मिति २०८२।१०।१६ गते ०५:०० बजे देखि २०८२।१०।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१७
- A
- A-
- A+
कर्तव्य
ज्यान,
ललितपुर, गोदावरी
नगरपालिका ०७ देउराली डाडा घर भई बस्ने बर्ष २३ कि कोपिला नेपाली र निजको श्रीमान
बर्ष २७ को बिनोद तामाङले मा.प.से. गरी बिबाद हुँदा श्रीमतीलाई चिरपटले हानी घाइते
बनाएको भनी श्रीमान आफै प्र.चौ. टिकाभैरबमा आई जानकारी गराए पश्चात तत्काल प्र.चौ.
टिकाभैरव बाट प्र.ब.ना.नि. यम ब. के.सी. को कमाण्डमा ३ जना प्रहरी टोली खटी गई
हेर्दा निजको श्रीमतीको घटनास्थलमा मृत्यु भएको र घटनास्थल सुरक्षित राखेको थप
अनुसन्धान तथा मुचुल्काको लागी वृत्त चापागाँउ बाट प्र.ना.उ. शिला थापाको कमाण्डमा
सो.को. सहित ७ जना प्रहरी टोली खटी गएको, निजको श्रीमान प्र.चौ.
टिकाभैरवको नियन्त्रणमा रहेको । ऐ ०९;३० बजेको समयमा लास मुचुल्का कार्य
समाप्त पश्चात पो.मा को लागि पाटन अस्पताल
पठाएको । ऐ. ११:०० बजे शव पाटन अस्पताल ईन भएको ।
गोली
प्रहारबाट मानिस मृत्यु,
सिरहा, सिरहा न.पा.७
हुलाकी सडकबाट अं.१ कि.मि.उत्तर आफ्नै खेतवारीमा काम गरिरहेका ऐ.न.पा.१ महाविर चोक
बस्ने अं.वर्ष ४१ को प्रेम नाथ यादवलाई को-कसले गोली प्रहार गरी गम्भीर घाईते भएको
भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा
घाइते व्यक्तिको घटनास्थलमा मृत्यु भईसकेको, गोली प्रहार
गर्ने व्यक्तिको पहिचान तथा खो.त.कार्य भईरहेको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि
बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाएको, घटना सम्बन्धमा
खो.त.तथा अनुसन्धान गर्दै जाँदा ऐ.१८;४० बजे घटनास्थल देखि अं.३५ मिटर दक्षिण
स्थित चौरमा पुगी हेर्दा ३०३ राईफलको गोलीको खोका जस्तो देखिने 8MM-KF लेखिएको गोलीको
खोका फेला परेकोमा उक्त गोलीको खोका जि.प्र.का.सिरहामा ल्याई राखिएको ।
ठगी,
काठमाण्डौ, का.म.न.पा.१४
रविभवन स्थित रहेको KN SCOOTY रिकण्डिसनमा बा.प्र.०२-०१५ प ५४९९ नं.को ३५०
सि.सी.को खैरो कलरको बुलेट मो.सा.जि.रुकुम पुठा उत्तरगंगा न.पा.११ घर भई हाल
का.जि.ना.न.पा.१० बस्ने वर्ष ३१ को राजन बुढाले बिक्रि गर्न जाँदा उक्त स्थानमा १
जना अपरिचित व्यक्ति कलेज ड्रेसमा आई मलाई बाईक किन्नु छ भनी मोलमोलाई गर्दा ४ लाख
दिन्छु भन्ने प्रलोभन देखाई का.जि.का.म.न.पा.१३ कालिमाटी वडा कार्यालय नजिक मेरो
घर हो भनी पिडितलाई मो.सा.को पछाडी सँगै
राखी ल्याई वडा कार्यालय नजिक सडक खण्डमा पिडितलाई छोडी बुबा सँग कुरा गरी तोकिएको
रकम लिएर आउँछु भनी उक्त स्थानबाट मो.सा.सहित ताहाचाल तर्फ फरार भएको भनी पिडित
राजन बुढाले ऐ.१७:३० बजे वृत्त कालीमाटीमा आई जानकारी गराएको हुदा वृत्त
कालीमाटीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई सि.सी.क्यामेरा फुटेज हेरी
खो.त.जारी रहेको ।
ला.औ.,
मकवानपुर, भिमफेदी
गा.पा.२ भैसे स्थित चेकपोईन्टमा प्र.चौ.भैसेबाट प्र.स.नि.को कमाण्डमा खटिएको
प्रहरी टोलीले त्रिभुवन राजपथ सडक खण्डमा आँपचौरबाट भैसे तर्फ आउदै गरेको प्रदेश
३-०१-०२४ च ४२७० नं.को योद्धा पिकअप गाडीललाई चेकिङ टोलीले रोक्न खोज्दा प्रहरी
नजिकैबाट पेलि नरोकी हेटौडा बजार तर्फ भागेको (प्रहरीलाई नछोएको) पिछा गर्दै जाँदा
ऐ.हेटौडा उ.म.न.पा.१ चौकिटोल स्थित प्र.चौ.चौकिटोलको कार्यालय अगाडी प्र.स.नि.को
कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले रोक्न खोज्दा नरोकी अं.१ कि.मि.अगाडी बढेकोमा
सोही समयमा जि.प्र.का.मकवानपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीलाई उक्त गाडी
चालकले देखि ऐ.लोकप्रिय मोड नजिक चालकले गाडी रोकी चालक निस्कि गाडि छोडि भागेको, उक्त गाडीलाई
नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर ल्याई चेकजाँच गर्दा उक्त गाडी भित्र तरकारी
राख्ने क्यारेटमा ला.औ.गाँजा ११ पोका (१७२ के.जि.६०० ग्राम तौल भएको) फेला परेको, फरार चालकको
खो.त.भइरहेको ।