प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।११ गते ०५:०० बजे देखि २०८२।१०।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-१२

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

कैलाली, मिति २०८२।१०।११ गते अ. १०:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ८ घर भई हाल ऐ.ऐ. १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती बर्ष ३० की हिरा दाहाललाई कुटपिट गर्दा टाउकोमा चोट लागि घाईते भई, आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भई रहेकोमा ऐ. १९;२५ बजे मृत्यु भएको, भनी, सोही अस्पतालमा खटिएको प्र.ह.जगदिश महर  (९८६५५७५७६९) ले जि.प्र.का.कैलालीमा जानकारी गराएको । कुटपिट गर्ने हिरा दाहाललाइ नियन्त्रणमा लिई जि.प्र.का.कैलालीको हिरासत राखी आवश्यक अनुसन्धान कार्य भईरहेको  र ऐ.२१;१५ बजे  शव सेती प्रादेशिक अस्पतालको लाश घरमा राकिएको ।

 

जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,

रुपन्देही, सिद्धार्थनगर न.पा.६भैयाटोल घर भई हाल जिल्ला रुपन्देही मायादेवी गा.पा.४ मोतिपुर डेरा गरी बस्ने १५ की बालिकालाई  जि.रुपन्देही मायादेवी गा.पा.४ सेमरी बस्ने वर्ष २० को सन्तोष पत्थर कट्टाले दुर्ब्यबहार गरेको भन्ने खबर इ.प्र.का.बेथरीमाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेथरीमा ल्याई राखिएको,पीडित आफन्त सँगै रहेको ।

 

जग्गा बिवादको क्रममा मानिस मृत्यु,

सिरहा, कर्जन्हा न.पा.१० मनहर्वा बस्ने मो. अखतर शेषले ऐलानी सार्वजनिक बाटोमा घर बनाएको भनी ऐ. मिर्चैया न.पा.१ बस्ने राम भरोस महतोले बिपक्ष बनाई सिरहा जिल्ला अदालतमा दिएको निवेदन सम्बन्धमा मिति २०८२।०९।०७ गते सिरहा जिल्ला अदालतबाट निषेधाज्ञा जारी भएको र निज मो. अखतर शेषलाई इ.प्र.का. मिर्चैयामा बोलाई घर टहरा निर्माण नगर्नु भनी कागज समेत गरेकोमा निजले अटेर गरी राती-राती घर टहरा निर्माण गर्ने गरेकोले निवेदकले उक्त निर्माण गरेको घर खाली गर्ने क्रममा इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा १० जना र सशस्त्र सुरक्षा बेश क्याम्प मिर्चैयाबाट स.प्र.नि.को कमाण्डमा ७ जना गरी जम्म १७ जनाको टोली खटी गई शान्ती सुरक्षा दिने क्रममा निज मो.अखतर शेषले निर्माण गर्दै गरेको उक्त घर टहरा भत्काएको बिषयलाई लिएर स्थानीयहरुले प्रहरीसँग बिबाद गर्ने क्रममा ऐ. मनहर्वा मुस्लिम टोल बस्ने वर्ष ५२ को अजमुदिन शेष अचानक लडी बेहोस भई उपचारको लागि मिर्चैया ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, सोही बिषयलाई लिएर उक्त मृतक शव समेत बाटोमा राखी ऐ.मनहर्वा चोक स्थित पूर्व पश्‍चिम राजमार्गमा अं. १५० जनाको संख्यामा भेला जम्मा भई टायर बाली बाटो अवरोध गरेकोइ.प्र.का.मिर्चैयाबाट प्र.ना.उ.को कमाण्डमा २३ जना, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा २२ जना र स.प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा ५२ जनाको टोली खटी गई राजमार्ग खुलाउने पहल भई रहेको, ऐ.१७:५० बजे ऐ. मिर्चैया न.पा.१ बस्ने अं.वर्ष ६२ राम भरोस महतोलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको ऐ.१९:१० बजे,लहान बेश क्याम्प सिरहाबाट प्र.स.नि.को कमाण्डमा १५ जना, सशस्त्र सुरक्षा बेश क्याम्प कल्याणपुरबाट स.प्र.नि.को कमाण्डमा ७ जना र सुरक्षा बेश क्याम्प गोलबजारबाट स.प्र.ना.नि.को कमाण्डमा ७ जना गरी जम्मा गरी ८१ जनाको टोली खटिगई ऐ.१९:२५ बजे,दोषिलाई कानुन बमोजिम कार्वाही गर्ने सहमतिमा पुर्व-पश्चिम राजमार्ग पुर्ण रुपमा सुचारु भएको, मृतक  शवको कानुनी प्रकृया गरी पो.मा.को लागि पठाउने पहल भईरहेको ।

 

ला.औ.,

धनकुटा, साँगुरीगढी गा.पा.६ भेडेटार चोक स्थित इ.प्र.का.भेडेटारबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भेडेटार चोकमा संकास्पद जेब्रा झोला बोकी पैदल हिँड्दै गरेको मानिसलाई  चेकजाँच गर्ने क्रममा ऐ.सहिदभुमि गा.पा.५ बस्ने वर्ष १९ को रोहन राईको साथबाट १३ के.जि.४०० ग्राम ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको ।

 

धनुषा, बिदेह न.पा. १ हनुमान चोक अगाडी प्र.चौ.ठाडीझिझा धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR32AA5992 नम्बरको मो.सा.लाई रोकी चेकजाँच गर्दा देश भारत मधुवनी जि.हल्दिया बस्ने लाल बाबु ठाकुरको छोरा अं वर्ष २८ को गौतम कुमार ठाकुरको साथबाट प्लाष्टिक सहित ५३ ग्राम ३३० मिलिग्राम प्लासटिक बिना ४९ ग्राम ८१० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी मो.सा.सहित नियन्त्रणमा लिई प्र.चौ.ठाडिझिझामा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८२।११।०३ गते ०५:०० बजे देखि २०८२।११।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०४

कर्तव्य ज्यान,रौतहट, फतुवा विजयपुर न.पा.६ पेटभर्वा टोल बस्ने अं.वर्ष ४२ को महन्थ राय यादव र निजको श्रीमती अं.वर्ष २८ की आरती देवी यादव घरबाट बाहिर ननिस्केको हुँदा स्थानीयलाई शंका लागि ऐ.१२:०५ बजे इ.प्र.का.सन्तपुर दोस्तियामा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई स्थानीय तथा जनप्रतिनिधिहरुको रोहबरमा निजको घरको ढोका खोली हेर्दा निज आरती देवी यादव आफै सुत्ने काठको खाटमा उत्तानो मृत अवस्थामा रहेको, निजको घाँटीमा धारिलो हतियारले काटिएको र सोही स्थानमा रगत लागेको बन्चरो समेत रहेकोमा घटनास्थल सुरक्षित राखिएको,निजको श्रीमान फरार रहेको, थप अनुसन्धानको लागि इ.प्र.का.लक्ष्मिनिया विजयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार ब्यक्तिको खो.त.तथा अनुसन्धान कार्य भईरहेको,  ऐ.१७;२० बजेको समयमा मुचुल्का कार्य पश्चात शव पो.मा.को लागि प्रदेशिक अस्पताल गौरको शव गृहमा राखेको  । गोली प्रहार बाट मृत्यु,सर्लाही, मलंगवा न.पा.१० देवीटोल स्थित जि. सिरहा सुखीपुर न.पा.६ बैशाखा घर भई हाल दुर्गानन्द यादवको घरमा डेरा गरी बस्ने जि.पुर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर अं.वर्ष ३६ को प्रमोद कुमार यादव लाई के-कुन ब्यक्तिले फोन गरी बोलाएकोमा उक्त स्थानमा गोली पट्किएको जस्तो ठुलो आवाज  आए पश्चात निज घर बाहिरबाट  भित्र डौडिएर  जाँदा बरन्डामा गोली लागी लडेको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गई निज प्रमोद कुमार यादव लाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाइएकोमा ऐ.२०:३७ बजे डाक्टरले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको,मो.सा. मा सवार दुई जना मध्ये मो.सा. चालक जि. सर्लाही  चक्रघट्टा घर बताउने अ.वर्ष २५/२६ को माथि कालो कपडा लगाएको,मधेशी भाषा बोल्ने, मधेश मुलको जस्तो देखिने मुखमा मफलर लगाएको पुरुष  ब्यक्ति, सोही मो.सा. पछाडी सवार पहेलो कपडा लगाएको,दारी पालेको, मधेशी मुलको जस्तो देखीने,मो.सा. लिई फरार भएको । शिशु मृत फेला,काठमाण्डौ, का.म.न.पा.४ धोबिखोलामा खोला सरसफाई गर्ने क्रममा प्लाष्टिकको झोला भित्र गुलावी कलरको कपडामा बेरिएको आवस्थामा अं ६।७ महिनाको जस्तो देखिने शिशुको लिङ्ग पहिचान नभएको सडी गलेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि शिक्षण अस्पताल महाराजगंज पठाएको । प्र.क.मृत्यु,लमजुङ, मिति २०८२।१०।२७ गते ११:०० बजे इ.प्र.का.भोटेओडार लमजुङ दरबन्दी भई सोही कार्यालयमा नै कार्यरत जि.तनहुँ भानु न.पा.५ चुदि रम्घा घर भएको वर्ष ४२ को प्र.ह.दुर्गा बहादुर रानाभाट ( संकेत नं:-C-00441533, कम्प्युटर कोडः-382139) लाई डियुटीको क्रममा अचानक टाउको दुखेको र शरीर तातो भई बिरामी भएको हुँदा निजको परिवारलाई जानकारी गराई  उपचारको लागि घर नजिकै रहेको पुरन्धी नगर अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल काठमाण्डौ तर्फ लगी ICU मा राखी उपचार भईरहेकोमा ऐ.११।०३ गते १२:५७ बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको । ठगी,मकवानपुर, पर्वत जलजला गा.पा.४ भवानी पानी बस्ने वर्ष ३७ को रमेश पौडेल र जि.म्याग्दी अन्नपुर्ण गा.पा.४ हिस्तान बस्ने वर्ष ३८ को हरि ब.गवर्जापुन अ.प्र.पो.मार्खु मकवानपुरमा आई ऐ.०२ गते १४:०० बजे इन्द्रसरोवर गा.पा.१ नयाँगाउँ मानडाडाँ स्थित भित्री बाटोमा ९८०११६५८८६ नम्बर प्रयोग कर्ता (नाम थर वतन थाहा नभएको) पैदल आएको ब्यक्तिसंग डलर साट्ने बिषयमा कुरा भई म्याग्दीबाट मो.सा.मा हरि ब.गवर्जापुनले नेपाली रु.२,४०,०००।– (दुई लाख चालिस हजार), रमेश पौडेलले नेपाली रु.३०,०००।– (तिस हजार) डलरसंग साट्नको लागी लिई आएकोमा डलरको साईजमा काटेको कागज कपडामा पोको पारी डलर ७०,०००।– छ भनी उक्त ब्यक्तिले हामीलाई दिई हामीहरुसंग भएको नेपाली जम्मा रु.२,७०,०००।– (दुई लाख सत्तरी हजार) लिई गएको काठमाण्डौ पुगी कपडाको पोको खोली हेर्दा पैसाको साईजमा कटिङ गरेको कागज मात्र भएको र आफुठगिएको कुरा थाहा भएको भनी ऐ.३ गते १२:०० बजे जानकारी गराएको हुँदा फरार ब्यक्तिको खो.त.को लागी प्र.नि.को कमाण्डमा टोली खटिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,बर्दिया, राजापुर न.पा.१० हरिनगर बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने अं.वर्ष १८ को बालकले मिति २०८२।०७।०८ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी मिति २०८२।११।०३ गते ११:०० बजे पीडितको आमाले इ.प्र.का.राजापुरमा जाहेरी दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । हा.ह.बरामद,तनहुँ, देवघाट गा.पा. ४ स्थित रिस्ती खोलामा इ.प्र.का.साराङघाटबाट प्र.ना.नि.को कमाण्डमा गस्ती गर्दै जाने क्रममा जि.तनहुँ देवघाट गा.पा. ४ सार्वाङ बस्ने वर्ष ४० को पुर्ण बहादुर गुरुङ र ऐ.वस्ने अं.वर्ष २४ को अर्जुन गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ नाले लोड गरेको थान-२ भरुवा बन्दुक फेला परेको हुँदा निजहरुलाइ नियन्त्रणमा लिई इ.प्र.का.आबुखैरेनीमा ल्याई आ.अ.भइरहेको । झापा, कनकाई न.पा.८मिश्रा टोल बस्ने तुल ब. थापा मगरको घरमा ला.औ.लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कामाण्डमा टोली खटी गई खान तलासी गर्दा निजकै छोरा वर्ष २२ को सौगात थापा मगरले आफ्नै घर पछाडि रहेको कुखुराको खोरमा  राखेको प्लाष्टिकको ड्रम भित्र CF98 9MM पेस्तोल थान-१, ऐ.को गोली ४० राउण्ड फेला पारी इ.प्र.का.अनारमनीमा ल्याई अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली राउण्ड भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनीको जिन्सी आम्दामीमा बाँधिएको देखिएको, निज सौगात थापा मगर फरार रहेकोले खो.त.कार्य भई रहेको । लागु औषध, काठमाडौं, चन्द्रागिरी न.पा.१२ गुर्जुधारा स्थित बच्चु राम घिमिरेको घरमा कोठा गरी बस्ने व्यक्तिले प्रतिबन्धित ला.औ.बिक्रीबितरण गरीरहेको छ भन्ने सूचना पश्चात प्रभाग बलम्बुबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले  उक्त घरको कोठामा बस्ने जि.मकवानपुर थाहा न.पा.१२ घर भई हाल ऐ.१२ गुर्जुधारा डेरा गरी बस्ने वर्ष ५६ की संच माया तामाङको कोठामा चेकजाँच गर्दा ला.औ.गाँजाको धुलो जस्तो देखिने पदार्थ मान्यता प्राप्त  तराजुबाट तौल गर्दा ५ के.जि.,Tramadol Capsules IP लेखिएका २५ पत्ता २५० क्याप्सुल र नगद २ लाख ६२ हजार ६ सय ५० समेत रीतपूर्वक बरामद गरी निज संच माया तामाङलाई नियन्त्रणमा लिई प्रभाग बलम्बुको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।११।०२ गते ०५:०० बजे देखि २०८२।११।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०३

कर्तव्य ज्यान,दोलखा, कालिन्चोक गा.पा.५ बन्नेथली बस्ने वर्ष अं. ५१ की देउमाया थामीलाई ऐ. बस्ने निजकै जेठाजु वर्ष अं.६५ को चन्द्रे थामीले सामान्य वादविवाद हुंदा ढुंगाले टाउकोमा प्रहार गर्दा निज देउमाया थामीको घटनास्थलमै मृत्यु भएको र ढुंगा प्रहार गर्ने वर्ष अं.६५ को चन्द्रे थामी वारदात स्थलबाट तत्काल फरार रहेको भन्ने खबर ऐ. १६:१५ बजे प्र.चौ. सुनखानीमा  प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको साथै ढुंगा प्रहार गर्ने व्यक्तिको खो.त. कार्य भईरहेको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का. सिंगटीबाट प्र.नि.को कमाण्डमा टोली  खटी गई ऐ. ३ गते अ. ०२:४० बजे कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि चरिकोटतर्फ पठाएको, ऐ.१७:३० बजे निज चन्द्रे थामीलाई घटनास्थलबाट अं.४ कि.मि.उत्तर कालिञ्चोक गा.पा.६ लेप्टुङबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले नियन्त्रणमा लिएको र निजको साथबाट खुकुरी समेत बरामद भएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, बकैया गा.पा. ३ बङ्दा स्थित सडक छेउको झाडीमा ऐ.ऐ. बस्ने बर्ष अं.५३ कि महिलालाई ऐ.ऐ. चिसापानी बस्ने लक्ष्य थिङको छोरा बर्ष अं.२४ को काले भन्ने अभि थिङले जवजस्ती तानेर लगि सुरुवाल खोलि ज.ज.क. गरेको भनि मिति २०८२।११।०२ गते प्र.चौ.हात्तिसुडे मकवानपुरमा आई लिखित निवेदन दिए पश्चात उक्त स्थानमा प्र.चौ. हात्तीसुडे मकवानपुरबाट प्र.ना.नि. कृष्ण कुमार लामा (९८४५५०७४८२) को कमाण्डमा ३ जना प्रहरी टोली खटी गई निज काले भन्ने अभि थिङलाई नियन्त्रणमा लिई दुबै पक्ष लाई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुर पठाएकोमा ऐ.२१;१५ बजे जि.प्र.का.मकवानपुर ईन भएको,महिलाको अवस्था सामन्य रहेको,पुरुषलाई मेडिकल गरी हिरासतमा राख्ने र महिलालाई सेफ हाउसमा राख्ने तयारी भई रहेको । शंकास्पद मृत्यु,कैलाली, मोहन्याल गा.पा. ०१ तल्लोपानि स्थित नव प्रगतिसिल सामुदायिक वनको जंगलमा वर्ष अं.२५ की नामथर वतन खुल्नु नआएकी महिला मृत अबस्थामा भेटिएको छ भनि मोहन्याल गा.पा. १ का वडा अध्यक्षले जानकारी गराउना साथ इ.प्र.का सुखडबाट SOCO को प्र.स.नि.र  इ.प्र.का. सडकपुर कैलालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको । चोरी/ ठगी,काठमाडौं, का.जि.नागार्जुन न.पा.३ मिलन चोक स्थितमा रहेको राजेन्द्र लामाको चार तले घरको पहिलो तलामा कोठा गरि बस्ने जि.रामेछाप मन्थली गा.पा.८ घर हुने शान्ति थिङको कोठामा अपरिचित व्यक्ती कोठा भित्र प्रवेश गरि कोठा भित्र रहेका सुनका गरगहना र धातुको बुद्धको मुर्ति गरी अं.मुल्य रु ९ लाख ५० हजार बराबरको चोरी भएको भनि ऐ.१२:३२ बजे वृत्त स्वयम्भुमा जानकारी गराए पश्चात प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अ.अ.कार्य भईरहेको । लागु औषध, मोरङ, बिराटनगर मनपा ५ पुलचोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा ८ च ६५०८ न.को स्कर्पियो गाडी अनियन्त्रीत भई दुर्घटना भएको भन्ने खवर CRV बरगाछी मोरङमा जानकारी प्राप्त हुना साथ प्र.स.नि. सन्तोष कट्वाल र वप्रका बिराटनगरबाट प्र.नि. साजन महतरा समेतको टोली खटि गई बुझ्दा गाडि अनियन्त्रीत भई बाटोको छेउ खाल्डोमा छिरेको र उक्त गाडि भित्र ला.औ. गाजा रहेको चालक फरार खो.त. कार्य भई रहेको ,थप अनुसन्धानको लागि जिप्रका मोरङबाट प्र.ना.उ. हरिनन्दन चौधरीको कमाण्डमा टोली खटि ऐ. ०३;०० बजेको समयमाउक्त स्कारपियो गाडी र गाँजा ४१० केजी (चार सय दश) जि.प्र.का. मोरङमा ल्याई राखेको ।

मिति २०८२।११।०१ गते ०५:०० बजे देखि २०८२।११।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०२

कर्तव्य ज्यान,इलाम, फाकफोकथुम गा.पा.१ ठिङगेपुर स्थित ऐ.बस्ने खम्ब सिंह लिम्बुको छोरी वर्ष २९ की अन्जली लिम्बु र निजको काका ऐ.बस्ने खेम बहादुर लिम्बुको छोरी वर्ष ३७ की पुष्पा लिम्बु बीच सामान्य घरयासी बिबादका कारण झै-झगडा हुँदा अन्जली लिम्बुको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.आमचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मृतक मुटुरोगी रहेको भन्ने बुझिएको, घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी इ.प्र.का.मंगलबारेबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गई १९:१० बजे कानुनि प्रकृया सकि ऐ.  २३:३५ बजे लास पोष्ट माटमको लागि जिल्ला अस्पताल इलाम पठाइएको, कुटपिटमा संलग्न पुष्पा लिम्बु इप्रका मंगलबारेको नियन्त्रणमा रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति२०८२।१०।२८ गते अं.०५:३० बजे  तुलसीपुर उ.म.न.पा.७  कुमाल गाँउ बस्ने वर्ष ३१ को यज्ञ बोहराले ऐ. बस्ने वर्ष ५१ की महिलालाई ललाई-फकाई गरी आफ्नै घरमा ज.ज.क.गरेको भनि ऐ. ११।०१ गते अं.१३:०० बजे पीडितले  इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज यज्ञ बोहरालाई नियन्त्रणमा लिई जिल्ला अदालत घोराही दाङबाट दिन ७ म्याद थप भई इ.प्र.का.तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भईरहेको । हा.ह.बरामद,कास्की, मिति २०८२।१०।२९ गते अं. १७:०० बजे पोखरा म.न.पा. १८ खपौदी स्थित फेवातालमा ऐ. बस्ने वर्ष ४२ को कुमार जलारीले जालहानी माछामार्ने क्रममा जालमा SLR राईफल १ थान र सोको गोली १८ राउण्ड म्याग्जिन सहित फेला परेको भन्ने खबर  प्राप्त हुनासाथ जि.प्र.का. कास्की बाट टोली खटी गई SLR राईफल १ थान र सोको गोली १८ राउण्ड म्याग्जिन सहित कानूनि प्रक्रिया पुरा गरी जि.प्र.का. कास्कीमा ल्याई राखिईएको । हतियार सम्बन्धमा तालुक कार्यालय सँग समन्वय गरी थप बुझ्ने कार्य भईरहेको । सुनसरी, कोशी गा.पा.०३ जमुवा स्थित बिओपी श्रीपुरबाट आईडी नं.४०४१५ का स.प्र.स.ह.को कमाण्डमा खटिए‌को ३ जनाको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको BR50AJ4229 नं. को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार चालक देश भारत जिल्ला अररिया बेला ग्रामपंचायत ४ घर बताउने वर्ष ३६ को राम खेलन पासवानले फरक व्यवहार देखाई भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिई निजको शरीर चेकजाँच गर्दा शरीरको अगाडी पट्टी कम्मरमा लुकाई राखेको बडीको भागमा एक पट्टी made in usa र अर्को पट्टी Made in chaina ९ mm लेखेको ठुलो पेस्तोल थान-१. ऐ. को म्यागजिन थान-१ र लोड भएको अवस्थामा रहेको ऐ. को राउण्ड थान ३ र निजले लगाए‌को पाईन्टको पकेटमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ एक प्याकेट (९७. ग्राम ३१० मिलि ग्राम), Nitrazepam-५ ट्याब्लेट, Spasmoproxyvon-६ क्यापसुल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.मा बुझाएको । कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धनगढी उ.म.न.पा १३ धनगढी अत्तरिया राजमार्ग स्थित मोहनपुर चोक सडक खण्डमा जि.कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर बस्ने वर्ष २५ को सम्भु भट्टलाई चेकजाँच गर्दा निजको साथ बाट शुद्ध तौल २३ ग्राम ३४० मिलिग्राम ला.औ.खैरोहिरोईन जस्तो देखिने पदार्थ बरामद गरेको, जि. कैलाली ध.उ.म.न.पा ४ स्थित हरि प्रसाद जैशीको घरमा डेरा कोठा गरी बस्ने जि.बैतडी सिंगास गा.पा.०१ वतन भएकी वर्ष २३ की कविता भट्ट र निज शम्भु भट्टको कोठा खानतलासी गर्दा शुद्ध तौल १० ग्राम ३६० मिलिग्राम गरी जम्मा ३३ ग्राम ७०० मिलिग्राम ला.औ. (खैरो हिरोईन),र AIRGUN थान- १ समेत बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का. को हिरासतमा राखिएको । कैदी मृत्यु,पर्सा, वीरगंज म.न.प. ०५ स्थित रहेको कारागार सुरक्षा गार्ड पर्सामा कर्तव्य ज्यान मुद्दाको कैदी जि.सप्तरी राजबिराज नगरपालिका घर भएकी वर्ष ७६ की बानु खातुन अचानक स्वासप्रश्वासमा समस्या भई व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई उपचारको लागी नारायणी अस्पताल बिरगंज पर्सा लगिएकोमा उपचारको क्रममा ऐ.२२:२० बजे डा.ले मृत्त घोषणा गरेको शव सोही अस्पतालमा रहेको आफन्तलाई जानकारी भईसकेको । लागु औषध, झापा, गौरीगंज गा.पा.२ आपगाछी स्थित मे.१०प ८४३२ नं.को स्कुटरलाई प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटर पछाडी सवार ऐ. कमल गा.पा.५ बस्ने अं.वर्ष ४० को सुर्य ब.वि.क.को साथबाट, शुद्ध तौल ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ  फेला पारी स्कुटर चालक ऐ. कमल गा.पा.५ बस्ने बस्ने वर्ष २२ को संजोक राई समेतलाई ला.औ. र स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का.गौरीगंजमा  राखी थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१०।२९ गते ०५:०० बजे देखि २०८२।११।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०१

कर्तव्य ज्यान,दैलेख, दुल्लु न.पा. ७ नगरपालिका नजिक ऐ.वडा नं.४ शान्तिबजार बस्ने वर्ष १८ को प्रकाश खनाललाई ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाहीले धारिलो हतियार प्रयोग गरी प्रकाश खनालको पिठ्युँमा प्रहार गर्दा घाईते भई निज प्रकाश खनाललाई दुल्लु अस्पताल दुल्लु दैलेखमा ल्याई उपचार भईरहेकोमा ऐ.१५:४० बजे घाईते प्रकाश खनालको मृत्यु भएको, कुटपिटमा संलग्न ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाही र ऐ.बस्ने वर्ष १९ को बिभुषण शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.तर्फ पठाईएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाडौ, का.म.न.पा.२९ डिल्लीबजार स्थित पद्मकन्या बिद्यालयवाट वर्ष १२ कि परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई साउन महिनामा ऐ.२९ घट्टेकुलो स्थित अम्बिका सुबेदी (घरपेटी) को घरमा अंकल अन्टीसँग डेरा गरी बस्ने परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई अंकलले यौन दुरव्यवहार गरेको भनि विद्यालयवाट सुचना प्राप्त हुनासाथ वृत्त सिंहदरबारवाट प्र.नि.समेतको टोली खटि गई सो घटना सम्बन्धमा घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरी बालिकालाई समेत उद्धार गरी बालिकालाई संरक्षणका लागि श्री बाल हेल्पलाईन १०९८ नेपाल,कलंकी तिनथाना काठमाण्डौमा कार्यरत मनोबिमर्शकर्ता हिरा देवी खतिवडाको जिम्मा लगाई पठाईएको र सो घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको,दुरव्यवहार गर्ने मानिस फरार रहेकोले खो.त.कार्य जारी,दुरव्यवहार गर्ने मानिसको कुनैपनी विवरण नखुलेको । झापा, मिति २०८२/१०/२८ गते अं २१:३० बजेको समयमा जिल्ला झापा अर्जुनधारा न.पा ९ बाह्रघरे स्थित जिल्ला इलाम माई नपा ५ घर भई बिगत ६।७ महिना देखी ऐ अर्जुनधारा न.पा ९ बाहघरे मामा घरमा बस्दै आएकी सांकेतिक नाम (२७ (क) -अनारमनी-०८२-०८३) लाई जिल्ला सुनसरी बाह्रक्षेत्र नपा ७ बस्ने बर्ष ६४ को प्रमानन्द पौडेलले जबर जस्ती करणी गरेको भन्ने खबर ऐ २९ गते अं १९:०० बजे प्रचौ शनिश्चरेमा पिडित पक्षले जानकारी गराउना साथ तत्काल प्रचौ शनिश्चरेबाट प्रबनानि नुमराज केशीको कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई इप्रका अनारमनीमा ल्याई अनुसन्धान गरी दुबैलाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको । कपिलवस्तु, कपिलवस्तु न.पा. ९ कुश्मा पिपलडाँडा बस्ने मुम बहादुर सुनारको छोरा बर्ष २४ को राजु सुनारले छिमेकी ऐ.ऐ.बस्ने सुरेन्द्र नेपालीको छोरी बर्ष १४ की अनुष्का नेपालीलाई आमा खेतमा गएको अबस्थामा ( घरमा निजको १० बर्षको भाई रहेको)   घरमा गई म तिमिलाई आर्मीको तालिम सिकाउछु भनि हातले मुख थुनिदिएको र  अनुष्का नेपाली चिच्याएकोमा राजु सुनारको आमा कुमारी बिश्वकर्मा आई निजलाई छुट्याएको र ऐ.१९:३० बजे अनुष्का नेपालीको आमा खेतबाट आई सोही बिषयलाई लिई दुबै पक्ष झै-झगडा गरेको भनि अ.प्र.पोष्ट जगदिशपुरताल कपिलवस्तुमा खवर गर्नासाथ उक्त स्थानमा अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.दयाशंखर चाई (९८४७०५६४०८) को कमाण्डमा ३ जनाको टोली र तालुक इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.अर्जुन पौडेल (९८५७०९०२७६) को कमाण्डमा ५ जनाको टोलि खटि गई निज राजु सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तु ल्याउदै, अन्य अनुसन्धान कार्य भई रहेको । चोरी/ ठगी,ईलाम, माई न.पा.०८ फुलबारी स्थित ऐ.वस्ने हरिचरण भट्टराईको घरमा निजकै श्रीमती वर्ष अं. ६० की इन्द्र माया भट्टराई मात्र भएको समयमा को कुन मानिसले घरको कोठा भित्र पसि काठको बाक्सा भित्र रहेको नगद रु.१०,०००/- (दश हजार),चार आनाको तिलहरी,आठ आनाको काँचो सुन र कानमा लगाएको आठ आनाको माडवारी समेत चोरी फरार रहेको भनि ऐ.०९:३० बजे प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुन साथ तत्काल प्रचौ महमाईबाट प्रसनि टेक ब.वस्नेतको कमाण्डमा ४ प्रहरी टोली खटि गई चोरी गर्ने मानिसको खो.त. गर्ने क्रममा ऐ. माई.न.पा.८ वस्ने वर्ष अं. ३० को महेश थापालाई ऐ.१६:४० बजे ऐ.माई.न.पा.४ शुक्रबारे बजारबाट निययन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको । काठमाडौं, बुढानिलकण्ठ न.पा.१३ स्थित शिवपुरी दरवार रिर्सोट नजिक रहेको जंगलमा जि.सुनसरी धरान उ.म.न.पा.११ घर भई मिति २०८२।१०।२८ गते धरानबाट काठमाण्डौ आई गौशालाको एक होटेलमा बसेका बिजय राईलाई जि.दोलखा घर भएको अं.वर्ष ४२ को तारा बहादुर तामाङ र हुलिया नखुलेको अं.वर्ष ६२ को अर्का व्यक्तिले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटी दिन्छु भनी निज बिजय राईलाई उल्लेखित जंगलमा लगी ने.रू. ३०,००,०००।– (ने.रू. तीस लाख मात्र ।) नेपाली रुपैयाको सट्टामा ५०,००० $।-( पचास हजार अमेरिकी डलर) दिन्छु भनी अमेरिकी डलरको सट्टामा नेपाली रू.२० को नयाँ नोट राखी रुमालले बाधेँको १४ वटा बन्डलमा अगाडि र पछाडि २० को नोट र बीचमा पैसासँग मिलाएर काटेको कागज टुक्रा राखी नेपाली रुपैया ३०,००,०००।– (तीस लाख) लगेर गई ठगी गरेको भनी निज पीडित राईले मिति ऐ.२९ गते १०:०० बजे प्रभाग बूढानीलकण्ठमा निवेदन लेखी पेश गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गएको । लागु औषध, मकवानपुर, हेटौडा उ.म.न.पा.२ संगम चोक स्थित बाटोमा शंकास्पद तरिकाले हिँडिरहेको देश भारत मोतिहारी जिल्ला पुर्वी चम्पारन थाना रक्सौल बस्ने अं.वर्ष १७ को रबी गुप्तालाई रोकी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकमा बेरी राखेको ४ ग्राम ८६० मिलिग्राम (तौल भएको) ला.औ.खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

मिति २०८२।१०।२८ गते ०५:०० बजे देखि २०८२।१०।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२९

ज.ज.क. बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१०।२७ गते अं.१०:३० बजे मेचीनगर न.पा.१२ कालीझोडा टोल बस्ने वर्ष ३९ को पुरूष ब्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भनी पीडितको आमाले ऐ.१०।२८ गते अं.१४:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारीमा ल्याई दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा लगिएको । उदयपुर, जि.खोटाङ बाह्रपोखरी गा.पा.५ बस्ने अं. वर्ष १६ की बालिकालाई मिति२०८२।१०।२६ गते अं.१९:०० बजे जि.खोटाङ बाह्रपोखरी गा.पा.४ वस्ने वर्ष ३२ को रोहित राउतले विवाह गर्छु भन्ने प्रलोभनमा पारी घुम्न जाउँ भन्दै ललाई फकाई जि.उदयपुर बेलका न.पा.२ सुन्दरटोल स्थित आफन्तको घरको कोठामा लगि बेलुका जबरजस्ती करणी गरेको भनि ऐ.२८ गते १०:०० बजे पीडितको काकाले इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा लिखित जाहेरी दिनासाथ इ.प्र.का रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायतका अनुसन्धान कार्य सम्पन्न गरी घटनामा संलग्न पीडक रोहित राउतलाई नियन्त्रणमा लिई इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको । कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने वर्ष अं.२२ की महिलालाई घरमा कोही नभएको मौका पारी निजकै ससुरा वर्ष ५५ को पुरुषले आफ्नै घरको बरण्डा र कोठाको ढोका बन्द गरी कोठा भित्र समेत हातपात तथा ज.ज.क.गर्न खोजेको भनी निज महिलाको आफन्तले टे.फो.मार्फत ऐ.११:२० बजे प्र.चौ.टेडुवामा जानकारी गराउनासाथ इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको । बन्दुकको छर्रा लागी मानिस मृत्यु,डोटी, बोगटान फुड्सिल गा.पा.१ पोखरी स्थित दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा ऐ.वडा नं. १ बस्ने वर्ष अं.३० को कलम धामी वायरिङ काम गरिरहेको अवस्थामा सोही कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको भनी ऐ.बस्ने राम धामीले ऐ.२९ गते ०१:०० बजे जानकारी गराउनासाथ प्र.चौ.चमराचौताराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको । ऐ. ०५:५० बजेको समयमा थप अनुसन्धानको लागि जि.प्र.का. डोटीबाट प्र.नि. नवराज रावल (९८५८४९००१७)को कमाण्डमा SOCO सहित ६ जनाको टोली खटि गएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),धनुषा, जनकपुर उ.म.न.पा.१७ तेतरिया स्थित तेतरिया पौडेश्वर सडक-खण्डको सडक छेउमा हाल नामथर,वतन नखुलेको अं.वर्ष २८/३० को मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कपिलेश्वर र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई अनुसन्धान गर्ने क्रममा मृतक जि.धनुषा विदेह न.पा.०९ तरही बस्ने मुस्लिम नदाफको छोरी अं.वर्ष २३ की हलिमा खातुन रहेको भनी निजको दाई नविब नदाफले सनाखत गरेको, उक्त स्थानमा मधेश प्रदेश केनाईन शाखा लालगढबाट प्र.ना.नि.को कमाण्डमा कुकुर सहितको टोली र फरेन्सिक डाक्टर समेत खटिएको, शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको । बिष्फोटक पदार्थ बरामद,काठमाडौँ, दक्षिणकाली न.पा.५ फर्पिङ बसपार्क स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरुलाई इ.प्र.का.फर्पिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुर(चपुर)बाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१७२ नं. को यात्रुवाहक टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टाटा सुमो गाडीको सिट नं.७ मा बसी सवार रहेका जि. रौतहट चन्द्रपुर न.पा.१ बलेरी खोर घर भई बस्ने वर्ष २७ को राज लामाले साथमा बोकी ल्याएको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र लुकाई-छिपाई प्लाष्टिकमा पोका बनाई ल्याएको अवस्थामा बिष्फोटक पदार्थ जस्तो देखिने कालो धुलो (बारुद) अं.२४२.२५० ग्राम फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.फर्पिङमा ल्याई राखिएको । नक्कली नोट सहित मानिस नियन्त्रणमा,रौतहट, बृन्दाबन न.पा.२ बिश्रामपुर बजारमा रहेको विशाल किराना पसलमा ऐ. बृन्दाबन न.पा.२ बिश्रामपुर बस्ने अं.वर्ष २९ को दिपेश पटेल र जिल्ला सर्लाही वरहथवा न.पा.१ बरहथवा बस्ने अं.वर्ष २० को विवेक प्रसाद यादवले पेट्रोल किन्दा किराना पसले ऐ.ऐ.बस्ने भुपेन्द्र पटेललाई नक्कली नेपाली नोट दिएकोमा प्र.चौ.बिश्रामपुरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई  BR30AR7755 नं.को मो.सा सहित, निजहरुलाई नियन्त्रणमा लिई प्र.चौ.बिश्रामपुरमा ल्याई चेकजाँच गर्दा निजहरुको साथबाट १ हजार दरको १४ वटा नोट गरी १४ हजार बरामद गरी थप अनुसन्धानको लागि इ.प्र.का.गरुडा पठाएको । गौबध,पाँचथर, मिति २०८२। १०।२४ गते दिउँसोको समयमा फिदिम न.पा.८ इथुङ बस्ने अर्जुन सुनुवार मुखियाको कोरली गाई ऐ.स्थित हिमशिखर सामुदायिक वनमा चरणको लागि छाडेकोमा गाई घर फर्की नआएको हुँदा निज गाई धनीले खोज तलास तथा सोधपुछ गर्दै जाने क्रममा ऐ.२७ गते अं.१७:०० बजेको समयमा ऐ.बस्ने वर्ष अं.३० को शेखर सुनार मुखियाको घर नजिकै हिमशिखर सामुदायिक वनमा निज शेखर सुनुवार मुखिया, ऐ.बस्ने वर्ष अं.२४ को अन्जन सुनार मुखिया र ऐ.बस्ने वर्ष अं.३० को सुमन सुनार मुखियाले गाई काटेर गाड्दै गरेको अवस्थामा देखेको भनी ऐ.ईथुङ बस्ने वर्ष २० को अर्जुन मुखियाले देखेको भनी ऐ.२८ गते बिहान निज गाई धनिलाई जानकारी गराएकोमा ऐ.१३:०० बजे जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा र जिल्ला पशुपंक्षी विकास कार्यालय, पाँचथरका भेटेनरी पशु चिकित्सक समेतको टोली खटी गई पुरी राखेको गाई निकाली गाई धनिलाई पहिचान गराई आवश्यक कानूनी प्रकृया पूरा गरि गौ-हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भइरहेको । ला.औ., पर्सा, प्र.चौ.धोरे पर्साबाट प्र.स.नि. भन्टु राय यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला पर्सा पकहामैनपुर गा.पा.१ धोरे स्थित धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेक जाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११०(एक सय दश) किलोग्राम ला.औ. गाँजा जस्तो देखिने पदार्थ बेबारिसे फेला पारी रितपुर्वक बरामदी मुचुल्का गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. पोखरिया पर्सामा बुझाईएको ।

मिति २०८२।१०।२७ गते ०५:०० बजे देखि २०८२।१०।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, खाँदबारी न.पा.०६ घर भई हाल ऐ. चिचिला गा.पा. ०१ बस्ने अ.वर्ष २४ को चुडा मणी चौलागाईले ऐ. बस्ने अं.वर्ष २१ की ( कान नसुन्ने तथा बोली समेत नआउने) फरक क्षमता भएकी महिलालाई निजकै सुत्ने कोठामा गई २०८२ बैशाख महिना देखि पटक पटक जबरजस्ती करणी गरेको भनि निजको बुवाले जि.प्र.का.संखुवासभामा जाहेरी दरखास्त दिएकोले प्र.चौ.चिचिलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । काठमाडौ, जिल्ला रौतहट तुलसी गा.पा.०६ घर भई हाल का.म.न.पा.१८ क्षेत्रपाटी बस्ने वर्ष १५ की वालिकालाई जिल्ला रौतहट राजपुर न.पा.८ घर भई हाल ऐ.१८ क्षेत्रपाटी टेंगाल बस्ने बर्ष २१ को सरफराज शेख निज प्रतिवादी कपडा सिलाउने गार्मेन्टको ब्यवसाय गर्ने प्रतिबादी सरफराज शेख पनि सोही गार्मेन्टममा कपडा सिलाउने काम गर्ने निज प्रतिवादी संग विगतदेखी चिनजान भएको र मिति २०८२।०९।०६ गते का दिन करिब ३:३० बजे तिर सो गार्मेन्ट चौथो तल्लामा रहेको र तेस्रो तला पुरै खाली रहेकोले निज सरफराज शेखले भित्र कोठामा काम छ भनी बोलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको,प्रतिवादी फरार रहेको,खो.त.भईरहेको । काठमाडौ, जिल्ला कास्की पोखरा म.न.पा.१० घर भई हाल का.म.न.पा.टोखा वस्ने वर्ष ४९ की महिलालाई जिल्ला धादिङ निलकण्ठ गा.पा. ६ घर भई हाल का.जि.चन्द्रागिरी न.पा. गुर्जुधारामा डेरा गरि वस्ने वर्ष ३० को उमेश गुरुङसंग टिकटकबाट चिन जान भई निज प्रतिवादिले खान बोलाएर मिति २०८२।०३।०४ गते अं.१५.०० बजे निज पीडितलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको, प्रतिवादी फरार रहेकोले खो.त.कार्य भईरहेको । चोरी,रुपन्देही, सियारी गा.पा.वडा - १ नागथान स्थित जडान गर्नेको लागी बिधुत का.ले राखेको नया बिजुलीको १००KB ४००/२३० V को ट्रान्सफर्मर अं.५०/६० मिटर पश्चिम तर्फ गहुँ बारीमा लगी तोडफोड गरी उक्त ट्रान्सफर्मर भित्र रहेको तामा र तेल चोरी गरेको भन्ने सूचना मिति २०८२।१०।२७ गते अ. ११:५१ बजेको समयमा जानकारी प्राप्त हुन साथ प्र.चौ.चिल्हियाबाट प्रनानि पृथ्वी नारायण काफ्लेको कमाण्डमा -२ जनाको टोली खटि गएको, उक्त ट्रान्सफर्मर अं. मुल्य रु ८,५०,०००।– बराबर रहेको अन्य अनुसन्धान भई रहेको । स.दु.(बस दुर्घटना) रामेछाप, मन्थली न.पा. ६ बेनिघाट पुल नजिक स्थित पुष्पलाल सडक-खण्ड  (मन्थली खुर्कोट) मा काठमाण्डौंबाट रामेछापको सिरिशे ढाडे जादै गरेको बा. प्र. ००१-०५ ख ९९७५ नं. को बस मोडमा अनियन्त्रित भई एक्कासी सडकबाट अं. १०० मिटर तल तामाकोशी नदीको पानीमा झरी दुर्घटना भएको भन्ने खवर प्राप्त हुनासाथ प्रचौ.सेलेघाटबाट प्र.व.ह. र जि.प्र.का.बाट प्र.ना.उ. को कमाण्डमा टोली खटिईगई बुझ्दा जि.रामेछाप  तामाकोशी गा.पा.४ बिजुलीकोट बस्ने अं. २१ की बबि तामाङ लगायत १२ जनाको घटनास्थलमा नै मृत्यु भएको(७ जना पुरुष, ५ जना महिला)   चालक जि. रामेछाप मन्थली न.पा.११ बस्ने अं.वर्ष ३१ को सुशान्त थापा लगायत ८ जना घाईतेहरूको उद्दार गरी १ जनालाई तामाकोशी अस्पताल मन्थली, ४ जनालाई शुभजिवन अस्पताल खुर्कोट सिन्धुली र ३ जनालाई  सुनकोसी अस्पताल खुर्कोट सिन्धुलीमा लगी उपचार भईरहेको, घाईते मध्ये ६ जनाको अवस्था मध्यम, २ जना गम्भीर रहेकोमा ६ जनालाई थप उपचारको लागि धुलीखेल अस्पताल काभ्रे, १ जनालाई छाउनी अस्पताल रिफर गरेको, ऐ.१४:०० बजे उपचार पश्चात डिस्चार्ज भई चालक जि.प्र.का.रामेछापको नियन्त्रणमा रहेको, उक्त बसमा के-कति जना यात्रु सवार रहेको, तत्काल नखुलेको, उक्त बस पानी (नदी) बाट निकाल्ने पहल भईरहेको । हा.ह.बरामद,प्युठान, सरुमारानि गा.पा.६ बुढीचौर स्थित ऐ.बस्ने राम ब.पुनको पाखाबारीमा रहेको बसको झ्याङ मुनि बेबारिसे अबस्थामा रहेको भरुवा बन्दुक थान १३ र भरुवा बन्दुकमा प्रयोग हुने नाल २ थान छ भनि गोप्य सुचना प्राप्त हुनासाथ प्र.चौ.बड्डाँडा प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई भरुवा बन्दुकलाई नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.बड्डाँडा प्युठानबाट अं.२२ कि.मि.पश्चिम पर्ने । प्र.क.मृत्यु, चितवन, भरतपुर म.न.पा.२१ कृष्णचोक घर, बागमती प्रदेश प्रहरी गण मकवानपुर हेटौडा दरबन्दी भइ सोहि स्थानमा कार्यरत (कम्प्युटर कोड नं.३७३०९७, संकेत नम्बर- C-०००६३४७१, मिति २०८२।१०।१४ गतेबाट लागु हुने गरी क्रिया बिदा आएको आमाको मृत्यु भएको) अं.वर्ष ४० को प्रहरी हवल्दार भिम बहादुर दमाइ खाना खाइ सुतेकोमा ऐ.१०।२८ गते अं.०२:३० बजे श्रीमती देबि परियाले अचेत अवस्थामा फेला पारी उपचारको लागि सरकारी अस्पताल भरतपुर ल्याएकोमा ऐ.०२:५७  बजे डाक्टरले मृत घोषणा गरेको