मिति २०८२।१०।२८ गते ०५:०० बजे देखि २०८२।१०।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२९
- A
- A-
- A+
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
झापा, मिति
२०८२।१०।२७ गते अं.१०:३० बजे मेचीनगर न.पा.१२ कालीझोडा टोल बस्ने वर्ष ३९ को पुरूष
ब्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भनी पीडितको
आमाले ऐ.१०।२८ गते अं.१४:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को
कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारीमा ल्याई दुवै
पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा
लगिएको ।
उदयपुर, जि.खोटाङ बाह्रपोखरी
गा.पा.५ बस्ने अं. वर्ष १६ की बालिकालाई मिति२०८२।१०।२६ गते अं.१९:०० बजे जि.खोटाङ
बाह्रपोखरी गा.पा.४ वस्ने वर्ष ३२ को रोहित राउतले विवाह गर्छु भन्ने प्रलोभनमा पारी
घुम्न जाउँ भन्दै ललाई फकाई जि.उदयपुर बेलका न.पा.२ सुन्दरटोल स्थित आफन्तको घरको कोठामा
लगि बेलुका जबरजस्ती करणी गरेको भनि ऐ.२८ गते १०:०० बजे पीडितको काकाले इ.प्र.का.रामपुर
ठोक्सिला उदयपुरमा लिखित जाहेरी दिनासाथ इ.प्र.का रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायतका अनुसन्धान कार्य सम्पन्न गरी घटनामा
संलग्न पीडक रोहित राउतलाई नियन्त्रणमा लिई इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरमा
ल्याई थप अनुसन्धान भइरहेको ।
कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया
बस्ने वर्ष अं.२२ की महिलालाई घरमा कोही नभएको मौका पारी निजकै ससुरा वर्ष ५५ को पुरुषले
आफ्नै घरको बरण्डा र कोठाको ढोका बन्द गरी कोठा भित्र समेत हातपात तथा ज.ज.क.गर्न खोजेको
भनी निज महिलाको आफन्तले टे.फो.मार्फत ऐ.११:२० बजे प्र.चौ.टेडुवामा जानकारी गराउनासाथ
इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको ।
बन्दुकको
छर्रा लागी मानिस मृत्यु,
डोटी, बोगटान फुड्सिल
गा.पा.१ पोखरी स्थित दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ
गर्ने क्रममा ऐ.वडा नं. १ बस्ने वर्ष अं.३० को कलम धामी वायरिङ काम गरिरहेको अवस्थामा
सोही कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको भनी
ऐ.बस्ने राम धामीले ऐ.२९ गते ०१:०० बजे जानकारी गराउनासाथ प्र.चौ.चमराचौताराबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गएको । ऐ. ०५:५० बजेको समयमा थप अनुसन्धानको लागि जि.प्र.का. डोटीबाट
प्र.नि. नवराज रावल (९८५८४९००१७)को कमाण्डमा SOCO सहित ६ जनाको टोली
खटि गएको ।
फुटकर
ज्यान (शंकास्पद मृत्यु),
धनुषा, जनकपुर उ.म.न.पा.१७
तेतरिया स्थित तेतरिया पौडेश्वर सडक-खण्डको सडक छेउमा हाल नामथर,वतन नखुलेको अं.वर्ष
२८/३० को मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कपिलेश्वर र जि.प्र.का.धनुषाबाट
प्र.उ.को कमाण्डमा टोली खटी गई अनुसन्धान गर्ने क्रममा मृतक जि.धनुषा विदेह न.पा.०९
तरही बस्ने मुस्लिम नदाफको छोरी अं.वर्ष २३ की हलिमा खातुन रहेको भनी निजको दाई नविब
नदाफले सनाखत गरेको, उक्त स्थानमा मधेश प्रदेश केनाईन शाखा लालगढबाट प्र.ना.नि.को
कमाण्डमा कुकुर सहितको टोली र फरेन्सिक डाक्टर समेत खटिएको, शवको कानूनी प्रकृया
पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको ।
बिष्फोटक
पदार्थ बरामद,
काठमाडौँ, दक्षिणकाली न.पा.५
फर्पिङ बसपार्क स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरुलाई
इ.प्र.का.फर्पिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुर(चपुर)बाट
काठमाडौँ आउँदै गरेको ना.१ ज २१७२ नं. को यात्रुवाहक टाटा सुमोलाई रोकी चेकजाँच गर्ने
क्रममा उक्त टाटा सुमो गाडीको सिट नं.७ मा बसी सवार रहेका जि. रौतहट चन्द्रपुर न.पा.१
बलेरी खोर घर भई बस्ने वर्ष २७ को राज लामाले साथमा बोकी ल्याएको झोला चेकजाँच गर्दा
उक्त झोलाभित्र लुकाई-छिपाई प्लाष्टिकमा पोका बनाई ल्याएको अवस्थामा बिष्फोटक पदार्थ
जस्तो देखिने कालो धुलो (बारुद) अं.२४२.२५० ग्राम फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.फर्पिङमा ल्याई राखिएको ।
नक्कली
नोट सहित मानिस नियन्त्रणमा,
रौतहट, बृन्दाबन
न.पा.२ बिश्रामपुर बजारमा रहेको विशाल किराना पसलमा ऐ. बृन्दाबन न.पा.२ बिश्रामपुर
बस्ने अं.वर्ष २९ को दिपेश पटेल र जिल्ला सर्लाही वरहथवा न.पा.१ बरहथवा बस्ने
अं.वर्ष २० को विवेक प्रसाद यादवले पेट्रोल किन्दा किराना पसले ऐ.ऐ.बस्ने
भुपेन्द्र पटेललाई नक्कली नेपाली नोट दिएकोमा प्र.चौ.बिश्रामपुरमा जानकारी
गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई
BR30AR7755
नं.को
मो.सा सहित,
निजहरुलाई
नियन्त्रणमा लिई प्र.चौ.बिश्रामपुरमा ल्याई चेकजाँच गर्दा निजहरुको साथबाट १ हजार
दरको १४ वटा नोट गरी १४ हजार बरामद गरी थप अनुसन्धानको लागि इ.प्र.का.गरुडा पठाएको
।
गौबध,
पाँचथर,
मिति
२०८२। १०।२४ गते दिउँसोको समयमा फिदिम न.पा.८ इथुङ बस्ने अर्जुन सुनुवार मुखियाको कोरली
गाई ऐ.स्थित हिमशिखर सामुदायिक वनमा चरणको लागि छाडेकोमा गाई घर फर्की नआएको हुँदा
निज गाई धनीले खोज तलास तथा सोधपुछ गर्दै जाने क्रममा ऐ.२७ गते अं.१७:०० बजेको समयमा
ऐ.बस्ने वर्ष अं.३० को शेखर सुनार मुखियाको घर नजिकै हिमशिखर सामुदायिक वनमा निज शेखर
सुनुवार मुखिया, ऐ.बस्ने वर्ष अं.२४ को अन्जन सुनार
मुखिया र ऐ.बस्ने वर्ष अं.३० को सुमन सुनार मुखियाले गाई काटेर गाड्दै गरेको अवस्थामा
देखेको भनी ऐ.ईथुङ बस्ने वर्ष २० को अर्जुन मुखियाले देखेको भनी ऐ.२८ गते बिहान निज
गाई धनिलाई जानकारी गराएकोमा ऐ.१३:०० बजे जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा र
जिल्ला पशुपंक्षी विकास कार्यालय, पाँचथरका भेटेनरी पशु चिकित्सक समेतको टोली खटी गई
पुरी राखेको गाई निकाली गाई धनिलाई पहिचान गराई आवश्यक कानूनी प्रकृया पूरा गरि गौ-हत्यामा
संलग्न तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी
हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भइरहेको ।
ला.औ.,
पर्सा,
प्र.चौ.धोरे पर्साबाट प्र.स.नि. भन्टु राय यादवको कमाण्डमा खटिएको
गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला
पर्सा पकहामैनपुर गा.पा.१ धोरे स्थित धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै
गोठ घरको गल्ली (चेप) मा शंका लागी चेक जाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा
प्लाष्टिक सहित ११०(एक सय दश) किलोग्राम ला.औ. गाँजा जस्तो देखिने पदार्थ बेबारिसे
फेला पारी रितपुर्वक बरामदी मुचुल्का गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. पोखरिया
पर्सामा बुझाईएको ।