मिति २०८२।११।०४ गते ०५:०० बजे देखि २०८२।११।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०५
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
सुर्खेत, वीरेन्द्रनगर
नगरपालिका वडा नं. १ धारापानी स्थित म जाहेरवालीको घरको सुत्ने कोठामा ऐ.ऐ बस्ने
वर्ष ४२ की परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क४७) लाई ऐ.ऐ वडा नं. १ बस्ने बर्ष २३
को बिमल बि.क ले ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.०४ गते १३:०० बजेको समयमा
जि.प्र.का.मा जाहेरी दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई निज
बिमल बि.क लाई नियन्त्तणमा लिई यस कार्यालय ल्याई राखि थप अनुसन्धान भईरहेको ।
सुर्खेत, वीरेन्द्रनगर
नगरपालिका वडा नं. १ धारापानी स्थित म जाहेरवालीको घर नजिकको ठाडो खोलाको किनारामा
ऐ.ऐ बस्ने वर्ष ४२ की परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क४६) लाई ऐ.ऐ वडा नं. १
बस्ने बर्ष २४ को मनोज बिष्ट ले ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.०४ गते १३:३०
बजेको समयमा जि.प्र.का.मा जाहेरी दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी
टोली खटिगई निज मनोज बिष्ट फरार रहेको खोजि कार्य जारी ।
शंकास्पद बस्तु फेला,
झापा, शिवसताक्षि १०
माईधार् स्थित कन्काई माई खोलाको पश्चिम तर्फको मुखमा प्लास्टिकले प्याक गरेर
राखेको भित्र सेतो बस्तु जस्तो देखिने माथिबाट १०।१५ केजीको ढुङगाले थिचेर उत्तर
पट्टिको भागबाट तार निकालेको शंकास्पद बस्तु फेला परेको भनी जानकारी गराउनासाथ
इ.प्र.का.झिलझिलेबाट प्र.नि.को कमाण्डमा ७ जना र इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को
कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको, उक्त बस्तु डिस्पोजको लागी
नेपाली सेना २१ बाहिनि अड्डा तोपगाछीसंग सम्नवय भईरहेको दुवै तर्फबाट आउने सवारी
साधन होल्ड गराएको ।
मकवानपुर, हेटौडा उ.म.न.पा.१६
चिसापानी स्थित धरान चतरा सडक खण्डको बिच भागमा सेतो कपडाले बेरिएको संकास्पद
बस्तु बाहिर पट्टि खतरा लेखिएको देखिएको हुदा घटनास्थल सुरक्षित राखिएको, थप
अनुसन्धानको लागी इ.प्र.का.पशुपतिनगर मकवानपुरबाट प्र.नि.को कमाण्डमा ७ जनाको
प्रहरी टोली खटी गएको, बम डिस्पोजको लागी नेपाली सेनाको टोलि
संग समन्वय भईरहेको ।
रुपन्देही,सिद्धार्थनगर न.पा.०८
लुम्बिनी पेट्रोल पम्प अगाडि सर्विस लेनको मेन रोडको बिचमा रहेको दिवालको कर्नरमा
डिब्बा जस्तो देखिने बस्तुमा रातो कपडाले बेरी सेतो पेपरमा खतराको चिन्हं अंकित
गरी कालो टेपले बेरी उक्त बस्तुको मुनि “नेपाल बन्द सफल पारौ ने.क.पा
बहुमत” लेखि अपरिचित ब्यक्तिहरुले उक्त सामान राखि गएको
भन्ने सुचना प्रात्त हुनासाथ व.प्र.का भैरहवा वाट
प्र.नि मान ब बि.सिको कमाण्डमा ७ जनाको टोली, तालुक
जि.प्र.का रुपन्देही बाट प्र.उ जनक बहादुर शाही को कमाण्डमा ११ जनाको टोली खटि
गएको, कालिभक्ति गण (E) ब्यारेक भैरहवा
रुपन्देही लाई जानकारी गराएको अन्य बि.बि.पछी उक्त बस्तु राख्ने ब्यक्तिहरुको खो.त
कार्य भईरहेको ।
चाँदी बरामद,
काठमाण्डौ, चन्द्रागिरी न.पा. २
नागढुङ्गा स्थित चेक प्वाइन्टमा बिरगंज देखि काठमाण्डौ तर्फ आउँदै गरेको बा
प्र.०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी
टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा
सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको
१७ नम्बर सिटमा सवार जि. पर्सा फेता गा.पा. ६ बस्ने वर्ष १७ को आशु श्राबलाई शंका
लागी चेकजाँच गर्दा निजले कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि
ल्याएको अबस्थामा चाँदी जस्तो देखीने सेतो धातु फेला परेको हुदाँ उक्त धातु लाई
मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल २ केजी २०० ग्राम रहेकोले निज आशु
श्राबलाई उक्त बरामद चाँदी जस्तो देखिने सेतो धातु सहित नियन्त्रणमा लिई
प्रारम्भिक रुपमा बुझ्दा मुखसाविति बोलेकोले उक्त सेतो धातु सहित निजलाई
नियन्त्रणमा लिई बृत्त थानकोट पठाईएको ।
लागु औषध,
पर्सा, पकाहा मैनपुर गा.पा.
२ स्थित मधुबनी चोकमा अ.प्र.पोष्ट सुरजहाकट्टीबाट प्र.स.नि.को कमाण्डमा र सशस्त्र
प्रहरी बल नेपाल बिओपी पकाहमैनपुरबाट संयुक्त रुपमा खटिएको चेकिङ टोलीलाई देखि
पकहाबाट हास्वा तर्फ भाग्दै गरेको सेतो कारलाई पिछा गर्दै जाँदा पकाहामैनपुर
गा.पा. २ कट्टी बालुवा स्थितमा कारको डिक्कीबाट ला.औ.गाँजा जस्तो देखिने प्याक
गरेको पदार्थ फाल्दै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला काभ्रे
बलकु गा.पा. २ बस्ने अं.वर्ष २२ को बुद्धिलाल भोलानलाई पक्राउ गरी निजले प्रयोग
गरेको प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको सेतो कलरको सुजुकीको स्विफ्ट कार र कारको
डिक्कीमा रहेको १० किलो ला.औ.गाँजा जस्तो देखिने पदार्थ १ प्याकेट र बाटोमा फालेको
१५ पाकेटमा १५० केजी गरि जम्मा १६० केजी ला.औ.गाजा जस्तो देखिने पदार्थ सहित मानिस
कार र निजको शरिर खानतलासि गर्दा नगद रु २२,५०० ।- र realme को smart फोन सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि इ.प्र.का.पोखरियामा पठाईएको ।
सुनसरी, धरान उ.म.न.पा.२०
बरडाँडा स्थितमा इ.प्र.का.धरानबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले
चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको गाडिमा चेकजाँच गर्दा अबैध लागु औषध
गाँजा-९५५ के.जी.सहित बागमती प्रदेश-०१-०२७ च ११४३ नं. को पिकअप गाडी ३३ पोका ४९५
के.जि. ,
चालक जि.बारा कोल्बी न.पा.८ बस्ने संदिप कुमार माझी र B AC 3236 नं. को गाडीमा २३ पोका ४६० के.जि., चालक जि.
काठमाण्डौ चन्द्रागिरी न.पा.-८ बस्ने बर्ष ३३ को नगेन्द्र राज श्रेष्ठ समेत दुवै
जनालाई दुवै गाडी सहित चालक नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई अनुशन्धान
भईरहेको ।