मिति २०८२।१०।२२ गते ०५:०० बजे देखि २०८२।१०।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२३
- A
- A-
- A+
कर्तव्य
ज्यान,
झापा, भद्रपुर
न.पा.-१० धनुषमोड बस्ने वर्ष ६४ को खेमराज ढकाललाई निजको घरमा जि.सिरहा बिष्णुपुर
गा.पा.१ बस्ने वर्ष २६ को दिनेश कुमार सिंहले सुईले घाँटिमा घोपी घाईते बनाएको र
निजलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगी चेकजाँच गाराउदा
डाक्टरले ऐ.१९:२५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा
रहेको,
उक्त
स्थानमा जि.प्र.का.झापाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, सुई प्रहार गरी
कर्तव्य गर्ने व्यक्तिलाई सुई सहित नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
शंकास्पद
मृत्यु,
नुवाकोट, बेलकोगढी
न.पा.९ चिउरेनी स्थितमा वतन नखुलेको अं.वर्ष ४४ को सन्तमान तामाङको शव शंकास्पत
रुपमा जमीनमुनी गाडीएको अवस्थामा फेला परेको भनी स्थानीयले प्र.चौ.बाघखोरमा
जानकारी गराउनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, ऐ.१४;३० बजे
शंकास्पद ब्यक्ति ऐ. बस्ने अं.वर्ष ३३ को शिव तामाङ र ऐ.बस्ने अं.वर्ष ३५ को
शेषमान तामाङलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि ऐ.१५:३५ बजे प्रहरी प्रधान
कार्यालय K-9 शाखाबाट
प्र.ना.उ.को कमाण्डमा २ वटा Dog सहित टोली खटी गई घटनास्थल पुगी
स्न्यापिङ कार्य सुरु भएको, मृतक जिल्ला नुवाकोट बेलकोटगढी न.पा.६
पञ्चासेपानी घर भई हाल ६/७ वर्ष देखी बेलकोगढी न.पा.९ चिउरेनी ससुराली घरमा बस्दै
आएको,
ऐ.२०.१५
बजे प्रारम्भिक अनुसन्धान गरी प्र.प्र.का.बाट खटी आएको dog snapping टोली फिर्ता
भएको,
ऐ.२०.३०
बजे मुचुल्का पश्चात शव पो.मा.को लागि जिल्ला अस्पताल त्रिशुली पठाएको ।
ज.ज.क.,
जाजरकोट, मिति
२०८२।०४।१६ गते २०:४५ बजे भेरी न.पा.७ डौरीखोला बस्ने सन्तोष परियारको छोरी वर्ष
अं.१६ की नाबालिकालाई निजकै घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१८ को
हेमन्त बिश्वकर्माले ज.ज.क.गरी गर्भ समेत रहन गएको भनी भेरी न.पा.महिला तथा
बालबालिका शाखा प्रमुख सारदा शर्माले मिति २०८२।१०।२२ गते १७:०० बजे
जि.प्र.का.जाजरकोटमा जानकारी गराउनासाथ इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा
प्रहरी टोली खटी गई निज पिडीतलाई उद्दार गरी भेरी न.पा.स्थित सेभ हाउस (Safe House)
मा
राख्न पठाएको,
पिडक
फरार,
खो.त.भईरहेको
श्रोत
नखुलेको नगद सहित मानिस नियन्त्रणमा,
काठमाण्डौ, बुढानिलकण्ठ
न.पा.१ तौलुङ एरियामा प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
मोवाईल टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले सडकमा हिँडिरहेको
अवस्थामा फेला पारी निजलाई सोधपुछ तथा शरीर चेकजाँच गर्दा जि.उदयपुर घर भई हाल
का.जि.कोटेश्वर बस्ने अं.वर्ष ४५ को प्रबिन किसनको साथबाट हाल सम्म श्रोत नखुलेको
नगद रु. १८,५०,०००/- (अठार
लाख पँचास हजार हजार) फेला पारी बरामद गरी प्रहरी प्रभाग बुढानिलकण्ठको
नियन्त्रणमा लिई थप आ.अ.कार्य भईरहेको ।
चोरी, लुटपाट,
सर्लाही, लालबन्दी
न.पा.७ लालबन्दी बजारमा रहेको छिमेकी लघु बित्तिय संस्थामा अं.४/ ५ जना मुखमा कालो
पट्टी बाँधी आएको अपरिचित मानिसहरुले उक्त संस्थाभित्र प्रवेश गरी काम गरिरहेको
कर्मचारीहरुलाई चक्कु देखाई कर्मचारीसँग रहेको नगद अं.२०००।-, मोवाईल तथा
संस्थामा रहेको नगद अं.८५,०००।– (पचासी हजार) समेत गरी
जम्मा अ.मु.रु. ८७,०००।- र उक्त संस्था भित्र रहेको CCTV को Hard Disk समेत लिई
कर्मचारीहरुलाई भित्र नै राखी बाहिरबाट चुकुल लगाई फरार भएको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य
भईरहेको,
ऐ.१७:००
बजे जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १० जना र इ.प्र.का.लालबन्दीबाट प्र.नि.को
कमाण्डमा ९ जना समेत गरी जम्मा १९ जनाको टोली खटी गई लुटपाटमा संलग्न रहेको
मानिसको पहिचान तथा खो.त.भईरहेको, उक्त संस्थामा काम गर्ने जि.मकवानपुर हेटौडा
न.पा.९ घर भई हाल जि. सर्लाही लालबन्दी न.पा.७ डेरा गरी बस्ने वर्ष ३७ को नवराज
श्रेष्ठ लगायत ४ जना रहेकोमा नवराज श्रेष्ठ सामान्य घाईते भई लालबन्दी स्थित रहेको
मेक्स अस्तालमा उपचार भईरहेको, अवस्था सामान्य रहेको, लुटपाटमा
संलग्न मानिसहरु मध्ये ४ जनाले खरानी रंगको ट्रयाक लगाएको र एक जनाले कालो रंगको
कोट लगाएको भन्ने बुझिएको, थप बुझ्ने क्रममा ऐ.हरिवन न.पा.१० बस्ने छिमेकी
लघु बितिय संस्था लि.को सदस्य कल्पना थापाले सोही संस्थाबाट रु.८५,०००-। ऋण
निकाली संस्थाबाट बाहिर जाने क्रममा निजलाई बाहिर जान नदिई निजको साथबाट ८५०००/-
हजार लुटी लगेको भन्ने खुल्न आएको ।
सवारी
दुर्घटना,
बैतडी, पुर्चैडी न.पा
वडा नं. ०७ बडचौर स्थित ढोल्यामोड पुर्चौडी भित्री सडक खण्डमा पुर्चौडी बैतडी बाट
बझाङ तर्फ जादै गरेको चालकको नामथर वतन नखुलेको सु.प.प्र.०२-००१ख १११९ नम्बरको
पवनदुत यातायातको बस एक्कासि अनियन्त्रीत भई सडक बाट अं.१५० मिटर तल खस्न गई
दुर्घटना हुदा उक्त बसमा सवार संख्या एकिन नभएको, उक्त स्थानमा
इ.प्र.का पाटन बाट प्र.नि.ईन्द्र राज भट्ट(९८५८७५१३१०)को कमाण्डम १५ जना टोलि खटि
गएको ।
मृतकहरुको
नामावली:-
१) जिल्ला बझाङ बित्थडचिर गा.पा वडा नं. ०७
बस्ने वर्ष ४० को केशब राज जोशी
२) ऐ.ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी
३) ऐ.ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी
४) ऐ.ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त
जोशी(उपचारको क्रममा)
५) ऐ.ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको
क्रममा)
६) ऐ.केदारस्यु गा.पा ०४ बस्ने वर्ष ६० को मोहन
देव भट्ट
७) ऐ.जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त
राज रतला
८) जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष
४० की पुष्पा अवस्थी
९) जिल्ला बझाङ बित्थडचिर गा.पा ०७ बस्ने वर्ष
१७ को बिसन दत्त जोशी ।
१०) ऐ.ऐ.०७ बस्ने वर्ष २७।२८ को दिपक राज जोशी ।
११) ऐ.ऐ.०७ बस्ने वर्ष ४५।४६ को किसन दत्त जोशी ।
१२) ऐ.केदारस्यु गा.पा ०७ बस्ने वर्ष २६।२७ को
केशव राज भट्ट ।
१३) जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष १४
।१५ को शुसिल जोशी ।
नोट:-
चालक पक्राउ- १,
घाईते
डिस्चार्ज –
१, उपचरार्थ घाईते
३४,
मृत्यु-
१३ गरी जम्मा सवार ४९ जना । बेहुलि लिएर फर्कदै गरेको सवारी , बेहुला बेहुलि
अर्को सवारीमा सवार भएकोले सुरक्षित रहेको ।