मिति २०८२।१०।१७ गते ०५:०० बजे देखि २०८२।१०।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१८
- A
- A-
- A+
कर्तव्य
ज्यान,
संखुवासभा,
चैनपुर
न.पा.१० ईखम्बु बस्ने वर्ष अं. ५९ को शिव कुमार राईले आफ्नै बारीमा घाँस काटी रहेको
अवस्थामा ऐ.बस्ने अं.वर्ष ४७ को लिला प्रसाद राईसँग बस्तुले घाँस खाएको विषयमा एक
आपसमा वादबिवाद हुँदा निज शिव कुमार राईले आफुसँग रहेको खुकुरीले लिला प्रसाद
राईको छातीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
प्र.चौ.खराङबाट प्र.ह.को कमाण्डमा टोली खटी गई खुकुरी प्रहार गर्ने व्यक्तिलाई
खुकुरी सहित नियन्त्रणमा लिई घट्नास्थल सुरक्षित राखिएको, थप अनुसन्धान
तथा कानूनी प्रकृयाको लागि इ.प्र.का.चैनपुरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गई ऐ.१८:४५ बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि आधारभुत अस्पताल
चैनपुर पठाइएको ।
नक्कली
प्रशिक्षार्थी पक्राउ,
सुर्खेत, मिति २०८२।१०।१७ गते सुर्खेत सदरमुकाम स्थित ८
वटा केन्द्रमा ऐ. ११:०० बजे देखी १३:०० बजे सम्म लोकसेवा आयोग सुर्खेत द्धारा
संचालन गरिएको नेपाल प्रहरी, प्रहरी जवान (जनपद) पदको लिखित परिक्षा भएकोमा
उक्त परिक्षामा समावेश भएका मध्ये जि.जाजरकोट कुशे गा.पा.२ बस्ने वर्ष २१ निरज
शाही लगायत ११ जना नक्कली प्रशिक्षार्थीहरुलाई ऐ. १४:०० बजे नियन्त्रणमा लिई
जि.प्र.का. सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।
फुटकर
ज्यान,
प्युठान,
गौमुखि
गा.पा.६ लिबाङ बस्ने अनिल घर्तिको श्रीमती वर्ष अं. १९ कि सर्मिला घर्ति घर देखी
अ. ४ कि.मि. दक्षिण पर्ने कालिमाटि जंगलमा मृत अवस्थामा फेला परेको भनि स्थानियले
ऐ. १५:१० बजे जानकारी गराए पश्चात इ.प्र.का. पुजालीबासे प्युठानबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गएको, श्रीमान र माइतीको आमा घटनास्थलमा रहेको, थप अनुसन्धानको
लागी जि.प्र.का. प्युठानबाट प्र.नि. र
ऐ.१८:०० बजे थप अनुसन्धानको लागि जि.प्र.का.प्युठानका कार्यालय प्रमुख
प्र.ना.उ.को कमाण्डमा टोली खटि गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि
जि.अस्पताल बिजुवार पठाईएको, अनुसन्धानको लागि मृतकको श्रीमान वर्ष अ.१९ को
अनिल घर्ती र देवर वर्ष १५ को जनक घर्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठान
ल्याउदै ।र्थीहरुलाई ऐ. १४:०० बजे नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई
अनुसन्धान भईरहेको ।
चोरी,
काठमाण्डौ, टोखा न.पा.३
मेघा सिटी स्थितमा रहेको तिल सरा पुर्जाको साँढे दुई तल्ले घरमा निज घर धनी घर
बाहिर रहेको र घर रेखदेखको लागी निजकी छोरी
तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने वर्ष ४६ की मन्जु पुर्जा थापा मगर
बस्दै आएकोमा कोही नभएको अवस्थामा कोठाको ताल्चामा झुण्डिएको चावी खोली कोठामा
रहेको सुनका गरगहना अं.६.५ तोला,नगद रु ५० हजार गरी अं.१९ लाख ५० हजार बराबरको
चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ
प्रभाग गोँगबुवाट प्र.ह.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको
खो.त.भईरहेको ।