मिति २०८२।१०।२५ गते ०५:०० बजे देखि २०८२।१०।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२६
- A
- A-
- A+
प्र.क.मृत
अवस्थामा फेला,
बझाङ,
मिति
२०८२।१०।२३ गते ०६:३० बजे,इ.प्र.का.मष्टा बझाङ दरबन्दी भई
जि.प्र.का.बझाङमा कार्यरत क.को.न.(४१५०५१)को प्र.स.ह.दिपेन्द्र बहादुर बम मिति
२०८२।१०।२२ गते साँझ लाइन ब्यारेकमा सुतेको र बिहान ०६:३० बजे पि.टी.समयमा सामेल
गर्दा नआएकोले खो.त.गर्दा ऐ.२५ गते १०:५० बजे,निज प्र.स.ह.दिपेन्द्र
बहादुर बमलाई खो.त.गर्ने क्रममा जि.बझाङ जयपृथ्वी न.पा.११ रुईनाबगर स्थित चैनपुर
ताक्लाकोट सडकको छेउबाट अं.१५ मिटर तल नालामा उत्तानो अवस्थामा मृत फेला परेको
भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बझाङबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी
प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल बझाङ पठाएको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
धनकुटा,
साँगुरीगढी
गा.पा.३ कुशेटार बस्ने वर्ष १२ की बालिकालाई ऐ.स्थित प्रतिमा माझीको खेतबारीमा
मिति२०८२।१०।२१ गते अं.१९:३० बजे ऐ.चौबिसे गा.पा.५ मुर्कुटेटार बस्ने वर्ष २९ को
अजय लिम्बुले जवजस्ती करणी गरेको र अजय लिम्बुले जवरजस्ती करणी गर्ने कार्यमा
ऐ.बस्ने वर्ष १९ को सुसन लिम्बुले सहयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.राजारानीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई मिति २०८२।१०।२५ गते
अन्दाजी १५:०० बजे निजहरुलाई पक्राउ गरी जि.प्र.का.धनकुटामा ल्याई अनसुन्धान कार्य
भईरहेको ।
चोरी,
काठमाडौ,
किर्तिपुर
न.पा.९ बाघ भैरव स्कुल नजिकै सुनमाया मानन्धर घरमा डेरा गरी बस्ने जिल्ला
संखुवासभा चैनपुर न.पा.४ बस्ने आनन्द तामाङको श्रीमती वर्ष ५९ कि कमला लामाको
कोठाबाट कोही नभएको अबस्थामा उक्त कोठाबाट सुनको गरगहना र नगद १ लाख ३ हजार गरी
जम्मा अं.मुल्य रु.४, ५०, ७५०।- (चार लाख
पचास हजार सात सय पचास) चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कीर्तिपुरबाट
प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटीई अ.अ.कार्य भईरहेको
अवैध
(रकम नखुलेको) रकम बरामद,
सप्तरी,
बलान
बिहुल गा.पा.४ बेल्ही,चन्ही सडक खण्ड स्थितमा प्र.चौ.बेल्ही सप्तरीबाट
प्र.ब.ना.नि.को चेकिङ टोलीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१-००२ प ४४८१
नं.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक ऐ. भगवानपुर गा.पा.४ बस्ने बिजय
कुमार साहको छोरा अं.वर्ष २३ को हरीशंकर कुमार साहको हेल्मेट र मो.सा.को फिल्टरमा
रु.१ हजारको नोट १२००। थान, रु. ५००। सयको नोट २००। थान गरी जम्मा रु; १३ लाख नेपाली
रुपयाँ सहित मानिस नियन्त्रणमा लिएको र इ.प्र.का.कडरबोनाबाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी
गई इ.प्र.का.कडरबोना तर्फ ल्याउने कार्य भइरहेको ।
शिशु
मृत फेला,
झापा,
कचनकवल
गा.पा.३ डाँगीबारी बस्ने खेल बहादुर राजबंशीको घर पछाडी नजिकै रहेको परालको कुनिउ
छेउमा हरियो कपडाको सलले बेरी नवजात शिशु (छोरा) जन्माई साल नाल सहित फ्यालिएको
अबस्थामा रहेको छ भनि जानकारी प्राप्त हुनासाथ प्र.चौ. पथरियाबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई बुझ्दा नवजात शिशु मृत अबस्थामा रहेको, नवजात शिशु निज
खेल बहादुर राजबंशीको छोरी वर्ष १७ की कल्पना राजबंशीको हो भन्ने बुझिएको
घट्नास्थल सुरक्षित राखीएको,थप अनुशन्धानको लागि जि.प्र.का. झापाबाट
प्र.नि.को कमाण्डमा SOCO टोली खटिएको ।
कैदी/बन्दीहरू
नाराबाजी, हो-हल्ला,
सिरहा,
कारागार
कार्यालय सिरहामा कैद भुक्तान गर्दै गरेको कैदी/बन्दीहरू कार्यालयको कम्पाउण्डमा
भेलाजम्मा भई गुडबन्दी गरेको बिषयमा कर्तव्य ज्यान मुद्दाको कैदी जिल्ला सिरहा
लहान न.पा.२४ बस्ने वर्ष २४ को सलेन्द्र महत्तोले निज समेत १० जना
कैदी/बन्दीहरूलाई आँखामा पट्टी र हात बाँधी कारागार कोठाको भित्रबाट बाहिर निकाली
गेटमा ताल्चा लगाई हो हल्ला नाराबाजि गरिरकोमा उक्त स्थानमा जि.प्र.का.सिरहाबाट
प्र.नि.को कमाण्डमा र नेपाली सेनाको नन्दा बक्स गण सिरहाबाट उपसेनानीको कमाण्डमा
टोली खटी गई बिभिन्न मुद्दाका १० जना कैदी/बन्दिहरुलाई जि.प्र.का.सिरहामा ल्याई
राखिएको थप बुझ्ने तथा अनुसन्धान कार्य भइरहेको ।
लागु
औषध,
काठमाडौ,
तारकेश्वर
न.पा.६ जरङ्खु स्थित साझा पार्टी प्यालेस नजिकबाट लागु औषध नियन्त्रण ब्युरो
कोटेश्वरबाट प्र.व.ना.नि.को कमाण्डका खटिएको प्रहरी टोलीले जि.नवलपरासी पुर्व
बौदीकाली गा.पा.५ घर भई हाल का.जि तार्केश्वर न.पा.०६ जरङ्खु बस्ने वर्ष २४ को
गुराँस गुरुङ र जिल्ला सिन्धुली दुधौली गा.पा.२ घर भई हाल का.जि नाराणथान बस्ने
वर्ष २३ को रोशन भुजेललाई लागु औषध ट्रमाडोल १८० पत्ता (१८०० क्याप्सुल) सहित
नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।