबाट ऐ.बस्ने दशरत
खवासको छोरा अ.वर्ष ३८ को जयनारायण खवासले मदिरा सेवन गरी स्थानीय संग झै-झगडा गरी
रहेको अवस्थामा निजलाई भरुवा बन्दुक(लाईसेन्स नभएको) र ऐ.बन्दुकको गोली थान-१३
सहित नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वासुगौली पर्सामा ल्याई राखिएको ।
झै-झगडा
कुटपिट,
भक्तपुर, भक्तपुर
मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित रहेको बालसुधार गृहमा रहेका
बालबिज्याईकर्ताहरु बिच एक-आपसमा झै-झगडा तथा कुटपिट भई प्रहरीले सम्झाई बुझाई
गर्दा बालसुधार गृहमा सुरक्षार्थ खटी गएको प्रहरी टोलीलाई समेत घेराबन्दी गरिएको र
जि.काभ्रे खानिखोला गा.पा.१ घर भई काभ्रे जि.अदालतको आदेशले २०७८।१०।२३ गतेको
आदेशले कर्तव्य ज्यान मुद्धाको बर्ष १९ को नबिन घिसिङ लगायत २ जना बालबिज्याईकर्ता
समेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.ना.उ.र परिसर
भक्तपुरबाट प्र.ना.उ.,वृत्त जगातीबाट प्र.उ.को कमाण्डमा गरी १४० जना टोली खटी गई
सम्झाई-बुझाई तथा स्थितिलाई नियन्त्रणमा लिने कार्य भईरहेको,उक्त बालसुधार
गृहमा १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेको,ऐ.००:४० बजे आगो
नियन्त्रणमा,झै-झगडा गर्ने
७ जनालाई नियन्त्रणमा लिईएको । उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा ३२ जना कार्यरत
रहेको ,
सबै
सुरक्षित रहेको, ४ जना घाईतेमा ३जना डिस्चार्ज, १ जना उपचरार्थ
।
ला.औ.,
बर्दिया, बाँसगढी न.पा.
५ बबई सिचाई नहरको दक्षिण किनारा स्थित लागु औषध ब्राउन सुगर कारोवार भईरहेको
भन्ने गोप्य सुचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज
बाँकेबाट प्र.स.नि.नविन कुमार शाहीको कमाण्डमा
र यस इ.प्र.का.मोतिपुरबाट
प्र.नि.पर्शुराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको संयुक्त प्रहरी टोलीले देश भारतीय उत्तर प्रदेश बहराईच थाना
मिहीपुर्वा बस्ने बर्ष अ.२१ को हर्षित यादवले चलाएको UP32PT7410 नम्बरको
भारती नम्बरप्लेट भएको सेतो कालो रंगको कार शंका लागि रोकी चेकजाँच गर्ने क्रममा
कारको पछाडी सवार ऐ. बस्ने बर्ष अ. २२ को
अंकित कुमारले लगाएको जिन्स पाईन्टको अगाडी खल्तीमा लुकाई छिपाई राखेको कालो
प्लाष्टिक भित्र बेरी राखेको ला.औ.
प्लाष्टिक सहित तौल गर्दा १३७ ग्राम ३७० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध तौल १३१
ग्राम ५४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी
रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई कार समेत बरामद गरी यस
इ.प्र.का.मोतिपुरमा ल्याई राखेको।
झापा, गौरीगंज
गा.पा.१ कुञ्जीबारी स्थित नेपाल भारत सिमानामा प्रचौ कुञ्जिबारीबाट प्र.स.नि.को
कमाण्डमा खटी गएको चेकीङ टोलिले भारतबाट नेपाल आउदै गरेको मे ३ प २९६८ न.को
मो.सा.चालक नामथर वतन नखुलेको चेकिङ टोलिलाई देख्न साथ उक्त न.को मोसा छोडि फरार भएको, मो.सा.चेकजाँच
गर्ने क्रममा मोसाको लेगार्डमा
प्लास्टिकको झोला भित्र प्लाष्टिकले पोको पारेको ला.औ.जस्तो देखिने खैरो
लिसाइलो पदार्थ र मोसा नियन्त्रणमा लिई प्लाष्टिक सहित अ.१०२.०० ग्राम फेला परेको र प्लाष्टिक बाहेक
तौल गर्न नमिल्ने ( तरल रहेकोले) ।