मिति २०८२।१०।१९ गते ०५:०० बजे देखि २०८२।१०।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२०
- A
- A-
- A+
कर्तव्य
ज्यान,
मोरङ, मिति
२०८२।१०।२० गते बिहानको राती अं.०२:४५ बजेको समयमा जिल्ला मोरङ रंगेली न.पा.वडा
नं.५ धनपट्टी बोर्डर बस्ने बलेश कुमार मण्डलको छोरी वर्ष अं.२०/२१ कि अम्बिका
कुमारी मण्डल लाई निजकै श्रीमान ऐ. ५ बहुवन बस्ने वर्ष अ.२०/२१ को मुकेश कुमार
मण्डल बेलुका ससुरालीमा आई बसेकोमा श्रीमान श्रीमतीको के कुन कारण के कुन बिषयमा
झै-झगडा भई कुटपिट हुदा मुकेश कुमार मण्डलले श्रीमतीलाई के कुन धारीलो हतियार
प्रयोग गरी काटि घटना स्थलमै मृत्यु भएको र आफु पनि के कुन धारिलो हतियारले घाटी
रेटी घटना स्थलमै मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्रचौ आपगाछी ‘क’ मा प्राप्त हुन
साथ प्रसनि तेज प्रसाद नेपालको कमाण्डमा २ जना प्रहरी टोली खटि गई घटना स्थल
सुरक्षित राखेको, थप अनुसन्धानको लागी इप्रका रंगेलीबाट प्रनि नरेन्द्र कुमार
बोगटी को कमाण्डमा SOCO समेतको-७ जनाको प्रहरी टोली खटि गएको, घटना सम्बन्धमा
अन्य थप बुझ्ने कार्य भइरहेको । थप-ऐ.०५;४५ बजे घटनास्थलमा जिप्रका मोरङबाट
प्र.उ. कबित कटवालको कमाण्डमा कोशी अस्पताल विराटनगरको फोरेन्सिक डाक्टर
समेतलाई लिई खटि गएको ।
ज.ज.क./
बाल यौन दुर्व्यवहार,
काठमाण्डौ,
का.जि.का.म.न.पा.३२
शंखमुल स्थितमा रहेको रेष्टुरेन्टमा मिति २०८२।१०।१२ गते अं.१५:३० बजे
का.जि.चन्द्रगिरी न.पा.१२ गुर्जुधारा स्थाई वतन हुने वर्ष २० की परिवर्तित नाम
०८२।०८३ जिल्ला २६ जनसेवा ख लाई जिल्ला बाकेँ नेपालगन्ज स्थाई वतन भई हाल
का.जि.का.म.न.पा.१५ शंखमुल बस्ने वर्ष ३२ को रितेश सिंह ठकुरीले मलाई ललाई फकाई
लगि शम्बेदनशिल अंगमा छुने गरेको भनि पिडितले मिति २०८२।१०। १८ गते ०६ :०० बजे
प्रहरी वृत्त जनसेवामा निवेदन दिए पश्चात थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर
महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकाली जाहेरी दरखास्त दिए
पश्चात ऐ.१८ गते ११:०० बजे प्रतिबादीलाई प्रकाऊ गरी अ अ जारी रहेको ।
हा.ह.सहित
मानिस नियन्त्रण,
कास्की,
मिति
२०८२।०५।२४ गते देशव्यापी रुपमा भएको
जेन्जी आन्दोलनको क्रममा जि.महोत्तरी घर भई हाल जि.कास्की पोखरा म.न.पा. ९
नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरीले ऐ. २
भैरव टोल बस्ने वर्ष १८ को सुमन परियारको घर नजिकै दाउराको टेकामा नं.
नदेखिएको प्लाष्ट्रिकको भाग जलेको फलामको भाग मात्र रहेको म्याग्जिन नभएको इन्सास
थान १ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचानाको आधरमा ऐ.१९ गते १४:२० बजे व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटि
गई हतियार सहित रवि चौधरीलाई नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याई राखेको, सोधपुछ कार्य
भई रहेको ।
चोरी,
बाँके, बैजनाथ
गा.पा.३ उत्तर लधौरा बस्ने देविसरा बिष्टको घरमा कोही नभएको अवस्थामा (१०।१९ गते
अं.१९:०० बजे देखी ऐ.२१:०० बजे) घरको मुल ढोकाको ताल्चा फोडी घरको कोठा भित्र
रहेको ताल्चा नलगाएको स्टिलको दराज र टिनको बाकसमा रहेको १ तोला ४ आनाको सुनको
नौगेडी थान -१,
२
तोलाको सुनको सिक्री थान १, १ तोलाको सुनको वाला थान १, २ आनाको कानमा
लगाउने सुनको मुद्रा थान १, ४ आनाको सुनको तिलहरी थान १, ३ आनाको सुनको
तिलहरी थान १,
४
आनाको सुनको औठी थान १, ४ आनाको सुनको माइली तिलहरी थान १, ४ र २ आनाको
सुनको सुनको चन्द्रमा थान १।१, चाँदीको पाइल १ जोडी र वाला २ जोडी, नगद रु.५० हजार
चोरी भएको भनी ऐ.२१:३० बजे इ.प्र.का.वनकटवामा जानकारी गराउनासाथ
इ.प्र.का.वनकटवाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, चोरी गर्ने
मानिसको खो.त.भईरहेको ।
विदेशी
नागरिक मृत्यु,
काठमाण्डौ,
मिति
२०८२।१०।१८ गते अं.२०:३० बजे का.म.न.पा.१ कमलादी
स्थित रहेको Land mark Hotel Apartment को छौटो तल्लाको भर्याङमा
हिड्ने क्रममा बंग्लादेशी नागरिक Masudur Rahman अचानक बेहोस भई लडेको
हुदाँ निजको साथी माउदिन हुसेनले उपचारको लागि बिर अस्पताल ल्याई उपचार भइरहेकोमा
ऐ.१९ गते अं. २०:०८ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको भनी ऐ.अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ वृत
दरबारमार्गबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ।
ला.औ.,
झापा, भद्रपुर
न.पा.८ भद्रपुर एयरर्पोट स्थितमा बि.सु.गार्ड भद्रपुरबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको प्रहरी टोलीले बडी सर्च गर्ने क्रममा यत्ती एयरको फ्लाईट नं. 926 बाट
भद्रपुरबाट काठमाण्डौ जान लागेकी जिल्ला हुम्ला खार्पुनाथ गा.पा.२ घर भई हाल देश
भारत कलकत्ताको स्वंव जापानिज रेष्टुटेण्डमा विगत २ वर्ष देखि वेटरको काम गर्दै
आएकी शुक्र बुढाको छोरी अं.वर्ष २६ की रोशनी बुढाको साथबाट १४४.४०० ग्राम
ला.औ.खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरी मानिस सहित नियन्त्रणमा
लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।