मिति २०८२।१०।१५ गते ०५:०० बजे देखि २०८२।१०।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१६
- A
- A-
- A+
कर्तव्य
ज्यान,
गुल्मी, मिति
२०८२।१०।१४ गते राती २०:०० बजे, इश्मा गा.पा. २ छल्दीटार बस्ने वर्ष ४६ को सन्त
ब. कुमालले मा.प.से. गरी आफ्नै ३ महिनाको शिशु छोरा सुवास कुमाललाई भुईमा पछारेर
मारेको भनि ऐ.१५ गते ०९:३० बजे निजको जेठी छोरी सरिता कुमालले प्र.चौ. हस्तिचौरमा
जानकारी गराउन साथ प्र.स.नि.को कमाण्डमा टोली खटिई गई निज सन्त कुमाललाई
नियन्त्रणमा लिएको, शव घटना स्थलमै सुरक्षित रहेको, मार्नुको कारण
नखुलेको,
थप
अनुसन्धानको लागी जि.प्र.का.गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको, थपअपडेट:-मिति
२०८२।१०।१५ गते १५;३० बजे लास पो.मा. पश्चातम निजको आमा कमला कुमालले बुझिलिएको
।
जबरजस्ति
करणी/ बाल यौन दुर्व्यवहार,
काठमाण्डौ,
मिति
२०८२।१०।१२ गते १२:०० बजे भारत देश सितामढी घर भई हाल का.म.न.पा.२३ बसन्तपुर बस्ने
वर्ष १४ की बालिकालाई जि.तनहुँ बन्दीपुर घर भई हाल ऐ.बस्ने वर्ष २८ को पुरुषले
पिडितलाई निजको डेराकोठामा सुतिरहेको अवस्थामा निजको संबेदनशील अंगहरुमा छुने
गरेको भन्ने जाहेरी दरखास्त मिति २०८२।१०।१४ गते १८:०० बजे जिल्ला प्रहरी परिसर
महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात
प्रहरी बृत्त जनसेवाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई ऐ.१९:०० बजे
का.म.न.पा.चिकमुगलबाट निज प्रतिबादीलाई नियन्त्रणमा लिई बालयौन दुर्ब्यवहार मुद्दा
दर्ता गरी सम्मानित अदालतबाट म्याद थप गरी अ.अ.कार्य भई रहेको ।
बाँके, बाँके खजुरा
गा.पा.७ घर भई हाल जिल्ला बाँके बैजनाथ गा.पा.६ एच गाँउमा मज्दुरी काम गरी बस्ने
बस्ने वर्ष ३० को अंगतराम अहिरले पिडित बर्ष १७ की परिवर्तित नाम थर ६५ कोहलपुर
(०८२।०८३ ) २० लाइ दुध लिन गएको अवस्थामा फेला पारी ललाइ फकाइ गरी निजले आफु काम
गर्ने गोठमा लगी ज.ज.क गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्र.चौ. सम्झना बाँके
बाट प्र.ना.नि धन बहादुर थापा (९८५८०४२३१०) को कमाण्डमा २ जना र इ.प्र.का कोहलपुर
बाँके बाट प्र.नि आच्युतराज आचार्य (९८५७८९०८४२) को कमाण्डमा SOCO सहित ७ जनाको
टोली खटी गइ ज.ज.क गर्ने अंगतराम अहिरलाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागी
इ.प्र.का. कोहलपुर बाँकेमा लिइ राखिएको,पिडित लाइ स्वस्थ्य परिक्षणको लागी भेरी
अस्पताल नेपालगंज बाँके पठाइएको अवस्था सामान्य रहेको ।
नवजात
शिशू मृत फेला,
काठमाण्डौ, का.म.न.पा.८
पशुपती बिश्वरुपा मन्दिर नजिकै महिना पुगि जन्मिएको जस्तो देखिने छोरा जातको नवजात
शिशू बेवारिसे मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी
बिट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा र प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल
महाराजगंज पठाएको ।
चोरी,
झापा, मिति
२०८२।१०।१५ गते राती के-कुन समयमा बिर्तामोड न.पा.१ पञ्चकन्या प्लटिङ स्थित रहेको
पुनम देवी साहको २ तले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराज
भित्र रहेको बिभिन्न सुनको गरगहना ६ तोला, चाँदीको गरगहना
१२ तोला र नगद रु.२० हजार गरी अं.मु.रु.१९ लाख बराबरको धनमाल चोरी भएको भनी
ऐ.०९:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.अनारमनीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गइ चोरी हर्ने व्यक्तिको खो.ता.कार्य भई रहेको ।
मानिस
मृत फेला,
म्याग्दी, मिति
२०८२।१०।१५ गते ०८:०० बजे जि.म्याग्दी रघुगंगा गा.पा.३ चमेरे स्थितमा रहेको J.P. हाइड्रो पावर
निर्माण कम्पनिले निर्माण गरी राखेको निर्माणाधिन ४० मेघावाट क्षमताको राहुघाट
हाइड्रो पावरको पावर हाउसमा सेक्युरिटी गार्डको काम गर्ने जि.ईलाम माई न.पा.९ घर
भएको अ.वर्ष ५५ को भिष्म पौडेल (ऐ.१४ गते २०:०० बजे देखि ऐ.१५ गते ०८:०० बजे
सम्मको लागि डियुटी बसेको) सोही हाइड्रो पावरको निर्माणाधिन पावर हाउसको भुईतलामा
मृत अवस्थामा रहेको भनी सोही हाइड्रोमा काम गर्ने बिकास लामाले ०८:३० बजे
टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा २ जनाको प्रहरी टोलि खटिगई
घटना स्थल सुरक्षित राखेकोमा थप अनुसन्धानको लागि जि.प्र.का.म्याग्दीबाट
प्र.ना.उ.को कमाण्डमा SOCO सहित ९ जनाको प्रहरी टोली खटिगएको, थप अपडेट:-
ऐ.१३:२५ बजे गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन
के.सी.को कमाण्डमा ४ जनाको टोलीले टाईसन नाम को ट्रयाकर बिषयको कुकुर ल्याई
अनुसन्धान कार्य भईरहेको । ऐ.१४:५० बजे घटना स्थल तथा लाश जाँच मुचुल्का समाप्त
पश्चात शव पो.मा.को लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाईएकोमा ऐ.१६:०० बजे
गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन के.सी.को
कमाण्डमा ४ जनाको टोलीले टाईसन नामको ट्रयाकर बिषयको कुकुर ल्याई अनुसन्धान कार्य
पश्चात खटि आएको टोलि फिर्ता भएको, अनुसन्धानको लागि J.P. हाइड्रोपावर
निर्माण कम्पनिमा सेक्युरिटी गार्डको काम गर्ने निम्न ४ जना व्यतिहरु नियन्त्रणमा
ल्याई थप अनुसन्धन कार्य भई रहेको ।
१.
जि.म्याग्दी बेनि न.पा.९ बस्ने वर्ष ३७ को कृष्ण बहादुर चोखाल
२.
भारतको उत्तर प्रदेश बस्ने वर्ष २९ को बिनयक सिंह
३.
जि.म्याग्दी रघुगंगा गा.पा.३ बस्ने वर्ष ५३ को गिरी बहादुर मल्ल
४.
जि.म्याग्दी मंगला गा.पा.२ बस्ने वर्ष २९ को भिम प्रसाद किसान
थप
अनुसन्धानको लागी J.P. हाइड्रोपावर निर्माण कम्पनिमा सेक्युरिटी
गार्डको काम गर्ने निम्न १ जना, ट्याटर चालक १ जना र अन्य २ जना गरी जम्मा ४ जना
व्यतिहरु ऐ.२३:३० बजे नियन्त्रणमा लिई थप अनुसन्धन कार्य भईरहेको
५.जि.म्याग्दी
रघुगंगा गा.पा ३ बस्ने वर्ष ५९ को गम बहादुर सेन्चुरी
६.जि.म्याग्दी
बेनी न.पा.९ बस्ने ट्याक्सी चालक वर्ष ४१ को शिव पुरी
७.जि.रुपन्देही
घर भई हाल सोहि हाईड्रोको ट्याक्टर चालक वर्ष ३१ को तुल बहादुर गुरुङ
८.भारत
बिहार घर भई कवाडी उठाउने वर्ष ३९ को सन्तोष कुमार जैसवल
नोट:-शव प्रदेश अस्पताल म्यग्दी वेनीको शवगृहमा
राखीएको,
पो.मा.हुन
बाँकी ।
धारिलो
हतियार प्रहार,
भोजपुर, टेम्केमैयुङ
गा.पा.७ जौनागी बस्ने वर्ष ६२ को उत्तर कुमार राईले लेनदेनको बिषयलाई लिएर ऐ.वस्ने
छिमेकी वर्ष ४४ को दिवस राईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी घाईते
बनाएको दुबै कानको माथील्लो भागमा चोट रहेको,अवस्था बोल्न नसक्ने
(गम्भिर) रहेको भन्ने खवर प्राप्त हुनासाथ
प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई घाईतेलाई उपचारको लागी
स्वास्थ चौकी कोटमा सामान्य उपचार पश्चात ऐ. १६:३० बजे थप उपचारको लागी जिल्ला अस्पताल
भोजपुर पठाइएको,
खुकुरी
प्रहार गर्ने उत्तर कुमार राईलाई खुकुरी सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागी जि.प्र.का.भोजपुर पठाइएको ।
ला.औ.,
भोजपुर,
हतुवागढी
गा.पा.९ मचुवा स्थित धनकुटा जिल्लाको सहिदभूमी गा.पा.जोड्ने झोलुङ्गे पुलको मुखमा
ना.७ त.३५० नं.को ट्याक्टरमा लोड गरी ल्याएको ४३ वटा प्लाष्टिकको बोरामा अं.५००
के.जि.(एकिन तौल गर्न बाँकी) ला.औ.गाँजा मचुवाबाट अखुवाटार जोड्ने झोलुङ्गे पुलबाट
भोजपुरको मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजान लागेको अवस्थामा
प्र.चौ.हसनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पेला पारी उक्त ला.औ.र
ट्याक्टर सहित ट्याक्टरमा सवार आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर
श्रेष्ठ समेत ९ जना मनिसहरुलाई नियन्त्रणमा लिई आ.अ. भइरहेको, उक्त
ला.औ.गाँजा जि.भोजपुर आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर श्रेष्ठले
आमचोकबाट लगेको भन्ने बुझिन आएको, उक्त स्थानमा इ.प्र.का.घोडेटारबाट प्र.नि.को
कमाण्डमा थप टोली खटी गएको ।