मिति २०८२।१०।०९ गते ०५:०० बजे देखि २०८२।१०।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१०
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
झापा, गौरादह
न.पा.८ झारवारी बस्ने वर्ष ३१ को कृष्ण कुमार राजवंशीले ऐ.९ बैगुनधुरा बस्ने वर्ष
१६ की बालिकालाई मिति २०८२।१०।०५ गते ललाई फकाई आफ्नै घर लगेको र दैनिक ललाई फकाई
डर त्रास देखाई करणी गरीरहेको भनी पीडित र ऐ.गौरादह न.पा.९ बैगुनधुरा बस्ने
पीडितको दिदीले ऐ.८ गते अं.१६:४० बजे इ.प्र.का.गौरीगंजमा लिखित जाहेरी दिनासाथ
अ.प्र.पोष्ट जुरोपानीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज कृष्ण कुमार
राजवंशीलाई नियन्त्रणमा लिई इ.प्र.का.गौरीगंजमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
शंकास्पद
मृत्यु,
सिरहा, मिर्चैया
न.पा.७ तेतरीगोठ स्थित जंगलको खोल्सामा तत्काल नाम थर वतन नखुलेको अं.वर्ष २५ की
महिला नाङगो अवस्थामा शरीरको बिभिन्न भाग
जली घोप्टो परी सडेगलेको अवस्थामा
रहेको भन्ने खबर प्राप्त हुनासाथ
अ.प्र.पोष्ट फुलबरीयाबाट प्र.ह., इ.प्र.का.मिर्चैयाबाट प्र.नि., इ.प्र.का.लहानबाट
प्र.ना.उ.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान कार्य
भईरहेकोमा कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को वि.पि.कोईराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान घोपा धरान पठाएको ।
ईलाम, माई न.पा.८
राते खोलाको बगरमा ऐ.ऐ. बस्ने शुक्रराज फागोको श्रीमती वर्ष अं. ५१ की मन कुमारी
फागो निजको घर देखि अं.१ कि.मि. पुर्वमा रहेको उक्त खोलाको बगरमा मृत फेला परेको
भनि स्थानियले ऐ. ०७:४५ बजे प्रचौ महमाई ईलाममा खबर गर्न साथ प्रचौ महमाईबाट
प्र.स.नि. टेक बहादुर बस्नेतको(९८४१७१५१०९) कमाण्डमा २ जना र प्रचौ लोदिया
दनाबारीबाट प्र.व.ना.नि. बिजय राईको (९८४२२०७६७७) कमाण्डमा २ जना प्रहरी टोलि खटी
गई घटनास्थल सुरक्षित राखिएको, कानुनी प्रक्रिया तथा थप अनुसन्धानको लागि
जिप्रका इलामबाट प्र.नि.मौसम उदासको (९८५१२८१९७२) कमाण्डमा SOCO सहित प्रहरी
टोली घटनास्थलमा खटिएको, सि.प्र.अ.को टोली पुग्न अ. २ घण्टा लाग्ने । ऐ.
१२:३० बजे कानुनी प्रकृया पुरा गरी लाश पो.म. को लागी मेची प्रादेशिक अस्पताल
भद्रपुर झापा पठाइएको,मृतकको श्रीमान् शुक्रराज लिम्बुलाई शंका लागी नियन्त्रणमा
लिइ थप अनुसन्धानको लागी जिप्रका इलाम ल्याउने तयारी भइरहेको । ऐ.१७;५० बजेको समयमा
लाश पो.मा.पश्चात निजको छोरा बिजय लिम्बु भन्ने सुनिल लिम्बुले लास बुझिलगेको ।
चोरी,
काठमाण्डौ,
मिति
२०८२।१०।०८ गते अं.२२:३० बजे देखि ऐ.०९
गते अं.०७:०० बजे सम्म तार्केश्वर न.पा.०६ धर्मस्थली स्थित घर भएका वर्ष ४३ को
मोहन बाबु श्रेष्ठको साढे एक तले घरको भुई
तलामा घरमा कोही नभएको समयमा अपरिचित व्यक्तिले कोठाको ढोका फोडी कोठा
भित्र रहेको दराज फोडी दराज भित्र रहेको सुनको बिभिन्न गरगहना र नगद रु. २,००,०००, गरी जम्मा
अं.मु.रु.१६,६१,००० बराबरको
चोरी गरी फरार रहेको भन्ने खबर ०८:०० बजे प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई CCTV फुटेज हेर्ने र चोरी गर्ने संकित
व्यक्तिको खोजी कार्य जारी रहेको ।
काठमाण्डौ,
नागर्जुन
न.पा.२ राईचोक स्थित बुद्धिमान श्रेष्ठको एक तलाको पक्की घरको भुँई तलाको कोठामा
घरमा कोही नभएको मौका पारी अपरिचित व्यक्ति कोठा भित्र प्रवेश गरी कोठा भित्र
रहेका सुनका बिभिन्न गरगहना र नगद रु.३०,०००(तिस
हजार ) गरी जम्मा अं.मुल्य रू. १३,१५,०००।- (तेह्र
लाख पन्ध्र हजार मात्र )बराबरको धनमाल चोरी भएको भन्ने खबर ऐ.१३:२० बजे प्राप्त
हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चोरी गर्ने
मानिसको खो.त.तथा थप अ.अ. कार्य जारी ।
काठमाण्डौ,
का.म.न.पा.१६
बनस्थली स्थित का.म.न.पा.१७ ढल्कु घर भई हाल बनस्थली स्थित दिपा न्यौपाने
श्रेष्ठको ५ तल्ले घरको तेश्रो तल्लामा डेरा कोठा गरी बस्ने वर्ष ५९ को जुन काजी
महर्जनको कोठाको ढोकामा लगाएको ताला फुटाई भित्र प्रवेश गरी कोठा भित्र रहेको
काठको दराज फुटाई दराज भित्र रहेको विभिन्न सुन र चाँदीका गरगहना र नगद २ लाख ३५
हजार गरी जम्मा अं. मुल्य रु ३ लाख ७५ हजार १५० रुपया बराबरको चोरी गरी फरार भएको
भन्ने खबर ऐ.१८:०० बजे वृत्त, बालाजुमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा ७
जनाको टोली खटी गई घटना बारे थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र
चोरी गर्ने शंकित व्यक्तिको खोजी कार्य जारी रहेको ।
शीशु
मृत फेला,
ललितपुर,
गोदावरी
न.पा.१२ ठेचो स्थित सरस्वति मा.वि.नजिकै झाडीमा सालनाल सहितको कपडाले बेरेको नवजात
शिशु (छोरा) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त
चापागाउँबाट प्र.नि.को कामाण्डमा टोली खटी गई अनुसन्धान तथा मुचुल्का कार्य
भईरहेको ।
ला.औ.,
सर्लाही,
जिल्ला
सर्लाही हरिवन न.पा.वडा नं.०३ डाबरी माने टोल स्थितमा मो.सा.हरूमा प्रयोग गरी लागु
औषध गाँजा ओसार-पोसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का.हरिवन
सर्लाहीबाट प्र.नि.चन्द्र कान्त अधिकारीको कमाण्डमा १० जनाको टोली खटी गई ऐ.
न.पा.०३ डाबरी माने टोल बस्ने बाबु बलको घर पछाडी वरिपरी खोजतलास गर्दा निजको
बारीमा रहेको गोबरको थुप्रो छेउमा लुकाई छिपाई राखिएको अवस्थामा जेब्रा झोला भित्र
रातो प्लाष्टिकमा डोरीले बेरेको २ वटा पोका, रातो
प्लाष्टिकको झोला डोरीले बेरेको १ पोका र पिंक रङ्गको झोला भित्र रातो प्लाष्टिकमा
डोरीले बेरेको १ पोका गरी जम्मा ४ वटा पोका लागु औषध गाँजा फेला पारेको र सोही
स्थानमा ना.२८ प५७२५ नं.को पल्सर मो.सा. र on test NS पल्सर
मो.सा.हरु समेत फेला परकोले वरामद गरी इ.प्र.का. हरिवन सर्लाहीमा ल्याई उक्त ४ वटा पोका लागु औषध गाँजालाई तौल गर्दा ( रातो प्लाष्टिक पोका सहितको तौल २०
के.जी. ९५१ ग्राम) रहेको, उक्त मो.सा.हरु को-कसको रहेको भन्ने तत्काल एकिन
नभएको,
निज
बाबु बलको खो.त. कार्य भईरहेको ।