मिति २०८२।११।०२ गते ०५:०० बजे देखि २०८२।११।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०३
- A
- A-
- A+
कर्तव्य
ज्यान,
दोलखा,
कालिन्चोक
गा.पा.५ बन्नेथली बस्ने वर्ष अं. ५१ की देउमाया थामीलाई ऐ. बस्ने निजकै जेठाजु
वर्ष अं.६५ को चन्द्रे थामीले सामान्य वादविवाद हुंदा ढुंगाले टाउकोमा प्रहार
गर्दा निज देउमाया थामीको घटनास्थलमै मृत्यु भएको र ढुंगा प्रहार गर्ने वर्ष अं.६५
को चन्द्रे थामी वारदात स्थलबाट तत्काल फरार रहेको भन्ने खबर ऐ. १६:१५ बजे प्र.चौ.
सुनखानीमा प्राप्त हुनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको साथै ढुंगा प्रहार गर्ने व्यक्तिको
खो.त. कार्य भईरहेको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का. सिंगटीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ. ३ गते
अ. ०२:४० बजे कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि चरिकोटतर्फ पठाएको, ऐ.१७:३० बजे
निज चन्द्रे थामीलाई घटनास्थलबाट अं.४ कि.मि.उत्तर कालिञ्चोक गा.पा.६ लेप्टुङबाट
प्र.नि.को कमाण्डमा खटीएको टोलीले नियन्त्रणमा लिएको र निजको साथबाट खुकुरी समेत
बरामद भएको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
मकवानपुर,
बकैया
गा.पा. ३ बङ्दा स्थित सडक छेउको झाडीमा ऐ.ऐ. बस्ने बर्ष अं.५३ कि महिलालाई ऐ.ऐ.
चिसापानी बस्ने लक्ष्य थिङको छोरा बर्ष अं.२४ को काले भन्ने अभि थिङले जवजस्ती
तानेर लगि सुरुवाल खोलि ज.ज.क. गरेको भनि मिति २०८२।११।०२ गते प्र.चौ.हात्तिसुडे
मकवानपुरमा आई लिखित निवेदन दिए पश्चात उक्त स्थानमा प्र.चौ. हात्तीसुडे
मकवानपुरबाट प्र.ना.नि. कृष्ण कुमार लामा (९८४५५०७४८२) को कमाण्डमा ३ जना प्रहरी
टोली खटी गई निज काले भन्ने अभि थिङलाई नियन्त्रणमा लिई दुबै पक्ष लाई थप
अनुसन्धानको लागी जि.प्र.का.मकवानपुर पठाएकोमा ऐ.२१;१५ बजे
जि.प्र.का.मकवानपुर ईन भएको,महिलाको अवस्था सामन्य रहेको,पुरुषलाई
मेडिकल गरी हिरासतमा राख्ने र महिलालाई सेफ हाउसमा राख्ने तयारी भई रहेको ।
शंकास्पद
मृत्यु,
कैलाली,
मोहन्याल
गा.पा. ०१ तल्लोपानि स्थित नव प्रगतिसिल सामुदायिक वनको जंगलमा वर्ष अं.२५ की
नामथर वतन खुल्नु नआएकी महिला मृत अबस्थामा भेटिएको छ भनि मोहन्याल गा.पा. १ का
वडा अध्यक्षले जानकारी गराउना साथ इ.प्र.का सुखडबाट SOCO को
प्र.स.नि.र इ.प्र.का. सडकपुर कैलालीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सेती
प्रादेशिक अस्पताल धनगढी पठाईएको ।
चोरी/
ठगी,
काठमाडौं, का.जि.नागार्जुन
न.पा.३ मिलन चोक स्थितमा रहेको राजेन्द्र लामाको चार तले घरको पहिलो तलामा कोठा
गरि बस्ने जि.रामेछाप मन्थली गा.पा.८ घर हुने शान्ति थिङको कोठामा अपरिचित व्यक्ती
कोठा भित्र प्रवेश गरि कोठा भित्र रहेका सुनका गरगहना र धातुको बुद्धको मुर्ति गरी
अं.मुल्य रु ९ लाख ५० हजार बराबरको चोरी भएको भनि ऐ.१२:३२ बजे वृत्त स्वयम्भुमा
जानकारी गराए पश्चात प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अ.अ.कार्य भईरहेको ।
लागु
औषध,
मोरङ,
बिराटनगर
मनपा ५ पुलचोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा ८ च
६५०८ न.को स्कर्पियो गाडी अनियन्त्रीत भई दुर्घटना भएको भन्ने खवर CRV बरगाछी मोरङमा
जानकारी प्राप्त हुना साथ प्र.स.नि. सन्तोष कट्वाल र वप्रका बिराटनगरबाट प्र.नि.
साजन महतरा समेतको टोली खटि गई बुझ्दा गाडि अनियन्त्रीत भई बाटोको छेउ खाल्डोमा
छिरेको र उक्त गाडि भित्र ला.औ. गाजा रहेको चालक फरार खो.त. कार्य भई रहेको ,थप अनुसन्धानको
लागि जिप्रका मोरङबाट प्र.ना.उ. हरिनन्दन चौधरीको कमाण्डमा टोली खटि ऐ. ०३;०० बजेको
समयमाउक्त स्कारपियो गाडी र गाँजा ४१० केजी (चार सय दश) जि.प्र.का. मोरङमा ल्याई
राखेको ।