मिति २०८२।१०।२४ गते ०५:०० बजे देखि २०८२।१०।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२५
- A
- A-
- A+
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
बर्दिया, बारबर्दिया न.पा.५
बनघुस्री बस्ने अं.वर्ष ४ की बालिकालाई ऐ.४
खैरेनी बस्ने अं.वर्ष ५० को चन्द्र प्रकाश
सुवेदीले पीडितको घर देखि अं.१५ मि.उत्तर
पूर्व पर्ने जयनगर कुसुम्बाघाट पक्कि सडकको पुल मुनि लगी ज.ज.क.उद्योग गर्न लागेको
अवस्थामा स्थानीयले देखि पीडकलाई नियन्त्रणमा लिई राखेको भनी ऐ.१४:०० बजे इ.प्र.का.जयनगरमा
जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
इ.प्र.का.बानियाभारमा ल्याई राखिएको, पीडितको अवस्था सामान्य
रहेको ।
कैलाली,
देश भारत जि. लखिमपुर सिसवारी घर भई हाल जि.कैलाली बर्दगोरिया
गा.पा.१ बौनिया बस्ने उमेद अलीको छोरी अं.वर्ष १५ की बालिका (फरक क्षमता भएकी ) घर
देखी २ कि.मि.उत्तर राजकुला सामुदायिक वनको जंगलमा देश भारत जि.उत्तर प्रदेश लखिमपुर
तिकुनिया घर भई हाल बर्दगोरिया गा.पा. २ बस्ने अ.वर्ष ५३ को साहिद अलीले ज.ज.क.गरेको
भनी निज बालिकाको बुवाले इ.प्र.का.सडकपुरमा टे.फो.मार्फत जानकारी गराएको हुदा,
उक्त
स्थानमा इ.प्र.का.सडकपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज साहिद अलिलाई नियन्त्रण
लिई थप अनुसन्धानको लागी इ.प्र.का.सुखड कैलाली पठाईएको,
निज
बालिकालाई आफन्तको जिम्मा लगाई पठाईएको ।
ओखलढुङ्गा,
मिति २०८२।१०।१७ गते अ.१३:०० बजे जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ
गा.पा.०१ मोलि बस्ने अ.वर्ष १२ की सांकेतिक नाम २०८२/२०८३ ढ लाई निजकै घरमा ऐ.बस्ने
अ.वर्ष ६८ को मक्कर बहादुर थापा मगरले बालयौन दुरुपयोग गरेको हुँदा निजलाई पक्राउ गरी
कानुन बमोजिम कारवाही गरी पाउँ भनी ऐ.२४ गते.२०:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित
जाहेरी प्राप्त हुनासाथ प्र.चौ.निशंखेबाट प्र.स.नि.को टोली खटी गई खो.त.गर्ने क्रममा
निज प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा
ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
हातहतियार
बरामद,
हुम्ला, सिमकोट गा.पा.४
बस्ने अं.वर्ष ७४ को कुङगा सुन्दुप लामाको घर कोठामा अवैध रुपमा घरेलु हतियार
भरुवा बन्दुक तथा जंगली वन्यजन्तु जनावरको नङ्ग्रा समेत लुकाई छिपाई राखेको भन्ने
सुचनाको आधारमा जि.प्र.का.हुम्लाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई निजको घर
कोठा खानतलासी गर्दा भरुवा बन्दुक थान १ (एक) र जंगली जनावर भालुको जस्तो देखिने
पन्जाको भाग सहितको नंग्रा थान १ (एक) समेत फेला परेकोले कानुन बमोजिम बरामद गरी
मानिस समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.हुम्लामा ल्याई अनुसन्धान कार्य
भईरहेको ।
चितवन,
माडी न.पा.७ देबेन्द्रपुर बस्ने बर्ष २४ को रिदम भन्ने सुर्य
बहादुर गुरुङले आफ्नो घरमा घरेलु हतियार जस्तो देखिने एयर पेस्तोल र सोहि पेस्तोलमा
प्रयोग हुने स्टिलको छर्रा ८६ थान लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा
उक्त स्थानमा प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको गोठमा ९ इन्च लम्बाई
भएको काठको पेस्तोल र ला.औ.ट्रामाडोल १० क्याप्सुल फेला पारी उक्त सामान बरामद गरी
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.माडीमा ल्याई राखेको
।
भवितब्य
घाईते,
सप्तरी,
रुपनी गा.पा.६ बिरेन्द्रबजार बस्ने बाल-बालिकाहरु ऐ.गा.पा.६ दुधौला
खोला स्थितमा बनभोज खान गएको र दाउरा खोज्ने क्रममा रकेट जस्तो खेलौना फेला पारी चुलोको
छेउमा ल्याई खेलाउने क्रममा ऐ.१२:१० बजे अचानक बिष्पोट भई जि.सप्तरी रुपनी गा.पा.६
बस्ने कर्ण बहादुर थापाको छोरा अं.वर्ष १६ को कबिर थापा मगर लगायत ४ जना बालबालिकाहरु
घाईते भई मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको
लागि ऐ.१२:५० बजे छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा पठाईएको,
अवस्था
मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.डम्बर बहादुर
पुरीको कमाण्डमा टोली खटि गई अस्पतालमा घाईतेहरुको अवस्था तथा घटनाबारेमा थप बुझ्ने
कार्य भईरहेको, घाईतेहरु मध्ये सुरज बि.क.,
साहस आले मगर, कबिर थापा मगर
लगाएत ३ जनाको अवस्थामा सुधार भई उपचार भई रहेको र देव थापा मगरको अप्रेशन गरि
ICU वार्डमा उपचार भई रहेको अवस्था मध्यम रहेको, घट्ना स्थलमा स-सानो फलामको टुक्राहरु
फेला परेकोमा आवश्यक अनुसन्धानको लागी बरामद गरी जि.प्र.का.सप्तरीमा ल्याईएको ।
थप- कबिर थापा मगर डिस्चार्ज भएको ।
सुन
बरामद,
काठमाडौँ,
एयर
इन्डियाको (उडान नं. AI-211) दिल्लीबाट काठमाडौँ
आगमन भएका फिनल्याण्ड नागरिक अं.वर्ष ६४ को AHMED
IMTIAZ (पुरुष) PP.NO.
FP ५२१६४६२ बाहक यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय
उडान तर्फको आगमन एरीयामा भन्सार एरिया क्रस गरे पश्चात टनेल गेटमा खटिएका प्रहरी टोलिले
निज ब्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सुन जस्तो देखिने पहेलो
धातुबाट बनेको बिस्कुट थान -४ जम्मा अ.४० ग्राम तौल भएको समान बरामद गरी त्रि.अ.वि.सु.का
गौचरको लेखा शाखामा राखि, निज AHMED
IMTIAZ लाई प्रहरी
बृत्त गौशाला पठाएको, ऐ.१०/२५ गते कार्यालय समयमा
आबश्यक थप अनुसन्धानको लागी बरामद समान सहित निजलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल
बुझाईने ।
करेन्ट
लागि घाईते,
धनगढी,
उ.म.न.पा.१७
डमौलिया बस्ने भैरव साउँदको छोरा अं.वर्ष ७/८ को बिपिन साउँद घरबाट हराएको भनि स्थानियहरूले
खो.त.गर्दै जाँदा जिल्ला कैलाली गौरीगंगा न.पा.३ स्थित शिव सोरानी सामुदायिक वनमा बन्यजन्तु
शिकार गर्ने उद्देश्यले बिजुलीको पोलबाट विद्युत चोरी गरी बिछ्याएको तारबाट जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१७ बस्ने अं.वर्ष ३४ की चन्द्रा देवी वली,
ऐ.बस्ने
वर्ष २४ को तेज बहादुर खत्री र ऐ.बस्ने वर्ष १६ को श्याम साउँदलाई करेन्ट
लागि घाईते भई उपचारको लागि कैलाली अस्पताल धनगढी पठाई उपचार भईरहेको,
तिनै
जनाको अवस्था गम्भीर रहेको, उक्त विद्युतको
तार बिछ्याउने संकास्पद ऐ.१७ पथरी बस्ने अं.वर्ष ३० को रेमन चौधरी र निजले प्रयोग
गरेको सु.प.प्र.०१-०११ प ४४४२ नं.को मो.सा.समेत नियन्त्रणमा लिई इ.प्र.का.मालाखेतीको
हिरासतमा राखेको, हराएको बालक ऐ.२२:०० बजे
ऐ. धनगढी उ.म.न.पा.१६ रामपुर स्थित आफन्तको घरमा फेला परिसकेको,
उक्त
स्थानमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिएको ।
लागु
औषध,
मुखियापट्टी,
मुसहरनिया गा.पा.६ बैरिया स्थितमा अबैध रुपमा ला.औ.गाँजा रहेको
भन्ने गोप्य सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटिई गई ऐ.
बस्ने अं.वर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोकाबाट १०० के.जी.३१६ ग्राम र ऐ.बस्ने
अं.वर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तीनवटा बोरा भित्र राखेको २४ वटा पोकाबाट
१२७ के.जी.११ ग्राम गरी जम्मा २२७ के.जी.४२६ ग्राम बरामद गरी आवश्यक अनुसन्धानको
लागि जि.प्र.का.धनुषा तर्फ पठाइएको, मानिस
नियन्त्रणमा नरहेको ।