मिति २०८२।१०।२१ गते ०५:०० बजे देखि २०८२।१०।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२२
- A
- A-
- A+
दुर्व्यवहार,
रुपन्देही,
सिद्धार्थनगर
न.पा. १ बेलहिया बसपार्क स्थितमा पार्किङ गरी राखेको ग. २ ख १६९७ नं. को बस भित्र
ऐ.बस्ने मिना थापाले मेरो नातिनी वर्ष १४ की नाबालिकलाई सोही बसको सहचालक जिल्ला
कास्की सिसुवा घर भएको अं.वर्ष ३५ को प्रकाश आलेले दुर्व्यवहार गरेको भनी २१:३०
बजे खबर प्राप्त हुनसाथ इ.प्र.का.बेलहियाबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली
खटी गई बुझ्दा सहचालक फरार भएको,खो.त.कार्य भईरहेको उक्त बस र बसको चालक
जि.पर्वत कुश्मा न.पा. ९ बस्ने वर्ष ५८ को राम कृष्ण दर्जीलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धानका लागी जि.प्र.का.रुपन्देही पठाईएको ।
गोली
प्रहार,
काठमाडौं,
नागार्जुन
न.पा.०६ पुरी गाँउ स्थित सडक खण्डमा प्र.वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले
संकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा जि.बाँके नेपालगञ्ज उ.प.म.न.पा ०३ घर भई
हाल का.जि.नागार्जुन न.पा.०४ सितापाईला बस्ने वर्ष ३८ को प्रेम थारुले प्रहरी
माथिनै आक्रमण गरी प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्र.ब.ह.प्रेम बहादुर बरामको
दाहिने हातमा सामान्य चोटपटक लाग्दा उपचारको लागि स्वयम्भु स्थित मनमोहन अस्पताल
ल्याई उपचार भइरहेको, आक्रमण गर्ने नामथर वतन नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिने
क्रममा १ राउण्ड गोली प्रहार गर्दा निजको दाहिने खुट्टामा चोट लाग्न गई अशक्त
हुँदा तत्काल उपचारको लागि ट्रमा अस्पताल पठाई उपचार भइरहेको, दाहिने
खुट्टामा चोट,
बोल्न
सक्ने ।
सुन
बरामद,
काठमाडौं,
मिति
२०८२/१०/२१ गते बिहान ०९:०८ वजे फ्लाई दुबईको उडान नं. FZ 1133 को
फ्लाईटद्वारा दुबई हुँदै काठमाडौं आगमन भएको वर्ष अं.४९ को राहदानी नं.C 1336924 वाहक
भारत कोल्कता ठेगाना भएको पुरुष नागरिक ABU BARKAT KUDRATE KHODA KAZI ले अराईभल
भन्सार एरियाको सुरक्षा चेकजाँच प्रक्रिया पार गरी निस्कने क्रममा टर्मिनल गेटमा
डिउटी खटिएको प्रहरीलाई निजको हिडाई तथा गतिबिधीमा शंकालागी निजलाई सोधपुछ तथा
त्रि.अ.बि.सु.कार्यालयको पत्र सहित K.M.C. सिनामंगलमा लगी X RAY गरी हेर्दा निज
यात्रुले प्लास्टिकले बेरी डल्लो बनाई लुकाइ छिपाई अं. प्लाष्टिक सहितको तौल १००
ग्राम (100
gm) सुनजस्तो
देखिने धातुको सेमी लिक्युट सहित फेला परेकाले सामान सहित नियन्त्रणमा लिई
त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बुझाईएको ।
चोरी,
काठमाण्डौ,
जिल्ला
अछाम तुर्माखाद गा.पा.७ घर भइ हाल का.जि.किर्तिपुर न.पा.८ हनुमानघाट सुभकामना
पार्टी प्यालेस नजिक सरिता श्रेष्ठको घरमा कोठा गरी बस्ने राम प्रसाद देवकोटाको
कोठाको च्यानल गेट खुल्ला रहेको अवस्थामा उक्त घरको कोठाबाट निम्न अनुसार चोरी
भएको,वृत्त
कीर्तिपुरबाट प्र.स.नि.को कमाण्डमा ५ जना खटिगएको,उक्त स्थान वृत्त
कीर्तिपुरबाट अं.३ कि.मि.पश्चिम पर्ने । निम्न;- १) सुनको
सिक्री १ थान ( तौल नखुलेको) २) ५० हजार नगद चोरी भएको थप;- साथमा निर्मला
बमजनको नाममा दर्ता रहेको सिमकार्ड (9743233642) सहितको लाभा कम्पनिको सादा मोबाइल
फोन उक्त कोठाबाट बरामद भएको,उक्त मोबाईल चोरी गर्ने मानिसको हुन सक्ने,थप अ.अ.तथा CCTV हेर्ने कार्य
भईरहेको
लागु
औषध,
धनकुटा, साँगुरिगढि
गा.पा.६ फेदि स्थितमा प्रचौ मुलघाटबाट खटिएको प्र.स.नि.को गस्ति टोलीले बा.१० च
५६१५ नं.को गाडि रोक्न खोज्दा गाडी छोडि चालक फरार रहेको , उक्त गाडि
भित्र चेकजाँच गर्दा बोरा भित्र प्लाष्टिकले प्याक गरेको ४ पोका नापतौल गर्दा
प्लाष्टिक सहित ९० के.जि. २३५ ग्राम ला.औ. (गाँजा) फेला परेकोले गाडी र ला.औ.
नियन्त्रणमा लिएको,चालकको खो.त.भईरहेको, थप अनुसन्धानको
लागि जि.प्र.का. धनकुटाबाट प्र.नि. को कमाण्डमा टोली खटि गएको, उक्त स्थान
प्र.चौ. मुलघाटबाट अं. ३ किमि पूर्व पर्ने ।