मिति २०८२।१०।२६ गते ०५:०० बजे देखि २०८२।१०।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२७
- A
- A-
- A+
ज.ज.क./
बाल यौन दुर्व्यवहार,
उदयपुर, जि.खोटाङ
खोटेहाङ गा.पा.६ घर भई जि.उदयपुर त्रियुगा न.पा.९ रातमाटे स्थित आफन्तको घरमा
बस्ने वर्ष १६ की बालिकालाई जि. उदयपुर त्रियुगा न.पा.९ रातमाटे बस्ने वर्ष २३ को
लक्ष्मण पाठकले ऐ.१०।१३ गते अं.२१:३० बजे ऐ. त्रियुगा न.पा.९ रातमाटे स्थितमा
पार्किङ गरी राखेको गाडीमा गाडीको ढोका बन्द गरी मुख थुनी जबरजस्ति करणी गरेको भनी
ऐ.१०।२६ गते अं.१४:०० बजे जि.प्र.का.उदयपुरमा जाहेरी दरखास्त प्राप्त हुनासाथ
प्रहरी टोली खटी गई पीडक लक्ष्मण पाठकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
सुर्खेत, मिति
२०८२-१०-२४ गते ०९:३० बजे,वीरेन्द्रनगर न.पा.१० चन्द्रमान टोलको
जाहेरवालाको घरनजिकको ईत्राम खोला किनारामा
ऐ.बस्ने वर्ष २० की बालिकालाई ऐ.वडा नं.१० बस्ने वर्ष ३० को बले खाँडले
ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
डडेल्धुरा, नवदुर्गा
गा.पा.१ कोटेली बस्ने वर्ष १५ की बालिकालाई ऐ. अमरगढी न.पा.११ बस्ने अं.वर्ष.२९ को
सुरेश सार्कीले ऐ. अमरगढी न.पा.१ स्याउले स्थित सहस्त्रलिङग होटलको कोठामा ऐ.१०।२३
गते अं.२१:०० बजे ज.ज.क.गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे पीडितले
जि.प्र.का.डडेल्धुरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई
निज सुरेश सार्कीलाई निजकै घर ठेगानाबाट
पक्राउ गरी जिल्ला अदालत डडेल्धुरामा पेश गरी दिन ५ म्याद थप गरी ऐ.१७:०० बजे
जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको ।
हातहतियार
बरामद,
मोरङ, सुन्दरहरैचा
न.पा.२ बेलडाँगी बस्ने अं.वर्ष २८ को सिलास लिम्बुको घरमा हातहरियार लुकाई छिपाई
राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई निज सिलास लिम्बुको घर कोठा तलासी लिने क्रममा निज सुत्ने कोठामा अवैध
हतियार MADE
IN USA लेखिएको पेस्तोल थान १,BAOFENG लेखिएको हेण्डसेड थान २(दुई) र भरुवा बन्दुक
जस्तो देखिने काठको हतियार थान-१ फेला पारी बरामद गरी सोधपुछ गर्ने क्रममा जि.मोरङ
सुन्दरहरैचा न.पा.वडा नं. ३ बस्ने प्रेम बहादुर गुरुङसँग लिएको हुँ भनि बताएकोले
निज प्रेम बहादुर गुरुङ समेतलाई खो.त.गरी दुबैजनालाई नियन्यन्त्रमा लिई
इ.प्र.का.बेलबारीमा ल्याई राखिएको ।
फुटकर
ज्यान,
स्याङजा, भिरकोट न.पा.६
चिउरेनी बस्ने अं. वर्ष २६ को अमृत माझी ऐ. न.पा.७ आँधीखोलाको किनारमा लडिरहेको
अवस्थामा (बेहोस) , ऐ. बस्ने निजको २ जना साथीहरु ऐ. भिरकोट न.पा. ६
चिउरेनी बस्ने वर्ष २४ सुनिल माझी र ऐ. बस्ने २२ को गोविन्द घर्तीले देखि उपचारको
लागि प्रदेश अस्पताल स्याङ्जामा लगेकोमा चिकित्सकले चेकजाँच गरी ऐ.१५:१५ बजे मृत
घोषणा गरेको,
शव
सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त
भएको, शरिरमा चोट नभएको, उक्त स्थानमा
प्र.चौ.दहथुमबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतकका साथीहरु दुबै जनालाई
सोधपुछको लागि नियन्त्रणमा लिई सोधपुछ गर्दा
करेन्ट लगाई माछा मार्दा मृतक माझीलाई करेन्ट लागेको भनी
जानकारी गराएको,
थप
अनुसन्धानको लागि जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
प्रदेश अस्पताल पुतलीवजरको लागि खटी गएको, ऐ.न.पा.७
छेपाङथुमबाट मो.सा.को ब्याट्री थान १ तार, कन्ट्रोलर थान
१ र माछा अं.१ पाउ जती आँधीखोलामा फेला परेको, ऐ. १७:५०
बजे ऐ. भिरकोट न.पा.६ बस्ने वर्ष १५
को दिपक माझी (मुलपानीको काले ) लाई
व.प्र.का.वालिङको टोलीले सोधपुछको लागि नियन्त्रणमा लिएको ।
कैदी
मृत्यु,
सुनसरी, जि.सुनसरी
ईनरुवा न.पा.६ घर भई झुम्का कारागार सुनसरीमा ला.औ.मुद्दामा कैद भुक्तान गरीरहेको
वर्ष २६ को सुशान्त खनाललाई मिति २०८२।०९।१३ गते १८:३० बजे पेट दुख्ने, पिसाब पोल्ने समस्या भएको हुँदा उपचारको लागि
वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी पठाई उपचार भइरहेकोमा
उपचारको क्रममा मिति २०८२।१०।२७ गते अं.०६:५० बजे मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेको ।
लागु
औषध,
कास्की, पोखरा
म.न.पा.११ काँहुडाँडा स्थित ऐ. बस्ने वर्ष ३० को रोशन गुरुङले ला.औ.खरीद बिक्री
गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई सोधपुछ
तथा घर कोठा खानतलासी गर्दा आफु सुत्ने कोठाको वेड मुनि लुकाई छिपाई राखेको
अवस्थामा २२ ग्राम ६०० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी सोही कोठामा निज संगै
रहेको साथि ऐ.बस्ने वर्ष ४४ को बिश्वस गुरुङलाई समेत नियन्त्रणमा लिई
व.प्र.क.रामबजार ल्याई राखिएको ।