मिति २०८२।११।०१ गते ०५:०० बजे देखि २०८२।११।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०२
- A
- A-
- A+
कर्तव्य
ज्यान,
इलाम, फाकफोकथुम
गा.पा.१ ठिङगेपुर स्थित ऐ.बस्ने खम्ब सिंह लिम्बुको छोरी वर्ष २९ की अन्जली लिम्बु
र निजको काका ऐ.बस्ने खेम बहादुर लिम्बुको छोरी वर्ष ३७ की पुष्पा लिम्बु बीच
सामान्य घरयासी बिबादका कारण झै-झगडा हुँदा अन्जली लिम्बुको मृत्यु भएको भन्ने खबर
प्राप्त हुनासाथ प्र.चौ.आमचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज
मृतक मुटुरोगी रहेको भन्ने बुझिएको, घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान
तथा कानूनी प्रकृयाको लागी इ.प्र.का.मंगलबारेबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी
गई १९:१० बजे कानुनि प्रकृया सकि ऐ. २३:३५
बजे लास पोष्ट माटमको लागि जिल्ला अस्पताल इलाम पठाइएको, कुटपिटमा
संलग्न पुष्पा लिम्बु इप्रका मंगलबारेको नियन्त्रणमा रहेको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
दाङ, मिति२०८२।१०।२८
गते अं.०५:३० बजे तुलसीपुर
उ.म.न.पा.७ कुमाल गाँउ बस्ने वर्ष ३१ को
यज्ञ बोहराले ऐ. बस्ने वर्ष ५१ की महिलालाई ललाई-फकाई गरी आफ्नै घरमा ज.ज.क.गरेको
भनि ऐ. ११।०१ गते अं.१३:०० बजे पीडितले
इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात प्र.ना.नि.को कमाण्डमा
टोली खटी गई निज यज्ञ बोहरालाई नियन्त्रणमा लिई जिल्ला अदालत घोराही दाङबाट दिन ७
म्याद थप भई इ.प्र.का.तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भईरहेको ।
हा.ह.बरामद,
कास्की, मिति
२०८२।१०।२९ गते अं. १७:०० बजे पोखरा म.न.पा. १८ खपौदी स्थित फेवातालमा ऐ. बस्ने
वर्ष ४२ को कुमार जलारीले जालहानी माछामार्ने क्रममा जालमा SLR राईफल १ थान र
सोको गोली १८ राउण्ड म्याग्जिन सहित फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. कास्की बाट टोली
खटी गई SLR
राईफल
१ थान र सोको गोली १८ राउण्ड म्याग्जिन सहित कानूनि प्रक्रिया पुरा गरी जि.प्र.का.
कास्कीमा ल्याई राखिईएको । हतियार सम्बन्धमा तालुक कार्यालय सँग समन्वय गरी थप
बुझ्ने कार्य भईरहेको ।
सुनसरी, कोशी गा.पा.०३
जमुवा स्थित बिओपी श्रीपुरबाट आईडी नं.४०४१५ का स.प्र.स.ह.को कमाण्डमा खटिएको ३
जनाको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको BR50AJ4229 नं. को
मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार चालक देश भारत
जिल्ला अररिया बेला ग्रामपंचायत ४ घर बताउने वर्ष ३६ को राम खेलन पासवानले फरक
व्यवहार देखाई भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिई निजको शरीर चेकजाँच गर्दा
शरीरको अगाडी पट्टी कम्मरमा लुकाई राखेको बडीको भागमा एक पट्टी made in usa
र
अर्को पट्टी Made
in chaina ९
mm
लेखेको
ठुलो पेस्तोल थान-१. ऐ. को म्यागजिन थान-१ र लोड भएको अवस्थामा रहेको ऐ. को राउण्ड
थान ३ र निजले लगाएको पाईन्टको पकेटमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ एक
प्याकेट (९७. ग्राम ३१० मिलि ग्राम), Nitrazepam-५ ट्याब्लेट,
Spasmoproxyvon-६
क्यापसुल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी
जि.प्र.का.मा बुझाएको ।
कैलाली, व.प्र.का.धनगढीबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धनगढी उ.म.न.पा १३ धनगढी अत्तरिया राजमार्ग
स्थित मोहनपुर चोक सडक खण्डमा जि.कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर बस्ने वर्ष २५ को
सम्भु भट्टलाई चेकजाँच गर्दा निजको साथ बाट शुद्ध तौल २३ ग्राम ३४० मिलिग्राम
ला.औ.खैरोहिरोईन जस्तो देखिने पदार्थ बरामद गरेको, जि. कैलाली
ध.उ.म.न.पा ४ स्थित हरि प्रसाद जैशीको घरमा डेरा कोठा गरी बस्ने जि.बैतडी सिंगास
गा.पा.०१ वतन भएकी वर्ष २३ की कविता भट्ट र निज शम्भु भट्टको कोठा खानतलासी गर्दा
शुद्ध तौल १० ग्राम ३६० मिलिग्राम गरी जम्मा ३३ ग्राम ७०० मिलिग्राम ला.औ. (खैरो
हिरोईन),र AIRGUN थान- १ समेत
बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का. को
हिरासतमा राखिएको ।
कैदी
मृत्यु,
पर्सा, वीरगंज म.न.प.
०५ स्थित रहेको कारागार सुरक्षा गार्ड पर्सामा कर्तव्य ज्यान मुद्दाको कैदी
जि.सप्तरी राजबिराज नगरपालिका घर भएकी वर्ष ७६ की बानु खातुन अचानक
स्वासप्रश्वासमा समस्या भई व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी
गई उपचारको लागी नारायणी अस्पताल बिरगंज पर्सा लगिएकोमा उपचारको क्रममा ऐ.२२:२०
बजे डा.ले मृत्त घोषणा गरेको शव सोही अस्पतालमा रहेको आफन्तलाई जानकारी भईसकेको
।
लागु
औषध,
झापा, गौरीगंज
गा.पा.२ आपगाछी स्थित मे.१०प ८४३२ नं.को स्कुटरलाई प्रहरी टोलीले चेकजाँच गर्दा
स्कुटर पछाडी सवार ऐ. कमल गा.पा.५ बस्ने अं.वर्ष ४० को सुर्य ब.वि.क.को साथबाट, शुद्ध तौल ४२
ग्राम ८१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी स्कुटर चालक ऐ. कमल गा.पा.५ बस्ने
बस्ने वर्ष २२ को संजोक राई समेतलाई ला.औ. र स्कुटर सहित नियन्त्रणमा लिई
इ.प्र.का.गौरीगंजमा राखी थप अनुसन्धान
कार्य भईरहेको ।