मिति २०८२।१०।२७ गते ०५:०० बजे देखि २०८२।१०।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२८
- A
- A-
- A+
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
संखुवासभा,
खाँदबारी
न.पा.०६ घर भई हाल ऐ. चिचिला गा.पा. ०१ बस्ने अ.वर्ष २४ को चुडा मणी चौलागाईले ऐ.
बस्ने अं.वर्ष २१ की ( कान नसुन्ने तथा बोली समेत नआउने) फरक क्षमता भएकी महिलालाई
निजकै सुत्ने कोठामा गई २०८२ बैशाख महिना देखि पटक पटक जबरजस्ती करणी गरेको भनि
निजको बुवाले जि.प्र.का.संखुवासभामा जाहेरी दरखास्त दिएकोले प्र.चौ.चिचिलाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
जि.प्र.का.संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
काठमाडौ,
जिल्ला
रौतहट तुलसी गा.पा.०६ घर भई हाल का.म.न.पा.१८ क्षेत्रपाटी बस्ने वर्ष १५ की
वालिकालाई जिल्ला रौतहट राजपुर न.पा.८ घर भई हाल ऐ.१८ क्षेत्रपाटी टेंगाल बस्ने
बर्ष २१ को सरफराज शेख निज प्रतिवादी कपडा सिलाउने गार्मेन्टको ब्यवसाय गर्ने
प्रतिबादी सरफराज शेख पनि सोही गार्मेन्टममा कपडा सिलाउने काम गर्ने निज प्रतिवादी
संग विगतदेखी चिनजान भएको र मिति २०८२।०९।०६ गते का दिन करिब ३:३० बजे तिर सो
गार्मेन्ट चौथो तल्लामा रहेको र तेस्रो तला पुरै खाली रहेकोले निज सरफराज शेखले
भित्र कोठामा काम छ भनी बोलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे
जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा
निवेदन दिएको,प्रतिवादी फरार
रहेको,खो.त.भईरहेको ।
काठमाडौ,
जिल्ला
कास्की पोखरा म.न.पा.१० घर भई हाल का.म.न.पा.टोखा वस्ने वर्ष ४९ की महिलालाई
जिल्ला धादिङ निलकण्ठ गा.पा. ६ घर भई हाल का.जि.चन्द्रागिरी न.पा. गुर्जुधारामा
डेरा गरि वस्ने वर्ष ३० को उमेश गुरुङसंग टिकटकबाट चिन जान भई निज प्रतिवादिले खान
बोलाएर मिति २०८२।०३।०४ गते अं.१५.०० बजे निज पीडितलाई ज.ज.क.गरेको भनि पीडितले
ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा
केन्द्र भद्रकालीमा निवेदन दिएको, प्रतिवादी फरार रहेकोले खो.त.कार्य भईरहेको ।
चोरी,
रुपन्देही, सियारी
गा.पा.वडा - १ नागथान स्थित जडान गर्नेको लागी बिधुत का.ले राखेको नया बिजुलीको
१००KB
४००/२३०
V
को
ट्रान्सफर्मर अं.५०/६० मिटर पश्चिम तर्फ गहुँ बारीमा लगी तोडफोड गरी उक्त
ट्रान्सफर्मर भित्र रहेको तामा र तेल चोरी गरेको भन्ने सूचना मिति २०८२।१०।२७ गते
अ. ११:५१ बजेको समयमा जानकारी प्राप्त हुन साथ प्र.चौ.चिल्हियाबाट प्रनानि पृथ्वी
नारायण काफ्लेको कमाण्डमा -२ जनाको टोली खटि गएको, उक्त
ट्रान्सफर्मर अं. मुल्य रु ८,५०,०००।– बराबर रहेको
अन्य अनुसन्धान भई रहेको ।
स.दु.(बस
दुर्घटना)
रामेछाप,
मन्थली
न.पा. ६ बेनिघाट पुल नजिक स्थित पुष्पलाल सडक-खण्ड (मन्थली खुर्कोट) मा काठमाण्डौंबाट रामेछापको
सिरिशे ढाडे जादै गरेको बा. प्र. ००१-०५ ख ९९७५ नं. को बस मोडमा अनियन्त्रित भई
एक्कासी सडकबाट अं. १०० मिटर तल तामाकोशी नदीको पानीमा झरी दुर्घटना भएको भन्ने
खवर प्राप्त हुनासाथ प्रचौ.सेलेघाटबाट प्र.व.ह. र जि.प्र.का.बाट प्र.ना.उ. को
कमाण्डमा टोली खटिईगई बुझ्दा जि.रामेछाप
तामाकोशी गा.पा.४ बिजुलीकोट बस्ने अं. २१ की बबि तामाङ लगायत १२ जनाको
घटनास्थलमा नै मृत्यु भएको(७ जना पुरुष, ५ जना महिला) चालक जि. रामेछाप मन्थली न.पा.११ बस्ने
अं.वर्ष ३१ को सुशान्त थापा लगायत ८ जना घाईतेहरूको उद्दार गरी १ जनालाई तामाकोशी
अस्पताल मन्थली,
४
जनालाई शुभजिवन अस्पताल खुर्कोट सिन्धुली र ३ जनालाई सुनकोसी अस्पताल खुर्कोट सिन्धुलीमा लगी उपचार
भईरहेको,
घाईते
मध्ये ६ जनाको अवस्था मध्यम, २ जना गम्भीर रहेकोमा ६ जनालाई थप उपचारको लागि
धुलीखेल अस्पताल काभ्रे, १ जनालाई छाउनी अस्पताल रिफर गरेको, ऐ.१४:०० बजे
उपचार पश्चात डिस्चार्ज भई चालक जि.प्र.का.रामेछापको नियन्त्रणमा रहेको, उक्त बसमा
के-कति जना यात्रु सवार रहेको, तत्काल नखुलेको, उक्त बस पानी (नदी)
बाट निकाल्ने पहल भईरहेको ।
हा.ह.बरामद,
प्युठान, सरुमारानि
गा.पा.६ बुढीचौर स्थित ऐ.बस्ने राम ब.पुनको पाखाबारीमा रहेको बसको झ्याङ मुनि
बेबारिसे अबस्थामा रहेको भरुवा बन्दुक थान १३ र भरुवा बन्दुकमा प्रयोग हुने नाल २
थान छ भनि गोप्य सुचना प्राप्त हुनासाथ प्र.चौ.बड्डाँडा प्युठानबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई भरुवा बन्दुकलाई नियन्त्रणमा लिएको, उक्त स्थान
प्र.चौ.बड्डाँडा प्युठानबाट अं.२२ कि.मि.पश्चिम पर्ने ।
प्र.क.मृत्यु,
चितवन,
भरतपुर
म.न.पा.२१ कृष्णचोक घर, बागमती प्रदेश प्रहरी गण मकवानपुर हेटौडा
दरबन्दी भइ सोहि स्थानमा कार्यरत (कम्प्युटर कोड नं.३७३०९७, संकेत नम्बर- C-०००६३४७१, मिति
२०८२।१०।१४ गतेबाट लागु हुने गरी क्रिया बिदा आएको आमाको मृत्यु भएको) अं.वर्ष ४०
को प्रहरी हवल्दार भिम बहादुर दमाइ खाना खाइ सुतेकोमा ऐ.१०।२८ गते अं.०२:३० बजे
श्रीमती देबि परियाले अचेत अवस्थामा फेला पारी उपचारको लागि सरकारी अस्पताल भरतपुर
ल्याएकोमा ऐ.०२:५७ बजे डाक्टरले मृत घोषणा
गरेको