मिति २०८२।१०।१० गते ०५:०० बजे देखि २०८२।१०।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-११
- A
- A-
- A+
नवजात
शीशु मृत फेला,
बारा, कलैया
उ.म.न.पा.५ बरेवा स्थित रहेको रामराजा क्याम्पस जाने बाटोको दक्षिण पट्टी सडक
छेउमा रहेको झाडीमा मासपुगि जन्मेको अं.२/३ दिनको जस्तो देखिने नवजात शिशु (पुरूष)
मृत अवस्थामा रहेको भनी गाई, बाख्रा चराउने स्थानीय मानिसहरूले देखि खबर
गर्नासाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा
गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कलैया बारामा ल्याई राखिएको ।
काठमाण्डौ, का.म.न.पा.८
गौशला बनकाली ओरालोबाट पशुपति मन्दिर जाने तर्फ नवजात शिशू मृत अवस्थामा पेला
परेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि टिचिङ अस्पताल महाराजगंज पठाएको, हेर्दा महिना पुगि जन्मिएको जस्तो देखिने छोरा जातको
शिशु रहेको ।
प्र.क.झुण्डी
मृत्यु,
जि.दाङ, घोराही
उ.म.न.पा.२ घर भई इ.प्र.का.ओखरकोट प्यूठान दरबन्दी,(कम्प्युटर कोड
नं.४१६८७४) जि.प्र.का.दाङमा चालकको रुपमा कार्यरत वर्ष ३२ को प्र.ज.हरी बहादुर
जि.सी.लाई ऐ.१०।०९ गते अं.०६:०० बजे देखि १८:०० बजे सम्म स्ट्याण्डवाई ड्युटी
खटाएकोमा कोही कसैलाई जानकारी नगराई आफु खुसी लाईन ब्यारेक छाडी गएकोमा खो.त.गर्ने
क्रममा ऐ. घोराही उ.म.न.पा.१८ बन्जाडे चोक नजिकै अम्बे सामुदायिक वनमा खयरको रुखमा
प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त
हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव
पो.मा.को लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको शव गृहमा ल्याई
राखेकोमा पो.मा.पश्चात शव ऐ.१५:१५ बजे निजको मामा रबिन के.सी.ले बुझेको, ऐ.१६:५५ बजे
जि.प्र.का.बाट खटी गएको सलामी टोलीले ऐ.घोराही उ.म.न.पा.२ स्थित रहेको बलरामपुर
घाटमा शोक सलामी दिई टोली फिर्ता भएको ।
हात
हतियार बरामद,
प्युठान, गोप्य
सुचनाकोसुचनाको आधारमा प्र.चौ.चुजाठाँटीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी
टोलीले मल्लरानी गा.पा.२ मधुगैरा बस्ने वर्ष अं.५८ को डानक बहादुर सार्कीले घर
नजिकै रहेको निजकै टौवामा रहेको तोरीको कुनियोमा लुकाई छिपाई गरी राखेको अवैध १
नाले भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात
जि.प्र.का. प्युठानको हिरासतमा राखिएको ।
धारिलो
हतियार (बन्चरो) प्रहार,
बारा, कलैया
उ.म.न.पा.२६ सिस्वा महेशपुर स्थितमा ऐ.बस्ने अं.वर्ष ३६ को मनोज राम जंगलबाट दाउरा
बेच्नको लागी साइकलमा लोड गरी बकुलहरबाट सिस्वा महेशपुर तर्फ जादै गरेकोमा विपरित
दिशाबाट ऐ.१५ बकुलहर टोल बस्ने अं.वर्ष ६० को फुलमोहम्मद मंसुरले अटो लिएर आउँदै
गर्दा उक्त साइकलमा लोड भएको दाउरामा अटोले छुदा एकआपसमा वाद-विवाद हुदा मनोज
रामले दाउरामा राखेको बन्चरोले फुलमोहम्मद मंसुरको टाउँकोमा प्रहार गर्दा अं.३.५
ईन्च काटी गम्भिर घाईते भई प्रादेशिक अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको
लागी न्युरो अस्पताल परवानीपुर पठाएको, अवस्था गम्भीर रहेको, प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई धारिलो हतियार (बन्चरो) प्रहार गर्ने मनोज रामलाई बन्चरो
सहित नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाएको, निजले मा.प.से.
गरेको,
अटो
र साइकल अ.प्र.पोष्ट बसपार्कको नियन्त्रणमा रहेको ।
पक्राउ/
नियन्त्रण,
ललितपुर, ललितपुर
म.न.पा.१४ स्थित चापागाउँ दोबाटोबाट नं.नखुलेको मो.सा.मा हतियार बोकी सातदोबाटो
तर्फ गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि.को
कमाण्डमा टोली परिचालन भई खोजी कार्य गर्ने क्रममा CCTV फुटेजमा
देखिएको आधारमा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नं.को मो.सा.जि.झापा सनिश्चरे
अर्जुनधारा न.पा.७ कटरडाँडा घर भई हाल जि.काठमाडौं काठमाडौं म.न.पा.३२ मा डेरा
कोठा गरी बस्ने वर्ष २८ को किरण घिमिरेको भनी खुल्न आएकोमा निजलाई मिति २०८२।१०।११
गते अं.००:३० बजे जिल्ला काठमाण्डौ काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित निजकै
डेरा कोठाबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले काम गर्ने जिल्ला काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं.३२ स्थित संस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई
राखेको अवस्थामा ३०३ राईफल जस्तो देखिने डमी लामो हतियार थान १, कटुवा पेस्तोल
जस्तो देखिने डमी सानो हतियार थान २, खुकुरी जस्तो देखिने
फमले बनेको हतियार थान २ र निजले प्रयोग गर्ने बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नं.को
मो.सा.थान १ बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा ल्याई थप
अनुसन्धान भईरहेको ।
ला.औ.,
पर्सा, ठोरी गा.पा.४
बिशाल चौक स्थित इ.प्र.का.ठोरीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष
सुचनाको आधारमा ऐ.बस्ने भिम बहादुर श्रेष्ठको छोरा अं.वर्ष ३४ को सुरेश श्रेष्ठको
एक तल्ले पक्की घरमा लुकाई छिपाई राखेको ५ वटा पोकामा अं.५५ के.जि.(प्लाष्टीक
सहित) लागु औषध गाँजा फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी
कार्यालय पर्सा पठाएको ।