मिति २०८२।१०।२३ गते ०५:०० बजे देखि २०८२।१०।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२४
- A
- A-
- A+
कर्तव्य
ज्यान,
हुम्ला,
मिति
२०८२।१०।२१ गते अं. १७:३० बजे जि.हुम्ला सर्केगाड गा.पा. ६ स्थित स्यालतडी खोलामा
ग्याबिन जाली भर्ने काम गरि रहेको ऐ. बस्ने वर्ष २८ को कुसे लावड सँग ऐ. बस्ने
वर्ष ३५ को नन्दलाल लावडले मादक पदार्थ (रक्सी) सेवन गरी काम राम्रोसँग गर्ने
भन्ने बिषयमा बादबिबाद भई कुटपिट गरी घाईते बनाएको भनि निजको भतिज वर्ष १७ को
धिरेन्द्र लावडले प्रहरी चौकी सर्केदेउ हुम्लामा जानकारी गराउन साथ प्र.चौ.
सर्केदेउ हुम्लाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई स्थानिय भबि एण्ड पबि
मेडिकलमा स्यालतडीमा उपचार भईरहेको, निज कुसे लावडको टाउँकोमा ७ वटा टाँका, शरीरको बिभिन्न
भागमा चोट,
कुटपिट
गर्ने नन्दलाल लावड फरार रहेको, खोजतलास भइरहेकोमा ऐ.२२ गते अं.१६:५० बजे निज
घाइते कुसे लावड जिल्ला अस्पताल सिमिकोट हुम्लाबाट थप उपचारको लागी सिता एयरद्वारा
नेपालगंज रिफर भएको ऐ.२३ गते अं. १५:४० बजे संजिबनि कलेज अफ मेडिकल साईन्सेज
प्रा.ली. नेपालगंजमा मृत घोषणा गरेको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
संखुवासभा,
मिति
२०८२।१०।२२ गते रातिको अं.०१:३० बजे जि.संखुवासभा मकालु गा.पा.१ ठाँडे गाउँ बस्ने
वर्ष ४१ को पुरुषले परिवर्तित ऐ. बस्ने वर्ष १६ की बालिकालाई जि.संखुवासभा मकालु
गा.पा.१ ठाँडे स्थित खोल्सिमा लगि जजक गरेको भनि निजको बुबाले जि.प्र.का
संखुवासभामा ऐ.२३ गते जाहेरी दरखास्त दिएको निज पीडकलाई प्र.चौ मकालु संखुवासभाबाट
प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिगई जि.प्र.का संखुवासभामा ल्याई आवश्यक
अनुसन्धान भई रहेको
सोलुखुम्बु,
महाकुलुङ
गा.पा.२ बस्ने वर्ष २० को योमु सिङ कुलुङले ऐ. जि.११ बस्ने वर्ष १४ की बालिकालाई
ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २०:३५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुङबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सोलुखुम्बुको
हिरासत कक्षमा ल्याई राखिएको ।
मकवानपुर,
हेटौडा
उ.म.न.पा.१ तरकारी बजार स्थित रमेश न्यौपानेको घरमा डेरा कोठा गरी बस्ने
जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ पदमपोखरी घर भएको वर्ष ६२ को भिमलाल जिम्बाले
जि.पर्सा बिरगंज म.न.पा.१६ नगवा घर भई सोही रमेश न्यौपानेको घरमा डेरा गरी बस्ने
वर्ष अं.१० की बालिकालाई ललाई फकाई गरी यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त
हुनासाथ प्र.चौ.चौकिटोलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा
लिई आ.अ.भईरहेको,बालिकाको स्थिति सामान्य ।
बर्दिया,
बाँसगढी
न.पा.२ हजारीबगिया स्थित ठुली आमाको घरमा कोही नभएको समयमा ऐ.बस्ने वर्ष १० की
बालिकालाई ऐ.६ स्थायी वतन भई हाल ऐ.२ आफ्नो ठुली आमाको घरमा बस्दै आएका वर्ष १५ को
बालकले ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २१:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.मोतिपुरबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई पिडक र पीडित दुवैजनालाई नियन्त्रणमा लिई विस्तृत स्वास्थ्य परीक्षणको लागी
बर्दिया अस्पतालमा पठाईएको ।
लागु
औषध,
मकवानपुर, पूर्व-पश्चिम
सडकखण्डको मनहरीबाट हेटौडा बजार तर्फ
आउँदै गरेको ना.४५ प ६४१८ नं.को मो.सा.मा सवार मानिसहरु ला.औ.बिक्रि बितरण गर्ने
उद्देश्यले आउँदै गरेको भन्ने बिशेष
सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय
विरगंजबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले मो.सा.खो.त.गर्दै जाने
क्रममा ऐ. हेटौडा उ.म.न.पा.११ थानाभर्याङ स्थितमा रहेको सहयोगी होटल अगाडी
पार्किङ गरी राखेको अवस्थामा फेला पारी मो.सा.मा सवार भई आएका मानिसहरु सोही
होटलमा खाना खाई धारामा हात धुँदै गरेको
अवस्थामा फेला पारी चेकजाँच गर्दा चालक
जि.मकवानपुर राक्सिराङ गा.पा.४ बस्ने अं.वर्ष ३६ को राम बहादुर डिम्डुङले
लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम जस्तो देखिने कालो गिलो पदार्थ (एक पोका) १
के.जि.,पछाडी सवार ऐ.
बस्ने अं.वर्ष २८ को रबिन्द्र सिन्तानले लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम
जस्तो देखिने कालो गिलो पदार्थ (दुई पोका) १ के.जि गरी जम्मा २ के.जि.(तौल भएको)
फेला परेकोले दुबै जना सहित मो.सा.लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको
लागि जि.प्र.का.मकवानपुरमा ल्याएको ।