मिति २०८२।१०।१४ गते ०५:०० बजे देखि २०८२।१०।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१५
- A
- A-
- A+
फुटकर ज्यान,
सप्तरी, राजविराज
न.पा.६ थानगाछि स्थित देश भारत सुपौल जिल्ला घर भई हाल किरण होटल संचालन गर्दै
आएकी किरण देवी रावतको होटलमा काम गर्ने ऐ.राजविराज न.पा.१५ देउरीभरुवा बस्ने
उमाशंकर शर्माको श्रीमती अं.वर्ष ३५ की कुन्ति कुमारी शर्मा २।३ दिन देखि बिरामी
भई औषधी सेवन गरीरहेकोमा मृत्यु भएको र मृतकको आफन्त कोही कसैलाई जानकारी नगराई
लाश घरमा ऐ.०७:०० बजे एम्बुलेन्समा राखी होटल संचालकले पुर्याएकोमा शंका लागि
सोही वडाको वडा सदस्यले अ.प्र.पोष्ट तितरीगाँछीमा जानकारी गराउनासाथ प्र.स.नि. र
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा
गरी शव पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको, उल्लेखित होटल
संचालक किरण देवि रावतलाई जि.प्र.का.सप्तरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको , लास कानुनि
प्रक्रिया पुरा गरी ऐ. १०;२५ बजेको समयमा लाश पो.मा.को लागी गजेन्द्र
नारायण अस्पताल राजबिराज सप्तरीको शब गृहमा ।
पर्सा, मिति
२०८२/१०।१३ गते अं.१६:०० बजे वीरगंज म.न.पा.१२ मुर्ली चौक स्थित सम्झना होटलको रुम
नं.२०१ मा बसिरहेको देश भारत हिमाञ्चल प्रदेश बस्ने लालचन्द शर्माको छोरा अं.वर्ष
२५ को अभिषेक शर्मा बेहोस अवस्थामा रहेको भन्ने खबर ऐ.१४ गते १२:१५ बजे प्राप्त
हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सोही रुममा बस्ने
शंकित वीरगंज म.न.पा.११ रानीघाट बस्ने वर्ष २० को बाल कुमार जैसवाल र जि.सर्लाही
मंलगवा न.पा.९ शिवसागर चोक घर भई हाल वीरगंज म.न.पा.१ रानीघाटमा डेरा गरी बस्ने
वर्ष २४ को अमिष झालाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा राखिएको, निज बेहोस
व्यक्तिलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाएकोमा चिकित्सकले ऐ.१२:५५ बजे
चेकजाँच गर्दा मृत घोषणा गरेको, ऐ. १८:०० बजे पो.मा. पश्चात मृतकको दाई आशिष
शर्माले बुझि लगेको
जबरजस्ति
करणी/ बाल यौन दुर्व्यवहार,
दाङ, मिति
२०८२।१०।१२ गते अं.२१:३० बजे घोराही उ.म.न.पा.४ सुनपुर बस्ने वर्ष २२ को पुरुषले
निजकै घरमा पाहुना आएकी वर्ष २१ की महिलालाई घरकोठामा कोही नभएको अवस्थामा
ज.ज.क.गरेको भनी मिति २०८२।१०।१३ गते १७:०० बजे प्रतिवादी मधुसुदन भुषालको नाममा
किटानी जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज
प्रतिवादी मधुसुदन भुषाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
दाङ, घोराही
उ.म.न.पा.१०नारायणपुर बजार बस्ने वर्ष २८ को रिगल डाँगीसँग बिगत २ वर्ष अगाडी
देखिनै सामाजिक संजालबाट चिनजान भई कुराकानी हुदै आएकोमा मिति २०८२।१०।१० गते निज
र निजको भाउजु कल्पना डाँगी समेतले बोलाई बिवाह गर्ने भनी जि.रोल्पा न.पा.५ घर भई
जि.दाङ घोराही उ.म.न.पा.१० नारायणपुर डेरा गरी बस्ने वर्ष २२ की महिलालाई निजको
घरमा गई घरबाट लिई गएकोमा ऐ.११ गते ईच्छा बिपरित ज.ज.क गरेको भन्ने खबर प्राप्त
हुनासाथ जि.प्र.का.दाङबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई मिति २०८२।१०।१३ गते देखी लागु हुने
गरी पहिलो पटक दिन ७ म्यादथप अनुमती लिई जि.प्र.का.दाङको हिरासतमा राखी
आ.अ.भईरहेको,
पिडित
लाई बिस्तृत स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही
दाङमा पठाई बिस्तृत स्वास्थ्य परीक्षणको कार्य नभ्याई पिडित लाई घोराही स्थित
रहेको सेफ हाउसमा पठाईएको ।
सिन्धुपाल्चोक, मिति
२०८२।१०।१२ गते अं.१७:३० बजे चौतारा साँगाचोकगढी न.पा.१२ साँगाचोक बजार स्थित ऐ.घर
भई जनजागृती मा.वि.को शिक्षक वर्ष ४६ को जित राज गिरीले ऐ.साँगाचोक भञ्ज्याङ घर भई
सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत वर्ष
१२ की बालिकालाई यौनजन्य दुर्व्यबहार गरेको भनी ऐ. १४ गते अं.१३:०० बजे
प्र.चौ. साँगाचोकमा निवेदन दिनासाथ प्र.चौ. साँगाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गई निज शिक्षक जित राज गिरीलाई नियन्त्रणमा लिई प्र.चौ. साँगाचोकमा राखेको,. साँगाचोकमा
स्थानीयहरु अं. १५० जना भेलाजम्मा भएको, उक्त स्थानमा
जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा १५ जनाको थप टोली खटी गएको ऐ. शिक्षकलाई
जि.प्र.का.मा राखिएको, भेला जम्मा भएको मानिसहरु सबै तितरवितर भएको, अवस्था सामान्य
रहेको ।
ठगी,
काठमाडौं, तारकेश्वर
न.पा.१ साङ्ला छाप स्थित जि.ओखलढुङ्गा सिद्धिचरण न.पा.६ घर भई हाल का.जि.सुन्दरीजल
बस्ने वर्ष ३३ को दावा शेर्पालाई मिति २०८२।१०।१२ गते देखी हाल नामथर वतन केही
नखुलेको ९८१२८८६८१२ नं.बाट फोन गरी कुरा
भई अल्फाबेट नं.नखुलेको NS पल्सर मो.सा.मा सवार दुई जना मानिसहरुले अमेरिकि
डलर सस्तोमा मिलाइदिने भनी बोलाई निज दावा शेर्पालाई कालो रुमालमा कागजको पोको दिई
निजसंग रहेको नगद रु.१०,००,००० (दश लाख) लिई फरार रहेको भन्ने खबर
प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा सादा पोशाकको टोली
सहित १५ जनाको टोली खटी गई फरार ब्यक्तिहरुको खो.त.तथा CCTV फुटेज हेर्ने
क्रममा मो.सा.चालकले सेतो हुडि, कालो माक्स लगाएको र पछाडि बस्नेले रातो ज्याकेट
रातो/रातो जस्तो देखिने हेल्मेट लगाएको अन्य हुलिया नखुलेको र कालो रंगको
मो.सा.खुल्न आएको, खो.त.कार्य भईरहेको ।
पक्राउ
नियन्त्रण,
काठमाण्डौ, का.जि.कागेश्वरी
मनोहरा न.पा.६ मुलपानी स्थित काठमाण्डौ
उपत्यकामा बिगत ३ महिना देखी रातको समयमा ३/३ जनाको दरले चढी २ वा ३ वटा मो.सा.मा
आई एक्लै दुक्लै सार्बजनिक सडक-खण्डमा हिडिरहेका मानिसहरुले लगाएको गर-गहना लुटपाट
गर्ने मानिसहरुलाई जि.प्रहरी परिसर काठमाण्डौ भद्रकाली र बृत्त बौद्धबाट खटी गएको
संयुक्त प्रहरी टोलीले काठमाण्डौका
बिभिन्न स्थानमा शंका लागी चेकजाच गर्ने क्रममा जि.काभ्रे सल्ले भुम्लु गा.पा.३ घर
भई हाल ऐ.मुलपानी बस्ने वर्ष २३ को बिनय तामाङले चलाई ल्याएको बा ७० प २९८० नं.को
मो.सा.चेकजाँच गर्न खोज्दा बृत्त स्वयम्भु दरबन्दी भई जि.प्रहरी परिसर काठमाण्डौमा
कार्यरत प्र.स.ह.मोहन भट्ट र वृत्त बौद्धमा कार्यरत प्र.ज.पुष्पराज भण्डारीलाई
मो.सा.ले हान्न खोजी भाग्ने क्रममा घाईते भई स्तुपा सामुदायिक अस्पतालमा उपचार
भईरहेको,प्र.स.ह. मोहन
भट्टको दुबै हात र घाँटीमा चोट,अवस्था मध्यम,प्र.ज.पुष्पराज
भण्डारीको दुबै हात,खुट्ट्मा चोट,बोल्न सक्ने मध्यम र उक्त मो.सा.चालक बिनय
तामाङलाई नियन्त्रणमा लिने क्रममा बेरेटा US लेखेको पेस्तोलबाट २ राउण्ड गोली फायर गर्दा निज
बिनय तामाङ पनि घाईते भई उपचारको लागी ट्रमा सेन्टर लगि उपचार भईरहेको,दाहिने
खुट्टाको पिडुलामा चोट,बोल्न सक्ने,अवस्था मध्यम,बृत्त बौद्धबाट
प्र.ना.उ.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गएको,उक्त स्थानमा चेकजाच
गर्ने क्रममा जि.रामेछाप दोरम्बा गा.पा.८ घर भै हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६
मुलपानी बस्ने वर्ष २२ को बिशाल तामाङ लगायत ९ जनालाई (२ मो.सा.,१ ट्याक्सी,१ फिगो )सहित
नियन्त्रणमा लिई बृत्त बौद्धमा ल्याई राखिएको ।
विरोध/
भेलाजम्मा,
बर्दिया, मिति २०८२।१०।१४ गते ११:०० बजे निर्वाचन प्रहरी भर्ना छनोटमा
नाम नभएका अं.२५।३० जना जिल्ला प्रशासन कार्यालयको गेटमा आई सम्झाई बुझाई गरी
निजहरु जि.प्र.का.को गेटमा आई बिभिन्न माग राखी भेलाजम्मा भएकोले प्र.नि.को
कमाण्डमा २० जनाको टोलीले सम्झाई बुझाई गर्दा समेत नमानेकोले गुलरिया न.पा.१
खैरापुर बस्ने वर्ष २२ को अर्जुन रसाईली (दर्ता नं.२०६३), मधुवन न.पा.७
दशरथ बस्ती बस्ने वर्ष अं.३९ को पूर्ण बहादुर सुनार (दर्ता नं.१३०), बढैयाताल गा.पा.२ फुटाहा बस्ने वर्ष १९ की कबिता
पुरी (दर्ता नं.३३२४) र गुलरिया न.पा.३ बस्ने वर्ष २१ को धुर्ब सिंह बन्जारा निर्वाचन प्रहरीमा फर्म नभरेको) नियन्त्रणमा
लिई जि.प्र.का.बर्दियामा राखिएको ।
ला.औ.,
बाँके, नेपालगंज
उ.म.न.पा.११ स्थित CST होटलमा जि.बर्दिया बढैयाताल गा.पा.५ जगतपुर
बस्ने वर्ष २५ सन्देश थारु र निजको श्रीमती वर्ष २३ की कनिना थारु मिति २०८२।१०।१३
गते राती बास बसेकोमा निज सन्देश थारुले मा.प.से.गरी होटल तोडफोड गर्न खोज्दा
निजलाई होटल संचालक सन्तोष खड्काले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात
व.प्र.का.नेपालगंजबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई नियन्त्रण लिने
क्रममा निजहरुको साथबाट ६१ ग्राम २०० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखी खैरो
धुलो पदार्थ,
मो.सा.भे
१० प ८२७५ नं.को मो.सा.फेला पारी फेला पारी उक्त ला.औ सहित दुबैलाई नियन्त्रणमा
लिई जि.प्र.का.मा राखिएको