मिति २०८२।१०।१८ गते ०५:०० बजे देखि २०८२।१०।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१९
- A
- A-
- A+
हात
हतियार ,
गोलि
बरामद,
मकवानपुर, इ.प्र.का.फापरवारीबाट
प्र.नि.को कमाण्डमा खटीएको प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा
जि.मकवानपुर बकैया गा.पा.३ चिसापानि स्थित मदन भण्डारी लोकमार्गबाट अं.६ मिटर
भित्र भुवनचुली जाने भित्रि गोरेटो बाटोको छेउमा वेवारिसे अवस्थामा निलो फाईवरको
हाते-झोला भित्र कालो प्लाष्टिकले बेरेर पोको पारी राखेको अवस्थामा T-54 हतियार
नं.५५००९४९९ भएको चा.पे.(Nepal Police लेखिएको) पेस्तोल थान १, ऐ.को खाली
म्यागजिन थान १ र CF 98-9 हतियार नं.०००४०००८२३६ भएको चा.पे. थान १, ऐ.को खालि
म्यागजिन थान १,
समेत
बरामद गरी इ.प्र.का.फापरवारीमा ल्याई थप अनुसन्धान भईरहेको ।
कास्की,
माछापुच्छ्रे
गा.पा.४ लाहाचोक बस्ने चन्द्र बहादुर शाहीको गाई फार्म नजिकै जि. रौतहट
गरुडा न.पा.४ घर भई हाल सोही
फार्ममा काम गर्ने वर्ष २७ को विवेक यादवले घाँस काट्ने क्रममा बेडुलाको घाँसको
जरामा प्लाष्टिक भित्र बेरेर राखेको SLR को
८ राउण्ड र 303 को ४ राउण्ड गरी जम्मा १२
राउण्ड गोली फेला परेको भन्ने सुचना प्राप्त हुनासाथ प्र.चौ.घाचोकबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई उक्त गोली प्र.चौ.घाचोकमा ल्याई राखेको ।
चोरी,
मोरङ,
कानेपोखरी
गा.पा ६ज्यामिरे स्थितमा ऐ.२ बस्ने बर्ष ३६ को अर्जुन बहरदारको साथमा भएको रु.६२,८७५
(बैसठ्ठी हजार आठ सय पचहत्तर) रुपैया पैसा सहित पाईन्ट खोली राखी माछा मार्न
गएकोमा के-कुन ब्याक्तिले चोरेको भन्ने खबर ऐ. १७;३०
बजे प्र.चौ. रमाईलोमा मौखीक जानकारी प्राप्त हुनासाथ प्र.ना.नि. निलमणी पोखरेल
(९८५२६९००६४) को कमाण्डमा ३ जनाको टोली खटी गई खो.त. गरी ऐ.६ हनुमान चोक बस्ने
अं.बर्ष २६ को रमेश तोलाङ्गीको साथबाट रु.२६,८७५
(छब्बिस हजार आठ सय पचहतर) रुपैया पैसा फेला पारी बरामद गरी ऐ.१९;००
बजे निजलाई नियन्त्रणमा लिई प्र.चौ.रमाईलोमा ल्याई अनुसन्धान कार्य भईरहेको ।
ज.ज.क,
प्युठान,
प्युठान
न.पा.७ टाकुरा बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ. प्युठान न.पा.४ बस्ने अं.वर्ष अं.
१८ को सक्षम सुनारले पीडितको घरमा प्रवेश गरि ऐ.१०।१७ ००:०० बजे एक्लै सुतेको मौका
छोपी ज.ज.क.गरेको भनि ऐ.१०।१८ गते अं.१६:०० बजे जि.प्र.का.मा जानकारी गराए पश्चात
उक्त स्थान इ.प्र.का.बिजुवारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई जि.प्र.का.प्युठानमा राखिएको, पीडितको
अवस्था सामान्य रहेको ।
भवितव्य
मृत्यु (लडि मृत्यु),
इलाम,
सन्दकपुर
गा.पा. ५ जमुना घर भइ हाल ऐ. सुर्योदय न.पा.१० फिक्कल स्थित कुमारी चापागाईको घरमा
डेरा गरी बस्ने वर्ष २४ को किरण लिम्बु र निजको श्रीमती बर्ष २३ की सुमित्रा राई
मा.प.से. गरी के-कुन बिषयमा झै-झगडा गर्दा दुई (२) तल्ले घरको माथिल्लो तल्लाको
टिनको भित्ता भत्किएर घर बाट तल खसि (झरेर) घाईते भई निजहरुलाई तत्काल फिक्कल
अस्पतालमा ल्याई चेक जाँच गर्दा ऐ. २३:४० बजे किरण लिम्बुको डाक्टरले मृत घोषणा
गरेको, मृतकको श्रीमति सुमित्रा राईको
शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको भनी प्रचौ फिक्कलमा जानकारी प्राप्त हुन
साथ प्रचौ फिक्कल बाट प्रनानि बिष्णु सापकोटा (९८५२०९०९९४) को कमाण्डमा ४ जनाको
टोली खटि गई निज सुमित्रा राईको दाजु बर्ष २६ को समिर राईलाई अनुसन्धानको लागी
प्रचौ फिक्कलको नियन्त्रणमा तथा घटनास्थल सुरक्षित राखिएको,
थप
अनुसन्धानको लागी इप्रका पशुपतिनगर बाट प्र.नि. प्रबिण जोशी (ज्ञावाली) को
कमाण्डमा SOCO सहितको टोली भोलि खटि
जाने ।
ला.औ.,
पर्सा,
ठोरी
गा.पा.५ ठुलोवाघ मोर्चा स्थित विषेश सुचनाको आधारमा इ.प्र.का.ठोरी पर्साबाट
प्र.नि.को कमाण्डमा १३ जना र इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा १० जना
गरी जम्मा २३ जनाको टोलीले ऐ. बस्ने बर्ष ५५ को चिनिलाल पाख्रीनको वाख्रा गोठमा
लुकाई छिपाई राखेको प्लाष्टिक सहित ४८ किलो ३०० ग्राम लागु औषध गाँजा फेला पारी
गाँजा सहित निज चिनिलाल पाख्रीन र सोही ला.औ. मा संलग्न ऐ.वार्ड नं.४ बस्ने वर्ष
६० को छेठु पाख्रीन सहित दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी
जि.प्र.का.पर्सामा पठाईएको ।