मिति २०८२।११।०३ गते ०५:०० बजे देखि २०८२।११।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०४
- A
- A-
- A+
कर्तव्य
ज्यान,
रौतहट, फतुवा विजयपुर
न.पा.६ पेटभर्वा टोल बस्ने अं.वर्ष ४२ को महन्थ राय यादव र निजको श्रीमती अं.वर्ष
२८ की आरती देवी यादव घरबाट बाहिर ननिस्केको हुँदा स्थानीयलाई शंका लागि ऐ.१२:०५
बजे इ.प्र.का.सन्तपुर दोस्तियामा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली
खटी गई स्थानीय तथा जनप्रतिनिधिहरुको रोहबरमा निजको घरको ढोका खोली हेर्दा निज
आरती देवी यादव आफै सुत्ने काठको खाटमा उत्तानो मृत अवस्थामा रहेको, निजको घाँटीमा
धारिलो हतियारले काटिएको र सोही स्थानमा रगत लागेको बन्चरो समेत रहेकोमा घटनास्थल
सुरक्षित राखिएको,निजको श्रीमान फरार रहेको, थप अनुसन्धानको
लागि इ.प्र.का.लक्ष्मिनिया विजयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार
ब्यक्तिको खो.त.तथा अनुसन्धान कार्य भईरहेको, ऐ.१७;२० बजेको समयमा मुचुल्का कार्य पश्चात शव
पो.मा.को लागि प्रदेशिक अस्पताल गौरको शव गृहमा राखेको ।
गोली
प्रहार बाट मृत्यु,
सर्लाही, मलंगवा
न.पा.१० देवीटोल स्थित जि. सिरहा सुखीपुर न.पा.६ बैशाखा घर भई हाल दुर्गानन्द
यादवको घरमा डेरा गरी बस्ने जि.पुर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर
अं.वर्ष ३६ को प्रमोद कुमार यादव लाई के-कुन ब्यक्तिले फोन गरी बोलाएकोमा उक्त
स्थानमा गोली पट्किएको जस्तो ठुलो आवाज आए
पश्चात निज घर बाहिरबाट भित्र डौडिएर जाँदा बरन्डामा गोली लागी लडेको अवस्थामा रहेको
भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा २५ जनाको
प्रहरी टोली खटी गई निज प्रमोद कुमार यादव लाई उपचारको लागी प्रादेशिक अस्पताल
मलंगवा सर्लाहीमा पठाइएकोमा ऐ.२०:३७ बजे डाक्टरले मृत घोषणा गरेको,शव सोही
अस्पतालमा रहेको,मो.सा. मा सवार दुई जना मध्ये मो.सा. चालक जि. सर्लाही चक्रघट्टा घर बताउने अ.वर्ष २५/२६ को माथि कालो
कपडा लगाएको,मधेशी भाषा
बोल्ने,
मधेश
मुलको जस्तो देखिने मुखमा मफलर लगाएको पुरुष
ब्यक्ति,
सोही
मो.सा. पछाडी सवार पहेलो कपडा लगाएको,दारी पालेको, मधेशी मुलको
जस्तो देखीने,मो.सा. लिई
फरार भएको ।
शिशु
मृत फेला,
काठमाण्डौ, का.म.न.पा.४
धोबिखोलामा खोला सरसफाई गर्ने क्रममा प्लाष्टिकको झोला भित्र गुलावी कलरको कपडामा
बेरिएको आवस्थामा अं ६।७ महिनाको जस्तो देखिने शिशुको लिङ्ग पहिचान नभएको सडी
गलेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि
शिक्षण अस्पताल महाराजगंज पठाएको ।
प्र.क.मृत्यु,
लमजुङ, मिति
२०८२।१०।२७ गते ११:०० बजे इ.प्र.का.भोटेओडार लमजुङ दरबन्दी भई सोही कार्यालयमा नै
कार्यरत जि.तनहुँ भानु न.पा.५ चुदि रम्घा घर भएको वर्ष ४२ को प्र.ह.दुर्गा बहादुर
रानाभाट ( संकेत नं:-C-00441533, कम्प्युटर कोडः-382139) लाई डियुटीको क्रममा
अचानक टाउको दुखेको र शरीर तातो भई बिरामी भएको हुँदा निजको परिवारलाई जानकारी
गराई उपचारको लागि घर नजिकै रहेको पुरन्धी
नगर अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल काठमाण्डौ तर्फ लगी ICU मा राखी उपचार
भईरहेकोमा ऐ.११।०३ गते १२:५७ बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको ।
ठगी,
मकवानपुर, पर्वत जलजला
गा.पा.४ भवानी पानी बस्ने वर्ष ३७ को रमेश पौडेल र जि.म्याग्दी अन्नपुर्ण गा.पा.४
हिस्तान बस्ने वर्ष ३८ को हरि ब.गवर्जापुन अ.प्र.पो.मार्खु मकवानपुरमा आई ऐ.०२ गते
१४:०० बजे इन्द्रसरोवर गा.पा.१ नयाँगाउँ मानडाडाँ स्थित भित्री बाटोमा ९८०११६५८८६
नम्बर प्रयोग कर्ता (नाम थर वतन थाहा नभएको) पैदल आएको ब्यक्तिसंग डलर साट्ने
बिषयमा कुरा भई म्याग्दीबाट मो.सा.मा हरि ब.गवर्जापुनले नेपाली रु.२,४०,०००।– (दुई लाख चालिस
हजार),
रमेश
पौडेलले नेपाली रु.३०,०००।– (तिस हजार) डलरसंग साट्नको लागी लिई आएकोमा डलरको
साईजमा काटेको कागज कपडामा पोको पारी डलर ७०,०००।– छ भनी उक्त
ब्यक्तिले हामीलाई दिई हामीहरुसंग भएको नेपाली जम्मा रु.२,७०,०००।– (दुई लाख सत्तरी
हजार) लिई गएको काठमाण्डौ पुगी कपडाको पोको खोली हेर्दा पैसाको साईजमा कटिङ गरेको
कागज मात्र भएको र आफुठगिएको कुरा थाहा भएको भनी ऐ.३ गते १२:०० बजे जानकारी गराएको
हुँदा फरार ब्यक्तिको खो.त.को लागी प्र.नि.को कमाण्डमा टोली खटिएको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
बर्दिया, राजापुर
न.पा.१० हरिनगर बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने अं.वर्ष १८ को बालकले मिति
२०८२।०७।०८ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी मिति २०८२।११।०३ गते ११:०० बजे
पीडितको आमाले इ.प्र.का.राजापुरमा जाहेरी दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी
गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
हा.ह.बरामद,
तनहुँ, देवघाट गा.पा.
४ स्थित रिस्ती खोलामा इ.प्र.का.साराङघाटबाट प्र.ना.नि.को कमाण्डमा गस्ती गर्दै
जाने क्रममा जि.तनहुँ देवघाट गा.पा. ४ सार्वाङ बस्ने वर्ष ४० को पुर्ण बहादुर
गुरुङ र ऐ.वस्ने अं.वर्ष २४ को अर्जुन गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको
साथबाट १ नाले लोड गरेको थान-२ भरुवा बन्दुक फेला परेको हुँदा निजहरुलाइ
नियन्त्रणमा लिई इ.प्र.का.आबुखैरेनीमा ल्याई आ.अ.भइरहेको ।
झापा, कनकाई
न.पा.८मिश्रा टोल बस्ने तुल ब. थापा मगरको घरमा ला.औ.लुकाई छिपाई राखेको भन्ने
गोप्य सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कामाण्डमा टोली खटी गई खान
तलासी गर्दा निजकै छोरा वर्ष २२ को सौगात थापा मगरले आफ्नै घर पछाडि रहेको
कुखुराको खोरमा राखेको प्लाष्टिकको ड्रम
भित्र CF98 9MM पेस्तोल थान-१, ऐ.को गोली ४०
राउण्ड फेला पारी इ.प्र.का.अनारमनीमा ल्याई अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली
राउण्ड भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनीको जिन्सी
आम्दामीमा बाँधिएको देखिएको, निज सौगात थापा मगर फरार रहेकोले खो.त.कार्य भई
रहेको ।
लागु
औषध,
काठमाडौं, चन्द्रागिरी
न.पा.१२ गुर्जुधारा स्थित बच्चु राम घिमिरेको घरमा कोठा गरी बस्ने व्यक्तिले
प्रतिबन्धित ला.औ.बिक्रीबितरण गरीरहेको छ भन्ने सूचना पश्चात प्रभाग बलम्बुबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले उक्त
घरको कोठामा बस्ने जि.मकवानपुर थाहा न.पा.१२ घर भई हाल ऐ.१२ गुर्जुधारा डेरा गरी
बस्ने वर्ष ५६ की संच माया तामाङको कोठामा चेकजाँच गर्दा ला.औ.गाँजाको धुलो जस्तो
देखिने पदार्थ मान्यता प्राप्त तराजुबाट
तौल गर्दा ५ के.जि.,Tramadol Capsules IP लेखिएका २५ पत्ता २५०
क्याप्सुल र नगद २ लाख ६२ हजार ६ सय ५० समेत रीतपूर्वक बरामद गरी निज संच माया
तामाङलाई नियन्त्रणमा लिई प्रभाग बलम्बुको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य
भईरहेको ।