मिति २०८२।१०।२० गते ०५:०० बजे देखि २०८२।१०।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२१
- A
- A-
- A+
निर्वाचन
प्रहरी लडि मृत्यु,
बैतडी, दशरथचन्द न.पा.
०४ खरकटे सल्लेरी भन्ने स्थानमा ऐ.ऐ.०४ बस्ने वर्ष अं.२७ को दर्ता नं.६६३ को
निवार्चन प्रहरी प्रकाश चन्द ऐ.०५ चमखाली खेलकुद मैदानमा संचालन भई रहेको निवार्चन
प्रहरी तालिम सकिएर घर तर्फ जाने क्रममा भिर बाट अं.३००।४०० मिटर तल खसेको भन्ने
स्थानियले टे.फो.मार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा जानकारी गराउना साथ जिल्ला
प्रहरी कार्यालय बैतडीबाट प्र.नि.बलदेव बडु(९८५८७९००८७) को कमाण्डमा SOCO सहित ९ जनाको
टोलि खटि गएको, थप टिपोट:-ऐ.२२:४५ बजेको समयमा प्र.नि बलदेव
बडुको कमाण्डमा खटिएको टोलि घट्नास्थलमा पुगि बुझ्दा निजको मृत्यु भईसकेको बि.बि
पछि ।
ज.ज.क.
,
उद्योग, बाल यौन दुर्व्यवहार,
डडेल्धुरा, मिति
२०८२।१०।१८ गते १९:०० बजे, ऐ.परशुराम न.पा.१२ तुलाभाडी स्थित ऐ. बस्ने वर्ष
१५ की बालिकालाई ऐ. बस्ने वर्ष ६९ को धौले
धामीले घर नजिकै रहेको शौचालयबाट
फर्कने क्रममा एक्लै भएको मौका पारी ललाई फकाई गरी ज.ज.क.गर्न खोजेको भनि
जि.प्र.का.मा जानकारी गराउनासाथ ऐ.१०।१९ गते निज धौले धामीलाई नियन्त्रणमा लिई
जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.१०।२० गते १६:०० बजे पीडितका आफन्तहरुले किटानी
जाहेरी दिए पश्चात धौले धामीलाई जिल्ला अदालत डडेल्धुरामा पेश गराई दिन ०७ म्याद
थप गरी जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
धादिङ, मिति
२०८२/०९/१८ गते अं.१८:३० बजे,गजुरी गा.पा.५ खहरे जंगलको छेउमा ऐ.बस्ने वर्ष
२६ महिलालाई जि.धादिङ गल्छी गा.पा.१ बस्ने वर्ष २४ को बिशाल खतिवडाले खहरे जंगलमा
ज.ज.क.गरेको भन्ने ऐ.२० गते इ.प्र.का.गजुरीमा किटानी जाहेरी दिए पश्चात
इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
आ.अ.भईरहेको,
।
चोरी,
काठमाण्डौ, काठमाण्डौ
म.न.पा.०६ बौद्ध टुसाल नजिक घर भई बस्ने रिन्जी लामाको ५ तले घरको चौथो तलामा कोई
नभएको अवस्थामा अपरिचित मानिसहरु कोठाभित्र प्रवेश गरी दराजमा रहेको सुनको माला १३
तोला लगायत सुन तथा चाँदीका विभिन्न गर-गहनाहरू गरी अं. १,०४,५३,९००/-(एक करोड
चार लाख त्रिपन्न हजार नौ सय) बराबरको सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ
प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा सादा पोशाकको टोली खटी गएको, चोरी गर्ने
मानिसहरु फरार रहेकोले खो.त.कार्य भईरहेको ।
कपिलवस्तु, कपिलवस्तु
न.पा.वडा नं.०९ निग्लिहवा स्थित सुग्रिम कुर्मीको घरमा ३ जना व्यक्तिहरु घर
भित्र पसि हसिया देखाई सुग्रिम कुर्मीको
श्रीमती वर्ष ३८/४० की रुकमिडि कुर्मीको कानमा लगाएको ५ आनाको सुनको टप,नाकमा लगाएको
१.५ आनाको सुनको फुली,चाँदिको अं.२ तोला बराबरको २ वटा मोवाईल समेत लुटी भाग्दै गरेको अवस्थामा
स्थानियहरुले देखि देश भारत जिल्ला सिद्धार्थनगर जोगियाथाना ग्राम गोपिजोत बस्ने
वर्ष २७ को मोहम्मद संसाद मुसलवानलाई नियन्त्रणमा लिई स्थानिय ब्यक्तिहरुले कुटपिट
गर्दा निजको अनुहार,दाहिने खुट्टा र टाउकोमा चोट अबस्था सामान्य,रहेको भन्ने
खबर प्राप्त हुनासाथ अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गई भारतिय नम्बर प्लेटको UP55AX3908 नं.को
अपाच्य मो.सा.नियन्त्रणमा लिईएको अन्य २
जना फरार खो.त.भईरहेको ।
कैदी
मृत्यु
काठमाण्डौ, काठमाण्डौ
म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा (कारागार दाखिला मिति
२०८०।०५।२५ गते,
सजाय
:-५ वर्ष कैद) जि. धनुषा जनकपुरधाम उ.म.न.पा.०७ स्थायी वतन भएका वर्ष ४८ को
ज्या.मा.उ.मुद्दाका कैदी गणेश प्रसाद साह कलेजो सम्बन्धी बिरामी भई मिति
२०८२।१०।१६ गते उपचारको लागि वि.पी.स्मृती अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा
ऐ.१०।२० गते १०:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव आफन्तले
बुझी लगेको ।
काठमाण्डौ, जिवन राई समेत
८८ जनाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि. काठमाण्डौ काठमाण्डौ म.न.पा.०५
बस्ने वर्ष ५७ को कान्छा भाई डंगोल श्री काठमाण्डौ जिल्ला अदालतको मिति २०८१।०६।११
गतेको आदेशानुसार ठगी मुद्धामा डिल्लीबजार कारागारमा थुनामा रहँदै आएकोमा मिति
२०८२।१०।१७ गते १६:०० बजे बिरामी भई उपचारका लागि वीर अस्पताल लगिएकोमा ऐ.२० गते
०७:३५ बजे उपचारको क्रममा मृत्यु भएको, घटनास्थल मुचुल्काको
लागि प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा
गरी शव पो.मा.को लागि शिक्षण अस्पताल
महाराजगञ्ज पठाएको ।
हातहतियार
बरामद,
बांके, नेपालगंज
उ.म.न.पा.२१ पुरैना स्थित ऐ.ऐ.बस्ने पराना अहिरको खेतमा रहेको परालको कुन्युमा
पेस्तोल लुकाई राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.नि.को
कमाण्डमा ५ जना प्रहरी टोलि खटिगई परालको कुन्युमा लुकाई छिपाई राखिएको कटुवा
पेस्तोल(साबुत) थान १ र ऐ.को कार्टिज थान २ बेवारिसे अवस्थामा फेलापारी बरामद गरी
थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।
ललितपुर, जि.दोलखा
भिमेश्वर न.पा.०९ खरिढुङगा घरभई हाल जि.ललितपुर ललितपुर म.न.पा.११ चाकुपाट खटल टोल
स्थित विजय शाक्यको साडे तीन तले घरको पहिलो तलामा डेरा गरी बस्ने वर्ष ५५ को हेम
बहादुर तामाङको कोठामा पेस्तोल लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ
प्रहरी प्रभाग पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खानतलासी गर्दा 100634F नं. रिभोल्बर
(मेडिन USA)
थान-१
बरामद गरी जि.रौतहट चन्द्रनिघापुर नगरपालिका घर भई हाल का.जि.पेप्सिकोला बस्ने
वर्ष २२ को सुशिल स्याङ्ताङ लगायत ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.परिसर
ललितपुरमा पठाईएको ।
सुन
बरामद,
काठमाण्डौ, सुनगाभा
सगरमाथा सर्भिस प्रा.ली.कम्पनी मार्फत विमानस्थलमा सरसफाई कार्यमा खटिएका
जि.ओखलढुङ्गा चम्पादेवी गा.पा.५ स्थाई वतन भई जि.काठमाडौं, काठमाडौं
म.न.पा.६ बौद्ध बस्ने अं.वर्ष ४० को डिक बहादुर राउतले त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन अध्यागमन एरियामा रहेको Dustbin को फोहोर संकलन
गरी बाहिर निकाल्ने क्रममा आगमन तर्फको पास होल्डर गेट (प्रहरी चेकिङ पोष्ट)मा
निजले लिई आएको कालो रंगको प्लाष्टिकको फोहोरको पोकालाई X-Ray Machine मा Screening गर्दा शंकास्पद
देखिएकोले उक्त पोकालाई खोली हेर्दा कागजमा पोका पारिएको सुन जस्तो देखिने पँहेलो
रंगको धातुको सिक्रिलाई कुच्याएको टुक्राहरुको अं.तौल ४.४ ग्राम विमानस्थल बाहिर
लैजान लागेको अवस्थामा फेला पारेकोले उक्त धातु सहित निजलाई आवश्यक अनुसन्धान एवं
कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा
बुझाएको ।
सवारी
दुर्घट्ना (निर्बाचन प्रहरीको मृत्यु),
रूपन्देही, तिलोत्तमा
न.पा.१५ स्थित तीन जना सवार चालक जि.रूपन्देही सिद्धार्थ न.पा.९ बस्ने वर्ष २५ को
बाबुराम यादवले चलाएको लु.४६ प ३३९ नं.को मो.सा.अनियन्त्रित भई सडकको रेलिङमा
ठक्कर खाई दुर्घटना भएको खबर प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुरबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई मो.सा.चालक सहित ३ जना घाईते भई उपचारको लागि क्रिमसन
हस्पिटल मणिग्राम पठाएकोमा ऐ.०७:३५ बजे चिकित्सकले चेकजाँच गरी मो.सा.चालकलाई मृत
घोषणा गरेको, मृतक दर्ता नम्बर ८९०३ व.प्र.का.भैरहवामा
निर्वाचन प्रहरी सम्बन्धी तालिमरत रहेको भन्ने बुझिएको,शवको कानुनी प्रकृया
पुरा गरी पो.मा.को लागि लुम्बिनी प्रदेशीक अस्पताल बुटवल पठाएकोमा ऐ.१६:२५ बजे को
पो.मा.पश्चात शव निजको दाइले बुझी लगेको, पछाडी सवार ऐ. बस्ने
वर्ष ३० को विष्णु अर्याललाई ऐ.१२:२० बजे थप उपचारको लागि भारतको गोरखपुर लगेको, र ऐ. बस्ने
वर्ष २५ को इन्द्र राशन केवटलाई ऐ.१३:४५ बजे थप उपचारको लागि लुम्बिनी प्रादेशिक
अस्पताल बुटवल लगेको, घाईते दुवैको अवस्था मध्यम ।
SLR को राउण्ड र ला.औ. सहित नियन्त्रणमा,
मकवानपुर, मनहरी गा.पा. ९
खरङ्गा स्थित जेठान अजय लामाले बैनि ज्वाई नाता पर्ने जि.रौतहट बागमती गा.पा.९
बागमती घर भएको वर्ष२९ को बिकाश तामाङलाई बस्न दिएको घरमा ला.औ.सेवन गरिरहेको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.नेवारपानी मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा
टोलि खटी गई बिकाश तामाङ, ला.औ.सेवन गरिरहेको जि.मकवानपुर मनहरी गा.पा.९
खरङ्गा बस्ने वर्ष १९ को समिर दोङलाई नियन्त्रणमा लिई निजहरु बसेको स्थानमा
चेकजाँच गर्दा बिकाश तामाङको बेडमा SLR राईफलमा लाग्ने
गोली १ राउण्ड र समिर दोङ बसेको स्थान
नजिक ला.औ.खैरोहिरोईन जस्तो देखिने प्लाष्टिक बाहेक २६० मिलिग्राम फेला पारी दुबै
जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आ.अ.भईरहेको ।